Saturday, November 26, 2016

सामाजीक कार्यमा संलग्नका केहि झलकहरु

सरद डायरि । शनिवार, मंसीर १०-१२, २०७३
आउटडोर ईभेन्ट जुन अटम् सकिएर वुन्टर बिचको अवधिभर समयअनुकुल नहुने हुनाले केहि नेपाली कम्युनिटि तथा जापानी कार्यक्रमहरुमा संलग्न भए । जसअनुसार मेरै उत्त आउटडोर क्ववका साथीहरुको बलियो अनुरोध सहित नेपाली डिनर खाने कार्यक्रम भयो साथै आफ्नै जातिय संस्थाको तोरन्ल्ह र ताराखेल संम्बन्धि तयारि बैठक, नेपाल ईन जापान २०१६, बिध्यार्थीहरुको लागि सेमिनार सहित विविध कार्यक्रमहरुमा केहि समय अन्तराल पश्चात एकमुष्ट उपस्थिति जनाईयो ।
त्यस समयका केहि झलकहरु.................

मित्रहरुसंग आँगन थकाली तथा नेवारि रेष्टुरेन्टमा

आँगनको स्पेसियल नेपाली सेठ्
 नेवारि सेठ्
ग्रुप फोटोमा हामि (शुक्रवार, २५ नोभेम्वर)


सोलमारिको खाना सेठ् (शनिवार, २६ नोभेम्वर) 
सोलमारिको नेपाली रोटि सेठ् (शनिवार, २६ नोभेम्वर) 
 
३३ बर्ष पहिला नेपालमा बसेका (जाईका) जापानी मित्रसंग


नेपालईन जापान २०१६ का कलाकार
पुराना २ जना कलाकार मित्र (२६ नोभेम्वर)
 
नेपालईन जापान २०१६ को आयोजक युको जी र उहाको छोरि संग
ईजागायामा हलुका पिउदै मित्रसंग (२६ नोभेम्वर)

जापानीभाषाका अध्ययनरत नेपाली वालबालिका

नेपाली विध्यार्थीको सेमिनार 
सेमिनारको झलक (२६ नोभेम्वर)

नवबालकलाई हस्पिटलमा भेटघाट
आफन्तलाई पुत्रलाभ (२७ नोभेम्वर)

नेताद्धयहरु संग अन्तरक्रिया (३० नोभेम्वर)

पुर्व जाईका सदस्यहरुद्धारा आयोजित कार्यक्रममा  



Thursday, November 24, 2016

ओयामा पडाडको हाईकिङ्ग

सरद डायरि । बुधबार, मंसिर ८, २०७३
तदअनुसार २०१६ नोभेम्वर २३ का दिनमा टोक्यो नजिक रहेको कानागावा प्रिफेक्चरको "ओयामा" नामक पडाह चढियो ।
जस्को उचाई १२५२ मिटर फुच्चे पहाड भएपनि बिच बाटो सम्म केवुलकार मार्फत २० मिनेट मै उक्लन र ओर्लिन सकिने तथा केवुलकार ओर्लिन वित्तिकै "ओयामा आफूरि जिन्जा" नामक बिशाल मन्दिर भएर पनि होला, सधै जात्रा जस्तै घुईचो लाग्दो रहेछ । यस पटक हाम्रो बिशेष समुह अर्थात जापान जर्मन समाजको आयोजनामा जापानी, जर्मनी, कोरिया, चिन र म स्वयम नेपाली गरि ५ देशको २० जना साथीहरुको समुह सहित उकालो लागियो ।
निर्धारित समयमा ओडाक्युलाईनको ईसेहारा स्टेशन मा भेट गरि ७ घण्टा बढि हाईकिङ्ग सम्पन्न गरियो । प्रतिकुल मौसमको वावजुद पनि रङ्गिचङ्गिको जंगली दृष्य अर्थात अटम कलर संगै मठमन्दिरमा विविध ईभेन्ट तथा प्राकृतिक सौन्दर्यता संगै ठुलो जमातको रमाईलो बातावरण चाहि अविस्मरणिय रह्यो । त्यस वखतको केहि झलकहरु........





 



 



 




Monday, November 14, 2016

रक्क क्लाईमिङग् (岩トレ) र मान्छेबिनाको ब्यापारस्थल (無人販売所)

सरद डायरि । आईतबार, २८ कार्तिक, २०७३
सन्दर्भ - रक्क क्लाईमिङग् (岩トレ) र मान्छेबिनाको ब्यापारस्थल (無人販売所) ,
टोक्योवाट ट्रेनमा करिवन साढे दुई घण्टा, त्यस पश्चात स्टेशनबाट दुई घण्टाको हाईकिङ्ग पश्चात जंगलबिचको अनकण्टार भिरमा रहेको थुप्रै चट्टान तथा बँढेमानको ढुंंङ्गाहरु जस्को ओजन अनुमानै गर्न नसकिने ।
तर साधारण घरको १०,११ तला भन्दा उचाई, त्यसको सबभन्दा माथील्लो भाग सम्म उक्लेर रसि टाँगेपछि उत्त रसीको भरमा सबै जिवनै सुम्पेर बिभिन्न तरिकाले रसि संगै शरिरमा बाँधेर गरिने यो चट्टान उक्लने(रक्क क्लाईमिङ्ग),ओर्लने अनौठो र आर्कर्षण ।
बल्लबल्ल टुप्पोमा चढेपछि प्राप्त हुने प्रतिफल सहितको अनुभुति र त्यस क्षणको छुट्टै मज्जा..
तर टुप्पो सम्म पुग्नको लागि भने बिशेष दंख्खल, क्लामिङग ज्ञान र क्षमता संगै निकै चनाखो हुदै शारिरिक मिहेनत चाहि खुबै् गर्नुपर्ने ।
सानो त्रुतिले ज्यान नै खतरामा पर्ने यस बिशेष एडभेन्चर भएता पनि महिला,पुरष तथा बच्चा देखी वयस्क र वुढावुढिहरुको पनि भिडले भने साह्रै चकित पार्ने ।



























साथै 
ट्रेन स्टेशनलाई छोडेर साँनो कृषि गाउँलाई छिचोल्दै जंगल छिर्न पुर्व बाटोमै विना मान्छेको ब्यापार केन्द्र अर्थात बाटोमा छानो स्थित थोत्रो टेवलमा बटुवाहरुलाई लक्षित गरि राखीएको बिभिन्न किसिमको अर्गानिक फलफुल र सागसब्जिहरुको बिक्रि बितरणकार्य पनि अति रोचक..
न त्यहा व्यापारि संग भेट वा रेट एवं सामान सम्बन्धि वार्तालाप गर्न सकिन्छ मात्र लेखेको निर्धारित सामानको किटान रकम बट्टामा खसालेर प्लास्टिकमा सामान उचालेर झोलामा हाल्न सकिने ।
जापानको संस्कार, भरोसा र प्रत्यकेको जिम्मेवारि बहनता सँगै बिश्वासिलो व्यापारिक एक दृष्य..
यस्ता सिष्टमले नेपालीको छोरोलाई चकित र अचम्मित बनाउनु त छदैछ, हामिलाई नै ठुलै परिक्षण र परिक्षा नै गरेकै होकि भन्ने भान...
Thanks TA,IW,TA and SASA                                    Photo by Ta,