Sunday, July 16, 2017

थसेसजापानको वार्वेक्यु २०१७ सम्पन्न

सरद डायरि । आईतबार, श्रावण १, २०७४
प्रत्येक वर्षको निरन्तरता संगै यस वर्ष पनि थसेस जापानद्धारा जुलाई १६ तारीख आईतबारका दिनमा युमेनोसिमा कोयनको वार्वेक्यु स्पट्मा वार्वेक्यु कार्यक्रम ठुलो जनमासको विच अत्यन्तै भब्य, सभ्य र बिशाल रुपले सम्पन्न भएकोमा अध्यक्ष, संयोजक, सिङ्गो टिम र संम्बन्धित सबैलाई हार्दिक बधाई तथा शुभकामना । कहि केहि, झिना, मसिना ट्रुटि भएपनी प्रत्येक बर्ष सच्चिदै चुनौति पनि थपिदै गएको महशुष भने भएको छ । जेहोस, हामि मनुष्य भएकोले पनि साना टिना गल्ति वा कमजोरि हुनु स्वभाविक भएपनि महशुष गरि नदोर्याउनु चाहि चेतनशिल प्राणीको नाताले महत्वपुर्ण हुने कुरामा दुई मत नहोला । सन्दर्भ, समितिको अनुरोधमा धन्यबाद ज्ञापनको बेलामा भन्न भुलेछु, यस पटकको हाम्रो वार्वेक्युमा नेपाली पाहुनाहरुको बारेमा त अवगत नै छ, त्यस बाहेक हाम्रो निमन्त्रणालाई स्विकारेर नेपालसंग संम्बन्धित केहि विज्ञ जापानी र वरिष्ट ब्यक्तिहरुको उपस्थिति पनि रहेको थियो । जस अनुसार, थकालीहरुसंगै सिंङ्गो नेपाल र नेपलाीहरुकै अनुसन्धानकर्ता, प्रोफेसर डा. सातो जी, डा. ईतो जी र नेपाली भाषा विज्ञ नोजु जी, नेपालमा १७ बर्ष कलाकारिता गरेका ब्यक्तित्व सुन्दरि मिका जी, नेपालमा ३५ बर्ष अघि सुन्तला फलाउने बिज्ञ हासेगावा जी, ट्रेकिङ्ग लगायतको चर्चित माउन्टेनर्स नागाई जी र रेन् जी लगायत थुप्रै वरिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको खुशीको खवर बाड्न चाहान्छु । उहाहरु सबैको सकारात्मक प्रतिक्रिया र थसेस जापानको टिम वर्क र युनिटिले निकै प्रभाव पारेको कुरा पनि जानाकारि गराउनु भएको अवगत गराउदछु । यसै गरि हाम्रो एकता र युनिटि सधैव अमर रहोस् धन्यवाद । अन्तमा पुन सबै साथीहरुलाई ओचुकारेसामाडेसिता । भवदिय, शरद कुमार गौचन संरक्षक, थसेस जापान जुलाई १८, २०१७ (मंगलवार)

केहि झलकहरु.....









फोटो : दिपक गौचन