सरद डायरि । मंगलवार, कार्तिक १७, २०७२
म बस्ने एरियाको समुदायहरु बिचको, (ताकामाचु ईच्योमे काई) एकदिने भ्रमण अति नै रमाईलो र भब्यताका साथ समापन भयो । ताकामाचु ईच्योमे नामक यो ग्रुपले विविध बार्षिकि कार्यक्रम मध्ये आन्तरिक संगै घुमघाम र रमाईलो कार्यक्रमहरुको पनि आयोजना गर्ने गर्दछ । आयोजक समुदाय बिचको चिनजान, आपसि सहयोग सदभाव र रमाईला गतिबिधिहरुलाई निरन्तरता दिदै यस एरियाको बासिन्दालाई संगठित गर्ने काम गरिरहेको छ । जापानका चाडपर्वलाई निरन्तरता दिने कार्य, सामाजीक कार्यक्रमहरु आयोजना र अन्तराष्ट्रिय कार्यक्रमलाई समेत समेटदै संगै केहि कार्यक्रममा सहभागि जनाउने अबसर पाएता पनि आजको यो एकदिने टुर भने हाम्रो परिवारले पहिलो पटक संलग्न जनायौं । मेरै बिल्डिङ्ग अगाडिबाट नै ४२ जना सहभागिलाई ओसार्ने बस, जाने र फर्किने संगै अति नै सुलभ रकममा जापानकै चर्चित तोचिगि केनको निक्को स्थित, अटमको प्राकृतिक सौन्दर्य र तातोपानी डुब्ने संगै जापानी सेम्बेई बनाउने फ्याक्टरि हेर्ने कार्यक्रम सम्पन्न गरियो आज । जुन तपसिल समय कार्यतालीका अनुसार फट्टे भयो ।
* ४२ जनाको सहभागि ८ बजे जम्मा भई ८:२५ मा गन्तब्य तिर प्रस्थान
* ११:२० मा "सानो" नामक हाईवय सर्भिस एरियामा २० मिनेट बिश्राम
* १२:०० बजे (龍王峡)र्युओउक्यो नामक स्थान (चर्चित खोला, छहरा र विविध) प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ठाउमा एकघण्टे हाईक् र स्थल भ्रमण
* १ बजे, ओकुकिनुगावा सुपामिकाजुकि (चर्चित होटेल) नामक ठाउको लन्च बाईकिंङ्गमा सरिक
* २ बजे, होटेलको रमणीय ईन्डोर पुल तथा प्राकृतिक तातोपानी (ओन्सेन) मा डुब्ने कार्यको शुरुआत
* ३:३० बजे चर्चित सेन्बेई (चामलको पिठोबाट बनाईएको विशेष परिकार) फ्याक्टरिको भ्रमण र तिन दर्जन बढि परिकारको टेस्टिङ्ग कार्य
* ४:३० बजे हाईवय सर्भिस एरिया, जुन एडोजिडाई (टोक्योको पहिलाको रुप) लाई परिकल्पना गरि बनाईएको रमणीय स्थानमा ३० मिनेट बिश्राम
* १८:३० मा बसस्टपबाट बिदाबाजी हुदै समापन