Monday, August 17, 2015

जापानको आसाओ र माचुगिकावाको हाईकिङ्ग

सरद डायरि । शनिबार, श्रावण ३०, २०७२
निक्कोको आसाओ नामक अनकन्तार र अति नै रमणीय पहाडतिरको हाईकिङ्ग संगै १ रात यतै बस्ने क्याम्पिङ्ग थियो आज । करिवन १५०० सय देखी २००० मिटर अग्लो यासुरिसान (पहाड), ओहिरायामा (पहाड) बाट अति नै चिसो र सफा बग्ने माचुगिकावा नामक खोलाको तिरैतिरबाट करिवन ५ घण्टा अघि बढेपछि, आजनको गन्तब्य स्थलमा पुग्यौं । जहा नजिकै खोला, वरिपरि पहाड नजिकै क्याम्पको लागि चउर संगै जंगल पनि थियो । दिउसै नजिकैको भिरमा जापानी मृग र हामि बसेको नजिकै जापानी स्यालहरु पनि भेट्न र देख्न सकिने संगै कहिलेकाहि भालुहरु लाई पनि भेटन सकिने एडभान्चर स्थल रहेछ ।











 

   
 












 


Monday, August 10, 2015

चिवा प्रिफेक्चर (सोतोवो) ओन्ज्युकु सिसाईडमा रमाउदा

सरद डायरि । आईतबार, श्रावण २४, २०७२
ओन्ज्युकु नामक चिवा प्रिफेक्चर अर्थात चिवा स्थित सामुन्द्रको बाहिरि भाग (सोतोवो) को सामुन्द्रिक भ्रमणको लागि आज एकदिने घुमाईको थियो । छोराको सक्कर प्रतियोगितामा जाने भएकोले म र परिवार सहित आफन्त(वहिनि,ज्वाई परिवार) संग लागियो । टोक्यो देखी निकै टाढा भएकोले एक्सप्रेस ट्रेनमा चढेर जानको लागि तय भएपनि घरबाट निक्लनै केहि ढिला भएकोले निश्चित समयमा पुग्नको लागि डौडिन बाहेक अरु उपाय भएन । टोक्यो स्टेशन अोर्लिएपछि पनि १५ मिनेट बढि हिेडेर ट्रेन समात्नु परेको र ठुलै पोका पन्तुरो बोकेर १५ मिनेटको बाटोको लागि ५ मिनेट पुग्ने गरि कुलेलाम ठोक्यौं । ठिक १ मिनेट अघि ट्रेन लिगमा पुगेपनि अत्यन्तै अपुग समय र पहिलो पटक यस ट्रेनमा चढ्ने भएकोले सोधखोज नगरि उहि समयमा आएको ट्रेनमा चढदा बाटो एउटै परेपनि फरक समय र बिचमै रोकिने फरक ट्रेनमा चढिएछ । बिचबाटोमा पुगेर करिवन १ घण्टाको प्रखाई पछि ठिक एक्सप्रेस ट्रेनको टिकट काटेर चढिवरि गन्तब्य स्थलमा एकैघण्टा ढिलो गरि पुगियो ।
जेहोस, टाढै भएपनि रमणिय, सुन्दर र सफा समुन्द्रमा आज एकदिन बिताउन पाउने भएकोले हर्षित थियौं । त्यस समयको केहि झलकहरु तलतिर.....