RUNNING & JOGGING

Tuesday, July 8, 2008

Chinese formula




सरद डायरी । सोमबार, अषाढ २४, २०६५

आज मेरो निकै फुर्सद भएको हुनाले नेटमा सर्विंग र मित्रहरुसंग च्याट गर्दै थिए,मेरो आखामा एउटा रमाइलो फर्मुला देखा पर्यो। हजुर, फर्मुला केको फर्मुला भन्नुहुन्छ भने ‘चाहेको सन्तान (छोरा या छोरी) जन्माउने प्राचीन चिनियाँ फर्मुला’ को जानकारी।
त्यो फर्मुला मैले सबैलाई देखाउनको लागी माथि जेपेग (फोटो) फाईल मा बनाएर राखेको छु । छोरा छोरीको सवालमा म त्यति चुजी पनि छैन। छोरा छोरी जे भए पनि मलाई त ठीकै छ। तर यदि तपाईहरु चुजी हुनुहुन्छ वा फर्मुला चाहिं हेरौं न त भन्नुहुन्छ भने माथिको फाईल लाई क्लिक अथवा डाउनलोड गर्न सक्नु हुनेछ र उक्त फर्मुला चार्टको फाईल प्राप्त गर्न सक्नुहुनेछ ।
म आफूले यो फर्मुलाको प्रयोग नगरेकोले यसको विश्वेसनीयताको ग्यारेण्टी चाहिं म दिन सक्दिन है साथी हो । त्यसैले कृपया आफ्नै जोखिममा यसको प्रयोग गर्नुहोला ।

No comments:

Post a Comment