Wednesday, November 4, 2015

ताकामाचु ईच्योमे अट्म टुर

सरद डायरि । मंगलवार, कार्तिक १७, २०७२
म बस्ने एरियाको समुदायहरु बिचको, (ताकामाचु ईच्योमे काई) एकदिने भ्रमण अति नै रमाईलो र भब्यताका साथ समापन भयो । ताकामाचु ईच्योमे नामक यो ग्रुपले विविध बार्षिकि कार्यक्रम मध्ये आन्तरिक संगै घुमघाम र रमाईलो कार्यक्रमहरुको पनि आयोजना गर्ने गर्दछ । आयोजक समुदाय बिचको चिनजान, आपसि सहयोग सदभाव  र रमाईला गतिबिधिहरुलाई निरन्तरता दिदै यस एरियाको बासिन्दालाई संगठित गर्ने काम गरिरहेको छ । जापानका चाडपर्वलाई निरन्तरता दिने कार्य, सामाजीक कार्यक्रमहरु आयोजना र अन्तराष्ट्रिय कार्यक्रमलाई समेत समेटदै संगै केहि कार्यक्रममा सहभागि जनाउने अबसर पाएता पनि आजको यो एकदिने टुर भने हाम्रो परिवारले पहिलो पटक संलग्न जनायौं । मेरै बिल्डिङ्ग अगाडिबाट नै ४२ जना सहभागिलाई ओसार्ने बस, जाने र फर्किने संगै अति नै सुलभ रकममा जापानकै चर्चित तोचिगि केनको निक्को स्थित, अटमको प्राकृतिक सौन्दर्य र तातोपानी डुब्ने संगै जापानी सेम्बेई बनाउने फ्याक्टरि हेर्ने कार्यक्रम  सम्पन्न गरियो आज । जुन तपसिल समय कार्यतालीका अनुसार फट्टे भयो । 
* ४२ जनाको सहभागि ८ बजे जम्मा भई ८:२५ मा गन्तब्य तिर प्रस्थान
* ११:२० मा "सानो" नामक हाईवय सर्भिस एरियामा २० मिनेट बिश्राम
* १२:०० बजे (龍王峡)र्युओउक्यो नामक स्थान (चर्चित खोला, छहरा र विविध) प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ठाउमा एकघण्टे हाईक् र स्थल भ्रमण
* १ बजे,  ओकुकिनुगावा सुपामिकाजुकि (चर्चित होटेल) नामक ठाउको लन्च बाईकिंङ्गमा सरिक
* २ बजे, होटेलको रमणीय ईन्डोर पुल तथा प्राकृतिक तातोपानी (ओन्सेन) मा डुब्ने कार्यको शुरुआत
* ३:३० बजे चर्चित सेन्बेई (चामलको पिठोबाट बनाईएको विशेष परिकार) फ्याक्टरिको भ्रमण र तिन दर्जन बढि परिकारको टेस्टिङ्ग कार्य
* ४:३० बजे हाईवय सर्भिस एरिया, जुन एडोजिडाई (टोक्योको पहिलाको रुप) लाई परिकल्पना गरि बनाईएको रमणीय स्थानमा ३० मिनेट बिश्राम
* १८:३० मा बसस्टपबाट बिदाबाजी हुदै समापन






















Sunday, November 1, 2015

"हलोवीन" ईन टोक्यो, जापान

सरद डायरि । शनिवार, कात्तिक १४, २०७२
क्रिषियन धर्मालम्बिहरुले मृतआत्माको चिरशान्तीको कामना तथा बिशेष संम्झनामा बिभिन्न प्रकारका भेषभुषामा रङ्गिएर मनोरञ्जनात्मक पुर्वक मनाउने पर्व "हलोवीन" केहि वर्ष अघि देखी जापानमा पनि धुमधामका साथ मनाउने प्रचलन बढदै आएको छ । बिशेष गरेर युवा,युवतीहरु बिच अति लोकप्रिय हुदै गरेको यस पर्व, अक्टुवर ३१ तारीखको दिनमा जापानको चर्चित शहर सिवुयाको हाचिको नामक पार्क र हाचिको कोसाटेन (चोक) मा जम्मा भएर बिभिन्न भेषभुषा र रङ्गिएका रंङ्ग रोगन संगै शुभकामनाको आदानप्रदान तथा फोटो शेसन गरेर मनाउने गरेको पाईन्छ । आज यहि मेसोमा बावु र म पनि सिवुया गएर संगै मनाईयो यो वर्षको "हलोवीन", तलतिर उत्त समयमा मोवाईल क्यामेरामा कैद गरेका केहि झलकहरु..