RUNNING & JOGGING

Thursday, March 17, 2011

थसेस जापानको २० औं शुभकामना साँझ स्थगित ।


सरद डायरि । बुधबार, चैत्र २, २०६७
गत हप्ताको शुक्रवार, तदअनुरुप ११ मार्च २०११ का दिन दिउसो १४:४६ मा आएको महाभुकम्प (९.० रेक्टर) र त्यसपछिको बिध्वंसकारि सुनामीले ठुलो धनजन र धेरै नागरिकले जिवन गुमाएको जापानको यस आपतकालिन अबस्था र कहालीलाग्दो परिस्थितिले गर्दा अनन्त थसेस जापानले आयोजना गर्ने भनेको २० औं शुभकामना साँझ स्थगित गर्नुपर्यो ।
जापानस्थित नेपाली राजदुत, राजदुताबास परिवार र अन्य संघसंस्थाका प्रतिनिधिबाट प्राप्त सल्लाह र हाम्रै कार्यसमितिको निर्णय अनुरुप अर्को सुचना जारि नहुदा सम्मको लागि २० औं शुभकामना साँझ स्थगित गरिने गरि आज एक बिज्ञप्ति जारि गरियो ।
तल उत्त बिज्ञप्ति जस्ताको तस्तै.......

थसेस जापानको २० औं शुभकामना साँझ स्थगित
१६ मार्च, २०११ । थकाली सेवा समिति जापानले प्रत्येक बर्ष तोरन्ल्हको उपलक्षमा जापानबासि नेपाली माझ गर्दै आईरहेको शुभकामना साँझ २० मार्च आईतबार सम्पन्न गर्ने भनिएता पनि अर्को सुचना जारि नभएसम्मका लागि स्थगित गरिएको कुरा अध्यक्ष शरद कुमार गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ - जापानमा गत हप्ता शुक्रवार आएको महाभुकम्प र त्यसपछिको विध्वंसकारि सुनामिले जापानिज लगायत अन्य राष्ट्रका हजारौं नागरिकले ज्यान गुमाएको यस दु:खद अबस्थालाई हृदयगम गर्दै मेगुरो सेन्टर हलमा मार्च २० मा गरिने भनिएको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम स्थगित गरिएको हो ।
यसबाट पर्न गएको असुबिधाको लागि आम नेपाली, जापानी,शुभचिन्तक र संम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमायाचना गर्दछ ।
उत्त महाभुकम्पबाट प्रभाबित फुकुसिमा प्रान्त स्थित तेस्रो आणबिक भट्टिको बिस्फोटनबाट विकिरण चुहावटले ल्याउने भयाभवको साथै उत्त क्षेत्रबाट २० किलोमिटर परिधि भित्र प्रवेश निशेष गरिएको अबस्था छ । कुनैपनि समयमा फेरि ठुलै भुकम्प आउने चेतावनि सहित बेलाबेलामा धक्का दिने क्रम जारि छ । यता फुकुसिमा स्थित उर्जा प्लान्टबाट उत्पादन बिद्युत आपुर्तिको कमिले कान्तो क्षेत्रमा लोडसेडिंङ जस्ता दैवि प्रकोजन्य समस्या, यातायातका असुबिधा भोगिरहेको अबस्थालाई समेत मध्यनजर राख्दै नचाहादा नचाहदै पनि शुभकामना साँझ स्थगित गर्नुपरेको कुरा आयोजकहरुले जनाएको छ साथै जापानबासि नेपाली आमा बावु, दाजुभाई तथा दिदीबहिनीहरुलाई सुरक्षितका साथ रहन र सधै सजग,सर्तक तथा सम्पर्कमा रहन समेत बिनम्र अनुरोध गरिएको छ ।
हजारौं संख्यामा हराईरहेका नागरिकहरु, लाखौं संख्यामा घाईते भएकाहरुका साथै घरबारबिहिन हुन पुगेको यस दू:खद घडिमा थसेस जापान हार्दिक सहानुभुति ब्यक्त गर्दै शिघ्र स्वास्थलाभको कामना सहित यस बिपत्तिमा भुकम्प तथा सुनामी पीडित नेपालीहरुको उद्धारको लागि नेपाली राजदुताबास लगायत जापानका सबै संघसंस्था र यहाका निकायहरुसंग पनि सहकार्य गर्दै सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं - बिज्ञप्तिमा भनिएको छ ।

अनलाईन मेडिया प्रकाशानार्थ लिन्कहरु तलतिर....
समुद्रपारि डटकम
टोक्यो नेपाल डटकम
डिसि नेपाल डटकम
वुईलभनेपाल डटकम
नेपालव्रिटेन डटकम

नेपालजापान डटकम

No comments:

Post a Comment