RUNNING & JOGGING

Wednesday, October 26, 2016

पुर्व प्रधान मन्त्रीसंगको भेटघाट

सरद डायरि । बुधबार, कार्तिक १०, २०७३
आज अचानक टोक्यो स्थित नेपाली दुतावासमा कार्यरत जापानी कर्मचारिले डिनर रिसेप्सनको लागि निमतन्त्रणा दिनु भयो, कारण सोध्दा नेपालदेखी आउनु भएका पुर्व प्रधान मन्त्रीसंगको भेटघाट तथा स्वागत सम्मान एवं डिनर पार्टि भएको जानाकारि आयो ।
वास्तवमा राजनितिक र राजनीतीक दलका नेताहरु संग त्यति चासो नभएता पनि दुतावासको आयोजना तथा यस्तो मर्यादापुर्वक निमन्त्रणा दिनु भएकोले जाने निधो भने दिए ।
निर्धारित समय भन्दा केहि ढिला गरि पुगे पनि नेपालीको कार्यक्रम त हो शुरु नभएको रहेछ । पुगेपछि हलुका पेय पदार्थको चुस्कि लिदै १ घण्टा बितेपछि पुर्व प्रधानमन्त्री तथा संसदिय दलका नेता झलनाथ खनालको चोपिलो र चर्को भाषण संगै निकै रोचक शब्दहरु भने निकै सान्दर्भिक लागेता पनि सधै नेताहरुको यस्तै चोपिलो भाषण, भाषण मै सिमित नरहि केहि हिस्सामा भएपनि यथार्थमा परिणत गरियोस् भन्ने जिग्यासा भने राखे साथै कामना पनि गर्दछु ।
जेहोस, यि नेतालाई तिन दशक अघि जापानमै भेटेको उनैले स्मरण गराउदा भने अतितका संम्झना र निकै रमाईलो भने लागेर आयो ।
धन्यबाद नेतागण ।  कृतज्ञता दुतावास परिवार ।।

                                                       नेता खनाल दंम्पतिसंग

                                                        नेता र उनका कार्यकर्तासंग

                                        पुर्वप्रधानमन्त्री झलनाथ खनाल र परिवारसंग


No comments:

Post a Comment