सरद डायरि । आईतबार, मंसिर १७, २०६९
गत डिसेम्वर २ तारीख आईतबारका दिन थकाली सेवा समिति जापानद्धारा आयोजित प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगितालाई ऐतिहासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ । प्रतियोगितामा अन्तिम प्रतिस्प्रधाको लागि म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापानले बिजयी भएको हो । थसेस जापान जापानद्धारा आयोजित बहुप्रतिक्षित भलिबल प्रतियोगिता टोक्योको नाकानो स्थित सागिनोमिया आरिना स्टेडियमा भएको थियो । जापानमा पहिलो पटक आयोजित यस मैत्रीपुर्ण भलिबल प्रतियोगिताको प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथिको रुपमा टोक्यो भलिबल एसोसिएसनका अध्यक्ष ईचिकावा मिनोरु तथा एनआरएनका कोषाध्यक्ष भवन भट्टको उपस्थिति रहेको यस प्रतियोगितामा जापानबासि नेपाली समुदायको प्रतिनिधित्व गर्दै १० टिमले भाग लिएका थिए ।
प्रारम्भमा थकाली ड्रेसमा (नकनचोलो) मा सजिएका महिलाहरुद्धारा थकालीहरुको चार देवता र प्रमुख अतिथिलाई पुजापाठ (केल्च्याङ) तथा खेलाडिहरु मार्फत मार्कपाश एवं राष्ट्रिगानबाट शुरु गरिएको प्रतियोगितामा खेलाडि, अतिथि र दर्शकवृद्धहहरुलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले हार्दिक स्वागत गर्दै कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथि महामहिम राजदुत डा. भट्टराईले शुभकामना मन्तब्य दिए पश्चात बल हानेर खेलको उदघाट्न गर्नु भएको थियो ।
प्रतियोगितामा दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदीबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगर, आईएनसीजेका अध्यक्ष अर्जुन अधिकारी, गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, म्याग्देली संजाल जापानका अध्यक्ष महेन्द्र खडका, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाली जनप्रगतीशिल मोर्चाका अध्यक्ष बेलु थापा, जापान नेपाल मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष बिनोद शेरचन, गल्कोट समाज जापानका उपाध्यक्ष नरबहादुर थापा, वुई फर अलका अध्यक्ष सरोज खत्री, वामी सेवा समितिका अध्यक्ष सुरेश केसी, नेपाल जापान युथ क्लवका अध्यक्ष तासि लामा, नेपाली संगित संस्थाका अध्यक्ष युको ओकामोतो, लमजुंग समाज जापानका अध्यक्ष ऋतुकुमार दुरा लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।प्रारम्भमा थकाली ड्रेसमा (नकनचोलो) मा सजिएका महिलाहरुद्धारा थकालीहरुको चार देवता र प्रमुख अतिथिलाई पुजापाठ (केल्च्याङ) तथा खेलाडिहरु मार्फत मार्कपाश एवं राष्ट्रिगानबाट शुरु गरिएको प्रतियोगितामा खेलाडि, अतिथि र दर्शकवृद्धहहरुलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले हार्दिक स्वागत गर्दै कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथि महामहिम राजदुत डा. भट्टराईले शुभकामना मन्तब्य दिए पश्चात बल हानेर खेलको उदघाट्न गर्नु भएको थियो ।
प्रतियोगिताको फाईनल गेम समापन पश्चात, बिजयी टिम गल्कोट समाज जापानलाई नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचनले कप, प्रशंसा पत्र तथा मेडल पुरस्कार प्रदान गर्नुभएको थियो भने, दृतिय हुने म्याग्देली सञ्जाल जापानको टिमलाई नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले कप, प्रशंसा पत्र र मेडल पुरस्कार बितरण गर्नु भएको थियो । त्यसैगरि सर्वोकृष्ट खेलाडिमा छनोट हुनु भएका गोल्डेन नेपाल युथ क्लबका भिक्टर ताडामगर लाई नेपाल मगर संघ जापानका अध्यक्ष सैलेन्द्र थापा मगले ट्रफि र प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । साथै अन्य सहभागि ८ टिमलाई पनि अतिथिहरुले प्रशंसा पत्र र पुरस्कार प्रदान गर्नु भएको थियो । प्रथम हुने टिम गल्कोट समाजका टिम क्याप्टेन हिरा शेरचन र दृतिय हुने म्याग्देली संञ्जालका टिम क्याप्टेन प्रकाश तुलाचनलाई आयोजकको तर्फबाट अध्यक्ष शरद कुमार गौचनले नगद पुरस्कार तथा खादार्पण सहित क्रमश १ लाख २० हजार एन र ६० हजार एन हस्तान्तरण गर्दै दर्शक, खेलाडि, रेफ़्री, अतिथि एवं सहयोगि सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
यसैगरी खेलकुद संयोजक लेलिन भट्टचनले प्रत्यक्ष प्रसारण गरिरहेको मेडिया संग संक्षिप्त कुरा गर्दै स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद अत्यन्त महत्वपूर्ण भएको भए पनि जापानमा सांगीतिक लगायत अन्य कार्यक्रमहरु बराबर हुने गरिएको भए पनि खेलकुद क्षेत्रलाई त्यति ध्यान नदिएको अवस्थामा थसेस जापानले भलिबल प्रतियोगिताको आय़ोजना गरेर एउटा नौलो र उपयोगी कार्यक्रमको थालनी गरेको र यसलाई निरन्तरता प्रदान गरिने बिचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सबैको अनुशासित र उत्साहजनक सहभागिता एवं सहयोग रह्यो आय़ोजको तर्फ़बाट सबैलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु’ संयोजक भट्टचनले भन्नुभयो ।
उत्साहजनक खेलप्रेमीहरुको उपस्थिति र खेलाडिहरुको सहभागिताकाबिच अत्यन्त प्रतिस्पर्धात्मक एवं सौहार्द्रपूर्ण वातावरणमा भलिबल खेल सम्पन्न गरेर थसेसले जापानमा खेलप्रेमीहरुको मन जित्न सफ़ल भएको प्रतिकृया संगै प्रतिभाशाली खेलाडिहरुलाई प्रोत्साहित गरेर खेल क्षेत्रमा नयां अध्यायको शुरुवात गरेकोमा दर्शक, खेलाडि एवं खेलप्रेमीहरुले आयोजक संस्थाप्रति कृतज्ञता प्रकट गरेका थिए ।
भलिबल प्रतियोगिताको नतिजा
"ए" कोट / GROUP "A"
(2)कावासाकी युनाईटेड*Kawasaki United / 25 / 23 / 24 /
(2)कावासाकी युनाईटेड*Kawasaki United / 25 / 23 / 24 /
(3)म्याग्देली सञ्जाल जापान *Myagdeli Sanjaal / 16 / 25 / 26 / (बिजयी)
(4)बलेवा युथ सोसाईटी*Balewa Youth Society / 25 / 25 / (बिजयी)
(5)वुई फर अल*We For All / 9 / 8 /
(5)वुई फर अल*We For All / 9 / 8 /
(1)थकाली सेवा समिति जापान*Tha Se Sa Japan / 8 / 15 /
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 25 / 25 / (बिजयी)
सेमिफाईनल
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 25 / 25 / (बिजयी)
सेमिफाईनल
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 25 / 25 / (बिजयी)
(4)बलेवा युथ सोसाईटी*Balewa Youth Society / 18 / 17 /
"बि" कोट / GROUP "B"
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25 / (बिजयी)
(7)नेपाल मगर संघ जापान*Nepal Magar Sangh / 12 / 23 /
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25 / (बिजयी)
(7)नेपाल मगर संघ जापान*Nepal Magar Sangh / 12 / 23 /
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 25 / 25 / (बिजयी)
(9)नेपाल जापान युथ क्लव*Nepal Japan Youth Club / 11 / 19 /
(9)नेपाल जापान युथ क्लव*Nepal Japan Youth Club / 11 / 19 /
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 27 / 25 / (बिजयी)
(10)आइएनसीजे*INCJ, Japan / 25 / 9 /
सेमिफाईनल / SEMI-FINAL
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 27 / (बिजयी)
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 20 / 25 /
फ़ाईनल / FINAL
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 21 / 21 / / 19 / (दृतिय )
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25/ / 25 / (प्रथम बिजयी)
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 20 / 25 /
फ़ाईनल / FINAL
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 21 / 21 / / 19 / (दृतिय )
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25/ / 25 / (प्रथम बिजयी)
संम्बन्धित समाचार अनलाईन मेडियामा तलतिर जस्ताको तस्तै....
Samudrapari Dot Com (News With Photo Gallery)
Nepaljapan Dot Com (News1)
Nepaljapan Dot Com (News2)
Nepaljapan Dot Com (Photo Gallery)
Tokyonepal Dot Com (News With Photo Gallery)
Nepaljapan Dot Com (News1)
Nepaljapan Dot Com (News2)
Nepaljapan Dot Com (Photo Gallery)
Tokyonepal Dot Com (News With Photo Gallery)
No comments:
Post a Comment