Monday, July 27, 2015

थसेस जापानको वार्वेक्यु कार्यक्रमको समिक्षा र डिनर रिसेप्सन

सरद डायरि । आईतबार, श्रावण १०, २०७२
थसेस जापानको गत आईतबारका दिन अर्थात जुलाई १९ मा सम्पन्न भएको वार्वेक्यु कार्यक्रमको समिक्षा तथा आयब्यय प्रतिवेदन संगै बेलुका नेपालबाट आगमन सदस्यलाई हलुका बिदाई गर्ने कार्य र डिनर रिसेप्नसन थियो । साथै आज दिउसो भने कास्कि पोखरा समाजद्धारा पहिलो पटक आयोजना हुन गईरहेको वार्वेक्यु (बनभोज) कार्यक्रमको निमन्त्रणा पनि भएकोले दुबै ठाउमा समय मिलाएर कार्यक्रममा उपस्थित जनाए ।
थसेस जापानको संरक्षकको नाताले, कार्यक्रम प्रतिको धारणा तथा कार्यसमितिलाइ धन्यबादको दुई शब्द ज्ञापन गरे ।
यस पटक सर्वोकृष्ठ रुपमा कार्यक्रमबाट आम्दानी भएको खुशीयाली खवरको लागि सिङ्गो समितिलाई आभार ब्यक्त गर्दै हलुका ओचुकारे संगै डिनर रिसेप्सनमा सम्पन्न गरियो । उत्त समयको केहि झलकहरु....








Monday, July 20, 2015

थसेस जापानको वार्वेक्यु- जुलाई १९, २०१५

सरद डायरि । आईतबार, श्रावण ३, २०७२
थकाली सेवा समिति जापानले हरेक बर्ष झै यो वर्ष पनि उत्साहजनक सहभागिका विच हालै समर पिकनिक (वनभोज) कार्यक्रम सम्पन्न गरेको छ । 
जस अनुसार, गत आईतबार टोक्योको युमेनो सिमा कोयन नामक वार्वेक्यु स्थलमा करिवन ५ सय जना नेपाली तथा जापानीहरुको सहभागिताका बिच बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सो पिननिक कार्यक्मर सम्पन्न गरेको हो ।
जापानका लागि नेपाली राजदुत डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा राजदुत भट्टराई र समितिका संरक्षक शरद कुमार गौचनले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
सो कार्यक्रमबाट उठेको रकम हालैमा गएको महाभुकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको कदमबास-५ कोदारि स्थित सिहदेवी प्राथकमिक बिध्यालय भवन निर्माणमा खर्च गरिने सो संस्थाका महासचिब राजु सेरचन ले बताउनु भयो ।


उत्साहजनक सहभागिता जनाई कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा समाजका अध्यक्ष बुद्धि गौचनले धन्यबाद व्यक्त गर्नु भएको थियो। यसअघि कार्यक्रम संयोजक अनिल भट्टचनले उपस्थित सबैमा स्वागत गर्दै आगामी दिनमा पनि यसरी नै सहयोग र सहकार्यको अपेक्षा गरिएको धारणा ब्यक्त गर्नुभएको थियो। सो अवसरमा विभिन्न मनोरञ्जनपूर्ण कार्यक्रमहरु गरिएको थियो ।
स्मरण रहोस् थकाली सेवा समिति जापानले हरेक वर्ष ग्रीष्मयाममा ब्यस्त दैनिकीबाट एक दिन भए पनि टाढा रही जापानबासी नेपालीहरुबीच पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने उद्देश्यले पिकनिक (बिबिक्यू) कार्यक्रमको आयोजना गर्दै आईरहेको छ।
उत्त समयका केहि झलकहरु तलतिर...













Monday, July 13, 2015

गर्मियामको शुरुआत संगै तोसिमायनको पुलमा रमाउदै

सरद डायरि । आईतबार, अषाढ २७, २०७२
आज पारिवारिक घुमघामको सिलसिलामा जापानको गर्मियामको शुरुआतसंगै टोक्योको तोसिमायन नामक पुल (सलाईडिङ्ग ट्युव, सामुन्द्रिक छालको झलक दिने पुल, जम्प ट्युव, स्विईमिङ्ग पुल, घुमाउने पुल आदि..)  संगै विविध थुप्रै एट्याक्सन भएको ठाउमा बिहानको ९ बजे देखि नै छिर्यौं ।
बिगत डेढ बर्षको अन्तरालमा आगमन भएकोले पनि होला, यहाका धेरै एट्रयाक्सन र सिस्टमहरु हेरफेर र नौलो बनाईएको रहेछ, पुल नजिकैको खाली ठाउमा आगन्तुकहरुले आफ्नो पाल (घाम छेक्नको लागि) टागेर बस्न पाउने सुबिधा र ईन्ट्रि हुने ठाउमा निश्चित रकम ब्यालेन्स राखेर नारिमा बान्ने ब्यान्ड (कम्युटर डेटा रहित) लिएमा उत्त ब्यान्डको सहयोगले जुनसुकै ठाउमा किनमेल र चढ्ने एट्याक्सन (शुल्क लाग्ने ठाउ) पनि सबै उत्त ब्यान्डले छोएमा सबै कामकुरो खत्तम्..
साह्रै सरल, छिटो छरिटो तथा पुर्ण ब्यबस्थित भएपनि अन्तिममा बिल भने भुसुक्कै आएको पत्तो नै नपाउने । पाहुनाको लागि उच्च ब्यबस्थापन र सरल उपाय संगै राम्रो सर्भिस गर्न  जानेका जापानीहरुको यो उपाय भने हामि नेपालीले पनि सिक्नै पर्ने पक्ष हो  की?
जेहोस, उत्त समयका केहि झलकहरु..





















Monday, July 6, 2015

दश दिने युरोप भ्रमणको अविस्मरणीय क्षण र तमाम अनुभव संगै केहि झलकहरु

सरद डायरि । आईतबार, अषाढ २०, २०७२
साह्रै ताफ युरोप भ्रमण पश्चातको आफ्नै कर्म भुमी जापानमै फर्किएर पुन उहि चक्रिय दिनचर्या शुरु भो ।
भ्रमणको क्रममा अतिथि सत्कार तर्जुमा मिलाउनुहुने अग्रज तथा हितैषि मित्रद्धय अर्जुन कुमार श्रेष्ठ (एनआरएन युरोपका संयोजक,आरसि), प्रेम गुरुङ्ग (एनआरएन बेल्जिएमका अध्यक्ष) ज्युलाई बिशेष धन्यबाद संगै कोटिकोटि सलाम् । यहाहरुको साह्रै राम्रो ब्यबस्थापनले एक हप्तामा ६ देशको भ्रमण संगै युरोप बासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुसंग भेटघाट तथा भलाकुसारि गर्ने सौभाग्य मिल्यो ।
साथै यस भ्रमणमा साथ र सहयोग, समर्थन गर्नुहुने बेल्जियम बासी चिनिय दुवाल जी, सिपि जी, जानकि जी, ज्ञानेन्द्र जी, स्विजबासी डा.बिनय जी, नेपालका कलाकार भाई प्रमोद खरेल जी, मेरो आफन्त सरोज भाई, बहिनी बिना लगायत सबै लाई हृदय देखी नै आभार ।
केहि झलक तथा उत्त क्षणका दृष्यहरु...

(५) जुन २६, २०१५ (शुक्रबार)  -- लक्जमवर्ग 
(६) जुन २६, २०१५ (शुक्रबार)  -- सेन्जेन  
(७) जुन २७, २०१५ (शनिबार)  -- ज्युरिच, स्विजरल्याण्ड
(८) जुन २८, २०१५ (आईतबार)  -- जर्मन, फ्रयान्कफट
(९) जुन २८, २०१५ (आईतबार) -- नेपालको लागि पासापुसा बेल्जियमको च्यारिटि सो र म्याग्देलीसंग भेटघाट
(१०) जुन २९, २०१५ (सोमबार)  -- फ्रान्स (पेरिस) 
(११) जुन ३०, २०१५ (मंगलबार) -- ब्रसेल्स शहरमा घुमघाम
(१३) जुलाई १, २०१५ (बुधबार) -- मित्रहरुसंगको भलाकुसारि र जानीकी जीको रेष्टुरेन्टमा स्वागत
(१४) जुलाई २, २०१५ (विहिबार) -- एनआरएन बेल्जियमका अध्यक्ष तथा पासापुसाका अध्यक्ष को निवासमा डिनर तथा वार्वेक्यु पार्टि
(१५) जुलाई ३, २०१५ (शुक्रबार) -- बेल्जियमको अन्तिम दिन, बहिनिकोमा लन्च संगै बिदाबाजी
(१६) जुलाई ४, २०१५ (शनिबार) -- 

Saturday, July 4, 2015

अन्तिम दिन : युरोप भ्रमण सुसम्पन्न संगै जापान फिर्ता

सरद डायरि । शुक्रबार, अषाढ १८, २०७२
आज युरोप भ्रमणको अन्तिम दिन संगै कर्मभुमि तर्फ फर्कने दिन, झोलि तुम्वा सबै कसेर बिहानै ब्रेकफास्ट खाईवरि बेल्जियमबासि केहि साथीहरु बिहानै देखी भेटघाट र बिदाबाजीको लागि आईरहनु भएको साथीहरुसंग भलाकुसारि गरेको अबस्था । 
दिउसोको तिन बजे तिर फ्लाईट भएपनि बिहान छिटै लन्च तयार, ब्यबस्थापन गरि जसरि पनि खान आउनु पर्छ भन्ने आफन्तबाटको दवाब् । सबैको मन राख्नै पर्ने एक घण्टा मात्र भेटेर, खाना खाईवरि फर्किएर ब्रसेल्स अन्तराष्ट्रिय विमानस्थल तिर तिनवटा गाडिमा बाडिएर हिडियो ।
केहि झलकहरु तलतिर..........








Wednesday, July 1, 2015

बेल्जियम, सिन्ट निक्लसको मेयर संगको भेटघाट

सरद डायरि । मंगलवार, अषाढ १५, २०७२
वेल्जियमबासी अग्रज मित्रहरुको प्रगाढ संम्बन्ध, सहकार्य र समन्वयको प्रतिफल स्वरुप हामि बेल्जियम घुमघामको सिलसिलामा, ब्रसेल्स स्थित सिन्ट निक्लस नामक शहरको मेयर संग भेट गर्न पाउने सौभाग्य मिल्यो । 
स्थानिय मित्रहरुको सहयोगमा निश्चित समयमै हामि डेलिकेट्सहरु फर्मल ड्रेस पहिरेर नगपालिका भवनमा पुग्यौं । बिशेष ब्यक्तित्व (मेयरको सेक्रेटरि) को पछि लाग्दै मेयरको बैठक रुम अगाडि पुग्दा मेयर ज्युले हामिलाई पर्खेर बस्नु भएको रहेछ । मेयर अघि अघि र हामि डेलिकेट्स ९ जना पछि लागेर बैठक कोठामा छिर्न आब्हान गरियो । अचम्मको कुरा त मेयर पनि साईकलमै साधारण कर्मचारि जस्तै दिनहु क्रियाकलापमा सहभागि हुनुहुने र कुनै त्यस्तो तामझाम नभई आफुपनि एक साधारण कर्मचारि जस्तै गरि खटिएर कार्य सम्पन्न गर्नुहुने जानाकारि भयो । मेयरले सबैलाई पिउने कुरा सोध्दै कफि र टि को ब्यबस्था संगै आ-आफ्नो परिचय र मनभावना राख्न समय दिईयो । हामिबाट साधारण परिचय सकिए पश्चात उहाले भुकम्प पिडितको लागि सानो नगद रकम सहयोग गरिसकेको र भावि आवश्यक दिर्घकालिन सहयोग तथा पुण निर्माणको लागि पनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो, यसै सन्दर्भमा आफ्नी श्रीमति पनि नेपाल र हिमाललाई अति नै मनपराउने, केहि पटक गईसकेकोसमेत अबगत गराउनु भयो । साथै यो आजको भेट शुरुआत मात्र भएको र हामि बिचको सदभाव, सहयोगको भावनाको आदानप्रदानको निरन्तरता र फेरि पनि भेट्न बचन दिनु भयो ।
उहाबाटै नगरपालिका भवन बाहिर संम्झना स्वरुप सामुहिक फोटो पनि लिन अनुरोध गर्दै बाहिर निक्लिएर केेहि स्न्याप पनि लिदै बिदाबाजी गरियो ।  

बिचमा आकासे निलो रंङका टिसर्टवाला मेयर र कालो कोटवाला सेक्रेटरि

 
मेयर संगको भेटघाटको झलक