सरद डायरि । आईतबार, साउन १४, २०६९
नेपाल डे फेस्टिवलको दोस्रो दिन यानिकि अन्तिम दिन र आज आईतबार परेकोले पनि बिशेष गरि नेपालीहरु र जापानीहरु लगायत धेरै ठुलो उपस्थिति थियो फेस्टिवलमा, बिडम्बना आज पनि दुईवटा कार्यक्रम परेकोले फेस्टिवल पश्चात नेपाली किक् बक्सर मोहन महर्जनको (ड्रागन) महत्वपुर्ण खेल थियो, उत्त खेलको लागि ड्रागनले मलाई धेरै पटक टेलीफोन सम्पर्क, ईमेल सम्पर्क र मेरो आफ्नै कार्यक्रममा समेतमा आएर निम्तो दिनु भएकोले जसरि पनि जानु थियो, खेल ५ बजे देखि शुरु हुने भएकोले ढिलै भएपनि ४:३० तिर हिड्ने बिचार गरे ।
पत्रकार मित्रहरु पनि संगै जाने कुरा भएकोले गाडिमा लागि गन्तब्य स्थलतिर.. अन्य बाकि बिवरण तलतिर फोटो आफै बोल्छ... )
मोहन महर्जन (ड्रागन) र फुजिताबिचको खेल ड्र, पुन: प्रतिस्पर्धा गर्नुपर्ने
नेपाली ड्रागन मोहन महर्जन र जापानी खेलाडी जेन फुजिताबीको खेल बरावरीमा सकिएको छ । आइतवार जापानको टोक्योस्थित आरिआके डिफर स्टेडियममा भएको किक बक्सिङ प्रतियोगितामा मोहान र फुजिताले बरावरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा पाँचौ राउण्डसम्म खेले पनि निर्णायकहरुले खेल ड्र भएको निर्णय सुनाएका हुन् । निर्णयसंगै उनीहरुले उपाधीका लागि फेरी प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
अर्को प्रतियोगिताका लागि आयोजकले टुर्नामेन्टको लागि समय तालिका भने सार्वजनिक गरेको छैन । उपाधी हात पार्नेले आगामी सेप्टेम्बर १७ मा हुने बिश्व च्याम्पियनसीपमा भाग लिन पाउने आयोजकले जनाएको छ ।खेल हेर्न तथा नेपाली खेलाडी मोहनलाई हौसला दिन उल्लेख्य नेपालीहरु नेपालको राष्ट्रिय झण्डाका साथ रंगशालामा पुगेका थिए ।
जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारी, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी तथा नेपालीहरु रंगशाला पुगेका थिए ।








































.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)








