









सरद डायरी । शनीबार, भाद्र २१, २०६५
आज मलाई दाईले १ बजे मामाको डेरा नजिकैको ईन्डियन मसला पसल (सालिमार) मा आउन भन्नुभयो । म समय मै पुगि पर्खिबसे तर दाईहरु भने केहि छिन पछी आउनु भई लागियो भोलिको कार्यक्रमको सपिंङ्ग गर्नको लागि रेष्टुरेन्ट डिपोट भन्ने ठाउमा ।
यो ठाउमा सपिङ्ग गर्नको लागि मेम्बर हुनुपर्दो रहेछ यहि सपिंङ्ग सेन्टरको । बिशेष गरेर यहा रेष्टुरेन्टको सम्पुर्ण सामान उपलब्ध हुनुका साथै बिशेष सहुलियत दरमा खरिद गर्न पाईदो रहेछ । बाहिरको करिब दुईगुना सस्तो भएपनि सामान भने होलसेलमा मात्र बिक्रि गर्नेरहेछन ।
दाईले रेष्टुरेन्ट पनी संचालन गर्नु भएको हुनाले प्राय यहि ठाऊबाट सामान किनि लग्ने गर्नुहुदो रहेछ । कुखुराको मासुको परिकार देखी लिएर युज एण्ड थ्रोका सरसामान, पेय पदार्थ (सफ्ट ड्रिंङक)सागसब्जि समेत सबै हामिले बनाएर लगेको लिष्ट हेरो किनमेल गर्यो । करिब साधे पाच सय डलर ले २ वटा कारको डिग्गि भरि किनमेल गर्न भ्यायौ। मलाई अचम्मै सस्तो लाग्यो यो ठाउ रकम सुन्दा र देख्दा ।
त्यसपछी लागियो काप्पिस लिक्युस भन्ने रक्सि पसलमा अल्कोहल किन्नको लागि ।
बियर २ प्रकारको (हाईनिकेन र बाडवाईजर) उईस्कि,वाईन (होवाईत र रेड) किनेर लागियो सबै सामानको स्टकको लागि दाईको साला जि को घरमा ।
किनेर ल्याएको सामान गाडीमै सबै स्टक गरेर दाईको साला जि को घरको पार्किङ्ग एरियामा राखियो गाडि लक गरेर । सेल रोटी को लागि पनि त्यहि घरमा बनाउने प्रबन्ध मिलाईएको रहेछ । यसो हेर्न गएको त एकजना दिदिले चामललाई पिठो पार्ने र एकजना दिदिले रोटि करिब १०० भन्दा बढी बनाईसक्नु भएको रहेछ । अझै करिब ४०० बनाउनु पर्ने र सबै काम समय अबधी मै भ्याउने जानाकारि दिलाउनुभयो ।
खाना ओसार्ने बाल्टीको लागि बहिनिले पुर्ब तयारि गरिसक्नु भएको इन्डियन रेष्टुरेन्टमा लागियो लिनको लागि । केहि समय पर्खेपछी ४ वटा बाल्टि लिई जोडिएको अर्को घरमा आईसको लागि रकम र भोलिको उनिहरुको समय अनुकुल बुझि लागियो दाईको रेष्टुरेन्ट तिर ।
रेष्टुरेन्टमा काम सघाउन आउनु भएका आफन्तहरु पनि काम सकि दिउसोको खाना खानको लागि तयारि गर्दै हुनुहुदो रहेछ । हामिले पनी संगै खानाखाईओरि एकैछीन सबैजना संग गफगाफ गर्यौ ।
अनि भोलिको कार्यक्रमको लागि केहि डेक्युरेसनको सरसामान किन्नको लागि लागियो आई पार्टि सपिन्ग सेन्टर तिर । करिब १० मिनेट गाडि कुदाएपछी पुगियो गन्त्यब्य स्थलमा ।
करिब साठी डलरको डेक्युरेसनको सामान किनि फर्कियौ फेरि रेष्टुरेन्टमै भोलिको बाकि तयारिको लागि ।
No comments:
Post a Comment