Wednesday, April 9, 2014

बुद्धि गौचनको नेतृत्व चयन गर्दै थसेस जापानको १२ औं अधिवेशन सम्पन्न

सरद डायरि । मंगलबार, चैत्र २५, २०७०
थकाली सेवा समिति जापानको  १२ औं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको समाचार तपसिल संम्प्रेषण गरे ।
जुन फोटो सहित तलतिर...
































 
थसेस जापानको अध्यक्षमा बुद्धि गौचन चयन
निवर्तमान नेतृत्व सम्मानित
अस्ति अप्रिल ६ तारीक आईतबारका दिनमा थकाली सेवा समिति जापानले आफ्नो १२ औं अधिवेशन तथा थकालीहरुको महान चाड फागुपुर्णिमा “तोरन्ल्ह” एवं नेपाली नयाँ बर्ष २०७१ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईतवार भब्यताका साथ सम्पन्न गरेको छ ।
 थसेस जापानका अध्यक्ष शरद कुमार गौचनको सभापतित्व तथा नेपाल देखि आमन्त्रित हुनु भएका थसेस केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचनको प्रमुख अतिथ्यमा आयोजित उत्त कार्यक्रमको बिशेष अतिथिमा एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष शिव गाउँले र अर्का बिशेष अतिथि नेपाल जनजाति महासंघ जापानका प्रतिनिधि पेम्बा लामासहित अन्य अतिथिहरुमा एनआरएन जापानका उपाध्यक्ष नरबहादुर थापा, प्रवासी पत्रकार संगठन प्रमुख भुषण घिमिरे, तमुधी जापानका अध्यक्ष भिम गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, तामाङ समाज जापानका संजिब तामाङ, थसेस नागोया क्षेत्रका अध्यक्ष चन्द्र शेरचन, म्याग्देली सञ्जाल जापानका महेन्द्र बानिया, अनेसास जापानका श्रवण सत्याल, एनवि प्रतिष्ठानका तिर्थ सापकोटा, नेपाल जापान युथ क्लवका टासी लामा, माया संगित समाजका ओकामोतो युको मल्ल, नेपाल जापान डटकमका सम्पादक नारायणी आचार्यको पनि उपस्थिति रहेको थियो ।
 पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि, थसेसका केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन र सभापति शरद कुमार गौचन तथा ड्यासमा आषण अतिथिहरुले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाट्न गर्नुभएको थियो । त्यसपश्चात थकाली पहिरणमा सज्जिएका थकाली महिलाहरुद्धारा थकालीहरुको चार देवता र नरिझ्यवलाई पुजा अर्चना एवं खिमि झोजि (पृतु पुजा) गर्दै समुदघाटन कार्यक्रम सम्पन्न गरेका थिए ।
समितिका उपाध्यक्ष अनिल भट्टचनले स्वागत भाषण राख्दै थसेस जापानको उदेश्य, आवश्यकता, वर्तमान अबस्था सहित बिबिध क्रियाकलापहरुको बारेमा बोल्नुभएको थियो । त्यस पश्चात समितिका कोषाध्यक्ष बुद्धि गौचनले संस्थाले अति नै पारदर्शी रुपले ब्यबस्थित गर्दै आएको आयब्यय प्रतिवेदन पेश गर्नु भएको थियो । त्यसैगरि अर्का उपाध्यक्ष दिपक गौचनले थसेस जापानको सम्पुर्ण गतिबिधि सहित बार्षिक प्रतिवेदन अति नै सरल र सुलभ रुपले प्रस्तुत गर्नु भएको थियो ।
लगत्तै सभापति तथा अध्यक्ष शरद कुमार गौचनले आफ्नो दुई कार्यकाल तथा चारबर्षको अबधिमा जापान देखी नेपाल हुदै अन्य बिदेशहरुमा समेत तमाम परोपकारि कार्यसहित क्रियाशील रहेको कुरा बताउनुहुदै सम्पुर्ण भए गरेका गतिबिधि एक एक गरि अति नै सरल र सहजै बुझ्ने तरिकाले प्रोजेक्टर सलाईड मार्फत जानाकारि गराउनु भएको थियो ।
 हाल सम्म नेपालका लागि गरिएका आर्थिक सहयोग, विरामी सहयोग, निशुल्क स्वास्थ सिविर, जेहेन्दार विध्यार्थीको लागि पुरस्कृत गरिएका तमाम कार्य लगायत जापानमै भए गरेका वार्षिकी कार्य प्रगति बिवरण संगै अन्य दर्जनौं संस्थाको गतिबिधिहरु संक्षिप्त बिस्तृत विवरणहरु पेश गर्नु भएको थियो । उत्त सम्पुर्ण प्रस्तुत प्रतिवेदन उपर सभाहलबाट निर्बिवाद रुपमा सर्वसम्मतिबाट तालिको गढगढका साथ पास भएको थियो ।
 त्यसपश्चात, प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचनले थसेस नेपालको बिगत र वर्तमानको गतिबिधि संगै भविष्यको गुरु कार्ययोजनाहरु समेत प्रष्ट्याउनु भएको थियो । थसेसको उदेश्य, आवश्यकता र महत्वको बारेमा सक्षिप्त उदाहरण विवरणहरु दिदै थकालीहरुको आफ्नो मौलिक संस्कारलाई जगेर्ना र संरक्षण गर्न जापान जस्तो अति नै ब्यस्थ मुलुकमा थसेस जापानले गरेको कार्य, उदाहरणीय र सह्रानिय छ साथै हाम्रो उदेश्य अनुसार परिचालन हुनु भएकोमा खुशी ब्यक्त गर्दै निरन्तरताको लागि समेत अनुरोध गर्नुभयो । साथै थसेस जापानलाई १८ औं क्षेत्रीय समितिमा समेत घोषीत गरिसकेको जानाकारी गराउँदै बधाई तथा शुभकामना पनि दिनुभयो ।
 अन्तमा पहिलो चरणको कार्यक्रमलाई सभापति तथा समितिका अध्यक्ष शरद कुमार गौचनले आफु थसेस जापानको स्थापना काल देखि हालसम्म निरन्तर २३ बर्ष निरन्तर क्रियाशिल रहेको र यस अबधिमा बटुलेका तिता मिठा अनुभव सहित थसेस जापानको ईतिहास लेख्न हरपल लागि परेको कुरा जनाउदै बिशेष गरि आफ्नो चार बर्षे दुई कार्यकालमा सहयोग गर्नु भएका सम्पुर्ण जापानबासी थकालीहरु र आफ्ना सहयात्री टिम तथा जापानका अन्य संघसंस्था एवं सहयोगी सम्पुर्णलाई हार्दिक धन्यबाद दिदै बर्तमान कार्य समिति भंग गर्नु हुदै बन्दसत्रमा प्रवेश गराउनु भएको थियो ।
 त्यसैगरी थसेस जापानको आयोजनामा सम्पन्न दोस्रो मैत्रीपुर्ण भलिबलका सहभागी खेलाडिहरु, दोस्रो अन्तरचन ताराखेलका बिजेता खेलाडिहरु तथा स्थानिय कलाकारहरुलाई सम्मान सहित खादाअर्पण गरिएको थियो । थसेस जापानको तर्फबाट बिभिन्न गतिबिधिमा आवश्यक सल्लाह, सुझाब र मार्गनिर्देशन गर्दै तथा जापानबासी नेपालीहरुकै लागि सहयोग र उच्च योगदान गरेवापत समाजसेवी जिज्ञान कुमार थापालाई प्रमुख अतिथिद्धारा प्रशंसा-पत्र र खादार्पण गरि सम्मान गरिएको थियो ।
 तत्पश्चात निर्वाचन कमिटिका संयोजक तथा नेपाल पत्रकार महासंघ जापानका सदस्य प्रमिला गौचन र सदस्य मनोज तुलाचनद्धारा घोषित थसेस जापानको आउदो कार्यकालको लागि बुद्धि गौचनको अध्यक्षतामा ३४ नवनिर्बाचित नया कार्य समिति सर्वसहमतिबाट चयन गरिएको कुरा जानाकारी गराउनु भएको थियो । घोषित उपाध्यक्षहरुमा क्रमश: वरिष्ठ उपाध्यक्ष शशि गौचन, अनिल भट्टचन, दिपक भट्टचन, गिरी शेरचन, महा-सचिबमा राजु शेरचन, प्रवक्तामा दिपक गौचन, सचिबमा हेमन्त कुमार शेरचन, सञ्जिब गौचन, राजकुमार शेरचन, कोषाध्यक्षमा गोविन्द तुलाचन, सह-कोषाध्यक्षमा लेलिन भट्टचन, घनश्याम भट्टचन र अरुण भट्टचन निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा, धन शेरचन(ओता), यसोदा गौचन, उषा तुलाचन, सारदा भट्टचन, सुरज शेरचन, जिबन भट्टचन, अमुल गौचन, बिकल भट्टचन, बिज्ञान गौचन, सुमन गौचन, वकिल शेरचन, धन गौचन, रामु गौचन, कुमार शेरचन (चुरुमी), जित गौचन, विनोद तुलाचन, कुमार शेरचन (तामाची), नरेश गौचन, विजय शेरचन, बबि गौचन, निर्वाचित हुनु भएको छ ।
समितिको सल्लाहाकारहरुमा, बिनोद शेरचन, प्रकाश तुलाचन, रविन शेरचन, मनोज तुलाचन रहनु भएको छ भने समितिको संरक्षकमा शरद कुमार गौचन रहनु भएको छ । नब निर्वाचित कार्य समितिका अध्यक्ष बुद्धि गौचन लगायत सम्पुर्ण नया कार्यकारीणी समितिलाई प्रमुख अतिथिले खादार्पण गर्दै पदिय गोपनियता (सपथ ग्रहण) गराउनु भएको थियो ।
त्यसैगरी, थसेस जापानका निवर्तमान अध्यक्ष शरद कुमार गौचनको कुशल नेतृत्व संगै सिङ्गो टिमले बिभिन्न चरणमा ऐतिहासिक सफलता प्राप्त गर्नुका साथै संस्थालाई सहि दिशा तथा उपयोगी परिपाटी एवं समितिको मान, मर्यादा र प्रतिष्ठा बढाउने कार्य गरेको ठहर गर्दै प्रमुख अतिथि केन्द्रिय अध्यक्ष र नवनिर्वाचित कार्य समितिका अध्यक्ष बुद्धि गौचनले सयुक्त रुपमा निवर्तमान अध्यक्ष शरद कुमार गौचनलाई दोसल्ला र कदर-पत्र हस्तान्तरण पनि गरिएको थियो ।
 दोस्रो चरणको कार्यक्रममा बिविध साँस्कृतिक कार्यक्रमको शुरुआत सँगै थकालीहरुको बिशेष प्रकारको परिकार (सगुन) बितरण र डिनर रिसेप्सन संगै नेपाल देखी आमन्त्रीत चर्चित राष्ट्रिय कलाकार मनोज गजुरेल, कमल वली, पशुपति शर्मा र रिता थापा मगरको होली धमाकालाई स्थानीय कलाकारहरुले पनि साथ दिदै उपस्थिति सम्पुर्ण महानुभावहरुलाई अन्तसम्म नाचगान र भरिपुर मनोरञ्जन गराएको थियो । थसेस जापानले यस कार्यक्रममा पहिलो पटक जापानमा थकालीहरुको बिशेष परिकार टुङ्ग, काटुङ्ग (बिशेष किसिमको रगत र फापरको पिठो भरेको ससेज), सेलरोटी, जम्भु र सुकुटिको मासु सहित संस्थाको संम्झनाको चिनो स्वरुप कलम, संस्थाको लोगोवाला तक्मा,भुकम्प आउदा बच्ने उपाय संम्बन्धि बुकलेट र झोला पनि बितरण गरेको थियो ।
 स्मरण रहोस, पहिलो चरण, दोस्रो चरण र विविध सांस्कृतिक कार्यक्रम क्रंमश: गिरि सेरचन, अनिल भट्टचन र दिपक गौचनले अति नै कौशलतापुर्वक अति रमाईलो पनले संचालन गर्नु भएको थियो ।
 
अनलाईन मेडियामा प्रकाशीत समाचार
 
 

No comments: