Tuesday, December 23, 2014

सन्दर्भ एमआरपी....

सरद डायरि । सोमबार, पौष ७, २०७१
जापानबासी हामि अधिकांस नेपालीहरुको चिन्ताको बिषय र टाँउको दुखाई भनेको एमआरपी समयमा बनेर आउने हो वा नआउने  । दुतावासले ठाम्नै नसक्ने सिमित कर्मचारिको कारण र ढिला सुस्ती तथा उचित ब्यबस्थापन प्रवन्धको अभाव, कहिले नेपालबाटै संम्बन्धित निकायहरुको कमिकमजोरि ढिला सुस्ती एवं लापर्वाहि र  कहिले एमआरपीको दरखास्त फाराम नै भर्दा हाम्रो आफ्नै गल्ति र लापर्वाहिले समयमा बनेर नआउने थुप्रै उदाहरण सर्वविधितै छ । हामीमध्ये धेरैलाई यो कुरा थाहा पनि छ कि  एमआरपी बनेर आएको REJECTED भएको कुराहरु नेपालको Department of Passport को होमपेजमा सबै बिस्तृत ब्यहोरा हेर्न मिल्ने ब्यबस्था गरिएको छ । तपसिल लिन्कमा गएर MRP STATUS →MISSION WISE जानु भयो भने RECEIVED / DISPATCHED / REJECTED ट्याव देख्न सक्नु हुनेछ । RECEIVED मा बिस्तृत हेर्न नमिले पनि यदि एमआरपी बनेर नेपालबाट पठाईसकेको छ भने DISPATCHED मा सबै चेक गर्न सकिने छ । तर यदि कथम कदाचित REJECT भएको छ भने REJECTED मा उत्त रद्ध भएको कारण सहित बिस्तृत बिवरण पनि हेर्न सक्नुहुनेछ ।
 यहि महिनाको डिसेम्वरमा पनि जापानबाटको एमआरपी करिवन  एक दर्जन जति संख्यामा REJECTED भएको रहेछ । यदि तपाईहरुको साथीहरु पर्नु भएको छ भने, खवर गर्दिनु भएमा केहि राहत मिल्ला उहाहरुलाई, जापानको दुतावासले एकएकलाई खवर पुर्याउन नसक्ने र ढिला गरि खवर आउने सबैलाई अबगत नै छ ।
त्यसकारण यदि तपाइको एमआरपी प्रोसेसमा हुनुहुन्छ वा संम्बन्धित बिषयमा जानाकारि चाहिएमा Department of Passport को होमपेज वा पार्सपोर्ट डिपार्टको Facebook Page बाट Inquiry गर्नु भयो भने छिटो, छरिटो र सरल हुने  कुरा संम्बन्धित सबैको लागि पनि जानाकारि गराईन्छ ।

http://dopmofa.gov.np/ 

(पार्सपोर्ट डिपार्ट)
http://dopmofa.gov.np/mrp-status/missionwise.php#dispatched
(तयारि एमआरपी संम्बन्धित देशमा पठाईएको बिवरण) 
http://dopmofa.gov.np/mrp-status/missionwise.php#rejected
(रिचेक्ड् बिवरण) 
 

Sunday, December 14, 2014

हिमालय होजेन क्योकाईको पार्टि (忘年会)

सरद डायरि । शनिबार, मंसिर २७, २०७१
हात गालामा राखेका अध्यक्ष वातानाबे ज्यु (टोडाई एलित) हुनुहुन्छ
 
आज दिउसो र बेलुका गरि दुई वटा कार्यक्रममा सहभागि जनाउनु पर्ने ब्यस्थ स्केज्युल अनुसार नै कार्य तर्जुमा मिलाईसकेको थिए ।
बेलुकाको कार्यक्रम भने यो बर्षलाई अन्त्यै गर्दै भलाकुसारि गरिने पार्टि (बोर्नेन् काई) जुन, जापानीज  मित्रहरुद्धारा संचालीत पुरानो नेपाललाई सहयोग गर्ने संस्था "हिमालय होजेन क्योकाई" को पार्टि थियो ।
यस संस्थाका महासचिब टोदा युको ज्युले केहि दिन अघि भेट्दा र मेल मार्फत चुल्हो निम्ता दिनु भएको थियो भने अध्यक्ष वातानाबे तोसिओ ज्यु भने मेरो पुरानो चिनजानी मित्र संगै केहि महिना अघि एउटा प्रोजेक्टमा संगै काम गर्ने मौका पनि मिलेको थियो ।
जेहोस उहाहरुले मलाई बिशेष अतिथिको रुपमा बोलाईएको वेलुकाको पार्टिमा निर्धारित समय ६:३० अघि नै उपस्थिति जनाए ।
उहाहरु नजिकैको अफिसमा कार्यकारिणी (रिजिकाई) समितिको बैठक पनि भएकोले ५,७ मिनेट ढिलो गरि सबैजनाको उपस्थिति भयो । ३,४ घण्टाको बसाईमा नेपाल र जापान संम्बन्धि भलाकुसारि संगै मेरो केहि भनाई राख्ने मौका पनि मिल्यो, साथै उहाहरुले नेपाल संम्बन्धि राख्नु भएको धेरै जिज्ञासा, प्रश्नहरुको पनि उत्तर दिदै उहाहरुको बिचार र नेपाल प्रतिको आस्था तथा सहयोगी भावना प्रति हृदय देखी नै धन्यबाद पनि टक्य्राए ।
जेहोस, यो संस्थाले बिशेष गरेर नेपालको विभिन्न भागमा (हाल म्याग्दी) बोट, विरूवाको बृक्षारोपण गर्ने गराउने कार्य गर्दै आएको छ साथै महिला केटाकेटिहरुलाई आफ्नै खुट्टामा उभीनको लागि निम्नतम आयश्रोत गर्न छिटो तथा सरल उपायहरु जस्तै, सिलाई बुनाई उध्योग, धन्दा वा कागजी उध्योग, धागोबाट कपडा, झोला आदिको सिलाई बुनाई लगायत विविध तालीमहरु दिने गरेको छ ।
त्यसै गरि जापानीहरुलाई पनि नेपाल लगेर घुमाउने, होमस्टे गराउने, नेपालको बिभिन्न गाउँहरुमा नेपालीसंग प्रत्यक्ष परामर्श गर्ने गराउने अनुभवहरुको साटासाट पनि गराउने आदिको बिचौली कार्य र आफैले पनि आयोजना गरि सहयोग गर्ने गरेको छ ।
जापानमा १९७४ सालमा यस हिमालय होजेन क्योकाईको स्थापना भई निरन्तर ४० बर्ष सम्म नेपाललाई सहयोग गर्दै आएको यस संस्थाले नेपालमा यो बर्ष सम्ममा १० लाख बोट रोपिसकेको नयाँ रेकर्ड पनि कायम गर्दै १ बोटको लागि १०० एन नामक क्याम्पेनलाई जापानमा निरन्तरता दिदै आएको छ । सिङ्गो संस्था र उहाहरु सबैलाई कोटिकोटि सलाम, अनगिन्ति सफलताको लागि हार्दिक शुभकामना..

देव्रपट्टिको दुईवटा हात घुडामा राखेका महिला महासचिब "टोडा युको (नेपाली भाषामा टिक्खर) ज्यु
  
दिउसोको कार्यक्रम भने, बावुको लागि तय भएपनि स्कुलबाट साथी र टिचरको अचानक भेटघाटको अनुरोधले गर्दा मेरो  मात्र  सहभागि भयो  । कार्यक्रम भने, बिश्वकै चंङगाको ईतिहास, परिचय र चलन चल्तिमा आएको जानारि सँगै सबै बिस्तृत विवरण संगै अन्तमा चंङ्गा बनाएर उडाउन समेत भ्याएका थियौं । मेरो केहि भनाई र फोटोहरु तलतिर जस्ताको तस्तै..
 
 


 

Friday, December 12, 2014

वरिष्ठ ब्यक्तित्वहरु संग दुतावासमा डिनर

सरद डायरि । विहिबार, मंसिर २५, २०७१
जाईकाद्धारा आयोजित न्याय प्रणालीको कार्यक्रममा  प्रधान न्यायाधीश  रामकुमार प्रसाद शाहको नेतृत्वसंगै आगमन २ दर्जन बियोक्रयाटिक व्यक्तिक्तहरु र सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री दिपक चद्र अमात्य दम्पतिको जापान आगमन भएको रहेछ ।
उहाहरुको संयुक्त स्वागतार्थ जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराईद्धारा आयोजित उहाकै निवासमा दिवा भोज आयोजना भएको थियो र महामहिम स्वयमले फोन र मेल गरि निमन्त्रणा दिनु भएकोमा कंम्पनीकै नोमिकाई छोडेर डिनर रिसेप्सनना सहभागि जनाए ।
यस पटक नेपालबाट आगमन पाहुनाको ज्यान्वो टोली संगै निकै धेरै जापानी महानुभावहरुको पनि उपस्थिति भएकोले धेरै वरिष्ठ ब्यक्तित्वहरु संग चिना पर्चि गर्ने अनुकुल र ज्यादै रमाईलो पनि भयो ।
उत्त अबसरमा मेरो साथी तथा जापानकै सफल ब्यबसायी मित्रद्धारा उत्पादन गरिएको  नेपाली फापरको मदिरा "सोमरस" को  महामहिम, माननिय मन्त्री ज्यु र माननिय प्रधान न्यायधीश ज्युबाट संयुक्त रुपमा समुदघाटन पनि भयो ।
हितैषि मित्रलाई हृदय देखी नै बढाई तथा सफलताको लागि शुभकामना
 
उत्त अबसरको केहि फोटोहरु...
 
 महामहिम ज्यबाट मन्तब्य प्रकट गर्दै
थसेसका अध्यक्ष तथा डा.युकि ज्यु संग
 महामहिम र मन्त्री ज्युको बाहुलीबाट "सोमरस"को समुदघाटन
मेरो पुरानो जापानी आन्ति र मित्र संग
 जापानी मित्रहरु युको,बुद्धि भाई र पन्त बहिनिसंग
मन्त्री ज्युसंग सामुहिक फोटो
फोटो : अनिस अधिकारि

Monday, December 8, 2014

भुकम्प तथा भब्यतब्य आईपर्दा अपनाउनु पर्ने तरिका तथा बच्ने उपायको तालिम

सरद डायरि । आईतबार, मंसिर २१, २०७१
मेरो आफ्नो बस्ने बिल्डिंङमा आज बिहानको १० देखी १२ बजे सम्म भुकम्प तथा भब्यतब्य आईपर्दा अपनाउनु पर्ने तरिका तथा बच्ने उपायको बारेमा तालिम एवं कार्यशाला गोष्ठि गर्ने दिन । सधै झै आज पनि उत्त तालिममा भाग लिए ।
यस्तो कार्यक्रम प्रत्येक बर्ष करिवन २,३ पटक बिभिन्न जानाकारहरुलाई बोलाएर संम्बन्धित बिषयको तालीम, जानाकारि संगै यस बिल्डिङ्गको सबै ब्यबस्थापन संम्बन्धि जानाकारि र अभ्यास गराईन्छ । यस पटक आगोलागिबाट बच्ने र उपायको बारेमा टोक्यो ग्याँस, आगोलागि भएमा निभाउने तरिका तथा अपनाउनुपर्ने उपायको बारेमा टोक्यो दमकल एवं सबभन्दा माथी तला (४० तलाको हेलिप्याड) को हेलिप्याडमा पनि लगेर अभ्यास गर्ने कार्य भयो । भब्यतब्यको अन्तिम अबस्थामा यस हेलिप्याड प्रयोग गरि सबैजनालाई उद्धार हुने जानाकारि पाउदा अचम्म पनि लाग्यो ।
जेहोस, बिल्डिङ्गको सबभन्दा तल्लो तला (अन्डरग्राउण्ड) मा सबै बासिन्दालाई पुग्ने पानी,खानेकुरा, आपतकालिन तोईलेट र विविध कुरा राखिएको ठाउ समेत देखाएर प्रयोग गर्ने तरिका पनि जानाकारि भयो ।
यस पटक पहिलो चोटि बिल्डिङ्गको सबभन्दा माथीको ओपन स्पेसको हेलिप्याडमा उक्लिएर त्यहाबाट खिचिएको केहि झलकहरु....



 सेल्फ सट्को एकझलक
 
 सिन्जिकुतिरको झलक
 
बिल्डिङ्गको पुर्व साईडको झलक
 
 दक्षिण साईडबाट देखिएको झलक
 
 पानोरामा खिचिएको झलक
 
 दिन राम्रो भएकोले माथिल्लो तलाबाट देखिएको फूजि माउन्टेन
 
सबभन्दा माथी तलाको खुला हेलिप्याड

Sunday, November 30, 2014

किन् वल प्रतियोगितामा हाम्रो सहभागिता

सरद डायरि । शनिबार, मंसिर १३, २०७१
नाकानो सिटिद्धारा आयोजित जिवनमा पहिलो पटक किन् वल प्रतियोगितामा हामि बाबु छोराले नेपालीको प्रतिनिधित्व गर्दै भाग लिने मौका मिल्यो । यस प्रतियोगितामा बिभिन्न देशका विदेशी २१ जना खेलाडि र जापानी खेलाडि २१ जना गरि जम्मा ४२ जना खेलाडिहरुको सहभागिता रहेको थियो । एकटिममा चार जना खेलाडि स्वरुप सात टिममा बिभाजित अठ्ठाईस खेलाडि बिच प्रतिस्प्रधा भएको यस खेलमा बाकि बाह्र खेलाडि भने (प्रत्येक टिमका २ जना) स्पेयरमा बेन्चमा बस्नु भएको थियो ।
म, बाबु र एक जना जापानी सहित अर्को एकजना हप्सि गरि चार जना खेलाडि हाम्रो छैठौं टिमको प्रतिनिधित्व गर्दै  हप्सि खेलाडिको नाम मामि र मेरो बाबुको नाम समिपको लाई जोडेर मामिप नामक हाम्रो टिमको नामकरण भयो ।
हाम्रो टिम मामिपले पहिलो गेम कालो जर्सि लगाएर प्रतिस्प्रधा गर्दै पहिलो भयो भने, दोस्रो गेम पिन्क जर्सिमा दोस्रो र तेस्रो गेममा ग्रे जर्सि लगाएर दोस्रो हुदै कुल पोईन्टको आधारमा हामि तेस्रो भयौं । बाबु र जापानी खेलाडी कुशलता पुर्वक खेल खेलेता पनि हप्सि र म स्वयमले भने धेरै मिस गरेकोले दोस्रो टिमसंग ३ अंकको फरकले तेस्रो हुनुमा चित्त बुझाउनु पर्यो । पहिलो र दोस्रो हुने टिमलाई बिशेष पुरस्कार प्रदान गर्दै सबै खेलाडिलाई अन्तरवार्ता र राम्रो हाईलाईट गरिएता पनि हामि तेस्रो भएकोले पुरस्कार पाउनबाट बञ्चित हुदै सान्तना पुरस्कार भने प्राप्त गर्यौ ।
जेहोस, अति नै नौलो, रमाईलो र सरल यस किन् वल नामक खेल, हामिलाई जापान किन् वल एसोसिएसनका अध्यक्ष स्वयमले १ घण्टा ट्रेनिङ गरे पश्चात नै खेलाडिको रुपमा प्रतिस्प्रधा गर्न सफल भयौं । बालबालिका, बैयश्क तथा बुढाबुढीहरु पनि सजिलै खेल्न सक्ने यस खेल सबभन्दा पहिला क्यानाडाबाट शुरु भएको रहेछ अहिले यो खेल बिश्व भरिनै चर्चित रुपमा खेलिने गरेको पाईएको छ रे । एसिया प्रशान्तका राष्ट्रहरुमा भने हाल सम्म जापान, कोरिया र चिनमा मात्र खेलिदो रहेछ । साथै यस खेलको विश्व कप प्रतियोगिता पनि दुई बर्षमा एक पटक हुने गरेको छ रे साथै हाम्रो यस प्रतियोगितामा जापानको किन् वल एसोसिएसनको अध्यक्ष र अन्य २ जना पेशेवर खेलाडि गरि ३ जनाले एम्पियरको भुमिका निर्वाह गर्दै खेलमा बिश्राम लिएको टिमले अंक अंकित गर्ने र समय हेर्ने सहयोग भने हामि खेलाडिले गर्ने जिम्मा पाएका थियौं ।
अति नै सरल तरिकाले खेलको नियम र विस्तृत जानाकारि दिदै स्ययम खेल पनि सिकाएर सोहि दिनमै उत्त खेलको प्रतियोगिता समेत गराउनु भएको थियो । उहाहरुलाई हृदय देखी नै कोटिकोटि धन्यबाद दिदै, सो खेलको केहि दृश्यहरु तलतिर जस्ताको तस्तै..... 
 

 
 
 




Monday, November 17, 2014

世界子供の日チャリティーウォーク&ラン2014

सरद डायरि । आईतबार, कार्तिक ३०, २०७१
आज नोभेम्वर १६ तारीख आईतबारका दिन तथा  बिश्व बालदिवसको शुभ उपलक्ष्यमा मेरो ब्यक्तिगत तर्फबाट सक्ने सानो सहयोग र समर्थन सहित पाँच किलोमिटर च्यारिटि डौंडमा भाग लिए । केहि साथीहरु सहित दुई महिना अघि नै नाम दर्ता भएको र सानो च्यारिटि रकम समेत भुक्तानी गरिसकेकोले रजिष्टर गर्ने ठाउँमा हाम्रो नाम अनुसार डौंडमा आवश्यक(टिसर्ट,नंम्वर,फलफुल, पानी) अनुसारको सरसामान लिएर कपडा फेरेर डौडको लागि तयारि भयौं । बिशेष, जापानको राजदरवार वरिपरिको प्राकृतिक मनोरम स्थल तथा सौन्दर्य ताल, तलैया एवं विहानीको सफा चिसो हावा र सुर्यको किरण सँगै थुप्रै नया जापानी साथीहरु संग रमणिय ५ किलोमिटरको कोसमा रमायौं ।
 
कुल च्यारिटि सहभागि १,००० (एक हजार)  मध्ये हाम्रो समुहमा करिवन १०० जना ५ किलोमिटर डौडको  च्यारिटिको प्रतियोगितामा  सहभागि थियौ । हाम्रो उत्त पाँच किलोमिटर समुहको १०० जना सहभागिहरुको विहान ठिक १०:३० मा डौड शुरु भयो र करिवन ४५ मिनेट लगाएर प्रतियोगिताको बिचतिर हामिले गोल गर्यौ भने मेरो सुपुत्र चाहि हाम्रो समुहको सातौ स्थान हासिल गर्न  सफल भयो । आयोजकका नेतृत्व ईतोज्युले बढाई दिदै फोटो खिच्ने कार्य तथा पुरस्कार बितरण गर्दा पो थाहा भयो उत्त कुरा, जेहोस सुपुत्रलाई हार्दिक बढाई दिदै हामिलाई अर्को बर्षमा पनि सहभागिको लागि अनुरोध गर्नुभयो ।
उत्त च्यारिटि प्रतियोगिता  केहि झलकहरु तलतिर.....