Sunday, November 30, 2014

किन् वल प्रतियोगितामा हाम्रो सहभागिता

सरद डायरि । शनिबार, मंसिर १३, २०७१
नाकानो सिटिद्धारा आयोजित जिवनमा पहिलो पटक किन् वल प्रतियोगितामा हामि बाबु छोराले नेपालीको प्रतिनिधित्व गर्दै भाग लिने मौका मिल्यो । यस प्रतियोगितामा बिभिन्न देशका विदेशी २१ जना खेलाडि र जापानी खेलाडि २१ जना गरि जम्मा ४२ जना खेलाडिहरुको सहभागिता रहेको थियो । एकटिममा चार जना खेलाडि स्वरुप सात टिममा बिभाजित अठ्ठाईस खेलाडि बिच प्रतिस्प्रधा भएको यस खेलमा बाकि बाह्र खेलाडि भने (प्रत्येक टिमका २ जना) स्पेयरमा बेन्चमा बस्नु भएको थियो ।
म, बाबु र एक जना जापानी सहित अर्को एकजना हप्सि गरि चार जना खेलाडि हाम्रो छैठौं टिमको प्रतिनिधित्व गर्दै  हप्सि खेलाडिको नाम मामि र मेरो बाबुको नाम समिपको लाई जोडेर मामिप नामक हाम्रो टिमको नामकरण भयो ।
हाम्रो टिम मामिपले पहिलो गेम कालो जर्सि लगाएर प्रतिस्प्रधा गर्दै पहिलो भयो भने, दोस्रो गेम पिन्क जर्सिमा दोस्रो र तेस्रो गेममा ग्रे जर्सि लगाएर दोस्रो हुदै कुल पोईन्टको आधारमा हामि तेस्रो भयौं । बाबु र जापानी खेलाडी कुशलता पुर्वक खेल खेलेता पनि हप्सि र म स्वयमले भने धेरै मिस गरेकोले दोस्रो टिमसंग ३ अंकको फरकले तेस्रो हुनुमा चित्त बुझाउनु पर्यो । पहिलो र दोस्रो हुने टिमलाई बिशेष पुरस्कार प्रदान गर्दै सबै खेलाडिलाई अन्तरवार्ता र राम्रो हाईलाईट गरिएता पनि हामि तेस्रो भएकोले पुरस्कार पाउनबाट बञ्चित हुदै सान्तना पुरस्कार भने प्राप्त गर्यौ ।
जेहोस, अति नै नौलो, रमाईलो र सरल यस किन् वल नामक खेल, हामिलाई जापान किन् वल एसोसिएसनका अध्यक्ष स्वयमले १ घण्टा ट्रेनिङ गरे पश्चात नै खेलाडिको रुपमा प्रतिस्प्रधा गर्न सफल भयौं । बालबालिका, बैयश्क तथा बुढाबुढीहरु पनि सजिलै खेल्न सक्ने यस खेल सबभन्दा पहिला क्यानाडाबाट शुरु भएको रहेछ अहिले यो खेल बिश्व भरिनै चर्चित रुपमा खेलिने गरेको पाईएको छ रे । एसिया प्रशान्तका राष्ट्रहरुमा भने हाल सम्म जापान, कोरिया र चिनमा मात्र खेलिदो रहेछ । साथै यस खेलको विश्व कप प्रतियोगिता पनि दुई बर्षमा एक पटक हुने गरेको छ रे साथै हाम्रो यस प्रतियोगितामा जापानको किन् वल एसोसिएसनको अध्यक्ष र अन्य २ जना पेशेवर खेलाडि गरि ३ जनाले एम्पियरको भुमिका निर्वाह गर्दै खेलमा बिश्राम लिएको टिमले अंक अंकित गर्ने र समय हेर्ने सहयोग भने हामि खेलाडिले गर्ने जिम्मा पाएका थियौं ।
अति नै सरल तरिकाले खेलको नियम र विस्तृत जानाकारि दिदै स्ययम खेल पनि सिकाएर सोहि दिनमै उत्त खेलको प्रतियोगिता समेत गराउनु भएको थियो । उहाहरुलाई हृदय देखी नै कोटिकोटि धन्यबाद दिदै, सो खेलको केहि दृश्यहरु तलतिर जस्ताको तस्तै..... 
 

 
 
 




Monday, November 17, 2014

世界子供の日チャリティーウォーク&ラン2014

सरद डायरि । आईतबार, कार्तिक ३०, २०७१
आज नोभेम्वर १६ तारीख आईतबारका दिन तथा  बिश्व बालदिवसको शुभ उपलक्ष्यमा मेरो ब्यक्तिगत तर्फबाट सक्ने सानो सहयोग र समर्थन सहित पाँच किलोमिटर च्यारिटि डौंडमा भाग लिए । केहि साथीहरु सहित दुई महिना अघि नै नाम दर्ता भएको र सानो च्यारिटि रकम समेत भुक्तानी गरिसकेकोले रजिष्टर गर्ने ठाउँमा हाम्रो नाम अनुसार डौंडमा आवश्यक(टिसर्ट,नंम्वर,फलफुल, पानी) अनुसारको सरसामान लिएर कपडा फेरेर डौडको लागि तयारि भयौं । बिशेष, जापानको राजदरवार वरिपरिको प्राकृतिक मनोरम स्थल तथा सौन्दर्य ताल, तलैया एवं विहानीको सफा चिसो हावा र सुर्यको किरण सँगै थुप्रै नया जापानी साथीहरु संग रमणिय ५ किलोमिटरको कोसमा रमायौं ।
 
कुल च्यारिटि सहभागि १,००० (एक हजार)  मध्ये हाम्रो समुहमा करिवन १०० जना ५ किलोमिटर डौडको  च्यारिटिको प्रतियोगितामा  सहभागि थियौ । हाम्रो उत्त पाँच किलोमिटर समुहको १०० जना सहभागिहरुको विहान ठिक १०:३० मा डौड शुरु भयो र करिवन ४५ मिनेट लगाएर प्रतियोगिताको बिचतिर हामिले गोल गर्यौ भने मेरो सुपुत्र चाहि हाम्रो समुहको सातौ स्थान हासिल गर्न  सफल भयो । आयोजकका नेतृत्व ईतोज्युले बढाई दिदै फोटो खिच्ने कार्य तथा पुरस्कार बितरण गर्दा पो थाहा भयो उत्त कुरा, जेहोस सुपुत्रलाई हार्दिक बढाई दिदै हामिलाई अर्को बर्षमा पनि सहभागिको लागि अनुरोध गर्नुभयो ।
उत्त च्यारिटि प्रतियोगिता  केहि झलकहरु तलतिर.....