RUNNING & JOGGING

Tuesday, April 14, 2009

नव वर्ष २०६६ को शुभकामना ।।।



सरद डायरि । मंगलबार, बैशाख १, २०६६


धारामा “ध्वाररर…” पानी आओस ।
घरको बत्ति कहिल्यै नजाओस ।।
बन्द र हडताल घटेर जाओस ।।।

कसैले कसैको हत्या नगरुन ।
खान नपाइ अनिकाल ले कोहि नमरुन ।।
मदेश-पहाड मिलेर बसुन ।।।
नया-संबिधान लेखेर सकुन ।।।।

नयाँ बर्ष ले नौलो खुशि ल्याओस ।
सबैको ब्यापार अझ सप्रेर जाओस ।।
सबैको फलोस, फुलोस र पाकोस् ।।।
नयाँ बर्षले सुख, शान्ति डाकोस ।।।।

नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुकाना ।।


श्रोत - नेपालडायरी

1 comment:

  1. पूर्वको मधूरो
    घाम नयाँ होस् ।
    बदलियोस् नारा
    काम नयाँ होस् ।
    फेरियोस् युग
    नयाँ होस् जमाना ।
    नव वर्ष २०६६ को हार्दिक शुभकामना

    ReplyDelete