Sunday, April 13, 2014

थसेसका केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन स्वदेश प्रस्थान

सरद डायरि । शनिबार, चैत्र २९, २०७०
हाम्रा आदरणीय केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचनज्युको सम्मानमा विदाई रात्रीभोज कार्यक्रम संगै हानेदा अन्तराष्ट्रिय विमानस्थल सम्म छाड्न गए । जुन तपसिल समाचार संम्प्रेषित भयो ।
 
थकाली सेवा समिति जापानको १२ औं अधिवेशन तथा अन्तरचन ताराखेल प्रतियोगिताको प्रमुख आतिथित्वको लागि नेपाल देखी आमन्त्रीत केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन आज शनिवार स्वदेश तर्फ प्रस्थान गरेका छन् ।
उहाको दंम्पतिलाई हानेदा अन्तराष्ट्रिय विमानस्थलमा आयोजक संस्थाका निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक, शरद कुमार गौचन र उपाध्यक्ष गिरि शेरचनले विदाई गरेका हुन ।
आमन्त्रित थसेस नेपालका केन्द्रिय अध्यक्ष भट्टचनलाई आयोजक संस्था थसेस जापानले एक समारोहका बिच अप्रिल ११ तारीकका दिन बिदाई गरेको थियो । टोक्यो कामाता स्थित एक रेष्टुरेन्टको सभाहलमा मैत्रिपूर्ण रात्रिभोज सहित अध्यक्ष बुद्धि गौचन र संरक्षक शरद कुमार गौचनले खादार्पण गरि उनीहरुलाई बिदाई गरिएको हो ।
सो अबसरमा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई केन्द्रिय अध्यक्ष भट्टचनले नेपालका विविध गतिबिधि जानाकारि गराउदै आन्तरिक प्रशिक्षण पनि दिनु भएको थियो ।
अध्यक्ष भट्टचन परिवारहरु हङकङ हुँदै आजै राती ११ बजे नै नेपाल पुगिसक्नु भएको छ ।
 
 



 
 
प्रकाशन भएको समाचार अनलाईन मेडियामा...
 
 

No comments: