Monday, March 11, 2013

नेपाली राहदानी नविकरण दस्तुर १५००जापानी एन लाग्ने

सरद डायरि । सोमबार, फागुण २८, २०६९



 
बिशेष श्रोतबाट प्राप्त सुचना अनुसार नेपाली राजदूतावास टोक्योले राहदानी निवकरण दस्तुरको नयाँ शुल्क सार्वजानिक गरेको छ। हालैका दिनमा जापानी एनको अमेरिकन डलरसँग भएको बिनियम दरको परिवर्तनलाई समायोजन गर्न मिति २०६९/१२/१ गते बुधवार तदनुसार १४ मार्च २०१३ देखि लागुहुने गरी नेपाली राहदानी नविकरण दस्तुर १५,००० जापानी एन  (पन्ध्र हजार) कायम गरेको छ ।
राजदूतावासको वेबसाईटमा प्रकाशित सुचना अनुसार, राहदानी नियमावली, २०६७ को नियम १७ (२) अनुसार पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्याएको वा हराएको कारणले नयाँ राहदानी लिनुपर्दा दोब्बर दस्तुर तिर्नु पर्ने छ। राहदानी सम्बन्धी सम्पूर्ण बिबरण र जानकारी यस लिंकमार्फत हासिल गर्न सकिने छ ।
 

No comments: