Tuesday, September 28, 2010

एनआरएन कान्तोको (एनआरएन दिवस)निम्तो पत्र ।

शरद डायरि । सोमबार, ११ आश्विन, २०६७
एनआरएन जापान कान्तो क्षेत्र द्धारा एनआरएन दिबसको उपलक्ष्यमा हुन गईरहेको ३ तारिख अक्टुबरको दिन मेगुरो कुमिनकानको ठुलो हलमा बिबिध सांस्कृतिक कार्यक्रमको निमन्त्रणा पत्र प्राप्त भएको छ । उत्त कार्यक्रममा उपस्थित जनाउने प्रतिउत्तर सहित हाम्रो संस्थाको सम्पुर्ण मित्रहरुलाई पनि मेल फरवार्ड गरि जानाकारि गराईसकेको छु ।


उत्त निम्तो पत्र जस्ताको तस्तै.......

Thursday, September 9, 2010

शुभ-विवाहको निम्तो पत्र : २६ सेप्टेम्वर २०१०



शरद डायरि । बुधबार, २३ भाद्र, २०६७
गत ६ तारिख आईतबार शुभ विवाहको पार्टिमा सम्मिलित हुदै थिए फेरि आउदो सेप्टेम्वर २६ तारिख आईतबारका दिन अर्का परम मित्र थसेसका साधारण सदस्यद्धय दिपेन्द्र भट्टचन र शारदा शेरचन बिच हुन गईरहेको शुभ विवाहको निमन्त्रणा पत्र प्राप्त भयो ।
यो महिना चाहि शुभ विवाहको शुभ साईत नै परेकोले यो महिनाको वुईकईन्डमा भोज खुबै खान पाईने भयो । जेहोस, नव दंम्पक्तिलाई पुर्व शुभकामना सहित हार्दिक बढाई दिन चाहान्छु ।
उत्त शुभकार्यको सुचना लिन्क

Monday, September 6, 2010

थसेस जापानको परिचयपत्र बितरण अभियान शुरु

शरद डायरि । आईतबार, २० भाद्र, २०६७
थसेस जापानको परिचय पत्र बितरण अभियान शुरु नामक शिर्षकमा वईभ साईट छापाखानाबाट संम्प्रेषण हाम्रो समाचार जस्ताको तस्तै

थसेस जापानको परिचय पत्र बितरण अभियान शुरु (प्रकाशन ६, सेप्टेम्वर २०१०)
थकाली सेवा समिति जापानले जापानबासी आफ्नो सम्पुर्ण सदस्यहरुलाई परिचय पत्र बितरण शुरु गरेको छ ।
थसेस जापानको तर्फबाट अध्यक्ष शरद कुमार गौचन द्धारा जारि गरिएको बिज्ञप्तिका अनुसार थसेसको अगष्ट ८, २०१० को वार्वेक्यु कार्यक्रमको शुभसाईतमा पारि आफ्ना १०० जना सदस्यहरुलाई परिचय पत्र प्रदान गर्दै पहिलो चरणको बितरण कार्य शुरुवात गरेको हो ।
बिज्ञप्तीमा, जापानबासि आम थकाली सदस्यहरुलाई परिचय पत्र बितरण गर्ने यस अभियानमा सहभागी हुन थसेसका सम्पुर्ण सदस्यहरुले आ-आफ्नो पुरा नाम, पासपोर्ट साईजको १ प्रति फोटो,जापानको ठेगाना र नेपालको ठेगाना उपलब्ध गराईदिनुहुन अनुरोध गरिएको छ ।
दोस्रो चरणको बितरण कार्यलाई अगाडि बढाउन परिचय पत्र छपाउने काम पनि अन्तिम चरणमा पुगिसकेकोले यसै सुचनालाई आधार मानी यथाशिघ्र आ-आफ्नो विवरण देहायको ठेगाना वा ईमेलमा उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ - बिज्ञप्तीमा उल्लेख छ ।
NPO Thasesa Japan
City Tower Ikebukuro West Gate
1-22-1-2003 Takamatsu Toshima-ku
Tokyo 171-0042 Japan
Tel & Fax: 03-3972-1757
Mobile: 090-2319-0027
थसेस जापानद्धारा जारी गरिएको आफ्नो संस्थागत परिचय पत्रको आधारमा जापानका देहाय बमोजिमको संघसंस्था र कंम्पनीहरुबाट बिशेष छुट तथा सहुलियत पाउने ब्यवस्था गरिएको कुरा पनि बिज्ञप्तीमा उल्लेख छ । जसअनुसार निम्नलिखित संघसंस्था तथा ब्यवसाहिक संस्थाहरु रहेका छन ।
संघसंस्था र कंम्पनीहरु
१) ईटाउ बैङ्क, जापान
२) न्यु आईटी भेन्चर, टोक्यो जापान
३) टोपा ईन्टरनेशनल एडुकेशन सेन्टर, काठमाण्डौं
४) बिबि ग्लोवल ट्रेड (ट्राभल एजेन्डसि), सिन्जुकु जापान
५) तमुधीं जापान, टोक्यो
६) बाराहि फुड एण्ड स्पाईस सेन्टर (हलाल फुड), सिन्- ओकुबो टोक्यो
रेष्टुरेन्टहरु
१) आजिया किचेन देवी, हातानोडाई
२) मन्दिर रेष्टुरेन्ट, हामामाचुच्यो
३) कुमारि रेष्टुरेन्ट, आसागाया
४) भट्टचन थेप्पान याकि, ओचुका
५) माया रेष्टुरेन्ट, ताकादानोवावा
६) हिमालयन मुन काफे, हाच्योवोरि
७) मिलन रेष्टुरेन्ट, नाकानो
८) माया रेष्टुरेन्ट, मेगुरो
९) पुर्णिमा रेष्टुरेन्ट, किनिस्च्यो
१०) मिलन रेष्टुरेन्ट, सिन्जुकु
११) माया रेष्टुरेन्ट, गोटान्डा
१२) मिलन रेष्टुरेन्ट, सेटागाया
१३) शक्ति रेष्टुरेन्ट, ओमोरि
१४) अवतार रेष्टुरेन्ट, सिवुया
१५) सोया ईजागाय, ईताबासि (सेन्ट्रल होटल भित्र)
१६) लुम्बिनि रेष्टुरेन्ट, हामामाचुच्यो
१७) कुमारि रेष्टुरेन्ट, चिवाकेन
१८) सुभ रेष्टुरेन्ट, नाकानो मिनामि
१९) कुमारि रेष्टुरेन्ट, ईवाराकिकेन
२०) मिलन रेष्टुरेन्ट, सुगिनामि वार्ड
२१) दुर्गा रेष्टुरेन्ट, तोकोसिगिन्जा
२२) शुभ रेष्टुरेन्ट, नाकानो किता
२३) नेपाली खाजाघर, सिन्-ओकुबो
२४) कुमारि रेष्टुरेन्ट, आसागाया वाटानाबे बिल्डिङ्ग
प्रकाशित लिन्कको लागि यतातिर क्लिक् गर्नुहोला ।