Sunday, October 30, 2016

Sawanobori-Okuchichibu_Ichinosawa

सरद डायरि । शनिवार, कार्तिक १३-१४, २०७३
यस पटकको -"सावानोवोरि-沢登り" वा (वाटरफल क्लाईमिङ्ग-Waterfall Claiming)....
हामि नेपालीहरुको त कुरै छोडौं, अधिकांस जापानीहरुलाई पनि थाहा नभएको यो प्राकृतिक एडभान्चरको रुपमा सानो समुहका जापानीजले जापानबाट नै उत्पन्न गरेको एडभान्चर स्पोर्ट हो, "सावानोवोरि-沢登り" ।
यो जापानी भाषालाई सिधै अंग्रेजीमा उल्था गर्दा (वाटरफल क्लाईमिङ्ग-Waterfall Claiming) भनियता पनि जापानबाट शुरु भएको, एक किसिमको प्राकृतिक एडभान्चर अर्थात पहाडको अनकन्तार भिरमा, ओरालो झरेको नदिमा उकालो चढ्ने र जहा झरना, ताल, चट्टान, खोल्सा तथा बाटै नभएको भिर,पहिरो, पहरालाई झेल्दै,छिचोल्दै, छेड्दै, उक्लनु पर्ने साह्रै तफ र रिक्सि एडभान्चर स्पोर्टको रुपमा जापानमा दुई दशक अघि देखी चलनचल्तिमा आएको देखीन्छ ।
"सावा " नुहाउदा प्रयोग हुने सावर वा रेष्टुरेन्ट, घर तथा अन्य ठाउमा वियर,वाईन पेय पदार्थ आदि माथीबाट तल झर्ने तरल पदार्थ ।
"नोवोरि" उक्लने, उकालो लाग्ने माथीतिर चढ्ने ।
अर्थात छोटकरिमा पानी झरेको ठाउमा उकालो चढ्नेलाई "सावानोवोरि-沢登り" भनिन्छ ।
यो प्राकृतिक एडभान्चर अनुभवको लागि, निम्नतम आधारभुत तपसिल सामाग्रि संगै बिशेष क्लाईमिंङ्ग गर्ने क्षमता र दक्षताको आवश्यक पर्दछ ।
* सावा सुज, सावा स्पाच, हेलमेट, हार्नेस, स्विरिन्गे, काराविना, एईटोकानचुकि काराविना, हेड लाईट आदी..
* रात बिताउनको लागि हो भने, टेन्ट, सिल्पिङ्ग ब्याग,खानपिन आदि...
जेहोस,
जापानको साईतामा प्रिफेक्चरको ओकुचिचिवुबाट डेढ घण्टाको बस र करिवन दश किलोमिटर हिडे पछि मात्र शुरु गरेको "सावानोवोरि" अर्थात वाटरफल क्लाईमिंङ्ग, ईचिनोसावा नामक स्थान ।
यसपटक पनि दुई दिन तथा एक रात जंगलमै बास बसियो र हिडाई भने दुई दिनमा अनुमानित ११ घण्टाको गरिएतापनि घर फर्किने ट्याक्सि समाउदा करिवन १६ घण्टा हिडेर बिताईएछ ।
पहिलो दिन मौसमले साथ दिएपनि दोस्रो दिनभने पुरै कुईरोले घामको अनुहार नै देख्नै पाईएन तथापि आधारातमा टेन्ट (टावु) मा सिधै आकाशबाट झरेको पानी ठक्करको आवाजले भने छिटै ब्युझाउन बाध्य बनायो ।
Thanks Mr. Saka, Iwa, Ta, Ms.Ne (どうもありがとうございました。)
--------------------------------------------------------------------------------------------------------------------------------------------------
先週末、1泊2日で埼玉県の奥秩父の市ノ沢(市ノ沢〜和名倉山)へ登って参りました。初日はお天気にも恵まれましたが、谷間の日暮れは早く夜はタープをたたく雨の音に目が覚めました。
今回の沢は、一回だけロープを出す機会があり、その他問題なく直登でき、小滝等が続き、シャワーを浴びる箇所もありました。
せっかくの今シーズン最後の沢と焚き火を仲間と一緒に存分に楽しむことが出来て非常に嬉しいです。皆様お疲れ様でした。
                                                                          Photo by Iwa,Saka

More photo..........................

















Wednesday, October 26, 2016

पुर्व प्रधान मन्त्रीसंगको भेटघाट

सरद डायरि । बुधबार, कार्तिक १०, २०७३
आज अचानक टोक्यो स्थित नेपाली दुतावासमा कार्यरत जापानी कर्मचारिले डिनर रिसेप्सनको लागि निमतन्त्रणा दिनु भयो, कारण सोध्दा नेपालदेखी आउनु भएका पुर्व प्रधान मन्त्रीसंगको भेटघाट तथा स्वागत सम्मान एवं डिनर पार्टि भएको जानाकारि आयो ।
वास्तवमा राजनितिक र राजनीतीक दलका नेताहरु संग त्यति चासो नभएता पनि दुतावासको आयोजना तथा यस्तो मर्यादापुर्वक निमन्त्रणा दिनु भएकोले जाने निधो भने दिए ।
निर्धारित समय भन्दा केहि ढिला गरि पुगे पनि नेपालीको कार्यक्रम त हो शुरु नभएको रहेछ । पुगेपछि हलुका पेय पदार्थको चुस्कि लिदै १ घण्टा बितेपछि पुर्व प्रधानमन्त्री तथा संसदिय दलका नेता झलनाथ खनालको चोपिलो र चर्को भाषण संगै निकै रोचक शब्दहरु भने निकै सान्दर्भिक लागेता पनि सधै नेताहरुको यस्तै चोपिलो भाषण, भाषण मै सिमित नरहि केहि हिस्सामा भएपनि यथार्थमा परिणत गरियोस् भन्ने जिग्यासा भने राखे साथै कामना पनि गर्दछु ।
जेहोस, यि नेतालाई तिन दशक अघि जापानमै भेटेको उनैले स्मरण गराउदा भने अतितका संम्झना र निकै रमाईलो भने लागेर आयो ।
धन्यबाद नेतागण ।  कृतज्ञता दुतावास परिवार ।।

                                                       नेता खनाल दंम्पतिसंग

                                                        नेता र उनका कार्यकर्तासंग

                                        पुर्वप्रधानमन्त्री झलनाथ खनाल र परिवारसंग


Sunday, October 23, 2016

मिनामिआईजुमाचि स्थितको खेतमा "खेताला"

सरद डायरि । शनिबार, कार्तिक ६,७, २०७३

登山計画書

1.         山域・・・南会津
2.         山行形態、目的・・・茅葺き用茅の刈り取り作業手伝いとハイキング
3.         日程・・・2016年10月22~23日
4.         メンバー:Saka,Iwa、Ni,Furu,Saku,Ino,Sasa,Matsu,Sara
5.         コース・・・22日南会津水引集落で茅刈り作業、23日猿嵓登山口~田代山~帝釈山(往復)
6.         個人装備・・・日帰りハイキング装備一式、雨具、行動食、着替え
7.         共同装備・・・なし
8.         共同食・・・なし
9.         地図・・・2万5000分の1地形図 湯ノ花 湯西川 帝釈山
10.     エスケープ・引き返す
11.     下山連絡・さん(000-0000-0000)に連絡します。よろしくお願いします。
12.     集合・22日東武・鬼怒川温泉駅集合(古車及び電車・浅草発6:20~鬼怒川温泉駅着8:37の電車)

सन्दर्भ "खेताला" - गतवुईण्डको (22th, 23th Oct)
जापानी मित्रको बसोबास क्षेत्र, फुकुसिमा प्रिफेक्चर, मिनामिआईजुमाचि स्थितको खेतमा "खेताला" भएर एकदिने कार्य र त्यहाकै दिनचर्या सोहि ठाउमै बसेर अनुभव गरियो ।
यो क्षेत्रमा पहिल्यै देखीको चलन चल्ति अनुसारको बस्ति,रहनसहन, बसाई अर्थात बिशेष बनावटको घर साथै परालले छायको छानो तथा खेतवारिबाटको "अर्थोपाजन,जिक्युजिसोकु"自給自足 एवं सानो गाउँमा थोरै बस्ति बिचको सुमुधुर संम्बन्ध र एकअर्काको सहयोगमा दिनचर्या यापन ।
अाउदो जाँडोयाम टार्न पुर्व तयारि सहित हाम्रो "खेताला" ले अर्थपुर्ण भुमिका निर्वाह गरेको ठहर सहित कर्मभुमिमा सानो पैचो तिर्न सफल भएको अनुभव ।
जन्मभुमीमा सानो छदा धेरै सुन्ने,देख्नेमा सिमित रहेता पनी एक दिन पुरै "खाया खारि"茅刈りअर्थात पराल (नाम ठ्याक्कै थाहा भएन्) काट्ने कार्य पुरै साँत घण्टा बढि लगायर गरियो भने अर्को दिन फुकुसिमा हुदै तोचिगि प्रिफेक्चरको साँधमा रहेको "तासिरोयामा ताईस्याकुजान" 田代山、帝釈山 हाईकिङ्ग संगै जापानको "अटम् कलर" 紅葉 तथा बिशेष "अोनसेन्" 温泉 एवं फापरको पिठोको नुडल्स "सोबा" (१० किलोको बाटो पुरै सोबा पसल) そばसंग रमाउदाका क्षणहरु अविस्मरणीय रहे ।
"खेताला" को एउटै उदेश्य होला भन्ने लागेता पनि हाम्रोमा र यहा बिच भने अर्थ, दृष्टिकोण, मान्यता र परिभाषा फरक फरक...
जन्मभुमीमा, कृषि कार्यमा आलोपालो सघाउने वा पालोपैचो तिर्ने तथा पारश्रमीक दिएर "खेताला" लगाउने मेरो बुझाई ।
कर्मभुमीमा, महिनौ अघि स्थान, समय र पुरै बिवरणहरु सहित फाराम भरेर सबै आफ्नै लगानीमा गर्ने अध्ययन एवं स्वयमसेवकको रुपमा "खेताला" गर्नुपर्ने ।
जेहोस् नयाँ, नौलो र बिशेष अनुभव भने पक्का बटुलेको ।
----------------------------------------------------------------------------------------------------------------------------------------------
福島県南会津水引集落で茅刈り作業を手伝いいたしました。
人生初の貴重な経験と勉強をさせて頂きました。
更にお昼時間に醤油付のゆで卵やイカ・こんにゃくとカレーの味は最高でした。
翌日の山は少し天気がよくなかったのですが、みんなで元気に田代山帝釈山の登山し紅葉と温泉それに美味しい手打ちそばも楽しみました。皆様お疲れ様、ありがとう!
Thanks for Saka,Iwa,Ni,Fu,Saku,Ino,Sasa and Matsu
                                                                                                               Photo by Saka






















Monday, October 17, 2016

Yamanashi-Takatsukayama

सरद डायरि । आईतबार, असोज ३०, २०७३
仲間と一緒に高柄山へ行って来ました。高くもなく難しくもなかったのですが、大勢で地図にコンバス合わせし、方向検索しながら歩くのも楽しいですね。こんなに早く下山出来たハイキングははじめてでしたが、とても楽しい山登りでした。皆様お疲れ様でした。
------------------------------------------------------------------------------------------------------------------
ठुलो पार्टि (माउन्टेन चढ्ने ग्रुपलाई) मा नक्शा र कम्पास समातेर, बाटो नै नभएको ठाउबाट गन्तब्य दिशा पत्ता लगाउदै हिड्नुको छुट्टै मजा... 
साँत घण्टे छोटो र सरल रुट् , यामानासि प्रिफेक्चर, ताकाचुका माउन्टेन 
                                                                       Photo by Saka, Iwa


登山計画書

1.         山域・・・中央線沿線・高柄山
2.         山行形態、目的・・・体験山行・地図読み
3.         日程・・・2016年10月16日(日帰り
4.         メンバー
Saka,Kiku, Yama,Saku,Ne,Sasa,Iwa,Saya,Fuji and Me
5.         コース・・・上野原駅=落合入口停~高柄山東稜(430m~552m~640mを辿る)~高柄山733.2m~北稜を下り467m~杖突集落、四方津駅
6.         個人装備・・・日帰りハイキング装備一式(雨具、ヘッドランプ等)、コンパス、行動食、着替え
7.         共同装備・・・なし
8.         共同食・・・なし
9.         地図・・・2万5000分の1地形図 上野原
10.     エスケープ・・・引き返す・山頂からは登山道を下山
11.     下山連絡・・・谷さん(090-0000-0000)に連絡します。よろしくお願いします。
12.     集合・・・上野原駅8:00 8:30発のバスに乗ります。


 





Friday, October 14, 2016

हाईस्कुलका बिध्यार्थीहरुलाई नेपालको बिषयमा लेक्चर

सरद डायरि । विहिबार, असोज २७, २०७३ 
आज १३ अक्टुवर २०१६ विहिबारका दिन, कानागावाकेनरिचु चिगासाकि हाईस्कुलको १० र ११ कक्षाका थुप्रै बिध्यार्थीलाई नेपालको बारेमा लेक्चर दिने समय तय भएको थियो ।
पुर्व निर्धारित समय अनुसार स्टेशनमा सम्बन्धित आयोजक र सहयोगि संग भेट गरि लागियो गन्तब्यस्थलतिर..
समय अगावै पुगिएकोले हाईस्कुलको हेडसर लगायत अन्य सरहरु संगपनि हलुका परिचय गरि हेडसरको कार्यकक्षमा चियापान र हलुका कुराकानी र भिजिटिङ्गग कार्डको पनि आदानप्रदान गरियो साथै आजको प्रिजिन्टेन्सन र समय तालीका अन्य विविध पक्षको बैठक (उचिआवासे) सकेर कक्षा कोठा तथा अन्य संम्बन्धित बिषयको भ्रमण पनि भयो ।

बिशेष गरेर, कानागावाकेनको चिगासाकी हाईस्कुलका १० र ११ कक्षाका ७०० बढि बिध्यार्थी, टिचर र कर्मचारि समेतलाई नेपाल, नेपाली तथा मेरो आफ्नो ब्यक्तिगत जापानमा देखेको, भोगेको र अनुभव गरेको कुराहरु संम्बन्धि चिनाउने अबसर थियो यो ।
धेरै समयको अन्तरालमा यत्रो ठुलो जमातको अघि बोल्न (गेष्ट स्पिकरको रुपमा) छुट्याईएको ४० मिनेट निकै सोचनिय भएतापनि बोल्न शुरु गरेपछि त अति नै रमाईलो र झकासकासाथ एकैछिनमा समय सकिएको पत्तो भएन् ।
विध्यार्थी भाईबहिनीलाई नयाँ, नौलो अनुभव र नेपालको बारेमा थोरै भएपनि जान्ने,बुझ्ने अबसर मिलेको महशुस भएको छ ।
धन्यबाद हेडसर केज्यु, आयोजक केआईएफका केज्यु, सहयोगि एपिएफएस केज्यु । संजोग भनौं, ३ नै जना के ज्युहरुलाई हार्दिक कृतज्ञता ।
------------------------------------------------------------------------------------------------------------------

茅ヶ崎高校の1、2年生の生徒達、約700人以上の前で母国と私自身紹介する場がございました。
高校国際教育支援事業として在日外国人や外国人自身が日本での体験、経験、来日経緯やネパール関連の話を約40分間位発表させて頂きました。
数十年ぶりにこんなに大勢の前でのプレゼンでしたので果たして与えていた40分間話せるかと多少の緊張と心配でしたが、
舞台に立ってからは時間が足りない位話が盛り上がって大変貴重な時間となりました。
高校生自身にいい体験になったかと思いますしこれをきっかけにネパールの事を好きになる事祈っています。
校長のK様、KIF、ケー様、APFS、け様3Kどうもありがとうございました。


Photo by KIF,K San