Tuesday, September 30, 2014

हार्दिक श्रद्धाञ्जली, बढाई तथा अन्य विविध

सरद डायरि । मंगलबार, १३ असोज, २०७१

हार्दिक नमस्कार (होर्छे) ।

यो परिवर्तनसील  समय र बैदेशिक रोजगारिको डौडानमा बिभिन्न उताब,चढाव स्वभाविक नै हो, यसै क्रममा केहि कुराहरु सेयर गर्न चाहान्छु ।
सर्वप्रथम,
(१) हार्दिक बढाई ज्ञापन तथा शुभ‍-कामना,
@अध्यक्ष ज्युको एकहप्ते हस्पिटलाइजबाट तन्दुरुस्त रुपमा गत शुक्रबार डिस्चार्ज हुनु भएकोमा हार्दिक बढाई ।
@सल्लाहाकार बिजय गौचन ज्युलाई सुपुत्रीलाभ भएकोमा हार्दिक बढाई ।
@सदस्य जिवन भट्टचन ज्युको धर्मपत्नीको सुखद जापान आगमनको लागि हार्दिक स्वागत ।
@आगामि अक्टुवर १९ तारीखको दिनमा उपाध्यक्ष अनिल भट्टचन ज्युको सुपुत्रीको अन्न-प्राशनको शुभ-अबसरमा अग्रिम बढाई ।

(२) भावपुर्ण श्रद्धाञ्जली अर्पण,
@सल्लाहाकार बिनोद शेरचन ज्युको पुज्यनिय मुवाको दिवंगत आत्माको चिर शान्तिको साथै हार्दिक समवेदना ।
@सचिब हेमन्त शेरचन ज्युको पुज्यनिय वुवाको दिवंगत आत्माको चिर शान्तिको कामना संगै हार्दिक समवेदना ।
@सदस्य उषा तुलाचनज्युको पुज्यनिय मुवाको दिवंगत आत्माको चिर शान्तीको कामना संगै हार्दिक समवेदना ।

पुनश्च: बढाई र समवेदना एकैचोटि दिनुपरेकोमा क्षमा याचना ब्यक्त गर्दछु ।

(३)थसेस जापानद्धारा मुस्ताङ्ग जिल्लाका जेहेन्दार बिध्यार्थीलाई आर्थीक सहयोग
समुद्रपारि
नेपालजापान
डिसिनेपाल
टोक्योनेपाल
नोट: हाम्रो सोसियल साईटमा अपडेट गर्नुहुन अनुरोध छ ।

(४) ८ औं क्षेत्रीय सम्मेलन तथा नेपाल महोत्सव २०१४ भब्यरुपमा सफलता प्राप्त भएकोमा हार्दिक बढाई ।
गैर-आवासीय नेपाली संघ जापानद्धारा आयोजित यस कार्यक्रममा थसेस जापान पनि सक्रिय हुदै स्वयम सेवकको अग्रणी भुमिका निर्वाह गरेको थियो । भब्यरुपमा  कार्य सम्पन्न भएको र उत्त कार्यक्रमको समिक्षा पार्टिमा हाम्रा संलग्न सम्पुर्ण स्वयमसेवक साथीहरुलाई चुल्हो निम्तो प्राप्त भएको छ । आउदो ५ तारीख आईतबारका दिनमा १ बजेबाट भवन भट्ट निवासमा कार्यक्रम आयोजना हुने कुरा भएको सबैलाई जानाकारि गराउदै समय मिल्ने मित्रहरु अवश्य पाल्नुहोला साथै स्थान फेरिन पनि सक्ने भएकोले यदि फेरिएमा पुन जानाकारि गराउने नै छु ।
 
८ औं क्षेत्रीय सम्मेलन-स्वयम सेवक
१) संयोजक - शरद कुमार गौचन
सदस्यहरु
२)अनिता गुरुङ्ग
३)तासि लामा
४)सरोज खत्री
५)प्रकाश थापा
६)लेलिन भट्टचन
७)सन्दिप ढुंगाना
८)रुपक थापा
९)मनिता श्रेष्ठ
१०)ईन्दिरा सुजुकि
११)नारायणी आचार्य
१२)कविता बस्नेत
१३)संगिता अधिकारि
१४)सन्तोषि अधिकारि
१५)श्रवण सत्याल
१६)दिपा शिंखडा
१७)उत्तम श्रेष्ठ
१८)बुद्ध गुरुङ्ग
१९)भिम गुरुङ्ग
२०)हर्क गुरुङ्ग
२१)ईश्वर श्रेष्ठ
२२)पदम गुरुङ्ग
२३)सौगात केसी
२४)सरिता भट्टराई
२५)दिपेन्द्र पौडेल
२६)संम्झना लामा
२७)अमर गुरुङ्ग
२८)कुमार पुरि
 
नेपाल फेस्टिवल २०१४-थसेस जापानको तर्फबाट
१) बुद्धि गौचन
२) शशि गौचन
३) अनिल भट्टचन
४) बबि गौचन
५) गोविन्द तुलाचन
६) नरेश गौचन
७) जिबन भट्टचन
८) बिजय शेरचन
९) राजु शेरचन
१०) सुरज शेरचन
११) दिपक गौचन
१२) जित गौचन
१३) अरुण भट्टचन
१४) रामु गौचन
१५) अमुल गौचन
१६) तिर्थ शेरचन
१७) वकिल शेरचन
१८)शरद कुमार गौचन
नृत्य तर्फ
१९)सन्तोषी गौचन (श्रेष्ठ)
२०)सर्मिला शेरचन
२१)शान्ता शेरचन
२२)अपेक्षा लिम्बु 
 
(५)मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान (निशुल्क टेलीफोन परामर्स सेवा)
मेरो मित्र डा.बिजय ज्ञवाली ज्युले शुरु गर्नु भएको सेवा हो, ईच्छुक साथीहरुले सम्पर्क गर्नसक्नुहुनेछ । साथै आगामि १२ तारीखमा पनि यस बिषयको अन्तरक्रिया कार्यक्रम हुदैछ । बिस्तृत यसै मेलमा संलग्न फाईल हेर्नुहोला ।

(६)प्रवासी मन्च जापानबाट निमन्त्रणा प्राप्त
परराष्ट्र मन्त्री महेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आगामी ७ तारीख मंगलबार बेलुका ६:३० बाट ओमोरि सेईयु हलमा कार्यक्रम हुनेभएको छ । ईच्छुक मित्रहरु उपस्थिति जनाउन सक्नुहुनेछ ।

अन्तमा मेल लामो हुन गएकोमा क्षमा याचना सहित अन्त सम्म पढिदिनु भएकोमा धन्यबाद ।


भवदिय,
शरद कुमार गौचन
संरक्षक, थसेस जापान
अक्टुवर ३०, २०१४ (मंगलबार)
skgauchan@hotmail.com

Sunday, September 28, 2014

बिए भाईलाई अनगिन्ति सफलता मिलोस् ।

सरद डायरि । शनिबार, असोज ११, २०७१
आज श्रद्धेय बिए भाईबाट नया रेष्टुरेन्ट ओपनको लागि लाईन मार्फत निमन्त्रणा पत्र प्राप्त गरे ।
उपस्थिति जनाउने मनसाय अनुसार सोधपुछ गर्दा पो थाहा भो, आकिहाबाराको स्टेशन अघिकै चर्चित UDX नामक बिल्डिङ्गको मलमा पर्सि २९ तारिख देखी ओपन हुने तय भएको रहेछ ।
निश्चित समयमै उपस्थिति जनाउनदै, केहि निश्चित साथीहरु बिच धेरै परिकार र पेय पदार्थमा रमाउदै त्यति ढिला सम्म भने बस्न सकिन्  छोरोलाई छिट्टै सुताउनु पर्ने र भोलिको दिनलाई बाधा नपरोस भनेर..
जेहोस, छोटो समयमै धेरै उपलब्धि र छिटै सफल तथा चर्चित ब्यबसायीको रुपमा पनि चिनिने बिए भाईको अझै अनगिन्ति सफलताको कामना ।









 

ओटा फेस्टिवल २०१४

सरद डायरि । शनिबार, असोज ११, २०७१
हानेडा अन्तराष्ट्रिय बिमानस्थल नजिकै बिशाल पार्कमा ओटाकु नामक सिटिको आयोजनामा "ओटा फेस्टिवल"मा सहभागि जनाउने मौका मिल्यो आज ।
जापानको कान्तो क्षेत्रको दोस्रो ठुलो नेपालीहरुको बसाई रहेको ओटा सिटिद्धारा आयोजित यस कार्यक्रममा केहि निश्चित नेपालीहरुलाई पनि समेटिएको रहेछ । एकजना जापानी परिवार भएको नेपालीले चलाउनु भएको स्टल र अर्को एकजना भने ओटाकुको पर्यटन प्रवन्धन जिम्मेवारि ब्यक्ति गरि २ जना नेपाली मित्रलाई भेट्ने मौका मिल्यो ।
साथै, जापानी मित्रहरुमा भने नेपाल फेस्टिवलकै संयोजक र सदस्य गरि २ जना हुनुहुदोरहेछ ।
उहाहरुले पनि नेपालकै बारेमा प्रवद्धन गर्दै १ वटा स्टलमा खाध्य पर्दाथ तथा पेय पदार्थ संगै नेपाली भाषा सिकाउने र योगा गराउने समेत जिम्मा लिनु भएको रहेछ ।
 
जेहोस, 
एकहप्ता अघि मात्र उयनो पार्कमा सम्पन्न नेपाल फेस्टिबल संग दाजेर हेर्दा धेरै कुराहरुको फरक र धेरै उदाहरणीय र सिक्नुपर्ने फेस्टिवलको झलक थियो त्यो । आगन्तुक पाहुनालाई बस् चढाउने, ओर्लने संगै मुलद्धारमा स्वागत सहित कार्यक्रमको सबै  ब्यबस्थापन हेर्दा लाग्थ्यो नेपाल फेस्टिवलमा यस्तो ब्यबस्थापन गर्न ठुलै मिहेनत, परिश्रम र सबै नेपाली तथा जापानी बिचको गहिरो एकता एवं समन्वयको दिगो आवश्यकता रहने छ ।



 




 

 


Sunday, September 21, 2014

नेपाल महोत्सव २०१४

सरद डायरि । शनिबार, असोज ४, शनिबार
नेपाल महोत्सब २०१४ को पहिलो दिन आज, हिजो बेलुका मात्र सम्पन्न २ दिने (सेप्टेम्वर१८,१९)  नागानो टाटेसिनाको एनआरएनको ८ औं क्षेत्रीय कन्फिरियन्स सम्पन्न गरि आज बिहान ७:३० बजे नै उयनो पार्कमा हामि केहि साथीहरु संगै ओर्लियौं ।
मेरो जिम्मामा रहेको वाकिट्वाकि दश सेठ् र महोत्सवको मुलद्धारमा स्वागतको लागि राखीने टामाको गाग्रिहरुको पनि तर्जुमा मिलाई १,२ घण्टा आराम गर्नको लागि कोठातिर लागे ।
जेहोस, पहिलो दिनको कार्यक्रम प्रतिकुल मौसमका कारण पाहुनाहरुको उपस्थिति पातलो रहेता पनि तामझामका साथ भब्यताका साथ सम्पन्न भयो । कार्यक्रमका केहि झलकहरु... 
 


 
 












Friday, September 19, 2014

जापानमा एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन भब्य रुपमा सम्पन्न

सरद डायरि । बिहिबार,  २ असोज, २०७१
थुप्रै चुनौति र समस्या तथा अनगिन्ति अबसर र समृद्ध नेपालको सपनालाई साकार पार्नको निमित्त अनन्त एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन जापानको टाटेसिना रिजर्ट होटलमा धुमधामका साथ भब्य रुपमा सम्पन्न गर्न सफल भईयो । स्वयम सेवक जस्तो पर्दा पछाडिको अत्यन्तै महत्वपुर्ण र जिम्मेवारि कार्य सबै साथीहरुको साथले गर्दा सहजै भयो ।
सम्पुर्ण साथीहरुलाई कोटिकोटि सलाम ।
कार्यक्रमका संयोजक तथा सिङ्गो टिमलाई पनि हार्दिक बढाई ।।