Wednesday, May 4, 2016


निईजिमा टापुमा गोल्डेन वुईक

सरद डायरि । आईतबार, बैशाख ११, २०७३
लामो समय र अन्तराल पश्चात ब्लग लेख्ने प्रयास, विचमा केहि महिना लेख्न छोडेको त त्यस्तै बानि बस्दो रहेछ, सामाजिक सेवाको लामो भोलियन्टर प्रोजेक्टको बिशेष कारण ब्लग लेखनबाट टाढिएपनि पुन लेख्ने प्रयास जारि।
सन्दर्भ, 
यस बर्षको गोल्डेन वुईक अर्थात २०१६ को गोल्डेन वुईक चाहि जापानको राजधानी टोक्यो क्षेत्रमा पर्ने बिशेष चर्चित तापु भएता पनि टोक्यो देखी निकै टाढा र धेरैलाई थाहा नभएको रमनिय स्थल "निईजिमा" मा टोक्योबाट  राति ११ बजेको पानी जहाजमा चढेर रातभरिको सफर संगै भोलि बिहान ९ बजे गन्तब्य स्थल यानिकि "निईजिमा"टापुमा पुगियो । एकहप्ते आउटडोर एडभान्चरको लागि टेन्ट भित्रै बसोबास, स्थानिय खाध्य पदार्थ, समुन्द्रको ताजा माछा र घाँसपात संगै प्राकृतिक सौन्दर्य संग रमाउदै गर्दा एकहप्ता बितेको पत्तै पाईएन । 

पानी जहाजको टिकट (जादा)