RUNNING & JOGGING

Thursday, June 27, 2013

जापान सक्कर लिग (जेलिग) को २० वर्षका संम्झनामा ।

सरद डायरि । बुधबार, आषाढ १२, २०७०
जापानको प्रोफेसनल सक्कर लिग (जेलिग) शुरु भए यता यस बर्ष (२०१३ साल) ठिक २० वर्षमा प्रवेश गरेको छ, सन्दर्भ मेरो प्रियसी (धर्मपत्नी) संग विवाह बन्धनमा बाधिएको बर्ष पनि जेलिग शुरु हुने बर्षमै भएकोले यस बर्ष ठ्याक्कै २० सौं बर्षमा लागेछ, जिन्दगिको बिभिन्न चरण पार गर्दै लामो यात्रा सम्पन्न भएको पत्तो नै पाईएनछु । सायद अत्यन्तै ब्यस्थ जिवन र १,१ मिनेटको पनि हिसाब हुने जापानको समय अभावका कारणले पनि होकि???
जेहोस, कर्म घर जापानमा छदा नै प्रियसिलाई टोक्योको आफ्नो डेरामा भित्राएको अतितका दिन जुन मलाई अहिले पनि याद आउछ, उत्त दिन मेरो केहि जापानी र नेपाली साथीहरुसंग टोक्यो बेरुदि भर्सेस सिमिजु एसपारेसुको टिम बिचको पहिलो गेमको टिकट चिट्ठा पारेर हेर्न जाने सौभाग्य मिलेको थिए ।
गेम निकै प्रतिस्प्रधा भएकोले ढिला गरि आउदा प्रियसिलाई बाटोमै ३० मिनेट बढि पर्खाएको याद अस्ति भर्खरै जस्तो लाग्छ ।
जेहोस, गत जुन १ र २ मा सम्पन्न भएको हिरक महोत्सवको तयारिको लागि टोक्यो टावरको हलको नापजाँचको लागि जादा पो थाहा भयो, जेलिग शुरु भए यता यस बर्ष ठ्याक्कै २० औं बर्षमा टेकेको र त्यसकै उपलक्ष्यमा बिभिन्न जेलिगको संम्झनामा सरसजावट डेमो भएको रहेछ जुन मेरो क्यामेराले समेटेको फोटो र हिरक महोत्सवका केहि झलकहरु तलतिर जस्ताको तस्तै......


 हिरक महोत्सवमा थसेस जापानद्धारा थकाली भाषाको नृत्य
 

  जापान फुटवल लिग (जेलीग) यस बर्ष २० औं बर्षमा प्रवेश
 हिरक महोत्सवमा आयोजकबाट प्राप्त सम्मान पत्र
 हिरक महोत्सवमा "क्लाईम्व द टावर" प्राप्त सम्मान पत्र 

No comments:

Post a Comment