मेक्सिकन रेस्टुरेंट को एक झलक
सबै मित्रहरूले लन्च लिदाको एक झलक
मेक्सिकन खाना को परिकारको एक झलक
मित्रहरु मेक्सिकन खाना संग रमाउदै को एक झलक

सरद डायरी । मंगलबार, जेष्ठ ७, २०६५
आज लन्चको लागि मेक्सिकन खाना खान जाने कुरा भएकोले मित्रहरुसंग संगै लागे । एउटा एल तारास्को नामक रेष्टुरेन्टमा पसियो । रेष्टुरेन्ट निकै भिड थियो मित्रको भनाई अनुसार बिशेष गरेर यो रेष्टुरेन्ट सस्तो र खाना मिठो भएकोले सधैजसो भिड हुने कुरा बताउनुभयो ।
तर भाग्यबस हामि ६ जना भएता पनि ४ जनाको एउटा मात्र सिट खाली रहेछ । जसोतसो मिलेर बस्छौ भनि उक्त सिट मा बसियो । हामिहरु त साना साईज भएकोले त्यति अप्थ्यारो भएको महशुष भएन तर हाम्रा एकजना मित्र अमेरिकनलाई भने ज्यादै कष्ट भएको कुरा पछी बताउनुभयो । किनभने उहा हामिहरुको करिब ३ गुना ठुलो हुनुहुन्छहोला ।
खाना सबैले अर्डर गर्नुभयो । मलाई भने कुन मेनु, के,कसरि अर्डर गर्ने अत्तोपत्तो भएन किनभने मेनु सबै मेक्सिकन र अंग्रेजि लेटर मात्रमा लेखेको तर फोटोहरु केहि थिएन । फेरि म अमेरिका आएपछी पहिलो पटक मेक्सिकन रेष्टुरेन्टमा पसेको हुनाले पनि, जे होस तसोतसो मित्रलाई सोधी एउटा सेठ मगाए ।
हामिले अर्डर गर्ने बित्तीकै पापड जस्तो तेलमा उतारेको रोटी र हाम्रो नेपाली गोलभेडाको अचार जस्तो सेठ पहिल्यै दिदो रहेछ । अनि खुशीको कुरा त्यो सेठ फ्रिमा जति थप्न पनि पाईदो रहेछ । अनि एउटा रोटी झिकि चत्निमा दोबेर खाएको त खुबै मिठो लाग्यो । अरु साथीहरुलाई पनि खुब मिठो लागेछ त्यसकारण हामिले यो सेठ ५ चोटी थपेर खाईयो ।
एकैछीन पछी मेरो मेन डिस आएपनि एर्पिटाईजरले नै पेट भरिएकोले मिठै भएपनि सबै खान सकिन । तर हामिलाई सर्भिस गर्ने वोईटेरेस ज्यादै हसिलि र राम्रो सर्भिस गर्दि रहिछिन ,त्यसकारण अमेरिकामा १० देखी १५ प्रर्सेन्ट तिप्स दिने चलन भएपनि हामिले २० प्रर्सेन्ट तिप्स दिन बाध्य भयै अनि रेष्टुरेन्टबाट निक्लियौ ।

No comments:
Post a Comment