Tuesday, April 28, 2009

के सेनावाट 'कु' होला ?

सरद डायरि । सोमबार, बैशाख १४, २०६६
माओवादि नेतृत्व सरकारले प्रधान सेनापति रुक्मागत कटवाललाई स्पष्टिकरण लिएजस्तो बहाना बनाई कटवाललाई जसरि भएपनि बर्खास्त गरि आफ्नो निकट मानिने दोस्रो दर्जाका बरियतामा रहेका कुल बहादुर खडकालाई सेनापति बनाउन चाहेको रहेछ । कटवालले जवाफ फर्काएको भोलिपल्टै नेपालकै सर्वोकृष्ट मानिने कान्तिपुर दैनिकले के के भयो सेना भित्र नामक सिर्षकको समाचारले त झनै ठुलै भुईचालो नै ल्याएको छ । माओवादिले न्वारान देखिको बल निकालेर कटवाललाई वर्खास्त गर्न कस्सिएको कारणले पनि भोली नेपालमा कस्तो परिस्थिति आउने हो एकिन गर्न नसक्ने अबस्था छ । यसै परिवेशमा अस्ति अनलाईन नया पत्रिका दैनिकिमा प्रकाशनमा के 'कु' होला ? भन्ने प्रश्नमा नेताहरुद्धय लगायत बरिष्ठ ब्यत्तिहरुको आ-आफ्नो तर्कहरु जस्ताको तस्तै:-
हिजो लोकतन्त्र दिवस हो, टुँडिखेलमा सेनाले तोप पड्काएको थियो, मान्छेहरू त्यसै तर्सेर 'कु'को हल्ला चलाएका होलान् । त्यस्तो नचाहिने काममा सेनालाई कहाँ फुर्सद होला र ? यस्तो कुरामा चर्चा नगरेकै राम्रो होला । -शरतसिंह भण्डारीनेता, मधेसी जनअधिकार फोरम
यो नेपालमा के-केे हुन्छ, केही भन्न सकिन्न । सेनाले 'कु' गर्नै नसक्ने भन्ने होइन । तर, त्यो दिगो हुन्न, केही समय जनताले दुःख पाउने मात्रै कुरा हुन्छ । -चित्रबहादुर केसीअध्यक्ष, राष्ट्रिय जनमोर्चा
कसले भन्छ सेनाले कु गर्छ भनेर ? त्यतिवेला राजतन्त्रले भनेकोसमेत नमानेर गणतन्त्र स्थापना गर्न सहयोग पुर्‍याउने नेपाली सेनाले अहिले 'कु' गर्छ भनेर सेनाको मनोबल गिराउने तथा यसलाई बद्नाम गर्ने काम गर्नुहुन्न । जुन चरीले कटवाललाई मन पराउँदैनन् त्यो चरीले चलाएको हल्ला मात्रै हो यो । -श्यामसुन्दर गुप्ताअध्यक्ष, नेपाल सद्भावना पार्टी आनन्दीदेवी
अहिलेको अवस्थामा सेनाले कु गर्छ भन्ने कुरामा मलाई पत्यार लाग्दैन । पर्दापछाडि को-को छन् त्यो त अहिले भन्न सकिएन, तर मिडियाले यो हल्लाचाहिँ फैलायो । हो, सरकारले सेनासित जुन व्यवहार गर्‍यो, त्यसले सेना र सरकारबीच द्वन्द्व भने निक्कै बढाएको छ । यो द्वन्द्वको रूप कहाँसम्म पुग्छ भनेर म अहिले अनुमानचाहिँ गर्न सक्दिनँ । -सिपी मैनालीअध्यक्ष, नेकपा माले
अहिले 'कु' को कुरा जुन बाहिर आयो, त्यो दुई पक्षबाट भन्ने छ, एउटा कटवाल र अर्को केबी खड्का । तर, दुवै 'ब्ल्याक एन्ड ह्वाइट'मा आएको छैन । एक खालको भ्रम त फैलाइएको छ, तर त्यसको अन्तरवस्तुमा जानुपर्छ । जहाँसम्म खड्का पक्ष (माओवादी) ले कु गर्ने कुरा छ, अहिलेको राजनीतिक हिसाबले त्यो नगर्नुपर्ने हो । माओवादीको 'आइडोलोजी'का हिसाबले गर्ने कुरा अलग्गै भयो । जहाँसम्म कटवाल पक्ष (माओवादी विरोधी) को कुरा छ, त्यहाँभित्र पनि यो सम्भावना न्यून देखियो । सिस्टममा चल्ने सेनाभित्र एउटै कमान नभई विभाजन आयो, यसले 'कु'को सम्भावनालाई न्यून गरिदिएको छ । कथंकदाचित भइहाले पनि कसैको जित हुन्न, मुलुकको नै हार हुन्छ । भारतीय राजदूत राकेश सुद दिल्लीबाट फर्केपछि सबै कुरा बाहिर आउला । -चन्द्रदेव जोशीअध्यक्ष, नेकपा संयुक्त
यो बेकारको हल्ला हो जस्तो लाग्छ । ज्यादै तरल स्थितिमा सरकारमा बस्नेहरूले चंगा उडाउन खोजेका होलान् । माथि चंगा देखाएर तल के छोप्ने भन्छन् नि, त्यस्तै । मेरो विचारमा अहिले कु हुने सम्भावना छैन । कु हुने वस्तुगत आधार पनि देखेको छैन । -पशुपतिशमशेर राणाअध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
महासंघ यो जनतालाई आतंकित पार्ने षड्यन्त्रस्वरूप आएको हल्ला हो । यो रुक्मांगद कटवालको नौटंकी हो । यथास्थितिवादीहरूले आफ्नो साख जोगाउन यो हल्लामा साथ दिएका हुन् । यो नौटंकी एक हप्ता पनि टिक्दैन । सैनिक 'कु' भयो भने पनि एक हप्तामा त्यसको सत्यानास हुन्छ । जनताले त्यसलाई सत्यानास पार्छन् । -बद्री बजगाइंउपाध्यक्ष, अखिल नेपाल ट्रेड युनियन
जनआनदोलनको भावनाअनुरूप चल्नुपर्ने सरकार, १२ बुँदे सम्झौताको भावनाअनुरूप चल्नुपर्ने माओवादी र निर्वाचित सरकारको निर्देशन शिरोधार्य गर्नुपर्ने सेना कसैले पनि आफ्नो कर्तव्य पूरा गरेको देखिएन । परिवर्तनलाई आत्मसात् गर्न नसक्ने सात राजनीतिक पार्टीभित्रका केही तत्त्वले चलखेल गरी परिस्थितिलाई चर्काएको देखिन्छ । निर्वाचित सरकारको नियन्त्रणमा रहनुपर्ने सेनाले अवाञ्छित हर्कत गर्नु शोभनीय होइन । यसमा माओवादी नेतृत्वको सरकारले लिएका निर्णयहरू टुंगोमा पुर्‍याउन नसक्नु नै हो । हामीलाई बंगलादेशी वा कुनै पनि मोडेल चाहिएन । हामीले दुई सय ४० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र फ्याँक्यौँ । हामीलाई न माओवादीले भन्दै आएको जनगणतन्त्र भनिने अधिनायकवाद स्वीकार्य छ न कुनै सैनिक शासन । जुनसुकै निरंकुश तन्त्र आए पनि त्यसको विरुद्ध लड्छौँ । -डा. देवेन्द्रराज पाण्डेअगुवा, नागरिक आन्दोलन
हामीले भर्खरै मात्र लामो लडाइँ गरेर राजतन्त्र फालेका छौँ । अहिलेको अवस्थामा कु हुन्छ भन्ने लाग्दैन । कु कतैबाट हुनुहुँदैन । र, भइहाल्यो भने पनि आमनेपाली जनताले त्यसलाई स्वीकार गर्दैनन् । -डा. केदारनरसिंह केसीअध्यक्ष, नेपाल चिकित्सक संघ
मुलुकमा कुनै पनि प्रकारको 'कु' हुने परिदृश्य मैले देखेको छैन । त्यस्तो कल्पना पनि मैले गरेको छैन । हल्लाको पछि लाग्नुहुन्न । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न विभिन्न तत्त्वले अनावश्यक हल्लाहरू फैलाउने काम गरेका छन् । सचेत हुन जरुरी छ । -गोपालमान श्रेष्ठ उपसभापति, नेपाली कांग्रेस
मुलुकमा विकसित घटनाक्रमले सबैलाई चिन्तित बनाएको छ । त्यससँगै विभिन्न प्रकारका हल्ला र समाचार माध्यममा पनि आएका छन् । कु हुने समाचारहरू सार्वजनिक भइरहेका छन् । तर, नेपाली सेना जसले यति ठूलो राजनीतिक परिवर्तनलाई आत्मसात् गरिसकेको छ त्यो संस्थाबाट त्यस्तो कार्य हुन्छ भन्ने मलाई लाग्दैन । सरकारको नेतृत्व गरिरहेको माओवादीका नेताहरूले सत्ता कब्जा गर्ने कुरा गरिरहेको छ, त्यसप्रति भने हामीलाई आशंका रहेको छ । विगतमा विदेशी हस्तक्षेप भयो भन्ने माओवादी नेताहरू र स्वयं प्रधानमन्त्रीले नै विदेशी राजदुतहरूसँग प्रधानसेनापतिलाई हटाउन सहयोग माग्नुले सरकारको नेतृत्व गरेको माओवादी नै सत्ता कब्जा गर्ने रणनीतिमा रहेको प्रस्ट हुन्छ । राज्यका हरेक निकायलाई आतंकित र खलल बनाउन माओवादी नेतृत्वको वर्तमान सरकार लागिपरेको प्रस्ट छ । यो माओवादीले चलाएको हल्ला हो । कांग्रेस कुनै पनि शक्तिबाट गरिने त्यस्ता चेष्टाको विरुद्धमा र लोकतन्त्रको पक्षमा उभिने छ । २१ औं शताब्दीमा अब कुनै पनि प्रकारको कु सम्भव छैन, त्यसमा पनि कांग्रेस त्यस्ता प्रकारका अलोकतान्त्रिक कदम रोक्न प्रतिबद्ध छ । -महालक्ष्मी उपाध्याय 'डिना' केन्द्रीय सदस्य, नेपाली कांग्रेस
सबै प्रकारको साधन, स्रोत र संरचना भएको राजाले गरेको कु त नेपालमा टिकेन भने अब पनि कु हुन्छ भन्नु बुद्धि विनाश मात्र हो । नेपालमा अब कुनै पनि प्रकारको कु सम्भव छैन । कु गर्ने कसैको तागत नै छ । आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न चलाएको हल्ला हो, त्यो पूरा हुन सक्दैन । कु गर्नु र हुन्छ भन्नु आत्मरति मात्र हो, त्यो दिवासपना मात्र हो । -गगनकुमार थापासभासद्, नेपाली कांग्रेस
सरकारको नेतृत्व गरेको माओवादी आफैं मुलुकमा निरंकुश बन्दै गएको छ । सत्ता कब्जा गर्नेजस्ता धम्की दिइरहेको समयमा माओवादीप्रति विभिन्न प्रकारको आशंका उत्पन्न भएको छ । जनताको चाहनाविपरीत कुनै पनि निकाय लोकतन्त्रप्रति खनिन सक्ने सम्भावना छैन । तर, सरकारको नेतृत्व गरेको माओवादी राज्यका बलियो संरचनाहरू अझ भन्ने हो भने नेपाली सेनाको जुन संरचना रहेको छ त्यसलाई भत्काएर आफ्नो प्रभाव जमाउने पक्षमा देखिएको छ । सेनामाथि आक्रमण गर्ने र आफ्नो राजनीतिक अभीष्ट सिद्ध गर्न माओवादी लागिपरेको छ । त्यसक्रममा सरकारी पक्षले सैनिक 'कु'को हल्ला चलाएर सेनालाई कमजोर बनाउने र सेनाप्रति जनतालाई नकारात्मक सन्देश प्रवाह गर्न चलाइएको हल्ला हो । त्यसबाट आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न सरकारी पक्ष लागिपरेको छ । तर, त्यो दिवासपना मात्र हो । नेपाली जनताले सरकारको नेतृत्व गरेको माओवादीको रणनीतिक चाल राम्रोसँग बुझिसकेका छन् । -प्रदीप पौडेलअध्यक्ष, नेपाल विद्यार्थी संघ
यो वेला नेपाली सेनाका तर्फबाट कुनै पनि किसिमको कु हुने सम्भावना म देख्दिनँ । किनभने नेपाली सेनाको राजनीतिक महत्त्वाकांक्षा के छ त त्यसका लागि ? म त केही देख्दिनँ । हालसम्म नेपाली सेनामा राजनीतिक रूपले महत्त्वाकांक्षी नेतृत्व आएको छैन र अहिलेको पनि छैन । फेरि यो वेला कु गरेर के गर्ने ? कु भयो भने धान्न पनि सक्नुपर्‍यो नि ? त्यसकारण मेरो विचारमा नेपाली सेनाबाट कु हुने भन्ने जुन हल्ला आएको छ, मलाई त्यसमा पत्यार छैन । -बालानन्द शर्मापूर्वरथी
अहिले सैनिक कु को सम्भावना छैन । किनभने त्यसका लागि आधारहरू मैले देखेको छैन । एउटा व्यक्तिविशेषको केसका लागि सेनाले कु गर्दैन । प्रधानसेनापति भनेको प्रतिनिधि हो, संस्था होइन । ऊ एउटा सरकारी कर्मचारी हो । सरकारले कानुनबमोजिम उसलाई कारबाही गर्न पाउँछ । त्यसकारण कु गर्ने भन्ने एउटा प्रापोगाण्डा हो, यसमा कुनै पनि सत्यता म देख्दिनँ । यदि कथंकदाचित कु भयो भने यो दिगो हुँदैन । किनभने अर्को समानान्तर फोर्स क्यान्टोन्मेन्टमा छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि छन् । लामो समयदेखि रहेको राजसंस्थाका लागि त सेना लडेन भने एउटा व्यक्तिका लागि कहीँ लड्छ ? म त पत्याउँदिनँ । -प्रदीप कार्कीपूर्वकर्नेल
अहिलेको राजनीतिक माहौल हेर्दा त कहिले के हुन्छ, भन्न सकिँदैन । तर, मलाईचाहिँ कु भइहाल्छ भन्नेचाहिँ लाग्दैन । कुको विषयमा बढी प्रचारबाजी भयो अहिले । चाहिनेभन्दा बढी । अहिले कसले शासन लिन सेनाले कु गर्ने ? एउटा व्यक्तिका लागि सेना सती जान्छ ? यो त जननिर्वाचित सरकार मातहतको सेना हो । नेपालमा अहिले युएन छ, अरू विदेशी संस्थाहरू पनि छन् । अहिले अमेरिका, भारत फ्रन्टमै देखिएका छन् । अहिलेको स्थितिलाई जनमुक्ति सेनाले नजिकबाट नियालिरहेको छ । हामी सतर्क छौँ । अहिलेको हल्लाले होइन कि हामी आफ्नै रूपमा सतर्क छौँ । -चन्द्रप्रकाश खनाल बलदेवडेपुटी कमान्डर, जनमुक्ति सेना
सैनिक कु हुन सक्ने/नसक्ने विषयमा म केही भन्न सक्दिनँ । तरल स्थिति छ, जे पनि हुन सक्छ । तर, यो नै हुन्छ भन्ने आँकलन मेरो छैन । -अनील शाहउपाध्यक्ष, बैंकर संघ
मैले त कु हुनेबारे केही सुनेको छैन र हुन्छ जस्तो पनि लाग्दैन । खै कसले हल्ला चलाएको हो । -सुरेन्द्रवीर मालाकारअध्यक्ष, चेम्बर अफ कमर्स
नेपाली सेनाले इतिहासदेखि नै वीरता प्रस्तुत गर्दै आएको छ । जनसेवाका लागि नेपाली सेना सदैव मरिमेटेको देखिन्छ । त्यसैले सैनिक कु गरी जनघात गर्न नेपाली सेनाले सक्छ भन्ने मलाई लाग्दैन । यो वाइयात हल्ला हो । वनको बाघ त कहाँ छ कहाँ मनको बाघसँग डराएर हल्ला चलाइएको होला । -प्रदीपजंग पाण्डेउपाध्यक्ष, उद्योग वाणिज्य महासंघ
कु हुनै सक्दैन । यदि भइहाल्यो भने पनि टिक्न सक्दैन । पाकिस्तान, थाइल्यान्ड आदि देशको अनुभवले यसलाई पुष्टि गरिसकेको छ । तत्काललाई कसैले बलजफ्ती लाद्न खोजे पनि दीर्घकालीन रूपमा नागरिक सर्वोच्चताभन्दा माथि कोही हुन सक्दैन । त्यसैले सैनिक कु होला भन्ने भ्रममा सरकार र दलले कुनै गलत कदम चालेमा देश अप्ठ्यारोमा पर्नेछ । -मोती दुगडसभासद्सैनिक
सैनिक कु हुने सम्भावना म देख्दिनँ । र, भयो भने पनि टिक्न सक्दैन । मुख्य कुरा अहिलेको जुन गतिरोध छ त्यो हल गर्न राजनीतिक दलहरू आपसी वार्ता र छलफलबाट सक्षम हुन्छन् भन्ने मेरो विश्वास हो । देशलाई थप द्वन्द्व र मुठभेडतर्फ लैजानु हुँदैन । -राजेशकाजी श्रेष्ठअध्यक्ष, नेपाल-चीन चेम्बर अफ कमर्स
अहिले सैनिक कु हुने सम्भावना म देख्दिनँ । सरकारले त्यसै आवेगमा सेनाको मनोबल गिर्ने गरी उसलाई चलाउनुहुँदैन । नेपाली आन्तरिक द्वन्द्व निवारणमा मात्र होइन विदेशी हस्तक्षेप र आक्रमणबाट देशको रक्षा गर्न खडा भएको हो । त्यसैले नेपाली सेना र जनसेना दुवैले आपसी कटुता बिर्सेर भाइचाराको सम्बन्ध कायम गर्नु उपयुक्त हुन्छ । त्यस्तै सेनाले पनि 'चेन अफ कमान्ड'अनुसार सरकारसँग समन्वय गरी अघि बढ्नुपर्छ । दुवैले आपसमा हिलो छ्यापाछ्याप र विवाद बढाउनु मुलुकका लागि अत्यन्त ठूलो दुर्भाग्य हो । -कमलप्रसाद ज्ञवालीप्रबन्ध-सञ्चालक, किष्ट बैंक
संविधानसभाको चुनावको एक मात्र एजेण्डा नयाँ संविधान बनाउनु हो । यसका लागि संविधानसभाको माध्यमबाट जनताले आफ्नो अभिमत व्यक्त गरेका हुन् । चुनाव भएको एक वर्षसम्म संविधान बन्ने वातावरण बनेको छैन । अहिले राजनीतिक दल एकले अर्कोलाई सिध्याउने सोचमा छन् । यस्तो अवस्थामा संविधान बन्न सक्दैन ।हरेक पार्टीका सैद्धान्तिक आधार कमजोर हुँदै गएका छन् । यस्तो अवस्थामा संविधान बन्नै सक्दैन । संविधान बन्ने अवस्था भनेको बन्दुकको बल प्रयोग मात्र हो । त्यसैले नयाँ संविधान सेना वा माओवादीको मध्य कुन बन्दुकले लेख्ने हो भन्ने कुरा प्रस्ट हुन सकेको छैन । दुवैको महत्त्वाकांक्षा बढेकाले सैनिक 'कु' असम्भव छैन । -श्रीहरि अर्यालवरिष्ठ अधिवक्ता
मेरो विचारमा अहिले सैनिक कु हुने स्थिति छैन । राजाको शक्तिशाली साथमा त सेनाबाट कु हुन सकेन, अहिले त नागरिक अथोरिटीमा रहेको नेपाली सेनाले कु गर्नै सक्दैन । सेनाले कु गर्ने योजना बनायो होलाजस्तो पनि लाग्दैन मलाई । यस्तो हल्ला चलाएर जसले फाइदा उठाउन चाहेको छ कु को हल्ला उसैले चलाएको हुनुपर्छ । अहिले सैनिक कुको वस्तुगत आधार छैन, नेपाली सेनाले त्यस्तो काम गर्न सक्दैन । -घनश्याम भुसालकेन्द्रीय सदस्य, एमाले
सैनिक कुको कुनै सम्भावना छैन । सरकार चलाउनेले निकै सोचका साथ अगाडि बढ्ने वेला आएको छ । माओवादीसँग त्यो सोच छैन । नयाँ संविधान बनाउने कुरामा उनीहरूको ध्यान गएको छैन । जसले गर्दा देश दुर्घटनाको संघारमा पुगेको छ । बिरालोलाई कोठामा थुनेर कुट्दा बिरालोले आक्रमण गर्न सक्छ भन्ने कुरामा सजग हुनुपर्छ । माओवादीसँग यतिसम्मको सजगतासमेत छैन । -विश्वकान्त मैनालीअध्यक्ष, नेपाल बार
सैनिक 'कु' भनेको हामीलाई थाहा छैन । आज पत्रिका पढेर मात्र थाहा भयो । नेपालको शासन नेताहरूका लागि मात्र जस्तो लाग्यो । जुन शासन आए पनि अनुशासन हुनुपर्‍यो । देशमा जनताले शान्ति र सुविस्तासँग बस्न पाउनुपर्‍यो, त्यति हो । सेनाले होइन अब जनताले कु गर्ने वेला भयो । -दीपक विष्टओलम्पियन तेक्वान्दो खेलाडी
कति सही हो कति गलत हो त्यो थाहा छैन । अखबारमा पढेको भरमा कसरी पत्याउनु । म पोलिटिक्समा पनि छैन । -विनयराज पाण्डेअध्यक्ष, नेपाल क्रिकेट संघ
बजारमा 'कु'को चर्चा सुनिन्छ । नेपालमा 'कु'को सम्भावना नै थिएन भन्ने पनि मलाई लाग्दैन । आफूलाई लोकतन्त्रको पक्षधर हुँ भन्ने १७ राजनीतिक दलले प्रधानसेनापति कटवाललाई जोगाउन राष्ट्रपतिलाई गुहारे । सरकारमा सामेल केही राजनीतिक दल र नयाँ संविधान र शान्तिका पक्षमा रहेकाबाहेक सबै नै आपराधिक पृष्ठभूमि भएको रुक्मांगत कटवालको पक्षमा देखिए । सरकारमै रहेको दोस्रो ठूलो दल एमालेका केपी ओली पक्षधरहरू पनि आपराधिक पृष्ठभूमि भएको कटवाललाई जोगाउन ज्यान फालेर लागेका छन् । यथास्थितिवादी, पश्चगमनका पक्षधर र कतिपय विदेशी तत्त्वको उक्साहटमा 'कु'को धृष्टता गरिएको देखिन्छ । तर षड्यन्त्रका सबै खेलाडी नांगिसकेका छन् । राष्ट्रपतिमा पनि कार्यकारी बनेर शक्तिकेन्द्र बन्ने लालसा देखियो । अब त्यो संस्थाको मर्यादा पनि कम भएको छ । सरकार सञ्चालन गर्दा कतिपय कुरामा विचार पुर्‍याउन नसक्दा पनि त्यस्तो स्थिति आएको हो ।बुधबारको 'कु' टरेको छ । भविष्यमा हुने 'कु'लाई सरकार, आमनागरिक र बृहत्तर नागरिक समाज मिलेर पन्छाउन तयार हुनु आवश्यक छ । हाललाई सम्भावना देखिँदैन । -खगेन्द्र संग्रौलालेखक
कतिपय विदेशी तथा स्वदेशी शक्तिको चाहना देखिए पनि तत्कालको परिस्थितिमा सैनिक 'कु'को सम्भावना देखिँदैन । सैनिक 'कु'को गृहकार्य केही समयदेखि हुँदै आएको भए पनि त्यसका योजनाकारहरू पछिल्लो समयमा ब्याक भएका छन् । अहिले नेपाली जनतामा विकास भएको उच्च चेतनास्तर र यहाँको परिस्थिति सैनिक कु गर्न खोज्नेहरूका लागि पूरै प्रतिकूल छ । यद्यपि माओवादीको कमजोरी र असन्तुलित व्यवहारले गर्दा समस्या भने बल्झिँदो छ । यसतर्फ सरकारको नेतृत्व गरेको माओवादीले ध्यान पुर्‍याउनु पर्छ । नेपाली सेनामा हस्तक्षेप गर्ने र सेनालाई कमजोर बनाउने काम माओवादीबाट भएको छ । यसले लोकतन्त्रको संस्थागत विकासमा पनि समस्या खडा भइरहेको छ । -प्रकाश ज्वाला नेता, एमाले

Sunday, April 26, 2009

आज टोक्योको दुतावासमा लोकतन्त्र दिवस मनाईयो ।


राजदुत डा.गणेश योञ्जन तामाङ्गज्युले मन्त्यब्य दिेदै एस.के मित्रहरुसंग फोटो खिचाउदै
नेपाली महिला दिदिबहिनिहरु साँडिमा सजिएको एक झलक
राजदुत डा.तामाङ्गज्युले टोष्टको प्रस्ताव राख्दै दाया,उपनियोग दुर्गा बहादुर सुबेदि बाया,मिसेस योञ्जन बिचमा
नंया ठाँउमा सरेको टोक्यो स्थित नेपाली दुतावासको बाहिरिको भाग




सरद डायरि । आईतबार, बैशाख १३, २०६६

टोक्यो स्थित नेपाली राजदुतावास द्धारा आयोजित लोकतन्त्र दिवस, आज भब्यताका साथ मनाईयो । ४ दिन अघि मात्र सरेको नया राजदुतावासको सभाकक्षहलमा हलुका भोज सहित जापानी र नेपाली बिच सम्पन्न भएको थियो ।
उपनियोग दुर्गा बहादुर सुबेदिज्युबाट संचालन उत्त कार्यक्रम राष्ट्रिय गित बाट सुरु गरिएको थियो । महामहिम राजदुत डा. गणेश योञ्जन तामाङ्गज्युले टोष्टको प्रस्ताब राख्दै लोकतन्त्र दिवसको बिषयमा प्रकाश पार्नु भएको थियो । सोहि अबसरमा जापानी टेलीभिजन ऐनएचकेको छायाङ्कन पनि भएकोले डा. तामाड्गको मन्त्यब्य जापानी भाषामा बढो कुशलताका साथ जिज्ञान थापाले अनुवाद गर्नु भएको थियो ।
नेपाली र जापानी गरि करिब ५० भन्दा बढि उपस्थिति रहेको उत्त कार्यक्रम दिउसोको साढे तिन देखि सुरु भई बेलुकाको पाच बजे समाप्त भएको थियो ।

Thursday, April 23, 2009

बिदाई कार्यक्रम सम्पन्न ।

पार्टि पुर्ब साथीहरुलाई पर्खिदै गर्दाको झलक
काठको झिरमा रोपेर पोलेको मासुसंग(जापानि परिकार) रमाउदै

गफगाफमा मस्ती हुदाको झलक
ठट्यौलि गफगाफ रमाउदै आफन्तजनहरु

सामुहिक फोटोमा सबैले एक्सन लिदै


सरद डायरि । बिहिबार, बैशाख १०, २०६६

भोली नेपाल फर्किनलाग्नु भएको मेरो आफन्तको निमित्त आज बेलुका रात्रीभोज सहित बिदाई गर्ने कार्यक्रम थियो । वुईक डेमा पर्ने र सबैको काम पनि भएकोले बेलुका ११,१२ बजे तिर भेटेर बिहान सम्म बस्ने सल्लाह भएको थियो ।
मेरो हातेफोन काटिएको भएपनि मैले भने पत्तो पाएको थिईन । मलाई मेरो घरमा मित्रहरु र आफन्तजनहरुले टेलिफोन गरि जानाकारि गराए पछि मात्र यसो चेक गरेको त बल्ल थाहा पाए । कारण, केहि महिना अघी म नया कोठामा सरेको थिए, तर बिल चाहि पुरानै कोठामा आएर हुलाक मै फिर्ता भएको रहेछ । त्यसकारण बिल भुत्तानी गर्न ढिला भएकोले हाते फोनको लाईन काटीदिईसकेको रहेछ ।
जेहोस आजको बिदाई कार्यक्रमको लागि मेरो घरमा आएको फोनले पो सबै जम्मा भईसकेको र मलाई पनि तुरुन्तै आउन जानाकारि गराईयो ।
तुरुन्तै कोठाबाट निक्लिएर लागे वाटामि भन्ने रक्सि पिउने जापानी भट्टितिर ।
करिब १५ मिनेट पछि पुगे पनि समय भने १२ बजे अघि नै थियो । म भन्दा पनि ढिला आउने साथीहरु पनि हुनुहुदो रहेछ । करिब पौने १ बजे तिर भन्ने सबैजना जम्मा भईयो र टोस्ट गरि बिदाई पार्टि सुरु गरियो । बिदाई कार्यक्रम भएपनि सबैजना निकै धेरै अन्तरालमा भेटेकोले गर्दा होला सबैजना निकै रमाईलो साथ खादै,पिउदै रमाईलो गरियो, बिस्तारै निन्द्राले झमझम पार्नलागेपछि पो यसो घडि हेरेको त साढे दुई भईसकेको रहेँछ । अधिकांस साथीहरुको भने छुट्टि रहेछ तर आफ्नो भने फेरि भोली पनि काम भएकोले नेपाली फर्किनुहुने आफन्तलाई बिशेष बिदाई गर्दै अन्य सबैसंग पनि बिदाबाजि गरि ट्याक्सि समाति लागियो डेरातिर ।

जापानस्थित नेपाली राजदुतावास, नया ठाउमा स-र्यो ।

सरद डायरि । बुधबार, बैशाख ९, २०६६
जापानको राजधानी टोक्योमा अबस्थित नेपाली राजदुतावास,सेतागायासिटिको तोडोरोकि भन्ने ठाउंमा लामो समय देखी रहिआएपनि आजको मितिबाट (अप्रैल २२ तारिख) मेगुरोसिटिकै सिमोमेगुरो भन्ने ठाउको फुकुकावा हाउसमा राजदुताबास सर्ने भएको कुरा एक बिज्ञप्ति अनुसार सार्बजनिक गरेको छ ।

सोहि सुचनाको आधारमा तल उल्लेखित बमोजिम नेपाली राजदुतावासको नया ठेगाना,सम्पर्क नंम्वर भएको जानाकारि गराउन चाहान्छु ।

FUKUKAWA HOUSE B

SHIMOMEGURO 6-20-28, MEGURO-KU

TOKYO 153-0064 JAPAN

TEL: 03-3713-6241/03-3713-6242

FAX:03-3719-0737

Sunday, April 19, 2009

टोक्योमा धोंका फेरेर नाचे थकालीहरु ।

नृत्यमा जम्दै सबै सदस्यहरु रात्रीभोजमा सम्मिलित सदस्यहरुको एक झलक
हर्सोउल्लासका साथ सबैजना नृत्यमा रमाउदै
थसेस जापानको १८आौं सभासंगै लन्च लिदै गर्दाको झलक



सरद डायरि । आईतबार, बैशाख ६, २०६६
थकाली सेवा समिती (थसेस) जापानले ढिलै गरेर भएपनि थकालीहरुको महान पर्ब तोरन्ल्ह (फागुपुर्णिमा) र नेपाली नया बर्षको उपलक्ष्यमा १८आौ सभा तथा रात्रीभोज सहित बिबिध रमाईलो कार्यक्रम टोक्यो स्थित एक रेष्टुरेन्टमा भब्यताका साथ मनाएका छन् । प्रत्येक बर्ष सम्पन्न गर्दै आएको शुभकामना सांझ नामक सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम(सम्पुर्ण नेपालीहरुको निमित्त) र तोरन्ल्ह पर्ब एकै समयमै पर्ने भएकोले पनि शुभकामना सांझ सम्पन्न गरि सकेपछिको लगत्तैको हप्तामा थकाली परिवारहरु बिचमा यो कार्यक्रम गर्दै आएको छ ।
आजको उत्त यो कार्यक्रममा, संरक्षक डा.योगेन तुलाचनले ब्यानर खोल्दै, पानसमा बत्ति बालेर उटघाटन गर्दै टोस्ट प्रस्ताब राखेर कार्यक्रमको शुरूआत गर्नु भएको थियो । उत्त अबसरमा डा. तुलाचनले मन्त्यब्य दिने क्रममा थसेस जापान,जापानमा सबभन्दा पुरानो जातिय समाज र लामो ईतिहास बोकेको संस्था भएकोले पनि हामि सबैले गर्ब गर्न पाएको र अझै संगठित भई सशत्त रुपले अगाडि बढन सबैको कर्तब्य पनि भएको कुरा बताउनु भयो । त्यसैगरि थसेस जापानकै सल्लाहाकारद्धयहरु कृष्ण गौचन(भुपु अध्यक्ष), सरद कुमार गौचन र आमन्त्रित सदस्यको तर्फबाट अनिल तुलाचन ले शुभकामना मन्त्यब्य सहित थसेस जापानको बिषयमा आ-आफ्नो धारणा राख्नु भएको थियो भने स्वागत मन्त्यब्य सह-कोषाध्यक्ष दिपक गौचन,बार्षिक आयब्यय बिबरण कोषाध्यक्ष बुद्धी गौचन र बार्षिक कार्यक्रमको बिषयमा बिस्तृत बिवरण सहित महा-सचिब अनिल भट्टचनले पेश गर्नु भएको थियो ।
रात्रिभोज अगाडि नेपाली,हिन्दि र रिमिक्सका गित लगाएर संगित संयोजन र उदघोषकको कार्य सचिब राजु शेरचनले सम्पन्न गर्दै प्रत्येक सदस्यलाई जुरुक्क,जुरुक्क उठाएर नचाउन बाध्य बनाएका थिए। रात्रीभोज पछि पनि जम्नु जमेको उत्त कार्यक्रमको अन्तमा अध्यक्ष ध्रुब भट्टचनले सभा बिसर्जन गर्दै कार्यक्रम समाप्त गर्नुभएको थियो ।

Tuesday, April 14, 2009

नव वर्ष २०६६ को शुभकामना ।।।



सरद डायरि । मंगलबार, बैशाख १, २०६६


धारामा “ध्वाररर…” पानी आओस ।
घरको बत्ति कहिल्यै नजाओस ।।
बन्द र हडताल घटेर जाओस ।।।

कसैले कसैको हत्या नगरुन ।
खान नपाइ अनिकाल ले कोहि नमरुन ।।
मदेश-पहाड मिलेर बसुन ।।।
नया-संबिधान लेखेर सकुन ।।।।

नयाँ बर्ष ले नौलो खुशि ल्याओस ।
सबैको ब्यापार अझ सप्रेर जाओस ।।
सबैको फलोस, फुलोस र पाकोस् ।।।
नयाँ बर्षले सुख, शान्ति डाकोस ।।।।

नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुकाना ।।


श्रोत - नेपालडायरी

Sunday, April 12, 2009

२ वटा बैठक सम्पन्न गर्दा ।


सरद डायरि । आईतबार, चैत्र ३०, २०६५
जनजाति महासंघको करिब २ महिना पछिको मिटिङ्गमा मैले पनि सहभागिता जनाएको थिए । बिबिध कुरामा छलफल र केहि बिषयमा कार्यक्रम गर्नेतय भयो ।
उत्त मिटिंङ्गमा मेरो आफ्नै मान्छेको बिषयमा उजुरि गर्न एकजना नेपाली आएको हुनाले म चकित परे । तर उत्त नेपालीको कुरा त्यति प्रत्यार जनक थिएन । जेहोस दुबैजनालाई राखि उत्त कुरा पुन एकचोटि छलफल गर्ने कुरा गरि टुग्याईयो ।

यस बर्षमा मनाईन लागिएको हिबिया पार्कमा मनाईने नेपाल फेस्टिबलको (चौठो)आयोजक कमिटिको पनि आजै मिटिंङ्ग राखिएको रहेछ र केहि साथिहरुले जाउ भन्नु भएकोले लागियो उत्त मिटिंङ्गमा पनि । हुन त यस कार्यक्रमको पहिलो र दोस्रो पटक सम्पन्न गर्दा म स्टेज प्रोग्राममा सम्मिलित भएको नाताले पनि कसरि गर्न लागिएको छ भन्ने उत्सुकता त जाग्ने नै भयो । हामिहरु उत्त बैठकमा उपस्थित हुदा सबै साथिहरु हर्षित हुनका साथै हामिलाई पनि सहयोग गर्न र आयोजक कमिटीमा बस्न अनुरोध गरिएको हुनाले म पनि उत्त कमिटीमा बस्ने निर्णय गरे । साथै मेरो कामको भाग चाही स्टेज ब्यबस्थापनमा राखीयो ।

जेहोस, सबै साथिहरुको आ-आफ्नो सोचाई र बिभिन्न नया कुराहरुमा पनि छलफल भई फेरि अर्को महिनामा मिटिङ्ग बस्ने गरि सबैसंग बिदाबाजि भई लागे डेरा तिर ।
आज २ वटा मिटिंङ्ग भ्याएको कारणले एकदिन त तेत्तिकै सकियो । हामि नेपालीहरुको मिटिंङ्ग भनेपछी चानचुने समयले नभ्याउने, भेटनै गारो भेटेपछि छुट्टिनै मुस्किल नि ।

Saturday, April 11, 2009

हत्तेरिका, सक् मा परे नि ।।।

संगै खानपिन गर्दैको एक झलक
मलाई बाजे भन्ने मैया संगको फोटो


सरद डायरि । शुक्रबार, चैत्र २८, २०६५

मेरो एकजना भाईले कम्युटर सेठ (ईमेल,ईन्टरनेट) लगायत अन्य हरहिसाब पनि गर्न पर्ने भएकोले बोलाएको हुनाले काम सकिन बित्तिकै लागे उनको कोठातिर । यो भन्दा पहिला पनि १,२ पटक गएको भएपनि आज मैले उनको घरमा जाने ट्रेन चढ्न नै बिराएछु । उनको कोठामा जाने बाटोमा एक्सप्रेस ट्रेन पनि चल्ने भएकोले बिचको स्टेशनको निश्चित ठाउमा ट्रेन फेरेन भने सिधै ५,७ स्टेशन अगाडि अर्कै स्टेशन तिर पुर्याउदो रहेछ ।
जेहोस जसोतसो केहि समय ढिला गरि भएपनि पुगे । भाईको श्रीमतीले बिभिन्न परिकार बनाएर मलाई पर्खिनु भएको रहेछ । पहिला हल्का खाईपिईओरि सबै कम्युटरको सेठ गर्ने काम पनि सकि साधारण कम्युटर सम्बन्धीको बिषयमा कलास लिए । उनिहरुले पहिलो पटक कम्युटर किनेको र निम्नतम कुरोको पनि ज्ञान नभएको कुरा सुनाउदै फेरि अर्को पटक पनि आउन निम्तो दिए ।
भाईको सानि छोरि पहिला निकै लजाएपनि एकैछिन पछि बानि पर्दै गएपछि म संग खेल्न र गफगाफ गर्न निकै उत्सुकता देखाईन । म संग भेट भएदेखी फर्किदा सम्मै खेल्ने र गफगाफ गर्दै, प्रत्येक पटक बाजे (ओजिईसान) भन्दै बोलाउदा भने म झंसङ्ग भए । पहिलो पटक मलाई महशुष भयो कि आफ्नो पनि उमेर ढल्केछ भन्दै एकैछिन आसर्य चकित परे ।

Monday, April 6, 2009

हानामि (पुष्पवलोकन)

साकुराको अबलोकन गर्दै
आ-आफ्नो एक्सनमा
सामुहिक फोटो
साकुरा हेर्नै हुलको बिचमा
साकुराको बोटटिर रमन लगाउदै


सरद डायरि । आईतबार, चैत्र २२, २०६५

जापानमा प्रत्येक बर्ष, मार्चको अन्तिम हप्ता देखी अप्रैलको दोस्रो हप्ता सम्म करिब २ हप्ता साकुरा(पैयुको फुल) पुष्पवलोकन (हानामि) गर्ने पर्बको रुपमा मनाईने गरिन्छ । साकुराको बोटमुनि वा छेउछाउमा बसि खानपिन र रमाईलो गर्दै फुल हेर्नेको रुपमा मनाईने यो पर्ब छोटो अबधिमा सकिने भएपनि जापानिहरुको लागि अत्यन्तै महत्वपुर्ण पर्ब मानिन्छ ।
यो बर्षको अति उत्तम मानिएको दिन आज उएनो मा हामिहरु पनि साकुराको फुल हेर्न तर्जुमा मिलाएका थियौं । खानेकुराहरु पनि कोठाबाटै बनाएर लगि ५,७ जना जम्मा हुने भने पनि निर्धारित समय भन्दा १,२ घण्टा नै ढिलो गरि १२,१५ जना नै जम्मा भईयो ।
नेपालीहरुको बानि,जहा गएपनि नजानि भनेजस्तै जम्मा हुन पनि ढिलो त्यसैमाथी अनुमान भन्दा धेरै जम्मा भईएकोले बस्ने सिट लगायत पेय पर्दाथ,खानेकुरा पनि फेरि किनेर ल्याउनु परेपनि खुबै रमाईलोको साथ कार्यक्रम भने सम्पन्न गरियो ।

Wednesday, April 1, 2009

आज अप्रैल १ (अप्रैल फुल) को दिन

सरद दायरि । बुधबार, चैत्र १८, २०६५
मलाई आज मित्रले फोनमा झुक्यापछि मात्र थाहा पाए आज अप्रैलफुल अर्थात झुठो बोलेर रमाईलो मनाउने दिन भनेर । प्रत्येक बर्षको अप्रैल १ मा झुक्याईसकेपछि अर्को बर्ष त झुक्किन्न भनेपनी १ बर्षको अन्तरालमा फेरि मर्लक्कै भुल्दो रहेछु ।
जेहोस मलाई हल्काफुल्का कुरा गरि ढाटेर मुर्ख बनाईएता पनि कहिले काहि भने निकै ठुलो कुरा गरि झुक्याईने पनि गरिन्छ । यदि तपाईहरुले यस्तो अनुभव गर्नुभएको छैन भने, सतर्क हुनुहोस है तपाईहरु पनि झुक्किनुहोला मज्जासंग ।
बिशेष गरेर अमेरिका,युरोप तिर अप्रैल १ को दिनमा छरछिमेकी,ईस्टमित्र वा साथिसंगीनिहरुलाई झुठो कुरा गरेर मु्र्ख बनाई रमाईलो गर्ने चलन छ । हालमा नेपालपनि जवान युवायुवतीहरुले यो चलन निकै चल्तिमा ल्याएका छन ।