Sunday, June 19, 2016

उरायासु (माचुरि) दुईदिने पर्व

सरद डायरि । शनिबार, अषाढ ४, २०७३
५ बर्षमा १ पटक आयोजना हुने उरायासु श्रेत्रको बिशेष स्थानीय दुई दिने पर्व (माचुरि) मा संलग्न भए । निकै ठुलो बृहत रुपमा पुर्व विविध तयारि ब्यबस्थापनका साथ यो पर्व मनाईदो रहेछ । दुई दिनको कार्यतालीका सहित मन्दिरबाट भगवानको मुर्ति निकाल्ने शुभ साईत संगै भित्र्याउने साईत र टाढाटाढाबाट उपस्थित जनाउने भत्तजन र दर्शक श्रोताको लागि खानपिन संगै अन्य ब्यबस्थापन पनि विधि पुर्वक गरिदो रहेछ ।
हाम्रो परिवारको तर्फबाट उत्त मेलाको पहिलो दिनमा मुर्ति बोकेर भगवानको सम्मान गर्ने कार्य सम्पन्न भयो । धेरै पहिला पनि यस किसिमका जापानको मेलामा संलग्न भएता पनि धेरै बर्षको अन्तरालमा फेरि आफ्नै परिवार सहित आवद्ध हुन पाउदा खुशी लाग्नुका साथै २ दिन एकैछिनमा बितेको पत्तै भएन् । सोहि समयको केहि तपसिल स्न्याप सहित उत्त कार्यक्रमका केहि झलकहरु....







 












 

Sunday, June 5, 2016

洞窟探検(どうくつたんけん) big fun caving in Yamanashiken

सरद डायरि । शनिबार, जेष्ठ २२, २०७३ 
लामो समय पश्चातको ब्लग लेख्ने प्रयास् ,  बिचमा लेख्न छोड्यो भने त्यस्तै बानि बस्दो रहेछ कारण सामाजिक सेवाको केहि लामो भोलिएन्टर प्रोजेक्टको जिम्मा लिएकोले ब्लग लेखनमा टाढिएपनि पुन लेख्ने प्रयास जारि ।
सन्दर्भ, फुजि माउन्टेनको (यामानासिकेन, आओकिगाहारा जुकाई नामक)  नजिकैको घनाघोर जंगलमा केविन्ग, क्याम्पिङ्ग अर्थात जंगलमा उहिल्यै बनेको ओढार, डुला खोज्दै पस्दै र रमाउने कार्यमा सरिक भईयो ।
जापानमा बिशेष चर्चित सुसाईट गर्ने स्पट रहेछ, त्यो जंगल र स्थान जहा थुप्रै केव्स अर्थात लामा लामा डुला उत्त भित्र रेफ्रिजेरेट भन्दा पनि चिसो संगै आईस् आईस ले भरिएको अनौठो दृश्य ।
छिरेर विविध जानाकारि वा प्राकृतिक दृश्वलोवकन, मनोरञ्जन लिने आउटडोर एडभेन्चर तय भएको थियो २ दिनको लागि.., वाकि फोटो आफै बोल्छ...