Thursday, February 12, 2015

ताकातोरियामा, आसाईना किरिडोसि र कामाकुराको हाईकिङ्ग

सरद डायरि । बुधबार, माघ २८, २०७१
आज बुधबार भएता पनि सार्वजनिक रातो बिदाको दिन परेकोले पुर्व निर्धारित योजना अनुसार नै टोक्योको पुर्वी साईडमा पर्ने जुसि एरियामा हाईकिङ्ग र रक्क क्लाईमिङ्ग (पहाडको ढुङ्गामा चढ्ने) गर्ने कार्यक्रम थियो ।
म संलग्न रहेको ओ.सि.जे क्लवका साथीहरु संग यस ईभेन्टमा हामि सात जना (व्रिट्रेन- आण्डि, फ्रान्स-पाट्रिक, ब्राजिल-टाईड्, होल्याण्ड-फेड्जिआ,जापानी-रिए,तामाओ र म) को सहभागिता रहेको यस टिम, बिहानको १०:२० मा हिगासि जुसिमा भेट्ने कार्य तर्जुमा भएपनि मेरो ढिलाई कारणले गर्दा ११ बजे मात्र गन्तब्य तिर प्रस्थान गर्यौं । भेट्न सल्लाह गरेको ठाउसम्म मेरो घरबाट करिवन डेढ घण्टाको बाटो भएकोले पौने दुईघण्टाको समय छुट्याएर हिडेता पनि छुट्टिको दिन र गाउँतिरको ट्रेन समय भएकोले होला, एउटा ट्रेन छुटेमा अर्को ट्रेन आउन करिवन १५-२० मिनेटको अन्तरालमा आउदो रहेछ, मैले तिन ठाउमा ट्रेन चेन्ज गर्दा करिवन ४० मिनेट बढि त ट्रेन पर्खिदा पर्खिदै लागिहाल्यो ।
जेहोस, साथीहरुसंग सम्पर्कमा रहदै म चढदै गरेको स्टेशनको नाम बताउदै गर्दा, मलाई करिवन १ घण्टा बढि पर्खनु परेको रहेछ, सबै मित्रहरुलाई हृदय देखी नै क्षमा याचना माग्दै हाम्रो हाईकिङ्ग ठिक ११ बजे मात्र शुरु भयो । तिनवटा पहाड (ताकातोरियामा, आसाईना किरिडोसि  र कामाकुरा) चढ्ने र अन्तमा कामाकुरा नजिकैको समुन्द्रमा मृगको मासु (अस्ति निक्को हाईकिङ्गमा हण्टरवाट प्राप्त गरेको सिका निकु) संगै फाईरिङ्ग पार्टिको पनि योजना थियो । खुशीको कुरा ब्राजिलको मित्र टाईड् बिश्वबिध्यालयको रिसर्चरको कारण पनि उनि संग जिपिएस यन्त्र (बिशेष खालको मेसिनले सबै बिस्तृत थाहाहुने) संगै बोकेर आएका रहेछन् । उनले हाम्रो यो हाईकिङ्गको सबै बिस्तृत बिवरण (तलको हाईकिङ्ग गरेको रुटको गुगल फोटो तथा अन्य डेटा एक केहि झलकहरु) सहित पाँच पेजको रेपोर्ट नै तयार गरेर पठाउनु भएको थियो जस अनुसार, आजको हाईकिङ्ग तथा रक्क क्लामिङ्ग टुरमा...
* ७ स्क्वाएर किलोमिटर भित्र १३.५ किलोमिटर हिडेको
* कुल लागत समय - ७ घण्टा ११ मिनेट ५२ सेकेण्ड
* कुल हिडेको समय - ५ घण्टा ५३ मिनेट १३ सेकेण्ड
* लन्च, रक्क क्लाईमिङग र बिचबिचमा रेष्ट गरेको समय - १ घण्टा १८ मिनेट ३९ सेकेण्ड
* हिडाईको स्पिड (एभ्रेज) मा- १.९ किलोमिटिर प्रति घण्टा
* हिडाईको स्पिड (म्याक्स) मा - ५ किलोमिटर प्रति घण्टा
यस टुरको बिस्तृत झलकहरु संम्बन्धित तलको लिन्कमा....




 



 










 


Tuesday, February 3, 2015

जापानबाट बुद्ध मन्दिरको सहयोगार्थ संकलन रकम‏

सरद डायरि । सोमबार, माघ १९, २०७१
थसेस काठमाण्डौं क्षेत्रका अध्यक्ष तथा श्रद्धेय दाजु श्यामप्रसाद शेरचन ज्युबाट मेरो आफ्नो ब्यक्तिगत नेपाल भ्रमणको क्रममा रहदा उहाले म संग राख्नु भएको अनुरोध संगै जापानबासिबाट आर्थिक सहयोगार्थ पहल गर्नको लागि आएको निवेदन अनुसार उत्त कार्यको आज टुंगो लगाई आज नै संकलित रकम पठाउने कार्य र अन्य विविध सबै सम्पन्न गरे ।
हाम्रो सहयोग रकम ठिक कार्य र उचित अनुसार नै प्रयोग होस् भन्ने कामना सहित पुन सहयोगिहरुलाई कोटि कोटि सलाम्  र सबै कार्यको सफलताको लागि अग्रिम मंगलमय हार्दिक शुभकामना पनि दिन चाहान्छु ।
तलतिर उत्त बिवरण जस्ताको तस्तै.......
 
काठमाण्डौं महानगरपालिका वडा नं १६, शोबाभगवतिमार्ग, कल्याणनगरमा निर्मित बुद्ध मन्दिरको लागि जापानबाट आर्थिक सहयोगदाताहरुको नामावलि बिवरण 
संकलनकर्ता तथा ब्यबस्थापन - शरद कुमार गौचन (संरक्षक, थकाली सेवा समिति जापान)
 
१) शरद कुमार गौचन :  धापसि ९ बसुन्धारा, काठमाण्डौं  - ३,००० यन
२) बुद्धि गौचन : नाकुम कोबाङ्ग मुस्ताङ्ग - २,००० यन
३) बिजय शेरचन : बुटवल, नेपाल - १,००० यन
४) जित बहादुर गौचन : नाकुम कोबाङ्ग, मुस्ताङ्ग - २,००० यन
५) जयकार शेरचन : लेते कालोपानी, मुस्ताङ्ग  - १,००० यन
६) कृष्ण देवी शेरचन : साराङकोट पोखरा - १,००० यन
७) माईकल गौचन : पुतलीसडक, काठमाण्डौं - २,००० यन
८) सुन्यता गौचन : आवुखैरेनी, तनहु - २,००० यन
९) लोकेश गौचन : सिनागावा, टोक्यो - २,००० यन
१०) बिक्रम गुरुङ्ग : चिबा, जापान - २,००० यन
११) खगेन्द्र शेरचन : सुन्धारा काठमाण्डौं - २,००० यन
१२) गिरी शेरचन : गंगपुर काठमाण्डौं - २,००० यन
१३) तिर्थ शेरचन : पाल्पा तानसेन - २,००० यन
१४) जिबन भट्टचन : चक्रपथ काठमाण्डौं - २,००० यन
१५) राम गौचन : बुटवल नेपाल - २,००० यन
१६) याम शेरचन : कामाता जापान - १,००० यन
१७) उषा तुलाचन : कामाता जापान - १,००० यन
जम्मा - ३०,००० जापानी यन को नेरु २४,०५१ (चौविस हजार एकाउन्न रुपैया)
 
म शरद कुमार गौचन (थसेस जापानको संरक्षक तथा निवर्तमान अध्यक्ष) को पहलमा माथी उल्लेखित रकम जापानमा उठाईएको र नेपाल पठाउन लाग्ने शुल्क समेत म स्वयमले भुक्तानि गरि संम्बन्धित ठाउमा पठाईसकेको अनुरोध गर्दछु । श्रद्धेय सम्पुर्ण सहयोगदाताहरु तथा ब्यबस्थापन समन्वयको लागि बिशेष सहयोग गर्नुहुने राजन गौचन ज्यु र बिनोद गौचनज्युलाई समेत बिशेष धन्यबाद दिन चाहान्छु ।
साथै,
म केहि समय अघि नेपाल रहदाको क्रममा थसेस काठमाण्डौं क्षेत्रका अध्यक्ष तथा बुद्ध मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष, श्याम प्रसाद गौचन ज्युबाट बुद्ध मन्दिरको भ्रमण र अनुगमन गराई सहयोगको लागि रसिद पत्र र विविध कागजात उपलब्ध गराउनु भएको थियो ।
सोहि अनुरोध अनुसार नै यस पुण्य कार्यको लागि सानै रकम भएपनि हृदय देखि नै सहयोगी हातहरु प्राप्त भएको र सहयोग गर्न पाउदा ज्यादै हर्षित हुदै आदरणीय अध्यक्ष श्याम प्रसाद गौचन ज्युलाई नै उत्त संकलित रकम पठाई सकेको समेत हार्दिक सहर्ष जानाकारि गरादछु । धन्यबाद ।
 
भवदिय,
शरद कुमार गौचन
ताकामाचु ईकेबुकुरो, टोक्यो जापान
फेब्रवरि ४, २०१५ (बुधबार)
 

Monday, February 2, 2015

雲竜渓谷-Nikko_ICE VALLEY

सरद डायरि । आईतबार, माघ १८, २०७१
म आवद्ध ओ.सि.जे द्धारा आयोजित तोवु निक्को,  उनर्यु आईस् भ्याली नामक (उनर्यु आईस् को बजार) आईस् ट्रेकिङ्ग ईभेन्टमा भाग लिए । जुन नाम अनुसार कै सम्पुर्ण आईसबाट बनेको बजार संगै अत्यन्तै रमणीय तथा छुट्टै संसार, तर मुटु नै कठ्याङ्ग्रिने जाडो, हावाहुरि संग लड्दै भिड्दै र थुप्रै हिमपात, सितलहरलाई पार गर्दै करिवन १५०० मिटर अग्लाई सम्म हिडेर जानुपर्ने अत्यन्तै कठिन स्थान थियो । यो ठाउँ जाडोयामको अति नै चर्चित ट्रेकिङ्ग रुट संगै प्रचलित ठाउ पनि भएकोले होला आवत जावत गर्ने पडाह मनपराउनेहरुको भिड् , लाईन लागेर हिड्नेहरु हुल थियो ।
हामि ५ जना (आण्डि-व्रिट्रेन, आनेट्टे- जर्मन, रिए र माडोका-जापान र म नेपाल) को ग्रुप निश्चित समयमै किटासेन्जुको निक्को एक्सप्रेसमा बिहानै सबेरै भेट भई गन्तब्य तिर प्रस्थान गर्यौं । निक्को स्टेशनबाट ट्याक्सि समातेर पहाडको चढ्नेद्धार (तोजान ईरिगुचि) सम्म अनुरोध गरिएपता पनि धेरै हिमपात र चिप्लने डरले ट्याक्सि पनि तोसोगुन नामक मन्दिर भन्दा अगाडि नजाने जानाकारि दिए । निक्कोको चर्चित मन्दिर तोसोगुन सम्म ट्याक्सिबाट सफर गरि ओर्लिएर ८ घण्टे कठिन पहाड चढ्ने यात्रा शुरु भयो । कहि ठाडै उकालो थियो भने, कहि आँखा नै घुमाउने घुम्ति र कहि एकातिर बाट भन्दा हिड्नै नसकिने सागुरो बाटो त्यस माथी घुडा सम्म आउने हिम श्रीङ्खला पार गर्दै ५ घण्टा बढि लगाएर गन्तब्य स्थलमा दिउसोको ३ बजेतिर पुगियो । गन्तब्य स्थल सम्म पुग्न अति नै धेरै थकाई र अचम्मै कठिन भएता पनि उत्त स्थानको अति नै रमणीय क्षण र छुट्टै संसारको महशुष गर्नपाईएकोले सबै थकाई एकैछिनमा मेटिएको भान भयो । करिवन आढा घण्टा बसेर दिउसोको हलुका लन्च लिएर फेरि पहाड ओर्लिने कार्य शुरु गरियो ।  
जेहोस, उक्लिदा पाँच घण्टा बढि लागेपनि ओर्लिदा भने तिन घण्टा पनि नलागि छोटो बाटो संगै अप्यारो ठाउंमा रपहरु प्रयोग गर्दै छिटै ओर्लिन सफल भयौं । राति अधेरो भईसकेता पनि हाम्रो भाग्यबश हिचहाईक गर्न पनि सफल हुदै दुईवटा गाडिमा बाडिएर हाम्रो  पाच जना ग्रुप सबैलाई निक्को स्टेशनसम्म एकैछिनमा ल्याई ओरालिदिनु भयो, दुईवटा गाडीका उहाहरुलाई कोटि कोटि सलाम्  उत्त क्षणको केहि झलकहरु..