सरद डायरि । आईतबार, आश्विन २२, २०६८
मेरो पारिवारिक नाताले साला ज्यु र सांगठानिक नाताले भन्नुपर्दा थसेस जापानको भाईटल पोस्टमा रहनु भएका यानिकि, प्रवक्ता पद सम्हाल्नु भएका प्रिय साला राजु शेरचनको जिबनमा १ पटक गरिने भनिने शुभ-कार्य आयोजना गरिने आजको दिन ।
नव बर राजु शेरचन र नव बधु समी गौचन बिच हुन गईरहेको यस शुभ-बिबाहको पावन अबसरमा मेरो पनि यस कार्यक्रममा केहि भुमिका निभाउनु पर्ने तथा पारिवारिक नाताले सहयोग गर्न पनि पर्ने भएकोले यस महत्वपुर्ण दिनमा सधै भन्दा केहि छिटो उठे । बेरान्डामा निक्लेर यसो बाहिर के हेरेको थिए, बिहानिको निलो आकाश संगै चम्किलो सुर्यको किरणले छलंङ्ग प्रष्ठ्याउथ्यो कि, मौंसमले पनि शुभ दिन संगै दौतरि मिलाएको जस्तो भान हुनुको साथै म पनि निकै खुशी र हर्षित भए ।
हामिलाई यस शुभ-बिबाह पार्टि(बेलुका) पुर्व (दिउसो) गरिने स्वंयम्बर कार्यक्रममा उपस्थितीको लागि समेत पारिवारिक (चेलिज्वाई) नाताले बिहानको ११:३० बोलाईएको थियो ।
सोहि बमोजिम किटान समय मै हलमा पुगेर नब बरका पुज्यनिय पिता र माता संगको चिनजानी ढोगभेट(पहिलो भेट भएकोले) सकेर हल खुल्न केहि समय अघि भएकोले कुर्चिमै बसेर केहि समय भलाकुसारि गर्दै पर्खियौं ।
पर्खिने क्रममै आयोजक परिवारको दाजुभाई (नर्जफोवै परिवार), चेलिज्वाई परिवा र केहि सहयोगि ईष्टमित्र र शुभचिन्तकहरुको पनि करिवन आगमन भयो र हलुका हाईहेल्लो पनि गरियो ।
केहि बेर पछि हल खुलेको खवर आएपछि हलमा पसेर, कार्यबिभाजन अनुसार, किचनको ब्यबस्थापन कार्य, हलको लेआउट कार्य, शुभ-बिबाहको ब्यानर टाग्ने कार्य, खाना र बारटेन्डको लागि टेवल मिलाउने कार्य, पाहुनाको लागि टेवल कुर्चि मिलाउने कार्य, प्रोजेक्टर सेठ् , म्युजिक माईक सेठ्, स्पिकरको सेठ् आदि ईत्यार्दि सम्पुर्ण काम सक्यौं ।