Wednesday, January 28, 2015

外国人支援の為の防災訓練・Disaster Drill for International Residents

सरद डायरि । मंगलबार, माघ १३, २०७१
गत बर्षमा रजिष्टर भएको डिजास्ट्रर (भब्यत्यब्य पर्दा) अध्ययन, अनुसन्धान तथा अभ्यास गर्ने दिन हो आज । टोक्यो महानगरपालिको आयोजनामा हुने यस कार्य्रक्रम टोक्यो ताईकुकान नामक स्थानमा आज आयोजित भब्यतब्य पर्दा अपनाउनु पर्ने तरिका र उपायहरुको बारेमा बिस्तृत जानाकारि दिईने यस प्रशिक्षण जापानमा बसोबास गर्ने निश्चित बिदेशी नागरिकलाई बिशेष महत्वका साथ एकदिने प्रत्यक्ष अनुभव गराईदो रहेछ । यस प्रशिक्षण कार्यक्रमका सहभागिहरुले भब्यत्यब्य आईपरेको वेलामा सबैलाई सक्दो सरसहयोग र समन्वय गर्ने समेत मुख्य उदेश्य रहेको अबगत भयो ।  
उत्त कार्यक्रम निश्चित समय मै उपस्थिति जनाएर नाम दर्ता गर्दै मेरो जर्सि, नेम कार्ड लिएर सहभागि जनाए, जापानबासी बिश्व भरिकै  निश्चित बिदेशी सहभागिलाई ए देखी ई गरि ५ ग्रुपमा छुट्याएर एकदिने समयतालिका बिवरण जानाकारि गराईयो । जसअनुसार ९ बजे देखि सर्वसाधारण उपस्थिति र दुताबासका सहभागि (गत वर्षमै दर्ता भएको) को नाम दर्ता(जर्सि र नेम कार्ड) शुरु गरि, १०:१५ देखी भने प्रत्यक्ष अभ्यास र अध्यापन शुरु भयो ।
समयतालिका अनुसार नै पाँच बिषयमा बिभाजित, पहिलो कार्यशाला  室内防災訓練(Indoor Disaster drill) र दोस्रोमा 伝統文化(Traditional Culture),तेस्रो  屋外防災訓練(Outdoor Diaster Drill), चौठो 電話問い合わせ訓練(Telephone Drill), अन्तिममा  防災食(Japanese Emergency Rations), गरि करिवन दिउसोको एक बजे तिर सबै कार्यतालीका अनुसार नै सबै कार्य सम्पादन संगै आजको  ट्रेनिङ्ग तथा अध्ययन पुरा गरियो ।
यस कार्यक्रममा मेरो देश नेपालको प्रतिनिधित्व गर्दै म एक्लो नेपाली मात्र रहेछुकि भनेको त अचानक म संगै एउटै ग्रुपमा हाम्रा अभिभावक तथा जापानका लागि नेपाली महामहिम दम्पति (डा.मदनकुमार ज्यु र मेडम) को पनि उपस्थिति रहेको र अचानक अभ्यास गर्दा भेटेकोले खुशी हुदै नमस्कार गरे उहाहरु पनि खूशी हुदै शुरु देखी अन्तिम संम्म संगै रह्यौं । ट्रेनिङ्ग गर्ने बेलामा पनि एउटै ग्रुपमा परेकोले संगै ट्रेनिंङ्ग गर्दै भलाकुसारि संगै एकदिने यस कार्यक्रममा संम्बन्धित बिषयमा धेरै कुराहरुको हामिले जानाकारि पाउनुका साथै रमाईलो संग समय बितेको पत्तै पाएनछौं ।
जेहोस् भोलि आईपर्ने भब्यत्यब्यको लागि केहि अनुभव बटुलेको र मुकाविला गर्ने सक्षम भएको महशुष गर्दै त्यस समयको केहि झलकहरु तलतिर...

ट्रेनिङ्ग हलको प्रवेशद्धार
 

                 
                                                                            जर्सि, नेमकार्ड र ग्रुप "ए"                                       
उदघाटनको समय
 राजदुत दंम्पति डा.मदनकुमार भट्टराई र श्रीमति अम्विका भट्टराई संग  

७ रेक्टर कृतिम भुईचालोले १ मिनेट हल्लाउदाको प्रत्यक्ष अनुभव
भब्यतब्य आईपर्दा प्रयोग हुने ड्राईखानाहरु
७ रेक्टर कृतिम भुईचालोले २ मिनेट हल्लाउदाको प्रत्यक्ष अनुभव
महामहिम दंम्पतिसंग एडो सेन्च्युरिको पहिरनमा
 ९ रेक्टर कृतिम भुईचालोले ३ मिनेट हल्लाउदाको प्रत्यक्ष अनुभव
एडो सेन्च्युरिमा जापान

 राजदुत दंम्पति संग कृतिम भुईचालोको प्रत्यक्ष अनुभव लिदै

आँगो निभाउने तरिका र प्रत्यक्ष अनुभव 
एडो सेन्च्युरिमा जापान


 ७ रेक्टर कृतिम भुईचालोले २ मिनेट हल्लाउदाको अनुभव



Monday, January 26, 2015

ईचिगो कारि ईन योकोयामा नोयन - साईतामाकेन

सरद डायरि । आईतबार, माघ ११, २०७१
आज मेरो ओ.सि.जे द्धारा आयोजित निक्कोको एक दिने आईस हाईकिङ्ग भएता पनि अन्तिम समयमा केहि साथीहरुको अचानक समय नमिलेको र प्रतिकुल मौसमको कारण पनि सरसल्लाह अनुसार नै क्यान्सेल गरियो । हिड्नु केहि समय अघि र सबै तयारि सहित गन्तब्य स्थल तिर गएको कारण त्यहि ड्रेस र सरसामान बोकेर मेरो परिवार र आफन्त परिवार संग साईतामाकेनमा स्ट्रवेरि खान खेत तिर बाटो मोडे ।

मेरो परिवार ३ जना र आफन्त भाईहरुको परिवार ४ जना गरि हामि ७ जना ईचिगो कारि (खेतमै गएर स्ट्रवेरि खाने) गर्ने ठाउको ट्रेन स्टेशन जुन साईतामाकेनको कितामोतो नामक स्टेशनमा निश्चित समय मै भेटेर लाग्यौं ।
स्टेशन बाट २ मिनेट नजिकै बाटोमा  योकोयामा नोएन नामक फार्ममा ३० मिनेट तावेहोडाई १५०० एन तिरेर फार्म भित्र छिरेर खान शुरु गर्यौ । बिहानको छिटो समय र छुट्टिको दिन भएर होकि, आगन्तुक हरु धेरै कम भएकोले पनि हाम्रो सबै फार्म रिर्जभ जस्तै गरि सबै ठाउमा घुमेर खान भ्यायौं । खाने सिजन भएकोले होला, सानो साईज र सेतो कलरको स्ट्रवेरि पनि अति नै गुलियो र मिठो थियो । हामिले बुट्टाभरि लटरम्मै रातो र ठुलो साईजको स्ट्रवेरि सबै टिपेर खादै गर्दा आधा घण्टा एकैछिनमा सकिएको पनि पत्तो नै भएनछ । यसो घडि हेर्दा पो निक्लने समय भईसकेको रहेछ । सबैलाई समय भएको जानाकारि गराउदै निक्लियौं । त्यस क्षणको केहि झलकहरु तलतिर..


 

 
 
 

Monday, January 19, 2015

नाकानो रनिङ्ग फेस्टिवलको अभ्यास

सरद डायरि । आईतबार, माघ ४, २०७१

आज नाकानो रनिङ्ग फेस्टिवल २०१५ नामक डौंड ईभेन्टको तयारि संगै अभ्यास गर्नको लागि सह-आयोजकको アンダーアーマーランナーズハウス中野 (आन्डाआ मारासोनाजु हाउस् नाकानो) नामक खेलकुद संस्थाबाट आयोजित अभ्यास डौडमा भाग लियौ ।
   बर्षेनी आयोजित नाकानो रनिङ्ग फेस्टिवल चाहि नाकानोको उधोग बाणिज्य महासंघद्धारा वृहत रुपमा आयोजना हुने डौड फेस्टिवल भएपनि रमाईलो स्टेज कार्यक्रम, खानपिन गर्ने स्तल संगै अन्य विविध कार्यक्रमको पनि आयोजना हुने गरेको छ । यस बर्ष पनि चर्चित कलाकार संगै पुर्व बेलबस खेलाडि, पुर्व बक्सिङ्ग खेलाडि र भलिबल खेलाडिको समेत बिशेष उपस्थिति रहेको यस ईभेन्टको मुख्य उदेश्य भनेको सबै सहभागिको तदुरुष्ट, हेल्थि  र स्वस्थ रहन सहयोग गर्ने संगै विविध कुराको आदान प्रदान तथा जापानमा अध्ययनरत बिदेशी बिध्यार्थीहरुको सहयोगार्थ रहेको छ । २ किलोमिटर, ४ किलोमिटर, १० किलोमिटर र २ किलोमिटरको डिड्ने प्रतियोगिता संगै प्राईमरि, मिडिल र हाईस्कुल बिध्यार्थी तथा अन्य गरि ४ क्याटगरिको डौंडमा खेलाडि सहभागि हुन सक्नेछन् । मार्च १५ तारीख आईतबारका दिन बिहानको ९ बजे देखि दिउसोको ४ बजेसम्म आयोजना हुने यस खेलको दर्ता फाराम भने जनवरि २५ तारीख सम्म तोकिएको छ ।
तर २, किलोमिटर १० किलोमिटर र हिड्ने प्रतियोगिताको कोटा समाप्त भई सकेकोले ४ किलोमिटरको मात्र केहि सिट खालि भएको होमपेजद्धारा जानाकारिमा आएको  छ ।
  जेहोस, म र वावुले ४ किलोमिटरको डौंडमा भागलिने तय गरिसकेकोले उत्त दिनको पर्खाई संगै आजको हलुका अभ्यास सकेर बिगो भाईकहा डिनरको लागि सपरिवार सहित लाग्यौं ४ बजेतिर..
 
बावु समिपको रनिङ्ग गर्दैको झलक
२ किलोमिटरलाइ ४ राउण्ड लगाएर बिश्राम गर्दै
बिगो भाईकहा डिनर अघि सयुक्त फोटो 
 

 

Monday, January 12, 2015

ふるさと祭り東京2015-・故郷の味-एस.आर भाई संग

सरद डायरि । सोमबार, पौष २८, २०७१
पुर्व सल्लाह अनुसार नै प्रिय एस.आर भाई सँग निर्धारित समय मै भेटेर धेरै कुराकानी र एकअर्कामा अझै नजिकबाट परिचित हुदै  थुप्रै वार्तालाप भयो । लन्च खादै भलाकुसारि गर्ने सल्लाह भएता पनि केहि ढिला गरि लन्च आफ्नै घरमा खाईवरि दिउसो मात्र भेट भयौं । धेरै समयको अन्तराल र टोक्यो डममा आयोजित "फुरुसातो माचुरि" को बिशेष निमन्त्रणा कार्ड पनि म संग भएकोले त्यहि ईभेन्टमा सहभागी हुने बिचार गर्दै लाग्यौ मारुनोचि लाईनको ट्रेनतिर । हामिले निमन्त्रणा कार्ड देखाउदै बिशेष सहुलियट दरको टिकट हात पार्दै ईभेन्ट भएको हल भित्र छिर्यौ ।
अधिकांश समय आफ्नो ब्यक्तिगत कुरा देखी हामि संलग्न संघसंस्था संगै राष्ट्र र राष्ट्रियताको समेत थुप्रै कुराहरु तथा एकअर्काको बिचारहरु समेत आदान प्रदान गर्न भ्यायौं । मेरो जुनियर भाई भएपनि धेरै कुराहरु सिक्ने, जान्ने मौका मिल्नुका साथै हाम्रो यो भलाकुसारिले हामिविच अझै नजिकबाट चिन्ने,चिनाउने  मौका मिल्यो ।
अवश्य पनि भोलीको लागि केहि गर्नको लागि मार्ग निर्देशन हुदै केहि उपलब्धि भएको पनि महशुष गरेको छु । एस. आर भाईलाई धन्यबाद दिदै केहि झलक उत्त क्षणको..


 

 




Saturday, January 10, 2015

सिगाकोगेन ईचिनोसे स्किज्यो, नागानोकेन जापान

सरद डायरि । शुक्रबार, पौष २५, २०७१
नयाँ वर्षको आगमन संगै तिन दिने छुट्टिको उपयोग गर्दै तोसिमा सिटिको स्कि एसोसियसनद्धारा आयोजित स्कि टुरमा सबै परिवारलाई सहभागि हुने ब्यबस्था तर्जुमा मिलाए।
निश्चित दिनको किटान समयमै मेरो परिवार संगै हाम्रो ५६ जना जापानी सहभागि सबैको बसमा सामान राख्दै आफ्नो सिटमा बस्यौं । स्कि स्थल जाने र फर्किने सफर मात्र करिवन १२ घण्टाको बस ट्रिप संगै तिन दिने स्कि कार्यतालीका भने निकै कठिन थियो ।
हार्ड समय तालीका अनुसार बिहानको २ घण्टा र दिउसोको २ घण्टाको स्कि कोर्ष अनिवार्य सहभागि हुनुपर्ने र आफ्नो क्षमता अनुसारको कक्षामा सहभागि भई शिक्षकसंग पुरा समय अध्ययन र अभ्यासमा खर्चे ।
बिशेष गरेर यस पटक मेरो आफ्नो स्कि स्थर जाच गर्ने ठुलो परिक्षा थियो, जापान स्कि एसोसिएसनद्धारा लिईने स्किको परिक्षामा राम्रो स्कोर लिएर सफल प्राप्त गर्नु थियो ।
अन्तिम दिनको कक्षा समाप्त संगै जापानको स्कि एसोसिएसनद्धारा मेरो चाँर लेबलको जाच सुरु भयो ।
बिशेष किसिमको पडाहमा ५ जना बढि जाच कर्ता पडाडको फेडमा ३ जना र बिच बिचमा १, १ जना बसी करिवन २०० मिटर ओर्लन लगाईदो रहेछ ।
बिशेष किसिमको पाच टेकनिक लगाएर पडाहको माथी टुप्पोबाट तल ओर्लन लगाई लगाई अनि केहि मौखिक प्रश्नहरु पनि सोधिदो रहेछ । करिवन आधा घण्टाको परिक्षा समापन पश्चात मात्र अन्त भएको जानाकारि दिईयो ।
बेलुका बोलाईएको बिशेष कार्यक्रममा सबैको अगाडि चार लेवलमा हाई स्कोर संगै पास भएकोमा बधाई दिदै मलाई जापान स्कि एसोसिएसनबाट मान्यता प्राप्त प्रमाण-पत्र  टोकन (बाच्चि)  प्राप्त पनि भयो । यस पटकको स्कि टुर फलदायी भएको महशुष गर्दै तलतिर सबै संम्बन्धित फोटोहरु... 
 
 
स्किको चार लेवलको सफलता प्राप्त - प्रमाणपत्र
उतिर्ण भएको चार लेवलको स्कि टोकन (बाच्चि) 
सहभागि नं २७ नेमप्लेट र बान्सोको 
 
 




पहिलो रातको डिनर

मेरो स्कि कक्षाको झलक