सरद डायरि । शनिबार, मंसिर १३, २०७१
नाकानो सिटिद्धारा आयोजित जिवनमा पहिलो पटक किन् वल प्रतियोगितामा हामि बाबु छोराले नेपालीको प्रतिनिधित्व गर्दै भाग लिने मौका मिल्यो । यस प्रतियोगितामा बिभिन्न देशका विदेशी २१ जना खेलाडि र जापानी खेलाडि २१ जना गरि जम्मा ४२ जना खेलाडिहरुको सहभागिता रहेको थियो । एकटिममा चार जना खेलाडि स्वरुप सात टिममा बिभाजित अठ्ठाईस खेलाडि बिच प्रतिस्प्रधा भएको यस खेलमा बाकि बाह्र खेलाडि भने (प्रत्येक टिमका २ जना) स्पेयरमा बेन्चमा बस्नु भएको थियो ।

म, बाबु र एक जना जापानी सहित अर्को एकजना हप्सि गरि चार जना खेलाडि हाम्रो छैठौं टिमको प्रतिनिधित्व गर्दै हप्सि खेलाडिको नाम मामि र मेरो बाबुको नाम समिपको लाई जोडेर मामिप नामक हाम्रो टिमको नामकरण भयो ।
हाम्रो टिम मामिपले पहिलो गेम कालो जर्सि लगाएर प्रतिस्प्रधा गर्दै पहिलो भयो भने, दोस्रो गेम पिन्क जर्सिमा दोस्रो र तेस्रो गेममा ग्रे जर्सि लगाएर दोस्रो हुदै कुल पोईन्टको आधारमा हामि तेस्रो भयौं । बाबु र जापानी खेलाडी कुशलता पुर्वक खेल खेलेता पनि हप्सि र म स्वयमले भने धेरै मिस गरेकोले दोस्रो टिमसंग ३ अंकको फरकले तेस्रो हुनुमा चित्त बुझाउनु पर्यो । पहिलो र दोस्रो हुने टिमलाई बिशेष पुरस्कार प्रदान गर्दै सबै खेलाडिलाई अन्तरवार्ता र राम्रो हाईलाईट गरिएता पनि हामि तेस्रो भएकोले पुरस्कार पाउनबाट बञ्चित हुदै सान्तना पुरस्कार भने प्राप्त गर्यौ ।
जेहोस, अति नै नौलो, रमाईलो र सरल यस किन् वल नामक खेल, हामिलाई जापान किन् वल एसोसिएसनका अध्यक्ष स्वयमले १ घण्टा ट्रेनिङ गरे पश्चात नै खेलाडिको रुपमा प्रतिस्प्रधा गर्न सफल भयौं । बालबालिका, बैयश्क तथा बुढाबुढीहरु पनि सजिलै खेल्न सक्ने यस खेल सबभन्दा पहिला क्यानाडाबाट शुरु भएको रहेछ अहिले यो खेल बिश्व भरिनै चर्चित रुपमा खेलिने गरेको पाईएको छ रे । एसिया प्रशान्तका राष्ट्रहरुमा भने हाल सम्म जापान, कोरिया र चिनमा मात्र खेलिदो रहेछ । साथै यस खेलको विश्व कप प्रतियोगिता पनि दुई बर्षमा एक पटक हुने गरेको छ रे साथै हाम्रो यस प्रतियोगितामा जापानको किन् वल एसोसिएसनको अध्यक्ष र अन्य २ जना पेशेवर खेलाडि गरि ३ जनाले एम्पियरको भुमिका निर्वाह गर्दै खेलमा बिश्राम लिएको टिमले अंक अंकित गर्ने र समय हेर्ने सहयोग भने हामि खेलाडिले गर्ने जिम्मा पाएका थियौं ।
अति नै सरल तरिकाले खेलको नियम र विस्तृत जानाकारि दिदै स्ययम खेल पनि सिकाएर सोहि दिनमै उत्त खेलको प्रतियोगिता समेत गराउनु भएको थियो । उहाहरुलाई हृदय देखी नै कोटिकोटि धन्यबाद दिदै, सो खेलको केहि दृश्यहरु तलतिर जस्ताको तस्तै.....
No comments:
Post a Comment