Monday, October 20, 2014

आयुशी भट्टचनको शुभ‍-अन्नप्राशन

सरद डायरि । आईतबार, कार्तिक २, २०७१
सहृदय मित्रको सुपुत्री आयुशी भट्टचन नानुको आज शुभ-अन्नप्राशन कार्यक्रमको खुसियालीको अबसरमा हृदय देखी नै हार्दिक बढाई तथा शुभकामना टक्य्राउन चाहान्छु । मित्रको स-परिवार सहित नानुको सुस्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना दिन चाहान्छु ।
 
आज यस शुभकार्यको सहयोग  र तयारि व्यबस्थापनको लागि कार्यक्रमको केहि घण्टा अगावै आऊन जानाकारि आएकोले, डाईबाबाट सिधै कार्यक्रम स्थलमा हानिए । स्थलमा तयारि ब्यबस्थापनको लागि केहि मित्रहरु आईसक्नु भएको र सबै संगै तयारिमा जुट्यौं ।  तत्पश्चात अतिथि सत्कारको लागि तम्तयार भईयो । उत्त शुभ कार्यको केहि झलकहरू तलतिर......









टोक्यो स्थित रमणीय स्थल डाईबाको फुजिटेलिभिजनमा

सरद डायरि । आईतबार, कार्तिक २, २०७१
धेरै महिनाको अन्तरालमा डाईबाको फूजि टेलिभिजनको मेडिया बिल्डिङ्गमा भलाकुसारि (उचिआवासे) को लागि जादैछु ।
जापानकै चर्चित फुजि च्यानलको नयाँ प्रोग्राम सुरु हुन गएको र उत्त च्यानलको प्रोगाममा केहि नेपाली कला प्रदशनको लागि आज प्रत्यक्ष टिभि डिरेक्टर तामुरा जी र संम्बन्धित च्यानलको माचुओ जी, डेभिड् जी र उहाको स्टाफलाई भेटेर बिस्तृत जानाकारि लिदैछु । उत्त कार्यक्रमको उदेश्य र हाम्रो सहभागिको अर्थ र विविध बारेमा छलफल गरि निर्णय हुनेछ ।
जेहोस, धेरै महिनाको अन्तरालमा टिभि प्रोग्राममा सहभागि हुन पाउने भएकोले मनमा केहि उमङ्ग र जिम्मेवारि पनि महशुष गरेको छु । उत्त बेलामा डाईबामा खिचिएका केहि फोटोहरु...








Sunday, October 5, 2014

ग्रोबल फेस्टिबल जापान २०१४

सरद डायरि । शनिबार, असोज १८, २०७१
अक्टुवर ४ र ५ मा आयोजना भएको ग्रोबल फेस्टिवल हिबिया पार्कमा आज शनिबारका दिनमा उपस्थिति जनाउने  मौका मिल्यो । धेरै ठुलो श्केल र अति नै उपयोगि, जानाकारि र बिबिध बिषयमा ज्ञानबर्दक लाग्यो ।
तिन दर्जन बढि देशको दुताबासले सहभागि जनाएको भएपनि आफ्नै देश नेपालको भने स्टल भेट्टाईन तर मेरो पुरानो जापानी मित्रले नेतृत्व गर्नुभएको हिमालय होजेन काईको स्टल भने भेट्टाईहाले । अध्यक्ष वातानाबे ज्युले नेपालको बिभिन्न गाउमा गएर गर्नु भएको १८ बर्षको सेवामुलक कार्यमा दश लाख वटा बोट रोपिसकेको शुभ कहानि र बिबिध कुराहरुको जानाकारि गराउनु भयो भने सचिब टोडाज्युको नेपाली भाषा, नेपालीले भन्दा स्पष्ट र सुद्ध बोल्दै म संगै भलाकुसारि गर्दा घण्टौ बितेको पत्तै पाएनछु ।
जेहोस,जापानको सरकारि निकाय परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, युनिसेफ, जाईका र कृषि संम्बन्धि, नेटवर्क सम्बन्धि र अन्य एनजिओ गरि करिवन ५०० बढि स्टल सँगै मेन स्टेज र अर्को २ वटा स्टेजमा एकेबि ४८ तथा प्रोफेसनल सक्कर खेलाडि किटाजावा आदिको बिबिध प्रस्तुतिले गर्दा फेस्टिवलको रनक नै धेरै फरक थियो ।
अचम्मको कुरो एकजना पनि नेपाली लाई नभेटे पनि मेरो पुराना जापानी मित्रहरुलाई भने धेरै बर्षको अन्तरालमा ५,६ जनालाई अचानक भेटेको कारण केहि स्मरण सहित आईफोनमा फोटो कैद भने गरे ।