Monday, December 27, 2010

स्व. श्री मुक्ति प्रसाद गौचन ज्युमा हार्दिक श्रद्धाञ्जली ।

सरद डायरि । आईतबार, पौष ११, २०६७
आज फेरि अर्को दु:खद समाचार सुन्नमा आएको छ । हाम्रै मित्र भाई बसन्त गौचन ज्युको (नागोयाबासि) आफ्नै पिता स्व. श्री मुक्ति प्रसाद गौचनको २० डिसेम्वर २०१०, सोमवारका दिन उपचारको क्रममा असमायिक निधन भएको खबरले अत्यन्तै मर्माहित तुल्याएको छ । दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारणा गर्ने शक्ति श्री पशुतिनाथले प्रदान गरुन भन्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
भवदिय,
शरद कुमार गौचन
दिना गौचन
समिप गौचन

Friday, December 24, 2010

थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने

सरद डायरि । बिहिवार, पौष ८, २०६७

मेरो प्रस्तावमा सबै साथीहरुको सहमतिले गर्दा यहि महिनाको अन्तमा अर्थात ३१ डिसेम्वरका दिन थसेस द्धारा पहिलो पटक नौलो किसिमको कार्यक्रम गर्न गईरहेको छ । जुन कार्यक्रमको बिभिन्न मेडियाहरुमा प्रसारित समाचार विज्ञप्तिहरुको शारांस जस्ताको तस्तै......
थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने
थकाली सेवा समिति जापानले आफ्नो निजी भ्रमणको सिलसिलामा नेपाल देखि जापान आउनु भएका थांसाङ्ग मुक्ति मोर्चाका उपत्यका ईन्चार्ज राजेन्द्र (राजु) शेरचनका साथै नव आगन्तुक थकालीबन्धुहरुलाई ३१ डिसेम्वरका दिन एक भब्य कार्यक्रम गरि स्वागत कार्यक्रम गर्ने तय गरेको छ ।
उक्त कार्यक्रमका संयोजक तथा थकाली सेवा समिति जापानका उपाध्यक्ष शशि गौचनका अनुसार स्वागत, सम्मान र भेटघाट कार्यक्रम साथै नवबर्ष २०११ को उपलक्ष्यमा समेत शुभकामना आदानप्रदान, भेटघाट तथा काउन्टडाउन पार्टि भब्यरुपले गरिने जनाउनु भएको छ ।
थसेस जापानले नेपाल वा बिदेशमा बिशेष ओहदामा रहनुहुने थकाली ब्यक्तित्वहरुको स्वागत, सम्मान र भेटघाट कार्यक्रम बिगतमा पनि सम्पन्न गर्दै आएको र आफ्नै नवआगन्तुक सदस्यहरुलाई स्वागत गर्ने परम्पराको शुरुआत संस्कारकै रुपमा थालनी गर्दै लैजाने समितिले जनाएको छ ।
हाल जापानको अति नै विषम परिस्थितिमा नौलो योजना, बैज्ञानिक विधि, सदस्यहरुको चाहाना र रुची अनरुप नयांपनको रुपमा थसेस जापानलाई प्रस्तुत गर्दै लैजानु पर्ने आवश्यकता अपरिहार्य रहेको अध्यक्ष शरद कुमार गौचन द्धारा हस्ताक्षरित उत्त बिज्ञप्तिमा जनाईएको छ ।
अन्तमा यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनको लागि यसै सुचनालाई आधारमानी सम्पुर्ण जापानबासी दाजु भाई तथा दिदी बहिनीहरुलाई निम्न लिखित मिति, स्थान र समयमा उपस्थिति जनाईदिनुहुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।


कार्यक्रमको बिवरण
मिति: डिसेम्वर ३१, २०१० (शुक्रवार)
समय: बेलुकाको १८:३० बाट
स्थान: भट्टचन तेप्पान याकि, बिवान ल्फवर, लाईन बिल्डिङ्ग ३-४५-५ मिनामि ओचुका, तोसिमा-कु टोक्यो
स्टेशन: ओचुका स्टेशन बाट २२० मिटर मात्र (यामानोटे लाईन)
सम्पर्क नंम्बर: ०३-३९८६-६०८७
संयोजक
शशि गौचन (उपाध्यक्ष)
तथा
आयोजक समिति, थसेस जापान


थप जानाकारिको लागि
शशि गौचन: ०८०-५४६४-५५८०
शरद शेरचन: ०८०-२०४१-०७७०
बुद्धि गौचन: ०९०-३५०६-३४११
दिपक गौचन: ०८०-३६०४-४५६०
अनिल भट्टचन: ०८०-६५९४-५५२८
शरद कुमार गौचन: ०९०-२३१९-००२७




वुईलभनेपाल डट्कम्
अनलाईनखवर डटकम्
http://www.onlinekhabar.com/2010/12/26/25300.html


डिसिनेपाल डट्कम्


समुन्द्रपारि डट्कम्
http://www.samudrapari.com/detail.php?article_id=9958&cat_id=2

टोक्योनेपाल डट्कम्
http://www.tokyonepal.com/2010/12/26/5907.html
http://www.tokyonepal.com/2010/12/27/6067.html


थसेसजापान डट्कम्

Friday, December 17, 2010

जापानको ३० बर्षको गंह्रुगों भारिले च्याप्दा ।

सरद डायरि । शुक्रवार, ०२ पौंष, २०६७
आज मेरो आफ्नो डायरिमा के कोरौं, कोरौं लागि रहेको बेलामा मेरो गुडींमा जापानमा बोकेको गंह्रुगों भारि को बारेमा केहि लेख्ने दिमागमा फुर्यो ।
साच्चै भन्नुपर्दा,
हाईसुक्क होला भनेर अति नै आकर्षीत भिजियल मुबिं र प्रदशनि फ्लाईट (कोठेरुम) हेर्दै जापानी नानीको लोभ्याउने बोलिको भरमा सहजै आटेको भएपनि ३० बर्षको भारि भने अधिक गंह्रुग्रों र मानसिक तनाव भने टाउकोमा परेपछि बल्ल पत्तो पाईदो रहेछ ।
जापानको गगनचुंम्वि महलको बैज्ञानिक प्रविधि र आधुनिकताले भरिपुर्ण निवासमा अयस गर्ने सपना भने बिपनैमा परिणत भएता पनि जापानी ऐन (आले) भने बालुवा पानी हाले सरह हुदो रहेछ ।
हेरौ आउदो दिनमा के होला समयले नै बताउला साथै सिकाउला पनि ।।।

फ्लवरको बिस्तृत रेखान्कन

मुलढोका बाट टोपि खसालेर खिचेको टुप्पो सम्मको झलक

मुलढोकाको झलक





सुमितोमो रियलस्टेट् ले खिचेको (तलको फोटोहरु)
फोटो: एस.के (सबभन्दा माथीको २ वटा)

Monday, December 13, 2010

स्वादिष्ट लन्चसंगै हलुका गफगाफ र भेटघाट ।

सरद डायरि । आईतबार, २६ मंसिर, २०६७
म सम्बन्धित संस्थाको साथीहरुसंग हलुका सरसल्लाह र संगै बसेर गफगाफ गरौ भन्ने हेतुले जमघट हुने तय भएको थियो आज । तर यताउति गर्दा गर्दै म आफै ढिला गरेकोले सिनागावामा पर्खिन लगाएको भाईपनि सिधै गन्त्यब्यस्थल तिर लाग्नु भएछ । मेरो हातेफोनको घन्टि बजेपछि पो पत्ता लाग्यो उहाहरु जम्मा भएर मलाई पर्खिनु भएको रहेछ स्टेशनमा ।

ढिलै भएपनि सबैसंग भेटघाट गरि खाल्टोमा भएको हाम्रै नेपालीहरुको रेष्टुरेन्टमा (कावासाकिको) बसियो लन्चको लागि । मित्रहरुको पुर्व ब्यवस्थापनले होला, हामि सिटमा बस्न के पाएका थियौ भटाभट् खाना निक्लियो । समय पनि निकै ढल्किसकेको र भोक पनि खुबै लागेको कारण सबैजना खाना मै ब्यस्थ हुदै हलुका गफगाफ पनि गरियो। कालो मासको दाल, चना सुकुटि र कुखुराको मासु परिकार ले सत्कार पाईएको उक्त खाना सायद कुनै आफन्तकहा पाउना छाक खादै गरेको भान हुन्थ्यो । अति नै स्वादिष्ट र ठेट थकालीको खाना टेस्ट भएकोले चुप्प बस्नै सकिन् । मित्रहरुलाई यस्तो मिठो खाना ? कस्ले बनाएको होला भनि चासो ब्यत्त गरेको त, हाम्रै आफ्नै सोल्टि मित्रको हातले बनाईएको पो रहेछ । धन्यबाद छ मित्र सोल्टिलाई र तर्जुमा मिलाउने सबै मित्रहरुलाई पनि .........


मित्रहरुसंग स्वादिलो लन्च लिदै

Friday, December 10, 2010

हाँसो र आँसु

सरद डायरि । बिहिवार, २३ मंसिर, २०६७
पुरूषको तुलनामा महिला पाच गुणा बढि रुन्छन भनिन्छ । त्यसैले त होला, मर्द भएर पनि रुने, पुरूषलाई अंकित गरिने उखान समेत छ । साधारणतय रुवाई पश्चात आँसु झार्नु स्वस्थ हो भनेर मनोवैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन । यदि रोदन संगै आँसु नझार्नेहरुको आँखामा रोग भएको वा कुनै समस्या भएको बुझ्नुपर्छ भन्ने गरिन्छ । रुवाई आपतबिपत,दु:ख पिडा, तनाव र खुशीयालीको समेत हुने पाईन्छ ।
जेहोस, मेरो बिचारमा हाँस्नु, रुनु अति नै आवश्यक, समय अनुकुल रुन र हाँस्न सक्नु नै जिवित मनुष्यको प्रतिक ठान्दछु ।

Monday, December 6, 2010

मोहन (ड्रागोन) महर्जनको विजयी महोत्सव र पार्टिको निमन्त्रणा पत्र



सरद डायरि । सोमवार, २० मंसिर, २०६७
गत नोभेम्वर २७, २०१० का दिन कोराकोएन हलमा सम्पन्न सुपरलाईट क्लासको च्याम्पियन सिप हात पार्न सफल नेपाली खेलाडि मोहन महर्जन (ड्रागन) को विजयी सहोत्सव तथा पार्टिको आयोजना गर्ने कुरा निमन्त्रणा पत्रमा उल्लेखित छ र उत्त निमन्त्रणा पत्र मलाई आज प्राप्त भएको छ ।
ड्रागनले उत्त क्लासका प्रतिस्प्रधी डाईसुके फुकाजावालाई ३ राउण्डमा नकआउट गरि जापान च्याम्पियनसिप उपाधी हासिल गरेका हुन् । यस खुशियालीको अबसरमा उहालाई हार्दिक बढाई तथा शुभकामना दिन चाहान्छु । सिंङ्गो राष्ट्र नेपालकै शिर उच्च बनाउने यस गौरान्वित कार्यको निरन्तरता र आउदा दिनमा पनि सफलता हासिल गर्नको निमित्त अझ अग्रसरता साथ अघि बढ्न अनुरोध समेत गर्दछु ।

Sunday, December 5, 2010

जीवन.......

सरद डायरि । आईतबार, मंसिर १९, २०६७

आज २ ठाउबाट (मिनि नेपाल फेस्टिवल र मित्रकहा बोलाएको) निम्तो प्राप्त भएता पनि बाहिर निक्लने मुड् भएन् । कोठामै बसेर सधै झै कम्युटर खोली मेल चेकगरिवरि नेपालकै उहि बेखुशीका समाचार के पढेको थिए, मनमा केहि कुरा फुर्यो र आफ्नै ब्लगमा हात बढाई कोर्न लागे ।

जीवन........
जीवन चुनौती हो ----‌‍‍-‍‍--- मुकाबिला गर ।

जीवन बियोगान्त हो ----- सामना गर ।

जीवन बिषाद हो --------- बिजय गर ।

जीवन यात्रा हो --------- पुर्ण गर ।

जीवन सघर्ष हो -------- स्वीकार गर ।

जीवन कर्तब्य हो ------- पालना गर ।

जीवन रहस्य हो ------- उदघाट्न गर ।

जीवन स्वप्न हो ------- प्राप्त गर ।

जीवन प्रतिक्षा हो ------ पुरा गर ।

जीवन बरदान हो ------ आश्वादन गर ।

जीवन संगित हो ------ प्रशंसा गर ।

जीवन सौन्दर्य हो ----- पुजा गर ।

जीवन प्रेम हो ------- उपभोग गर ।

जीवन नरम हो ------ निन्दा नगर ।

तहल्कै मंच्यायो विकिलिक्सले ।


सरद डायरि। शनिबार, मंसिर १८, २०६७

सन् २००६ सालमा अष्ट्रेलियाका ज्युलियन असान्ज(बिगतका कम्युटर ह्याक्कर) र युरोपका जर्नललिष्टका संयुत्त पहलमा विकिलिक्सको उत्पक्ति भएको हो । यो साईटको प्रमुख उदेश्य भनेकै बिभिन्न मुलुक, संघ संस्था र कंम्पनिहरुको गोप्य सुचनाहरु सार्वजनिक गर्ने बताईएको छ । करिब १२०० जनाको भोलिएन्टर समुहबाट संचालीत भएको र कहिपनि निश्चित ठेगाना वा अफिस नरहेको जनाईएको छ । यस समुह बेनाफामुलक र सुचनाको हकबाट सर्बसाधारणलाई बञ्चित नगराउने मुख्य उदेश्य भएकोले निश्चित आय श्रोत नै नभएको हालसम्म सहयोग रकमबाट संचालित भएको समेत जनाईएको छ ।

नोभेम्वर २९, २०१० मा अमेरिकाको कुटनीतिक गोप्य कागजात सार्वजनिक गर्ने कार्य शुरु गर्दै विश्व मै तहल्का मञ्चाएको छ । बिश्वभरि रहेको अमेरिकाको २७४ वटा दुताबासबाट आफ्नो पराराष्ट्र मामिला हेर्ने वासिङ्टन डिसिको बिदेश मन्त्रालयमा पठाएको कागजात मध्ये २५ लाख बढि कागजात र मेमोहरु फेला पारेको र पालै पालो सार्बजनिक गर्ने बताएको छ । सन् १९६६ देखि २०१० सम्म फेला पारेको कागजात मध्ये नेपाल सम्बन्धि २५ सय र जापानको ५ हजार बढि फेला पारेको समेत जनाएको छ । अमेरिकालाई हल्लाईरहेको यस साईटलाई अमेरिकाले पनि जवाफदेहि युद्धमा उत्रेको छ । केहि दिन अघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई युवति बलात्कार गरेको आरोपमा लगाएको मुद्दाद्धारा ईन्टरपोलले रेड कर्नर नोटिस जारि गरिसकेको छ भने उसको साईट पनि बन्द गरिदिएको थियो । तर आजै मात्र स्विट्जरल्यान्डबाट विकिलिक्स डट् सिएच का साथ फेरि उपस्थिति जनाएको छ ।
हेरौं अबका दिन यस युद्धले कस्तो मोड लिनेछ ।

Friday, December 3, 2010

कतारमा हुने भो २०२२ को विश्वकप

सरद डायरि । विहिबार, मंसिर १६, २०६७
विश्वकै महामेला फुटवलको विश्वकप सन् २०२२ को आयोजना गर्न पाउने अधिकार कतारले बिजयी हात पारि छानिएको छ ।
जन्मुभुमि त सपना नै हुने भएपनि मेरो आफ्नो कर्मभुमिको रुपमा रहेको देश जापानले ठुलो आशा र अभिलाषा सहित दाबेदार गरेको थियो । तर अनन्त हार बेहोर्न परेको छ । जापानमै आयोजित होस भन्ने ठुलो आकांक्षा सहित खुशीको समाचार कुरेको भएपनि दोस्रो राउन्डमै बाहिरिएकोले दु:ख त लाग्ने नै भयो । एसिया कै अर्को मित्र राष्ट्रले भएपनि जित हासिल गर्यो भनि मन शान्त त गर्नै पर्यो ।
जेहोस, उत्त विश्वकप सन् २०२२ को लागि मत परिनाम यस प्रकार भएको थियो ।
पहिलो चरण : कतार-११ भोट, दक्षिण कोरिया-४ भोट, अमेरिका-३ भोट, जापान-३ भोट, अष्ट्रेलिया-१ भोट
दोस्रो चरण : कतार-१० भोट, दक्षिण कोरिया-५ भोट, अमेरिका-५ भोट, जापान-२ भोट
तेस्रो चरण : कतार-११ भोट, अमेरिका-६ भोट, दक्षिण कोरिया-५ भोट
अन्तिम चरण : कतार-११ भोट, अमेरिका-८ भोट
स्मरण रहोस, विश्वकप सन् २०१४ मा ब्राजिल र सन् २०१८ मा रुसले आयोजना गर्न पाउने अधिकार पुर्व तय भई सकेको छ ।

Wednesday, November 24, 2010

शुभ-अन्न प्राशन कार्यक्रम : नव बालिका एबा गुरुङ्ग


नव बालिका एबा गुरुङ्गको एक झलक

सरद डायरि । सोमबार, मंसिर ६, २०६७
अस्ति एक मित्र जो, मिन बहादुर गुरुङ्ग ज्युको पहिलो सुपुत्रीको तोकोसिगिन्जा स्थित एक रेष्टुरेन्टमा शुभ-अन्न प्राशन कार्यक्रममा राखिएको रहेछ । उत्त कार्यक्रमको निमन्त्रणा पत्र मलाई पनि प्राप्त भएकोले साथीहरु सहित लागे ।
जाडो महिना पनि शुरु भई ज्याकेट नभइ बाहिर हिड्न नसक्ने हालको जाडो मौसमको अबस्थामा पनि उत्त हल भित्र भने गर्मिले बस्न नसक्नु भएको थियो । ३ तलामा २ वटा एअर कुलर ले पनि काम नगरेकोले ३,४ वटा फ्यान समेत घुमाएता पनि तापक्रम भने घट्नुको सट्टा बढदो थियो ।
बिशेष गरेर ३ तलामा नव बालिकालाई आर्शीरर्बाद दिने ठाउ, पाहुनाको लागि सत्कार गर्ने , खान खुवाउन र मनोरञ्जनको लागि छुट्याईएको भएपनि, नेपालीहरुको अनिश्चित उपस्थिति समय, संख्या ले गर्दा पनि आयोजकलाई कठिन भएको सहजै बुझ्न सकिन्थ्यो ।
जेहोस, नव बालिका एबा गुरुङ्ग , अभिभावक मित्र मिन ज्यु र निरा ज्यु लाई बधाई दिदै बिदाबाजी भई बेलुकाको ९ बजे तिर लागे आफ्नो बासस्थान तिर ।

प्राप्त निमन्त्रणा पत्र

Monday, November 22, 2010

२० औं शुभकामना सांझको तयारि बैठक - १


सरद डायरि । आईतबार, मंसिर ५, २०६७
हिजो आईतबार नोभेम्वर २१ का दिन थसेस जापानको २० औं शुभकामना सांझ सम्पन्न गर्नको लागि राखिएको पहिलो बैठक भएपनि साथीहरुको उपस्थीति भने कमै रह्यो । थोरै संख्यामा उपस्थिति भएपनि बैठकको छलफल भने गरमागरम नै भयो ।
केहि अग्रज ब्यत्तित्व भनाउदाहरुको (आफैले भन्ने) एकल ढिंपि, सबै कुरो आफ्नै ठिक, आफु जस्तो जानेको बुझेको र जे पनि आफुले बाहेक कसैले गर्न सक्दैन भन्ने घमण्ड र एकल अहमताको कारण चुप्प बस्नै सकिन । समितिबाट सबै निर्णय भई सकेको कुरालाई २ घन्टा ढिलो उपस्थिति जनाई गर्दै नगर भन्नु कहा सम्मको एकाधिकार जमाउन खोजेको हो ? बिना तथ्य फन्टुसखालको बिगतको उदाहरण दिदै मैले एक्लै यो गरे त्यो गरे र म जस्तो जापानमा कोहि पनि ब्यस्थ छैन हप्तामा दिनमा ४,५ वटा निम्तो आउछ भनेर वाईकाड् गफ छोड्दै (जो एउटा कार्यक्रममा पनि देखिदैन) मुखैमा झुन्डेको त्यो शब्द कति हो कति सुन्दा सुन्दै वाक्क दिक्क भएपनि फेरि त्यहि कुरो दोहोर्याको सुन्दा झन कन्चडको रौं पनि नतात्ने कुरै भएन ।
अझै भएन भनेर एउटा ईमेल समेत चेक गर्न नजान्नेले, कसैगरि लाजैले मेल लेख्न परेपनि अरुलाई लेख्न लगाई आफैले लेखेजस्तै गरि गफ हाक्दै हावाको भरमा ईमेल आयो आएन र मेल ठेगाना संम्लग्न भएको नभएको हाँस्यास्पद गफ लगाउदै ईमेलको कारणले यो भएन त्यो भएन ईमेल भन्दा कति गुना सिधै टेलीफोन सम्पर्क सजिलो भरपर्दो भनेर गफ छाटेको देख्दा त लाज नभएको नकचरो जस्तो लाग्यो ।
समितिको भलो चाहदै, निश्चित उदेश्य हासिल गर्नको लागि कटिबद्ध रहि एकताबद्ध भएर पारदर्शि रुपमा कार्यक्रम अघि बढिरहेको सम्पुर्ण कार्य समितिका सदस्यहरुलाई समेत नकारात्मक सन्देश दिने यस्ता नरपिचास कसिंगरलाई तत्कालै तह लगाउनु पर्ने देखिन्छ । जसको लागि प्रत्येक गलत कार्य र बकम्फुंसे गफलाई भन्डाफोर गर्दै सभ्य,स्वच्छ,सत्य,तथ्य र यथार्थताको प्रशंसा गर्न र गराउन सबैजना गोलबद्ध हुन आवश्यक छ ।
हाम्रै घरपरिवार भित्र, हामि बिचको तिठा मिठा गहकिला बहस भएकोले निश्चित रुपमा ठोस कार्य गर्न गराउन पहल हुने महशुस गर्दै बिशेष सहयोग पुर्याउने पनि मेरो ठम्याई छ ।
जेहोस, अन्तमा २० औं शुभकामना सांझ आयोजना गरिने कुरा निर्णय गर्दै मलाई कलाकारहरु संगको सम्पर्कको लागि जिम्मा दिईएको छ । साथै अर्को बैठक २०११ सालको जनवरि १६ मा बस्ने गरि समापन गरियो ।
खुशीको गाठिं कुरो त, बैठकस्थलमा हाम्रा आफन्तजन जापानिज महिलाद्धारा बनाईएका नेपाली परिकार भने अति नै मिठो, प्रसशनिय र थकाल्निहरुलाई जित्ने उत्कृष्ट टेष्ट थियो ।
अचम्म को कुरा त, थकालीहरुको आफ्नै परम्परागत परिकार, फ्राई गरिएको छुर्पि र तप्रा (फापरको पिठो र सुकुटि मिसाएको परिकार) जापान मै त्यो पनि जापानिज नागरिकको हातबाट बनेको खान पाउनु भनेको सानो कुरो थिएन । हामिलाई गरिएको सत्कार र केहि पाठ समेत सिकाएको सहजै अनुमान गर्न सकिन्थ्यो ।
सबै साथीहरु सहित मैले पनि जिव्रो पट्काउदै तछाडमछाड् गर्दै खाईवरि फेरि अर्को भात खुलाई निम्तोस्थल तिर लाग्यौं ।

सिएनएन हिरो भईन, अनुराधा कोईराला ।

सरद डायरि । शनिबार, मंसिर ४, २०६७
नेपालको पत्रपत्रिका र टिभि च्यानल लगायत अनलाईन मेडियाहरुमा सधै वाक्क लाग्ने खबर पढदा सुन्दा दिक्क भएको हामिहरुलाई आज भने अत्यन्तै खुशी र गर्वको समाचार छापिएको रहेछ ।
हाम्रै दिदि अनुराधा कोईराला माईति नेपालका संस्थापक जो २ दशक अघि देखी चेलीबेटि बेचबिखन बिरुद्ध संघर्षरत र सामाजिक सेवामा समर्पित ब्यक्तित्वले चिनिने एक महिला यस बर्षकै सर्वोकृष्ट सीएनएन हिरो घोषित भएकि रहिछिन ।
विश्वभरि कै १०० भन्दा बढि देशका श्रोता वर्गले १० हजार भन्दा बढि संख्यामा समाजलाई योगदान दिने ब्यक्तित्वबाट १० जना छनोट गरि उत्त १० जनाको २ महिना सम्म अनलाईन भोट गराई सिएनएन हिरो बिजयी घोषणा गरिन्छ । १० ब्यत्ति भित्र पर्नेलाई २५ हजार र विजयी हुनेलाई १ लाख डलर गरि जम्मा १ लाख २५ हजार डलर माईति नेपाललाई प्रदान गरिने छ ।

बास्तवमा अनुराधा दिदि संग मेरो जापानमा १९९० तिर जापानमा एउटा एनजिओको कार्यक्रम पाल्नुहुदा मेरो चिनजान र भेटघाट भएको थियो । उत्त एक अबिस्मरणीय कार्यक्रम जो नेपालमा भए गरेका गाउका दिदि बहिनिहरुलाई लोभ, लालच र छक्याएर ईन्डिया तिर बेच्न लगिएको साथै इन्डियाको कोठाघारा बाट छुटाएर ल्याईएको कहालि लाग्दो परिस्थितिको छायाकंन जापानी टिभि प्रसारण गर्ने तर्जुमा भएको रहेछ । संयोगवस उत्त छायाकंनलाई जापानी टिभिमा प्रसारण गर्नको लागि नेपाली बाट जापानी भाषामा अनुवाद गर्ने मेरो जिम्मामा आएकोले केहि दिन उहा र त्यो कार्यक्रमलाई नजिकबाट नियाल्ने मौका मिल्यो ।
जेहोस, अनुराधा कोईराला दिदिले संसारमै नेपालको नाम चिनाउन सफल हुनु भएकोमा हामि सम्पुर्ण नेपालीको सिर उँच्च भएको छ यस्तो खुशीयालिको अबसर प्रदान गर्नु भएकोमा उहालाई हार्दिक बढाई छ ।

हाम्रा नेता भनाउदा ६०१ जनालाई पनि वाईकाड् बकंम्फुसे गफ लगाउन छोडि, चेतना भयास ।।।

Monday, November 8, 2010

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्धारा म्ह पुजा सम्पन्न ।

जापानका राजदुत डा.गणेश योञ्जन तामाङ्ग, पुर्व नेपालका राजदुत कोजिमा र एस के
म्ह पुजाको बिधि संगै एस. के





सरद डायरि । आईतबार, कात्तिक २१, २०६७

आज म यो दोस्रो कार्यक्रममा सहभागिता जनाउदै छु । नेवा: जागरण मंञ्च जापान द्धारा आयोजित नेपाल संम्वत ११३१ को शुभकामना आदान प्रदान कार्यक्रम दिउसोको साढे २ बजे तिर सकि यो बेलुकाको नेवा: अन्तराष्ट्रिय फोरम जापान द्धारा आयोजित कार्यक्रममा सहभागि भए ।
एकै समुह नेवार जाति, एउटै उदेश्य र उनै मान्छेहरु किन दुई ठाउमा छुट्टाछुट्टै गरेका होलान ।
मात्र फरक थियो फोरम ले म्ह पुजा र सांस्कृतिक कार्यक्रम (पंञ्च लामा ग्रुप द्धारा) गरेको थियो ।
हामि सहभागि हुनेहरुलाई कष्ट। एक समुहको प्रतिनिधित्व गरेको नाताले पनि नगई नहुने जादा पनि आफ्नो सम्पुर्ण समय बर्बाद । सम्बन्धित मित्रहरुलाई बिचार राख्दा आ-आफ्नै तर्क दिनमा ब्यस्त ।
जेहोस,
कार्यक्रमको प्रमुख आकर्षण म्ह पुजामा म पनि सहभागि हुन पाउदा ज्यादै खुशी लाग्यो ।
निश्चित ब्यत्तिलाई बिभिन्न बिधिद्धारा म्ह पुजा (आत्माको पुजा) गरिदो रहेछ । ति निश्चित ब्यत्तिमा म पनि छानिएर नया, नौलो र अनौठो अनुभव गर्न पाए । यसको लागि आयोजक समितिलाई धन्यबाद दिन चाहान्छु ।

Sunday, November 7, 2010

नेवा: जागरण मंच द्धारा आयोजित नेपाल संम्वत ११३१

सरद डायरि । शनिबार, कात्तिक २०, २०६७

आज फेरि अर्का सहकर्मी मित्र जातिय संस्था नेवा: जागरण मंच द्धारा नेपाली संम्वत ११३१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान र बिशेष गरेर नेवारजातिहरुको नया बर्ष भनेर चिनिने यस नेपाली संम्वत संगै मनाउनको लागि निमन्त्रणा पत्र प्राप्त भयो ।

जापानमा केहि बर्ष अगाडि गठित यस संस्था अति नै क्रियाशिल र नेपालको लागि पनि धेरै सहयोग गर्दै आएको छ साथै छोटो समय मै अन्तराष्ट्रिय क्षेत्रमा ठुलो संञ्जाल फैलाउन सफलता प्राप्त गरेको नामले पनि यस मंच लाई चिनिन्छ ।


प्राप्त निमन्त्रणा पत्र र यस मंचको प्रकाशित समाचार जस्ताको तस्तै ......
http://www.samudrapari.com/detail.php?article_id=9273&cat_id=2

म्याग्देलि संञ्जाल द्धारा आयोजित देउसी भैलो कार्यक्रम

दक्षीणाको रासी
आर्थिक रकमको लेखा राख्दै सचिव केम मल्ल, रकम संकलन गर्दै सह-सचिव जयन्ति श्रेष्ठ

शरद डायरि । शुक्रवार, कात्तिक १९, २०६७
३ महिना अघि पुन गठित म्याग्देली संञ्जालद्धारा आयोजित शुभ-दिपावलि २०६७ को उपलक्ष्यमा देउसी भैलो कार्यक्रम भब्यताकासाथ संम्पन्न भएको छ ।

संख्यात्मक हिसाबले थोरै उपस्थिति भएतापनि अधिकतम आर्थिक संकलन र कार्यक्रम अति नै स्थरियता कारण पनि गुणात्मक कार्यक्रम भएको मेरो ठहर छ ।
स्मरण रहोस, यस संञ्जालले म्याग्देली चेलिबेटिहरुलाई महिलाको महान पर्व यस बर्षको तिजको उपलक्ष्यमा दर खुवाउने कार्यक्रम धुमधामका साथ सम्पन्न गरिसकेको छ ।
जेहोस, देउसी भैलो कार्यक्रमको निमन्त्रणा पत्र देखि सम्पन्न भएका झलक र समाचारहरु जस्ताको तस्तै तलतिर....

Friday, November 5, 2010

शुभ दिपावलि २०६७ को हार्दिक शुभकामना ।

शरद डायरि । बिहिवार, कात्तिक १८, २०६७
नेपालीहरुको दोस्रो ठुलो महानचाड तिहार अथवा भाईटिकाको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु-स्वास्थ दिर्घायु र उत्तरो-त्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछु । साथै आम नेपालीहरुहरुको अनुहारमा मुस्कान आंओस, स्वदेशमा छिटै शान्ति छांओस यहि नै मेरो शुभकामना ।

यसै शुभचाडको आगमन संगै समुन्द्रपारि डटकममा हाम्रो संस्थाको (म सम्लग्न संस्था) शुभकामना छापिएको रहेछ । हेर्नुस उत्त शुभकामना सन्देश, जस्ताको तस्तै .......

लिन्कको लागि यतातिर
http://www.samudrapri.com/adv.php?article_id=200000441&cat_id=1

Sunday, October 31, 2010

हार्दिक समवेदना : स्वर्गिय सिद्धि कुमारि गौचन

सरद डायरि । शनिबार, कार्तिक १३, २०६७
आज फेरि अर्को दु:खद घटनाको खबर प्राप्त भयो । जापानबासि दिदि अम्विका गौचन ज्युको पुज्यनिय मुवा स्वर्गिय सिद्धि कुमार गौचन ३० तारिख आईतबार अक्टुवरका दिन आफ्नै निवासमा असमायिक निधन भएको छ । मुटुको समस्याको कारण केहि दिन अघि मात्र सफलता पुर्वक सल्यक्रिया गरिएको थियो ।
स्मरण रहोस, स्वर्गिय गौचन पोखरामा महिला संगठनको अग्रज पन्त्तिका समाज सेविकाको नामले चिनिएका ब्यक्तित्व हुनुहुन्थ्यो ।
यस दू:खद घडिमा उहाको दिवंगत आत्माको चिरशान्ति र शोकाकुल परिवार प्रति धैर्यधारणा गर्ने शक्ति थकालीका ४ देवता र नरिझ्वयले प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
शरद कुमार गौचन
दिना गौचन
समिप गौचन
टोक्यो, जापान

Monday, October 18, 2010

बिजया दशमी २०६७ को हार्दिक शुभकामना ।

शरद डायरि । आईतबार, आश्विन ३१, २०६७

बिल गेट्सको जस्तो धन होस् ।

मदर टेरेसाको जस्तो मन होस् ।।

बाराक ओबामाको जस्तो शक्ति होस् ।।।

आङरिताको जस्तो साहस् होस् ।।।।

जोलि एन्जिलिनाको जस्तो सुन्दरता होस् ।।।।।

नेपालको संबिधान सभाको जस्तो आयु होस् ।।।।।।

सद्धाम हुसेनको जस्तो हाल कसैको नहोस् ।।।।।।।।

यहि छ मेरो बिजया दशमीको शुभकामना ।।१।।

Sunday, October 17, 2010

बिदाई कार्यक्रम सम्पन्न ।







सरद डायरि । शनिवार, ३० आश्विन, २०६७
पुर्व तयारि अनुरुप आज केहि साथीहरुको बिदाई कार्यक्रम सम्पन्न गरियो । हाम्रा परम मित्र थसेसका उपाध्यक्ष गोपाल भट्टचन सोल्टि, अर्का सदस्य बुद्धिमान शेरचन मामा लाई भब्य साथ बिदाई गरियो । संजोगबस राजेन्द्रमान शेरचनज्यु पनि यसै कार्यक्रममा उपस्थिति हुनु भएको र उहा पनि ३,४ दिन पछि नै नेपाल फर्किने कुरा जानाकारिमा आएकोले तुरुन्तै उहालाई पनि बिदाई गर्नेतय गरि ३ जनालाई सामुहिक बिदाई गरियो ।
उक्त बिदाई कार्यक्रमको बिभिन्न मेडियामा प्रकाशित संक्षिप्त बिवरण जस्ताको तस्तै .....
गत अक्टुवर १६ तारिख शनिबारका दिन गोतान्डा स्थित माया रेष्टुरेन्टमा थसेस जापानले आफ्नो सदस्यहरु नेपाल फर्कन लागेका आफ्ना सदस्यहरुको एक बिदाई समारोहबिच भब्य बिदाई सम्पन्न गरेको छ ।
समितिका उपाध्यक्ष गोपाल भट्टचन, साधारण सदस्यद्धय बुद्धिमान शेरचन र राजेन्द्रमान शेरचन स्वदेश फर्किने क्रममा नेपालीहरुको महान चाड बिजया दशमिको पुर्वसन्ध्या अर्थात महानवमीको तिथि तय गरिएको थियो ।
सो बिदाई समारोहमा थसेसका अध्यक्ष शरद कुमार गौचनले नेपाल फर्कनुहुने सदस्यद्धयहरुलाई खाता र समाजको तर्फबाट चिनोसहित उपहारहरु हस्तान्तरण गर्नुहुदै उहाहरु समाजसंग आबद्ध रहि देखाउनु भएको सक्रियता, जागरुपता प्रति हार्दिक प्रशंसा गर्नु भएको थियो । मन्तब्यको क्रममा अध्यक्ष गौचनले, गोपाल भट्टचन को संयोजकत्वमा संम्पन्न अगष्ट महिनाको समर वार्वेक्यु पिकनिकको स्मरण गर्दै ऐेतिहासिकरुपमा सफलता प्राप्त उत्त बार्वेक्यु कार्यक्रमले पनि हामिलाई गतिलो पाठ सिकाएको र उपाध्यक्ष जस्तो गरिमामय पदका क्रियाशिल ब्यत्तित्वको अभावमा ठुलै खंम्बा गुमाएको महशुस गर्दै दु:ख ब्यक्त गर्नुभएको थियो । नेपाल फर्किए पश्चात पनि समाजप्रति निरन्तर सेवाको लागि हार्दिक अपिल गर्दै फिर्ति यात्राको सफलताको कामना समेत गर्नुभएको थियो ।
त्यसैगरि थसेसका महा-सचिव अनिल भट्टचनले मन्तव्यको क्रममा नेपाल फर्किन लाग्नुभएका सदस्यहरुले जापानको लामो बसाईको क्रममा सिक्नु भएका सिप, ज्ञान, अनुभव र प्रविधिहरु कम्तिमा आफ्नो परिवारबाटै भएपनि लागु गरि अभ्यासको रुपमा भएपनि शुरुआत गर्नको लागि आब्हान गर्नुभएको थियो । ३ जना सक्रिय सदस्य स्वदेश फर्किनुले समितिलाई ठुलो घाटा महशुस भएको तर्क राख्दै उहाहरुको अभावको सट्टामा अर्का ६ जना सक्रिय सदस्य संलग्न गराउनु पनि हाम्रो चुनौति हुनेछ , उहाले भन्नुभयो । साथै स्वदेशको अत्यन्तै जटिल र संबेदनशील अवस्थामा पनि देशमै फर्केर केहि गरौं भन्ने भावना लिएर फर्कन लाग्नु भएका सदस्यहरुलाई अंकित गर्दै यस्ता थालनिको प्रशंसनिय र हामि सबैको गर्वको विषय हो, भन्नुभयो ।
कार्यक्रममा एनआरएन जापानका अध्यक्ष रोशन केशी, तमुधीं जापानका अध्यक्ष याम गुरुङ्ग र उईलभ नेपालका संम्पादक तथा शेर्पा संघ जापानका महा-सचिव सोनाम शेर्पाले खादा ओढाई बिदाई गर्नु भएको थियो । साथै धौलागिरि क्लवका पदाधिकारिहरु लगायत अन्य दाजुभाई दिदिबहिनिहरुले पनि सामुहिक रुपमा खादा ओढाई सम्मानसहित बिदाई गर्नु भएको थियो ।
जापानबासि थकालीहरु तथा गैर थकालीहरुको ठुलो उपस्थिति रहेको उक्त बिदाई समारोहका प्रमुख पात्रहरु क्रमश: गोपाल भट्टचन, बुद्धिमान शेरचन र राजेन्द्रमान शेरचनले जापानको अत्यन्तै ब्यस्तताको बावजुद पनि समय निकाली बिदाई समारोहमा उपस्थिति जनाईदिनु भएकोमा उपस्थित सबैलाई हृदयदेखि नै धन्यबाद दिनु भएको थियो । साथै उपस्थित सम्पुर्ण महानुभाव र जापानबासी नेपालीहरुको सुखमय र सफलताको कामना गर्दै यो कार्यक्रम आफ्नो लागि जापानको अबिस्मरणीय कोशेली समेत भएको बताउनु भएको थियो ।
स्मरणरहोस, यस कार्यक्रमको थसेस जापानका सह-कोषाध्यक्ष दिपक गौचनले बडो कुशलतापुर्बक मुक्तक, जोक सहित अत्यन्तै ब्यंगात्मक रुपले कार्यक्रम संचालन गर्नुभएको थियो ।
अत्यमा, सामुहिक नाचगान सहित माया रेष्टुरेन्टको मिठो डिनर र वियरको चुस्कि लिदै कार्यक्रम समापन गरिएको थियो ।
वुईलभनेपाल डटकम (१८ अक्टुवर २०१०)
http://www.welovenepal.com/?p=5224
समुद्रपारि डटकम (१९ अक्टुवर २०१०)
http://www.samudrapari.com/detail.php?article_id=9006&cat_id=2
नेपालब्रिट्रेन डटकम (१९ अक्टुवर २०१०)
नेपालजापान डटकम (२० अक्टुवर २०१०)
डिसिनेपाल डटकम (२० अक्टुवर २०१०)
फ्रिनेपाल डटकम (२० अक्टुवर २०१०)
http://www.nepalrus.com/archives/80672
थसेसजापान डटकम (१७ नोभेम्वर २०१०)
http://www.thasesajapan.com/archives/1566

Thursday, October 14, 2010

विजया दशमि २०६७ को उपलक्ष्यमा निम्तो पत्र : नेपाल एम्बेसिबाट

सरद डायरि । बुधबार , आश्विन २७, २०६७
आज नेपालीहरुको महानचाड विजया दशमिको पावन अवसरमा सधै झैं नेपाल एम्बेसि जापानको तर्फबाट थकाली सेवा समिति जापानको नाममा निमन्त्रणा पत्र प्राप्त भयो ।
विजया दशमिको २०६७ को शुभकामना सहित रात्रीभोजको लागि हाम्रो कार्यसमितिको सदस्यहरुलाई निम्तो प्राप्त भएकोले सबै साथीहरुलाई मेल फरवार्ड गरि म उपस्थिति जनाउने जानाकारि पनि गराए ।
प्राप्त निमन्त्रणा पत्र जस्ताको तस्तै तलतिर .....



Wednesday, October 13, 2010

हार्दिक शुभकामना सन्देश (बिजया दशमि)

शरद डायरि । मंगलबार, आश्विन २६, २०६७
हिन्दुधर्मालम्विहरु तथा नेपालीहरुको महानचाड बडा दशैको उपलक्ष्यमा शुभकामना सन्देश छपाउनको लागि समुद्रपारि डटकम तथा नेपाली समाचार साप्ताहिकबाट सहयोग अनुरोध मेल प्राप्त भयो । थसेस जापानलाई हरेक पलमा उल्लेखनिय सहयोग गर्नु भएको मिडिया भएको नाताले र हाम्रो यो प्रगाढ सम्बन्धलाई निरन्तरता दिनको लागि पनि हुन्न त भन्नै सकिन । थसेस जापानको लागि उपलब्ध उत्त बिज्ञापन सहयोगको मुल्य दर नेपाली साप्ताहिकको लागि, @पहिलो पेज १०,००० ऐन (नर्मल साईज) @अन्तिम पेज ८,००० ऐन (नर्मल साईज)@भित्री पेज ५,०००ऐन (नर्मल साईज) र समुद्रपारि डटकमको लागि, @स्पेश क १०,०००ऐन @स्पेश ख ८,००० ऐन, @स्पेश ग ५,००० ऐेन को बिवरण सहित प्राप्त भयो ।

१५ तारिख अक्टुवर २०१० का दिन (अष्टमिका दिन) मै नेपाली साप्ताहिक र अनलाईन दुबैमा छापिएको उत्त शुभकामना, जस्ताको तस्तै......

अनि लिन्कको लागि यतातिर क्लिक गर्नुहोस् ।
http://www.samudrapari.com/adv.php?article_id=200000426&cat_id=1
साथै थसेसको परिचय पत्र जारि, सेवा तथा सुविधा उपलब्ध नामक बिज्ञप्तिको विवरण....
http://www.samudrapari.com/detail.php?article_id=8984&cat_id=2

Monday, October 11, 2010

शुभ-विवाहको निम्तो पत्र : १० अक्टुवर, २०१०

सरद डायरि । आईतबार, आश्विन २४, २०६७
आज, मेरो गाउले एक छोरिको शुभ-विवाह पार्टिमा सम्मिलित भई रमाईलो गरि फर्किए ।
बास्तवमा उनि संग केहि समय अघि हाम्रो गाउले जमघट अर्थात हाम्रै गाउको संगठन गठन गर्ने क्रममा चिनजान भएको थियो । उनको परिवार संग मेरो पारिवारिक धेरै लामो र राम्रो संम्बन्ध छ तर उनि बिदेशमा छन भन्ने कुरा भने हाम्रो यस भेटले मात्र थाहा भयो ।
जेहोस, उनि अध्ययन (पिएचडि) को शिलशिलामा जापानमा आएकि रहिछन । १ बर्ष अघि जापानिज भाषाको पढाई सकि यो वर्ष देखि युनिरर्सिटिमा अध्ययनरत रहिछन । नेपालमै पढ्ने बेलामा कलेजका साथीसंग उनको जिवन साथी बनाउने तर्जुमा भईसकेको रहेछ । उनि जापानमा रहने र उनको हुनेवाला जिवन साथी चाहि नेपालमा बस्ने भएकोले, केहि समय पर्खिनु परेको रहेछ । अन्तमा उनलाई जापानमै झिकाएर २०१० को १० महिना १० तारिख को शुभसाईटमा जिवन साथीको गाठो बाढ्ने तय भएको रहेछ ।
उत्त शुभ-विवाहको मौखित निम्तो पहिले नै पाएको भएपनि कार्ड भने २ दिन अघि फोनै गरि मेरो घरको स्टेशन सम्म छोड्न आईन ।
अनौठोको कुरा त १० बर्ष, १० महिना र १० गते, कस्तो शुभ-साईट अचम्म लाग्यो । १०० बर्षमा एकचोटि जुर्ने यस्तो शुभ दिन उनिहरुको लागि पनि अविस्मरणीयको दिन हुने नै छ ।
सुखद दाम्प्यत्वको हार्दिक मंगलमय शुभकामना ।।।





वर : पुर्ण चन्द्र न्यौपाने
वधु : जयन्ति श्रेष्ठ
स्थान : मनसुन भिलेज, नेरिमा टोक्यो
मिति : २०१०-१०-१० (आईतबार)