Sunday, April 26, 2015

बैशाख १२ को कालो दिनमा आफन्त संगको वार्वेक्यु स्मरण

सरद डायरि । शनिबार, बैशाख १२, २०७२
आजको दिन हामि नेपालीको लागि कालो दिनको संज्ञा दिईएको दिन, जुन दिन हाम्रो राष्ट्र चिल्याईएर रोईरहेको दिन, अनि एक पुस्थामा एकपटक आगमन हुने बिध्वसंकारि प्राकृतिक बिपत्तिको घटना दिन । 
पुर्व निर्धारित समय र ब्यबस्थापन अनुसार नै नेपाल देखी जापान भ्रमणमा रहनु भएका मेरो आफ्नै दिदी तथा आफन्तजनहरुसंग वार्वेक्यु (बनभोज) गरि भेटघाट तथा रमाईलो गर्ने तर्जुमा मिलाएको थिए । घरमा खानु भन्दा पनि आउटडोरमा छुट्टै अनुभव र ब्यबस्थापन संगै रमाईलो गरौं भन्ने भावना ।
पेय पदार्थ, मासुका परिकार, टेन्ट, कुर्चि टेबुल, चुला तथा आवश्यक सबै नानाभातिहरु करिवन ३० जनाको लागितम्तयारि अवस्थामा थियौ । केहि तत्काल गर्नुपर्ने बाकि तयारि सबै सकेर पाहुनाको आगमनको ईन्तजार गर्दै हामि सबै आयोजक भने पाहुनाको बाटो हेरेर बसेका थियौं । 
बिडम्बना अचानक सामाजिक सञ्जाल तथा बिभिन्न समाचार माध्यमद्धारा प्राप्त जानाकारि अनुसार, नेपालमा बिध्वशंकारि महाभुकम्प गएको जानाकारि संगै विविध समाचारहरु एकपछि अर्को गर्दै आउन थाल्यो । सबभन्दा पहिला घर परिवारको चिन्ताको कारण तुरुन्तै नेपालमा सम्पर्क गर्दा केहि क्षति भएपनि परिवारहरु सबै सकुशल भएको र कुनै मानविय क्षति नभएको जानाकारि पाएको र कुनै चिन्ता लिन पर्दैन भन्ने आश्वासनका कारण ढुक्कै संग वार्वेक्यु कार्यक्रम आयोजना गर्ने टुंगो लगाए । पहिला त सानो संख्यामा ज्यान गुमाएको र त्यति बृहत रुप लेला भन्ने केहि सोचाई पनि भएन् । तर कहा कहा कौतुलता र बिगतको जापानको घटनाले भने चुप्पै बस्न नसकेकोले जापानका केहि जिम्मेवारि ब्यक्ति र राजदुतावास संग पनि सम्पर्कमा रहदै नेपालको हालखवर बुझ्दै गर्दा पो समय बित्दै जादा पो थाहा भयो । घटनाले ठुलो रुप लिएको र नेपाल आमालाई ठुलो बिपत्ति परेको थाहा पाउदा बेलुकाको ५ बजेतिर वार्वेक्यु कार्यक्रम सकेर घर फर्किने बेला भईसकेको थियो ।
  



 












 


Monday, April 20, 2015

म्योगिसानको कोन्डोसान पहाड

सरद डायरि । आईतबार, बैशाख ८, २०७२
आज दोस्रो दिन जुन कोन्डोसान नामक पहाड जहा केहि महिना अघि मात्र केहि मान्छेले ज्यान नै गुमाएको चुनौति पुर्ण पडाह चढ्नु थियो । यो पहाड जापानकै नाम चलेको ज्यादै अप्ठ्यारो पहाड रहेछ र पहाडकै टुप्पामा बिभिन्न थरिका ठुला ठुला चट्टानमाथी फेरि चट्टार अडिएर बनेको पहाड । उचाई भने करिवन बाह्र पन्ध्रसय मिटर भएपनि त्यहा पुग्न ठुला ठुला अनकन्टार भिर, पाखा पखेरा पार गर्दै रप र बिशेष गियर बिना त चढ्नै नसकिने भिर रहेछ । अलि कति गल्ति गरेमा सिधै भिरबाट तल पुगिने तल हेर्दा पनि जिउ नै सिरिङ्ग गर्ने अति नै गाह्रो पहाड थियो ।
जेहोस, यहि पहाड चढ्नको लागि आएको र हिजो यहि पहाडको तलको फेदमा रहेको बिभिन्न रङ्ले ढकमक्क फुलेको साकुराको फुलले घेरेको बिशाल पार्कमा बास बसेका थियौं । हामि पुरूषहरु बाहिरै आकाश मुनिकै खुल्ला ठाउ र महिलाहरु भने भित्रको सेल्टरमा सुत्ने तय भएको थियो ।
बेलुका ढिला सम्म बाहिर खुल्ला मैदानमा ग्याँस बालेर खानपिन गर्दै हलुका ड्रिङ्ग पनि गरि, रमाईलो गफगाफ भलाकुसारि हुदाहुदै म त छिटै निदाएछु । बिहान आँखा खुल्दा पो बिभिन्न थरिका करिवन दुई दर्जन बढिको जंगली चरिहरुको बिभिन्न धुन र गितै गाएको जस्तो आवाजले हामि सबैलाई एकाबिहानै सत्कार गरेको क्षण भने अति बिशेष थियो ।
त्यो अति नै बिशेष क्षण र पहिलो अनुभवको महशुष गर्दै सबभन्दा पहिला उठेर, मुख धोईवरि कफि र म संग भएको चिज राखीएको रोटि सबै बाड्दै उठाएपछि सबै खुशी हुदै मोर्निङ्ग कफि सँगै पिईयो ।
त्यसपछि आ-आफ्नो खानपिन गरि सबै झिटिघुम्टा कसेेर लागियो माथी पसलेकहा सम्म । पुन त्यहि पसले कहा सबै ब्याकप्याक राखेर पुन डेढ घण्टाको हाईकिङ्ग कोर्ष पुरा गरेपछि कोन्डोसानले अनुहार देखाईहाल्यो ।
अति नै अनकन्तार भिर र तल खसेपछि त ज्यान जोगाउन नै मुस्किल पर्ने खोल्सा र खाल्टो ।
महिलाहरु त्यति जान मन नगरे पनि हामिले संम्झाउदै सबै आवश्यक गियर सेठ गरेर बिशेष तर्जुमा संगै बिस्तारै अगाडि त्यहि डरलाग्डो हायर लेवलको पहाड चढ्न ज्यानकै बाजि राखेर लागियो । म सबभन्दा अघि गएर सिकाए बमोजिम नै सबै रप सेठ गर्दै माथी चढ्न सफल भए भने संगै हाम्रो सिनियरले बिशेष सबैलाई सिकाउदै बिचबाट तल र माथी सबैलाई उनले गाईड् गर्दै सबैजना टुप्पोमा चढ्न सफल भईयो ।
माथी पडाडको टुप्पाबाट देखीने दृष्य र आनन्दपन भने भनि साध्य थिएन केहि समय त्यहि रमाएर म र सिनिएर आन्डि भने अझै अर्को टुप्पो पनि चढ्न सफल भयौं भने महिलाहरु भने एउटा टुप्पो मै हामि फर्किन सम्म पर्खेर बसे । हामि फर्केर आएपछि फेरि बिस्तारै अोर्लन निकै कष्ट भयो । पानी पर्न पनि  शुरु गरेको र ज्यादै कठिन तथा महिलाहरु तल झर्न खोजेकोले दिनको ३ बजे तिरै हाईकिङ्ग रुट हुदै तल फर्कियौ ।




बाकि बिस्तृत फोटोको लागि.........

Sunday, April 19, 2015

म्योगिसानको हाकुउनसान पहाड

सरद डायरि । शनिबार, बैशाख ५, २०७२
नेपाली नयाँ बर्ष बिक्रम संम्बत २०७२ को आगमन संगै जापानको गुन्वाकेनमा अबस्थित म्योगिसान एरियाको चर्चित (हाकुउनसान) र (कोन्डोसान) दुई वटा पहाड चढ्नको लागि तय भएको थियो आज र भोलि को दिन ।
दुईदिन पहाडमै बस्ने र चढ्नको लागि चाहिने खानपिन, पहाड चढ्रन प्रयोग हुने आवश्यक गियर तथा टेन्ट, सिल्पिङ्गब्याग, म्याट्, स्टव सहित अन्य सर सामानले ७५ लिटरको ब्याकप्याक पनि करिवन पुरै भरियो ।
करिवन ३० किलो बढि गह्रुङ्गो (ब्याकप्याक) भारि बोकेर लागे मित्रहरुलाई भेट्न दिएको समयमै गन्तब्यस्थलतिर..
एक बिहानको निश्चित समयमै सबै भेटेर लाग्यौ साँढे दुईघण्टाको ट्रेन यात्रा र पौनै एक घण्टाको ट्याक्सि सफर पछि अतिनै रमणीय म्योगिसान कोएन नामक हाईकिङ्ग रुट नजिकमा ।
हाईकिङ्ग रुट ठाडै उकालो तिन घण्टा हिडेपछि आज बाास बस्न तय भएको ३० हजार बढि ढकमक्कै बिभिन्न रङको साकुरामय भएको पार्क नजिकै वरिपरि ठुलाठुला पडाड , त्यसैको माथी १ घण्टा हाईकिङ्ग गरेपछि आउने गगनचुम्बि हाकुउसान नामक पहाडहरुको श्रृनखलाहरु... जहा पहिलो लेभल अर्थात भरखर पहाड चढ्ने सिकारूको लागि बिगनर कोर्ष देखी अति नै डरलाग्डो हायर लेवलको पहाडहरु, जुन हायर लेवलको पडाहबाट २,३ महिनामा निम्नतम १,२ वटा दुर्घटना वा मान्छेको ज्यानै जाने सम्मको घटना बिवरण पनि थाहा भयो ।
जेहोस, दिउसोको १ बजेतिर त्यहि पार्कमा लन्च खाईओरि केहि समय रेष्ट गरेरपछि सबै सामान एउटा पसलेकहा राखेर पडाड चढ्न आवश्यक गियर मात्र बोकेर लागियो दुई बजेतिर पडाह चढ्नको लागि । तर आज चढ्ने पहाड भने मिडियल लेवलको पहाड रोज्दै सोहि अनुसार लागियो ।     





अन्य विस्तृत फोटोको लागि.......

Tuesday, April 14, 2015

नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान

सरद डायरि । बैशाख १, २०७२
आज नेपाली नयाँ वर्षको पहिलो दिन अर्थात २०७२ साल बैशाख १ गतेकै मितिमा तिथी पारेर सधै झै, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा अग्रज सफल ब्यबसायी भवन भट्टज्युबाट उहाकै निवासमै निमन्त्रणा प्राप्त भएको थियो ।
निश्चित समय मै उपस्थिति जनाउदै थुप्रै जापानबासी नेपाली मित्रहरु संगै हाम्रा महामहिम ज्यु लगायत दुताबाास परिवारसंग पनि भेटघाट गर्दै शुभकामना आदानप्रदान भयो । महामहिम ज्युले सबैलाई शुभकामना दिदै परम मित्र भवन ज्युले स्वागत गर्दै टोष्ट प्रस्ताव राख्नुहुदै रिसेप्सन डिनरको पनि शुरुआत गरियो ।
बिदेशमा पनि नेपालको नया बर्ष नेपाली संगै जमघट भएर नेपाली पाराले मनाउन पाउदा हर्षित हुदै सबै तर्जुमा ब्यबस्था मिलाउनु हुने मित्र भवन जीलाई कोटिकोटि सलाम, सबैलाई यो नया वर्ष २०७२ ले फलिफाप र मनोकांक्षा पुरा होस् साथै हामि सबैको बिदेश बसाई फलदायी र उपलब्धिमुलक रहोस् भन्ने शुभकामना पनि दिन चाहान्छु ।
उत्त क्षणका केहि झलकहरु....





फोटो : सन्दिप ढुंगाना

HAPPY NEW YEAR 2072

सरद डायरि । मंगलबार, बैशाख १, २०७२



भवदिय,
समिप, दिना, शरद गौचन
ईकेबुुकुरो ताकामाचु टोक्यो, जापान
एप्रिल १३, २०७२

Monday, April 13, 2015

शान्ती पदयात्रा - ブッダ平和デモ行進2015

सरद डायरि । आईतबार, चैत्र २९, २०७१
बिगतको बर्षमा झै, आज भाईहरु (नेपाल जापान युथ क्लब र वुई फर अल) को आयोजनामा एउटा बृहत शान्ती र्यालि कार्यक्रममा सहभागि जनाउन निर्धारित समयमा हिडे । जापानी हितैषि मित्रको बिशेष अनुरोध र नेपाल, नेपाली तथा हाम्रो राष्ट्रियता संगै जोडिएको बिषय भएकोले पनि नेपाली पोसाकमा ठाटिएर गन्तब्य स्थल तिर लागे । जापानी मित्रले तुरुन्तै बिशेष कामको लागि अनुरोध गर्नुभयो, जुन हाम्रो सन्देश मुलक र्याली र शान्ती सुरक्षाको लागि खतिएका जापानी प्रहरि बिचको समन्वय गर्ने काम मैले जिम्मा पाए । सोहि अनुसार हलुका नियम पढेर सुनाउदै बिशेष ध्यान दिने कुरा बताईयो । टोक्योको मुटु मानीने सिबुया शहरको अति नै ब्यस्थ चिल्ला सडकमा ३० मिनेटको र्यालीमा धेरै जापानीहरुलाई बिशेष सन्देश र बिश्व शान्तीको अग्रदुत गौतम बुद्ध नेपाली र नेपालमा जन्मेका हुन भन्ने सुरुआत स्वरुपको सन्देश र थालनी भएको महशुस भएको छ । शान्ति पद यात्रामा,  बुद्धको जन्मोस्थल नेपाल हो ।  बिश्वमा शान्ती सधै कायम रहोस् ।।  नेपाल जापानको सम्बन्ध अमर रहोस् ।।। जस्ता नारा संगै नेपाली रातो झण्डा र नेपाली पोशाकमा सझिएका सहभागिहरुलाई हेर्ने थुप्रै जापानीहरुको घुईचो पनि थियो, अझै वृहत रुपले जापानीहरुलाई धेरै भन्दा धेरै सहभागि गराई अझै सकेमा जापानी मेडियालाई पनि संलग्न गराउन सकेमा नेपाल चिनाउन र यथार्थ पुरक सन्देश पुर्याउन सरल र सहज होला । हाम्रो ठाउबाट सधै पहल र साथ रहने नै छ, तलतिर उत्त समयको केहि झलकहरु...