Thursday, January 12, 2017

कास्कि फुटवल संघ नेपाललाई जापानबाट फुटवलका खेल सामाग्रिहरुको हस्तान्तरण तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

सरद डायरि । बुधबार, पौष २७, २०७३
गत २८ डिसेम्वर बुधबारका दिन पोखरा रंगशालाको खुल्ला मैदानमा कास्कि फुटवल संघ नेपाललाई जापानबाट फुटवलका खेल सामाग्रिहरुको हस्तान्तरण तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
बाल फुटवल सहयोग समिति जापानका संयोजक शरद कुमार गौचनले खेल सामाग्रिहरु बल, बिवस्- टिसर्ट, फोटो एल्बम् , झोला, म्यागेजिन र कलम आदि कास्कि फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछाने र फुटवल प्रशिक्षकद्धय शंम्भु केसी र राजेन्द्र तामाङ्गलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग समितिका संयोजक गौचनलाई बिदेशमा रहेर पनि नेपालको खेल विकाशको लागि उत्कृष्ट कार्य र योगदान गरेवापत स्वागत सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बाल फुटवल सहयोग समिति जापानका संयोजक गौचनले जापानको गतिविधि स्मरण गराउदै २०१६ अप्रिल १,२ र ३ मा जापानमा सम्पन्न १२ वर्ष मुनिका जुनियर खेलाडिहरुको अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा १३ जना खेलाडि र प्रशिक्षक गरि १४ जनालाई पहिलो पटक सहभागि बनाई सफल प्रतिफल प्राप्त गरेको बताउनु भयो । कोपा पुमा तोरेरोस २०१६ नामक उत्त जुनियर फुटवल प्रतियोगितामा नेपालले १७ औं स्थान ओगटन सफल भएको बताउनु भयो । खेलाडि, प्रशिक्षकहरुले अन्तराष्ट्रिय स्तरमा खेलको महत्व, खेलप्रतिको लगाव, अनुशाषन लगायत अनगिन्ति प्रत्यक्ष, अध्ययन अनुसन्धाण पनि गर्न पाएको बताउदै जापानमा तयारि चरणमा भए गरेका अनुभव, बाधा अडचन् र चुनौतिहरुको बारेमा विविध बिस्तृत जानाकारि दिदै पहिलो पटकको सहभागितामा नेपालले उत्कृष्ट खेल प्रदशन गरेकोमा गौेचनले खुशी पनि ब्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति कास्कि फुटवल संघका अध्यक्ष धरम वहादुर लामिछाने, प्रशिक्षक शंम्भु केसीले पनि नेपालको फुटवलको बारेमा बोल्नु भएको थियो भने, जुनियर खेलाडिका अभिभावकहरुले राख्नु भएको प्रश्नहरुको प्रमुख अतिथि गौचनले उत्तर पनि दिनु भएको थियो ।
स्मरण रहोस्, जापानमा सम्पन्न यस फुटवल प्रतियोगिताको नेपाली टिमलाई सहभागिता गराउनको लागि बिभिन्न तवरले श्रोत र साधन जुटाउन सदस्यद्धयहरु पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, थसेस जापानका अध्यक्ष बुद्धि गौचन, सफल ब्यबसायी प्रकाश तुलाचन, पुर्व राष्ट्रिय फुटवल खेलाडि बसन्त गौचनहरुको सहयोग समिति सदस्य रहेको यस समितिका संयोजक शरद कुमार गौचनको सिङ्गो टिमले सम्पुर्ण ब्यबस्थापन तर्जुमा मिलाएर नेपालकै प्रतिनिधित्व गरेर सानदारका साथ सगौरव रुपले सम्पन्न गरेको थियो ।











































Wednesday, January 11, 2017

कर्मभुमिको दिनचर्याको शुरुआत ।

सरद डायरि । मंगलबार, पौष २६, २०७३
करिवन साँढे दुई हप्ताको मातृभुमिको बसाई पश्चात कर्म भुमिको दिनचर्या आज देखी शुरु भयो । जन्मभुमिको छोटो बसाईमा पनि उचित कार्यब्यबस्थापन, उपलब्धिमुलक समय तथा आदरणीय महानुभावहरुको संगको भेटघाट,भलाकुसारि संगै थुप्रै अविस्मरणीय क्षण र पलहरुलाई मनमस्तिस्कमा सरसजावट गरियो । संम्बन्धित सबैको जानाकारिको लागि तपसिल कार्यक्रमहरुमा सहभागि हुने मौका र अवसर प्राप्त संगै भब्य सम्पन्न, कार्यतर्जुमा मिलाउनुहुने श्रद्धेय महानुभावहरुलाई कोटिकोटि नमन्...
(१) डिसेम्वर २५, २०१६,आईतबार - स्वागत सम्मान तथा भेटघाट कार्यक्रम, नेपाल जापान सम्पर्क समिति (काठमाण्डौं)
(२) डिसेम्वर २६, २०१६, सोमबार - ल्हफेव (थकाली जातीको एेतिहासिक पर्व) को पत्रकार सम्मेलन, थसेस केन्द्र मुल आयोजक समिति (काठमाण्डौं)
(३) डिसेम्वर २६, २०१६, सोमबार - ड्राई पिकनिक, थकाली भाषा प्रशिक्षण समिति तथा परिक्षार्थीहरुद्धारा आयोजित (काठमाण्डौं)
(४) डिसेम्वर २८, २०१६, बुधबार - सिन्धुपाल्चोक, कदम्बास वडा नं ५ अबस्थित श्री सिंहदेवी प्राथमिक बिध्यालय (थसेस जापानद्धारा नवनिर्मित ८ कोठे भवनको निरिक्षण तथा अवलोकन) (सिन्धुपाल्चोक)
(५) डिसेम्वर २९, २०१६, विहिबार - भेटघाट, स्वागत सम्मान तथा खेल सामाग्रि हस्तान्तरण कार्यक्रम - कास्कि फुटवल संघ (पोखरा)
(६) डिसेम्वर ३०, २०१६, शुक्रबार - ल्हफेव (१२ बर्षे थकाली जातिको ऐतिहासिक पर्व) उदघाटन समारोह (मुस्ताङ्ग)
(७) जनवरि १, २०१७, सोमबार - गौचन (च्योकि) परििवारद्धारा भेटघाट तथा सम्मान कार्यक्रम (मुस्ताङ्ग)
(८) जनवरि १, २०१७, सोमबार - ल्हफेव (१२ बर्षे थकाली जातिको कुम्भ मेला) पहिलो चरणको बिशेष महत्वपुर्ण कार्यक्रम (मुस्ताङ्ग)
(९) जनवरि २, २०१७, मंगलबार - भेटघाट तथा स्वागत सम्मान कार्यक्रम - एड्स रोग नियन्त्रण संघ, कास्कि (पोखरा)
(१०) जनवरि ५, २०१७, बिहिबार - धौलागिरि सेन्चुरि ट्रेक, ट्रेल लन्च - म्याग्दि उद्धयोग बाणिज्य संघ (काठमाण्डौं)

पुनश्च : क्रमश संम्बन्धित माथी उल्लेखित कार्यक्रमहरुको केहि झलक र ब्यहोरा अपडेट गर्दै जाने कोशिस जारि रहने नै छ। सम्पुर्णको सधै भलो होस् भन्ने कामना सहित वि.सं २०१७, सबैलाई फलदायि र उपलब्धिमुलक रहोस्, शुभदिन...

Monday, January 2, 2017

HAPPY NEW YEAR 2017

सरद डायरि । आईतबार, पौष १७, २०७३ 

         あ
       け
      おま
   今  めし
平  年 ごでて
成 おも ざと
二 願よ いう 
十 いろ ま
九 致し す
年 しく
  ま
 す

ゴウチャン家、一同