सरद डायरि । आईतबार, श्रावण २४, २०७२
ओन्ज्युकु नामक चिवा प्रिफेक्चर अर्थात चिवा स्थित सामुन्द्रको बाहिरि भाग (सोतोवो) को सामुन्द्रिक भ्रमणको लागि आज एकदिने घुमाईको थियो । छोराको सक्कर प्रतियोगितामा जाने भएकोले म र परिवार सहित आफन्त(वहिनि,ज्वाई परिवार) संग लागियो । टोक्यो देखी निकै टाढा भएकोले एक्सप्रेस ट्रेनमा चढेर जानको लागि तय भएपनि घरबाट निक्लनै केहि ढिला भएकोले निश्चित समयमा पुग्नको लागि डौडिन बाहेक अरु उपाय भएन । टोक्यो स्टेशन अोर्लिएपछि पनि १५ मिनेट बढि हिेडेर ट्रेन समात्नु परेको र ठुलै पोका पन्तुरो बोकेर १५ मिनेटको बाटोको लागि ५ मिनेट पुग्ने गरि कुलेलाम ठोक्यौं । ठिक १ मिनेट अघि ट्रेन लिगमा पुगेपनि अत्यन्तै अपुग समय र पहिलो पटक यस ट्रेनमा चढ्ने भएकोले सोधखोज नगरि उहि समयमा आएको ट्रेनमा चढदा बाटो एउटै परेपनि फरक समय र बिचमै रोकिने फरक ट्रेनमा चढिएछ । बिचबाटोमा पुगेर करिवन १ घण्टाको प्रखाई पछि ठिक एक्सप्रेस ट्रेनको टिकट काटेर चढिवरि गन्तब्य स्थलमा एकैघण्टा ढिलो गरि पुगियो ।
जेहोस, टाढै भएपनि रमणिय, सुन्दर र सफा समुन्द्रमा आज एकदिन बिताउन पाउने भएकोले हर्षित थियौं । त्यस समयको केहि झलकहरु तलतिर.....
No comments:
Post a Comment