Sunday, August 24, 2025

तिज बिशेष-२०२५

 सरद डायरि । ई.सःं- अगष्ट २४, २०२५ / वि.संः- भाद्र ८, २०८२ (आईतवार) 

जापानमा क्रियाशील थकाली महिला परिवार जापानद्धारा आयोजित "तिज बिशेष" कार्यक्रम, अगष्ट २४, २०२५ का दिन टोकियो स्थित हामामाचुच्योको मन्दिर रेष्टुरेन्टमा सहभागि हुने अबसर मिल्यो । मेरै पत्नीले नेतृत्व गरेको यस संस्थाले यस तिज बिशेष कार्यक्रम आयोजना गरेको यो चौठौं पटक हो । जापानबासी महिलाहरुलाई एकवद्धता गर्दै नेपाली महिलाहरुको चाँड, संस्कृतिलाई जापानी बिच पहिचान गराउदै संरक्षण संम्वद्धन तथा उजागर गर्ने कार्य अति नै प्रसशनिय,सह्रानिय र समय सान्दर्भिक छ । यस महान कार्यक्रममा निमन्त्रना दिनु भएकोमा थकाली महिला परिवार जापानलाई हार्दिक धन्यबाद दिदै यहाहरुको सभ्य,भब्य र उत्कृष्ट सफल कार्यक्रमको लागि बधाई तथा तिज बिशेष कार्यक्रको लागि सिंङ्गो आयोजकलाई शुभकामना पनि दिन चाहान्छु ।







Morning Run

सरद डायरि । ई.सःं- अगष्ट २४, २०२५ / वि.संः- भाद्र ८, २०८२ (आईतवार) 

धेरै समयको अन्तरालमा मोर्निंङ्ग रन् अर्थात सधै कुड्ने रुटमा निक्लिएको थिए, अचानक नजिकै बसोवास गर्नुहुने पुरानो प्रिय मित्र दंम्पतिसंग जम्काभेट भयो । घरायसी र समसामयिक बिषयहरुमा छोटो, मिठो भलाकुसारि गर्दै फेरि छिट्टै भेट्ने बाचा कवुल सहित बिदा गरियो । आज निकै गर्मि करविन ३७,३८ डिग्रि उच्चतम तापक्रमको कारण रन् केहि छोट्याएर (१६, १७किंमी) घर तर्फ लागियो । केहि झलकहरु..







Tuesday, September 17, 2024

Relay Run & BBQ

  सरद डायरि । ई.सःं- सेप्टेम्वर १६, २०२४ / वि.संः- भाद्र ३१, २०८१ (सोमवार)

आज निरन्तर तेस्रो दिन आउदो कम्पिटेशनको लागि रिले रनिंङ्ग र वार्वेक्युमा रमाईयो ।
वाकि तस्विर आफै वोल्छ...



















Sunday, September 15, 2024

टोयोसु होम पार्टि

 सरद डायरि । ई.सःं- सेप्टेम्वर १५, २०२४ / वि.संः- भाद्र ३०, २०८१ (आईतबार)
आज फेरि टोयोसु स्थित मित्रको घरमा सारोईन् स्टेक पार्टि अर्थात रनिंङ्ग, स्विमिङ्ग र ओनसेन् बसि मित्रले आफ्नै हातले बनाएको स्टेक पार्टिमा सहभागी भईयो । वाकि तस्विर आफै वोल्छ...
















 

Saturday, September 14, 2024

Spartan Race in Nagata

 सरद डायरि । ई.सःं- सेप्टेम्वर १४, २०२४ / वि.संः- भाद्र २९, २०८१ (शनिवार)

रनिंंङ्ग साथीहरुको अनुरोधमा पहिलो पटक अमेरिकाबाट आएको स्पोर्ट "स्पार्टन रेस् ईन निगाता-२०२४" मा भाग लिईयो ।
बुलेट ट्रेन चढेर १ दिने कम्पिटेशन, निगाताको गारायुजावा नामक चर्चित स्कि ग्राउन्ड अर्थात थाडै उकालो लागेर केहि समथर ठाउमा २२ वटा बिभिन्न किसिमका हर्डल र करिवन १० किलो कुँडेर मिस्सन फट्टे गरियो ।
निकै टाफ् र दिउसोको प्रचण्ड गर्मिको कारण शुरुआतमा निकै गाह्रो भएपनि अन्तिम सम्म सहकर्मि सहित सबैले एकैसाथ गोल गरियो । उत्त समयका केहि झलकहरु.....