Sunday, December 11, 2016

नागानोकेन,याचुगाडाँके-Mt.Akadakeको प्रवतारोहण

सरद डायरि । शनिवार, मंसिर २५, २०७३
सन्दर्भ, हिमाल चढ्ने कार्य (今年度初の雪山 -Mt.Akadake)
बिगतमा केहि पटक जापानको हिमाल चढ्ने कार्य सम्पन्न गरेतापनि यो वर्षको पहिलो हिमाल (आँकाडाँके-२८९९मि.) चढ्ने कार्य,गत वुईकईण्डमा दुई दिन लगाएर निकै कष्टपुर्ण रुपले एटाक्ट् सफल रुपले सम्पन्न गरियो । पहाड वा हिमाल चढ्दा त्यहा मात्र प्राप्त हुने अनौठो खालको प्राकृतिक मोहको कुरा त भनि साध्य नभएतापनि विशेष गरेर मौसमले साथ नदिए वा साना,टिना ट्रुटिले सबै चकनाचुर हुन पनि रत्तिभर लाग्दैन् ।

यस पटक प्रतिकुल मौसमको बावजुद अहिलेको समय अनुसार अत्यन्तै जाडो (-२०डिग्रि) र टुप्पोमा पुग्दा अति नै खराव मौसम र हावाहुरिले गर्दा १५ मिनेट पनि बस्नै नसक्ने स्थिति। बेस क्याम्पको पहिलोरात टेन्ट भित्र रातभरि सुत्नै सकिएन् , वुईन्टर सिजनको टेन्ट, वुईन्टरकै माईनस बाईस डिग्रिको सिल्पिङ्ग ब्याग, ५-६ वटा कपडा भित्र सुत्दा पनि जिउमा केहि बिशेक भएपनि खुट्टा भने कठ्याङ्गियर झिमिक्कै निदाउन सकिएन् संगै सुतेको पार्टिलाई डिस्टवहोला भनि, चुपचाप बस्नु बाहेक अरु उपाय नभएपनि अति नै भएपछि निर्धारित समय अघि (बिहानको २ बजे) उठाएर ग्याँस बाल्न लाग्दा नत लाईटर नै बल्छ? न ग्याँसको क्याप नै खोलिन्छ?? हिजो बेलुकाको यन्काईको रहेलपहेल जापानी साके,अन्य पेय पदार्थ वा खाध्य पदार्थ पनि सबै आईस बनिसकेको र आईफोन, क्यामेरा र अन्य डिजिटल किड् हरु पनि सबै डाउन भईसकेको रहेछ ।

जेहोस, निकै वेरको लडाई पछि भने ग्याँस बाल्न सफल भएपछि ३० मिनेट जति केहि हदमा जिउ तताएपछि विहानको चियापान र खानापिना तयार गरि हिमाल एटाक्ट् गर्ने समय आईहाल्यो ।
पिक्केल, क्य्राम्पस (आईजेन) र सुज फिट गरेर हिडियो दुई पार्टिमा,दुईबाटोबाट गन्तव्यको आँकाडाँके माउन्ट (२८९९ मि.उचाई) एटाक्ट्रको लागि ।
२३०० मि.को बेेस क्याम्पबाट २६०० मिटर सम्म सरलैै भएपनि त्यहा भन्दा माथी चाहि निकै अप्यारो वाटो,कुहिरोले केहि पनि नदेखीने संगै हावाले, गाला र मुखै चोक्ट्याउला जस्तो चिसो अनि उभिनै नसकिने हुरिले चाहि चौपट गर्यो यसपटक । 
जेहोस, पार्टि सवैजना २ वटा गन्तब्यबाट एटाक्ट् गरि टुप्पोमा १५ मिनेट हामि भन्दा ढिलो गरि जम्काभेट गरियो । सबै संगै सफलता पुर्वक ओर्लिएर सम्पन्न गरियो यस पटकको हिमाल चढ्ने कार्य ।उत्त समयका केहिझलकहरु....
For more photo........................................
                                    Photo by Saka,Tani