RUNNING & JOGGING

Monday, January 3, 2011

शुभ-अन्नप्राशन कार्यक्रम : आया गुरुङ्ग, ३० जनवरि २०११

सरद डायरि । आईतबार, पौष १८, २०६७
२ जनवरि, तमुधीं जापानद्धारा आयोजित ल्होसार कार्यक्रममा हाम्रै बहिनि, जो विवाह पुर्व म संग सम्बन्धित संगठनमा सक्रिय सदस्यको रुपमा हामिसंग एउटै टिममा रहि धेरै ठुलो सहयोग गर्नुभएको थियो उहासंग आज भेट हुदा पो थाहा भयो उहाहरुको नव बालिका आया गुरुङ्गको शुभ अन्नप्राशन कार्यक्रम यहि महिनाको ३० तारिख आईतबार तोकोसिगिन्जा स्थित एसिएन डाईनिङ्गमा हुन गईरहेको कुरा मौखिक जानाकारि र निम्तो पनि पाए ।
हुन त उहाहरुको दंम्पतिबाट नव बालिकाको जन्म भएको कुरा बिगतमै थाहा भएपनि यति छिटै भात खुवाउने बेला भईसकेको होला भन्ने कुरा डिसेम्वर ३१ तारिखको सानो भेटघाट कार्यक्रममा निमन्त्रणा कार्ड पाउदा झंस्केको थिए। जापानको ब्यस्थता र एउटै टाईम स्केज्युलको चक्रभ्युले गर्दा पनि होला समय बितेको पत्तो नै नहुने । जेहोस, नव दंम्पतिको पहिलो नव पुत्रीको शुभकार्यको लागि पुर्व बढाई सहित हार्दिक शुभकामना टक्याउन चाहान्छु साथै नव बालिकाको सु-स्वास्थ, दिर्घायु र उत्तरो-त्तरो प्रगति हार्दिक कामना गर्दछु ।


प्राप्त निमन्त्रणा कार्ड

No comments:

Post a Comment