बर बधू लाई सबभन्दा पहिला बाबु आमाले असिर्बाद दिदैबर बधू आफ्नो हितैषी मित्रहरु संग सामूहिक फोटो
सरद डायरी । आईतबार, भाद्र २२, २०६५
आज मेरो साला काजिको बिवाहको दिन,सुभसाईत बेलुकाको ६ बजे भएपनी हलमा धेरै कुराको प्रबन्ध, आगन्तुक पाहुना बर्गहरुलाई खाना,पिना र सम्पुर्ण व्यबस्था पनी गर्नुपर्ने हुनाले म लगायत हाम्रा सम्पुर्ण आफन्तजनहरु बिहानै देखी नै जम्मा भएका थियौ दाईको रेष्टुरेन्टमा ।
मेरो मामा,सोल्टि र म बिहान लण्डरि सहितका केहि आफ्नै ब्यक्तिगत काम भएकोले साधे ११ बजे तिर त्याक्सिमा दाईको रेष्टुरेन्टमा पुग्यौ । खाना बनाउन सहयोग गर्नुहुने आफन्तहरु भने बिहानै आउनु भएर पनी हामि पुग्दा त करिब आधा खानाहरुको परिकारहरु तयार गरिसक्नुभएको रहेछ ।
दाई र भाउज्यु भने बिहानको ६ बजे नै आएर कस्सिनु भएको रहेछ । जे होस हामिहरु पुगेपछी बफेको सामान लिन लाग्यौ म लगायत अरु दूईजना (दाईको कान्छा छोरा र सादु भाई) ।
ईण्डियन रेष्टुरेन्टबाट उक्त बफेको भाडो लिनको लागि ब्यबस्था मिलाईएको भएपनि कुरो के पर्र्यो भने, बफेको सामान स्टक गरेको ठाउ भने यस्तो अप्ठ्यारो ठाउमा राखेका रहेछन कि भनि साध्य छैन । अण्डर गराउनको अध्यारो ओडार जस्तो ठाउ,एकजना एकातिर बाट मात्र हिडने मिल्ने सागुरो दहर, भरखरै भत्किला जस्तो सिलिङको भाग, अब्यबस्थित तरिकाले राखिएका बियरका बतल लगायत बिभिन्न सामान अनि त्यसमाथी ईण्डियाको मसला इस्पाईस देखी अमेरिकाको बटर चिज सम्मको दुर्गन्ध, भनि साध्य छैन ।
सायद बर्षौदिन प्रयोग नगरिकन भएभरको सामान एकै ठाउमा राखेका रहेछन । त्यहिबाट झिकेर लान आदेश आएपछी , झिक्न यत्ति गारो भयो, करिब ७ सेठ भाडो निकाल्न हामि ४ जना (रेष्टुरेन्टकै १ जना गुरु जि लगायत) लाई १ घण्टा लाग्यो होला ।
जे होस जसोतसो निकाले पछी लागियो फेरि रेष्टुरेन्ट तिर । हामि पुगेपछी सबैजनाले लन्च खाईवोरि पहिलो लटमा लानुपर्ने सामान लोद गरि लागियो बेलुकाको पार्टी हुने चर्ज हलमा ।
हलमा पुगि सामान सबै ओरालेर हल हेरेको त निकै ब्यबस्थित रहेछ । ठुलो स्टेज,तिन चारसय जना सजिलै अटाउने स्पेस,किचन,रेफ्रिजेरेटर,म्युजिकका सरसामान,कुर्चि टेबल,बाथरुम सबै भरिपुर्ण ब्यबस्था रहेछ । अनि हामिहरुको आ-आफ्नो कामको बाडफाड अनुसार काममा लागियो ।
म चाहि डेक्युरेसनको लागि बेलुन फुक्ने देखी,सजिसजावट गर्न भ्याए । ६ बजे देखी कार्यक्रम सुरु गर्ने भनिएकोले हामिले करिब १५ मिनेट अगाडि सम्म त सबै तयारि गरिसक्ने भन्ने तय भएता पनि, सबै जनाले निकै छिटोछिटो गर्नुभएकोले आधा अगाडी नै हामिले पुरै तयारि गरेर भ्यायौ ।
तर आगन्तुक पाहुना हरु भने निर्धारित समय भन्दा निकै ढीलो करिब सात बजे देखी छिट्टाफुट्टा गरि आउनु भयो । तर करिब आठ बजेतिर भने करिब करिब निम्ता गरेको पाहुनाहरुको बाहुल्य पालि सक्नु भएको थियो ।
मेन ढोकामा दाईभाउज्युले आगन्तुक पाहुनालाई स्वागत गर्ने र स्टेजमा गएर बर बधुलाई पाहुनाले बधाई तथा आर्सिरबाद दिने गरि ब्यबस्था मिलाईएको थियो । सोहि अनुसार क्रमश कार्यक्रम सुचारू भयो ।
ड्रिङ्क बार एपेटाईजर हरु ६ बजे देखि नै सल्फको लागि रेडी भईसकेको भएपनि पाहुनाहरुले भने साधे सात बजे देखी लिन सुरु गर्नुभएको थियो । डिनर पनि करिब ९ बजे तिर राखिएको हुनाले नाचगान हुन अलि ढिलो सुरु भयो ।
तर नाचगान सुरु भएपछि त कहा समय पुग्नु नि,साधे एघार हुन लाग्दा पनि कोहिले पनि नरोक्ने छाट देखाउन लागे । हामिलाई हल बाह्रबजे छोडनु पर्ने भएकोले पौने बाह्र बजे सम्ममा म्युजिक रोक्ने जानाकारि दिएपछी सोहि अनुरुप कार्यक्रम सम्पन्न गरियो । अन्तमा कार्यक्रम सकेर घर फर्किनको लागि सामान गाडीमा लोद गर्दा पो थाहा भयो कि खाने कुराका परिकार त लिएको कारिब आधा जस्तै फिर्ता भएको भएपनी ड्रिङक् भने थोरै मात्र फिर्ता भएको रहेछ । के गर्नु हामि नेपालीहरु खानामा भन्दा ड्रिङक् मै बढी बल गरिन्छ,अनि झन आज त वोएडिन्ग पार्टि ।
जे होस, करिब २०० जनाको उपस्थितिमा अधिकतम बोस्तन बासि र केहि न्युयोर्क बाट का आगन्तुक पाहुना बर्गहरु हुनुहुन्थ्यौ भने कार्यक्रम सुरु देखि अन्तसम्म अति शौहार्दपूर्ण रूपले सम्पन्न भएको थियो ।

No comments:
Post a Comment