Wednesday, March 28, 2012

जलबिधुतमा सामुहिक लगानि अभियान ।

सरद डायरि । बुधबार, चैत्र १५, २०६८
एनआरएन को सामुहिक लगानि बिषयमा धेरै लामो समय देखि बहष र कुरामा मात्र सिमित रहेता पनि बर्तमान अध्यक्षले यस कार्यको युद्धस्तरमा कार्य थालनि गरेका छन् ।
बिश्वभरि कै एनआरएनलाई यस अभियानमा संलग्न गराउनको लागि केहि अघि युरोप भ्रमण समाप्त गरि एसिया तिरको डौडानको क्रममा आज अध्यक्ष सहित टोलिको संलग्नतामा टोक्यो, जापानमा पहिलो पटक यस बिषयमा तातो बहस र ठुलो धनरासी लगानिको अपेक्षा सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएन जापानको पहलमा आयोजित यस कार्यक्रममा वुईक डेको दिउसोको २ बजे देखि आयोजित कार्यक्रम भएता पनि अति नै उत्साहजनक उपस्थिति र धेरै उपलब्धि मुलुक फिडब्याक प्राप्त भएकोले जापानबासि नेपालीहरुको अधिकतम लगानी हुने देखिएको छ । उत्त कार्यक्रम सकिएपछि अध्यक्ष लामिछाने संग डिनर रिसेप्सनमा संगै भलाकुसारि गरियो । फोटो आफै बोल्छ.....







सम्बन्धित संम्प्रेषण समाचारहरुको लिन्कहरु तलतिर....





Tuesday, March 27, 2012

दुताबासको आयोजनामा एनआरएनएका अध्यक्षसंग डिनर रिसेप्सन



सरद डायरि । मंगलबार, चैत्र १४, २०६८
गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष जिवा लामिछानेको स्वागतमा जापान स्थित नेपाली राजदुताबास एवं महामहिम डा. मदन कुमार भट्टराई ज्युले आज एक डिनर रिसेप्सन कार्यक्रम आयोजना गर्नु भएको थियो ।
उत्त कार्यक्रममा एनआरएन जापानको प्रवक्ताको नाताले म हजुरलाई पनि निमन्त्रणा आएकोले सरिक हुने अबसर पाएको थिए ।
एनआरएन आईसीसी अध्यक्ष लामिछानेले बिदेशमा बसोबास गर्ने ६० लाख बढि एनआरएनहरुको  नेपालमा सामुहिक लगानि गराउने लक्ष्य अनुसार, सामुहिक लगानि अभियान स्वरुप यस प्रोजेक्टको रुपमा  बर्तमान तयारि गतिबिधि, सम्भाब्य लगानि क्षेत्र, कानुनि प्रावधान, प्रक्रियागत कार्य लगायतका बिषयमा बिभिन्न देशमा सु-सुचित गर्दै हिड्ने डौडानमा हुनुहुन्छ ।
"आर्थिक समृद्ध नेपाल" एनआरएनको एक मात्र चाहना भन्ने मुलमत्र सहित बिभिन्न देशहरुमा अन्तक्रिया सम्पन्न भईसकेको समाचारहरुमा पढ्न सकिन्छ ।
सोहि मुताबिक जापानमा मार्च २८ का दिन एनआरएन जापानको अग्रसरतामा जापानबासि नेपाली तथा जापानी बिच पहिलो पटक बृहत अन्तरकृया कार्यक्रम हुन गईरहेको हो ।
गैर-आवासीय नेपाली संघको स्थापना कालदेखि नै एनआरएन जापानले समग्रमा प्रमुख भुमिका निर्वाह गर्दै आएको छ ।
अध्यक्ष लामिछानेको नेतृत्वमा आएको यस सामुहिक लगानि अभियानमा जापानबासि नेपालीहरुबाट ५० करोड बढि लगानि गराउने लक्ष्य लिईएको भएता पनि भोलिको कार्यक्रम र आउने समयले नै उत्त लक्ष हासिल गर्ने नगर्ने आदि ईत्यार्दि छलङ्ग हुने नै छ ।

Monday, March 26, 2012

पल्सर भिएस फेसवुक (दृष्टिकोण)

सरद डायरि । आईतबार, चैत्र १२, २०६८
आज धेरै दिनको थकाई मार्ने बिचार सहित केहि कार्यक्रमलाई थाती राख्दै मेरि श्रीमति संगै पुरै दिन घरमै बस्ने मनसाय बनाएको थिए । आईतबारको दिन पुरै समय परिवारलाई दिन पाएको पनि धेरै बर्षको अन्तरालको दिन थियो आज ।
समय सान्दर्भिक र हामि थकालीहरुको चाडपर्व अनुसार ठुलोले सानो नातेदारलाई घरमा बोलाई खाना खुवाउदै भलाकुसारि गर्नु हाम्रो चलन पनि भएको र  मेरो आफन्त केहि महिना अघि जापान आगमन भएपनि संगै बस्ने मौका नमिलेको आज उहाहरुलाई बोलाएर संगै खाना खाने तय समेत गरेको पनि थिए यहि मौकामा ।
जापानको ब्यस्थता र उचित समय अनुकुल नमिलेको पनि बल्ल बल्ल बेलुका पख मात्र संगै बस्ने तय भएको थियो ।
बिहानै उठेर सधै झै मेल चेक गर्दै प्राप्त मेलको प्रति उत्तर दिदै छिन छिनमा बज्ने टेलीफोन र हातेफोनको  घन्टिको आवाज संगै भलाकुसारि सकेर फेरि कम्युटरकै स्क्रिनमा नेट सर्फिङ्ग गर्दै थिए । एउटा ब्लगमा बर्तमान समय सान्दर्भिक पल्सर र फेसबुक संम्बन्धि राखिएको दृष्टिकोण नामक लेखमा मेरो आँखा टक्क बस्यो ।
उत्त लेख निकै सान्दर्भिक र ज्ञान वर्दक लागेकोले तपसिल बमोजिम जस्ताको तस्तै पेष्ट गरेको छु ।
फोटो भने मैले खोजेर राखेको है .....


VS


 छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुकले ( दृष्टीकोण )

Saturday, March 24, 2012

थसेस जापानको पहलमा नर्साङ् गोम्पा निर्माणको लागि आर्थिक संकलनको शुरुआत‏

सरद डायरि । शनिबार, चैत्र ११, २०६८
गत बर्ष मै सम्बन्धित निकायबाट थसेस जापानलाई निवेदन परेता पनि २१ औं शुभकामना साँझ एवं अन्य नेपालको तत्कालै गर्नुपर्ने कार्यले गर्दा थाति राखिएको नर्साङ गोम्पा जिर्नोद्धार एवं पुन निर्माण कार्यको लागि आवश्यक, आर्थिक सहयोग रकम संकलन गर्नुपर्ने कार्य योजनालाई आज देखि सबै जापानबासि नेपालीहरुलाई सु-सुचित गर्दै सक्दो सबैबाट आफ्नो गक्ष अनुसार रकम संकलन गर्ने कार्यको सुरुआत गरियो ।
शुभ-साईत संगै थसेस जापानका संरक्षक डा. योगेन तुलाचन ज्यु जो, स्थापना काल देखि निरन्तर २१ बर्ष पदिय दायित्व बहन गर्दै हाम्रो एकमात्र जापानका अभिभावक अत्यन्तै क्रियाशिल र हाम्रो खंम्बा हुनुहुन्छ, उहाबाट उदघाटन स्वरुप ३०, ००० (तिस हजार एन) आर्थिक सहयोग प्रदान गर्नुभयो ।
लगत्तै म लगायत मेरो सहयात्रि मित्र एवं भाईले पनि रकम बोल्दै देहाय बमोजिम को ब्यहोराको मेल सुचना सहित आज जारि गरे...


आम श्रद्धेय थकाली परिवारहरु, आदरणीय सल्लाहाकारज्युहरु तथा कार्यसमितिका सहयात्रि मित्रहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।
२७ डिसेम्वर २०११ का दिन थसेस जापानको बैठकमा प्राप्त नर्साङ गोम्पा निर्माणको लागि आर्थिक सहयोग निवेदन बारे,
मलाई नेपाल जादा संम्बन्धित निकाय संग बुझेर मात्र निर्णय गरि टुंगो लगाउने जिम्मा दिईए अनुरुप,
गत जनवरिमा स्वयम म र महा-सचिब ज्युले नेपालमा उत्त ब्यबस्थापन एवं निर्माण समितिका अध्यक्ष सोमत भट्टचन ज्यु संग प्रत्यक्ष भेटेर मौखीक रुपमा बिस्तृत कुराकानी गरेका थियौं ।
औपचारिक रुपमा पुन सम्पुर्ण कागजात सहित नेपाल जापान सम्पर्क समिति मार्फत सो पत्र प्राप्त हुने निवेदन गर्दछु ।
साथै उत्त कार्यको लागि धेरै कामहरु सम्पन्न भईसके पनि अझै ठुलो धनरासीको आवश्यक रहेको बुझिएको र स्वदेश तथा बिदेश, थकाली वा गैर थकाली, बिभिन्न संघ संस्था, सरकारि निकायबाट समेत चन्दा संकलन भईरहेको अबस्था छ ।
थसेस जापानको पहलमा जापानबासि नेपालीहरुबाट पनि केहि रकम संकलन गर्न आवश्यक ठानिएकोले यहाहरु सबैलाई सो ईच्छा एवं गच्छेअनुसार यस पुण्य कार्यको लागि थकाली सेवा समिति जापान हार्दिक अनुरोध गर्दछ ।
 २१ औं शुभकामना साँझ सम्पन्न पश्चात हाम्रा संरक्षक डा. योगेन तुलाचन ज्युले हाम्रो संस्थाको गतिबिधि र कार्यब्यबस्थापन प्रति अति नै खुशी हुदै, धेरै सल्लाह, सुझाब र चासो देखाउदै छोटो समयमा २,३ पटक लन्च र डिनर बैठक भईसकेको अबगत गराउन चाहान्छु ।
खुशीको कुरा, संरक्षक पदको निरन्तरता र प्रत्येक बर्ष प्राप्त रकम पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको जानाकारि गराउन चाहान्छु ।
आज बेलुका उहा करिवन ३ हप्ताको लागि नेपाल प्रस्थान गर्नु हुने तय भएको जानाकारि गराउदै, उहाकै हातबाट यो संकलित सहयोग रकम हस्तान्तरण गर्ने ब्यबस्था मिलाईएको समेत अबगत गराउदै देहाय बमोजिम नाम र सहयोग रकम टिपाउन हुन बिनम्र अनुरोध छ ।
साथै, यो कार्यको लागि महा-सचिब ज्यु र कोषाध्यक्ष ज्युलाई जिम्मा दिईएको समेत अबगत गराउदै बिस्तृत जानाकारिको सहित रकम हस्तान्तरणको लागि अनिल ज्यु, बुद्धि ज्युलाई सम्पर्क गर्नहुन पनि निवेदन गर्दछु ।
हाम्रा संरक्षकसंग अस्ति डिनर बैठकमा बस्दा उहा स्वयमले स्वतफुर्त रुपमा तपसिल सहयोग रकम बोलेर कोषाध्यक्षलाई उत्त रकम हस्तान्तरण समेत गरि सकेको अबगत गराउन चाहान्छु ।
अन्तमा, सहयोग रकम उठाउने कार्य शुरुआत सहित जारि रहेकोले नरिझ्योव भगवानको पुण्य कार्यमा आफुलाई समर्पण गरि यस पवित्र अबसरमा आर्थिक सहयोग उपलब्ध गराउन हुन थसेस जापान विशेष हार्दिक अनुरोध गर्दछ । थसेस जापानबाटको आर्थिक सहयोग रकम भने अर्को बैठकमा निर्णय गरिने छ ।

नर्साङ गोम्पा संरक्षण,जिर्णोद्धार तथा निर्माण कार्यको लागि चन्दादाता नामावलि विवरण
सि.नं. नामावलि चन्दा रकम पद र आवद्ध संस्था
१) डा. योगेन तुलाचन ३०,००० एन संरक्षक, थसेस जापान
२) शरद कुमार गौचन १५,००० एन अध्यक्ष, थसेस जापान
३) बुद्धि गौचन १५,००० एन कोषाध्यक्ष, थसेस जापान
४)
५)
६)
७)
८)
९)
१०)
  



भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
मार्च २४, २०१२ (शनिबार)
----------------------------------थकालीको पहिचान, हाम्रो अभियान-----------------------------

Friday, March 23, 2012

अनलाईन मेडियाबाट संम्प्रेषण भएका समाचारहरु

सरद डायरि । बिहिबार, चैत्र ९, २०६८
आज २१ औं शुभकामना साँझका कलाकारहरुद्धयहरु नेपालमा आराम साथ पुगेको खवर सहित केहि प्रकाशित समाचारहरुको जानाकारि माग्नु भयो ।
देशबिदेशका अनलाईन मेडियाबाट प्रकाशीत उत्त समाचारहरुको जानाकारि सहित केहि लिन्कहरु र प्रतिउत्तर देहाय बमोजिम गराए ।
नेपालबाट पनि तिनै ४ कलाकारले सम्पन्न कार्यक्रमको समाचारहरु प्रकाशन गर्ने पहल गर्छु भन्ने खवर आएको छ । आशा छ सो काम अबश्य हुने छ ।

२१ औं शुभकामना साँझको भिडियो  (भिडियो अन गर्न बाया वा माथीको लिन्कमा क्लिक् गर्नुहोला )

२१ औं शुभकामना साँझको भब्य तयारि एवं बिस्तृत बिवरण सम्बन्धि समाचारहरु
वूईलभनेपाल डटकम्
http://www.welovenepal.com/?p=38954
टोक्योनेपाल डटकम्
http://www.tokyonepal.com/2012/03/07/55775.html
नेपालजापान डटकम्
http://nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=38078
समुद्रपारि डटकम्
http://samudrapari.com/2012030715655.html
डिसिनेपाल डटकम्
http://www.dcnepal.me/news_nepali.php?nid=63036
नेपालब्रिट्रेन डटकम्
http://www.nepalbritain.com/contents.php?q=88aaa5c14cb76a7bf3304876cfdc73685
हङकङनेपाल डटकम्
http://khabar.hknepal.net/diaspora/2012/03/1089.html
फ्रिनेपाल डटकम्
http://www.nepalrus.com/?p=72827
नेपालकोरिया न्युज डटकम्
http://www.nepalkoreanews.com/page.php?article_id=7159&cat_id=32
ब्रुसेलनेपाल डटकम्
http://www.brusselnepal.com/index.php?option=com_content&view=article&id=4752:2012-03-08-22-46-56&catid=23:main-&Itemid=143
 
२१ औं शुभकामना साँझका कलाकारहरुको जापान आगमन सम्बन्धि समाचारहरु
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=38274
http://www.nepaljapan.com/news_galary.php?id=1331918359
http://samudrapari.com/2012031816853.html
http://samudrapari.com/2012031616662.html
http://www.tokyonepal.com/2012/03/16/56524.html
http://www.welovenepal.com/?p=39641
 
२१ औं शुभकामना साँझ कार्यक्रम सम्पन्न समाचारहरु
समुद्रपारि डटकम् (समाचार)
समुद्रपारि डटकम (फोटो तथा समाचार)
नेपाल जापान डटकम् (समाचार)
नेपाल जापान डटकम् (उटघाटन समारोहको फोटो फिचर)
नेपाल जापान डटकम् (कार्यक्रमको फोटो फिचर)
वुईलभ नेपाल डटकम
वुईलभ नेपाल डटकम् (समाचार)
वुईलभ नेपाल डटकम् (फोटो एवं समाचार)
टोक्यो नेपाल डटकम् (फोटो फिचर सहित समाचार)

२१ औं शुभकामना साँझका कलाकारहरुको बिदाई तथा स्वदेश प्रस्थान सम्बन्धि समाचारहरु
 नेपालजापान डटकम्
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=38322
http://www.nepaljapan.com/news_galary.php?id=38322
समुद्रपारि डटकम्
http://samudrapari.com/2012032017146.html
टोक्योनेपाल डटकम्
http://www.tokyonepal.com/2012/03/20/56853.html

भिडियो : समुद्रपारि डटकम्

Monday, March 19, 2012

२१ औं शुभकामना साँझका कलाकारहरुको बिदाई समारोह
















सरद डायरि । मंगलबार, चैत्र ७, २०६८
थकाली सेवा समिति जापानद्धारा आयोजना गरिएको शुभकामना साँझका लागि आमन्त्रित चर्चित कलाकाहरु मेरि बास्सैका जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) पप् गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेल आज स्वदेश तर्फ प्रस्थान गरेका छन् । उनिहरुलाई नारिता विमानस्थलमा आयोजक संस्थाका अध्यक्ष, शरद कुमार गौचनले विदाई गरेका हुन ।
कलाकारहरुलाई गएराति आयोजक संस्था थसेस जापानले एक समारोहका बिच बिदाई गरेको थियो । टोक्यो हातानोदाई स्थित स्माईल रेष्टुरेन्टमा मैत्रिपुर्ण रात्रिभोज सहित कलाकारहरुलाई बिदाई गरिएको हो । सो अबसरमा आयोजक सँस्थाका अध्यक्ष शरद कुमार गौचन लगायत पदाधिकारिहरुले खादार्पण गरि उनिहरुलाई बिदाई गरिएको थियो । उनीहरुलाई कार्यक्रम संयोजक राजु शेरचनले हार्दिक धन्यबाद सहित प्रशंसा पत्र प्रदान गरेका थिए ।
कलाकारहरुले पनि मन्तब्य सहित आ-आफ्नो प्रतिभा मनोरन्जन प्रदान गरेका थिए ।
यसअघि कलाकारहरु धुर्मुस (सिताराम कट्टेल), सुन्तली (कुन्जना घिमिरे) पप् गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेल समुद्रपारि डटकम्, नेपली सामाचार र नेपाल जापान डटकम् लगायतका जापानका नेपाली मेडियासंगको भेटघाट र कुराकानीमा ब्यस्त रहेका थिए ।
कलाकारहरुले गत आईतबार मेगुरो कुमिन सेन्टरमा आयोजित २१ औं शुभकामना साँझमा उत्कृष्ट साँगीतिक प्रस्तुती गरेका थिए । जसलाई जापानका नेपाली दर्शकहरुले निकै मन पराएका थिए ।
कलाकारहरु हङकङ हुदै आजै राती १० बजे नेपाल पुग्ने कार्यक्रम रहेको थसेस श्रोतले जनाएको छ ।







बिभिन्न मेडियाबाट प्रकाशन समाचार जस्ताको तस्तै तलतिर....

नेपालजापान डटकम्
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=38322
http://www.nepaljapan.com/news_galary.php?id=38322

समुद्रपारि डटकम्
http://samudrapari.com/2012032017146.html

टोक्योनेपाल डटकम्
http://www.tokyonepal.com/2012/03/20/56853.html

Sunday, March 18, 2012

२१ औं शुभकामना साँझ भब्यताका साथ सम्पन्न
















 



















सरद डायरि । आईतबार, चैत्र ५, २०६८
थकाली सेवा समिति जापानले टोक्योमा आयोजना गरेको २१ औं शुभकामना साँझ कार्यक्रममा नेपाल देखी आएका मेरि बास्सै टेलिश्रृखलाका चर्चित हास्य कलाकार उनै जोडि सिताराम कट्टेल "धुर्मुस" र कुन्जना घिमिरे "सुन्तली" ले जापानका दर्शकहरुलाई पेट मिचिमिचि हसाए । पप् गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेलले पनि आ-आफ्नो दर्जनौं चर्चित गितहरु पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन सफल भए ।
थकाली सेवा समिति जापानले फागु पुर्णिमा एवं लुम्बिनी भ्रमण बर्ष २०१२ को अबसरमा आयोजित २१ औं शुभकामना साँझ कार्यक्रममा चार चर्चित कलाकारहरुलाई आमन्त्रीत गरेको थियो । मेरि बास्सैका जोडिद्धय धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुती मार्फत सत्ता चलाउन र भत्ता पचाउन शान्ति र संबिधान निर्माणका लागि नेताहरुले म्याद थप्दै ढिलाई गरेको सत्यतालाई ब्यङ्गात्मक शैलीमा दर्शक सामु उतारे । जसका कारण देशमा उत्पन्न बेरोजगारि समस्या, महंगी तथा अभावका कारणले गर्दा लाखौं नेपाली युवाहरु बिदेशीनु परेको यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरे । हाम्रो समाजमा बढदै गएको बिसंगति र बिकृतिलाई पनि आफ्नो प्रस्तुति मार्फत प्रहार गरे । यसैगरि कार्यक्रममा सुन्तलीको एकल नृत्य पनि अर्को आर्कर्षण बन्न सफल भयो भने धुर्मुसले एमाले नेता केपी ओलीको क्यारिकेचर मार्फत दर्शकहरुलाई हसाउनु हसाए । सो कार्यक्रममा चर्चित गायक प्रमोद खरेलले मेरो देश प्यारो नेपाल, याद आउनलाई पनि, म विना कसै कसैलाई, आमा म सपना बुन्दैछु प्रदेशमा, उसले जति माय तिमलाई, डुबायो पापी मायाले लगायतका दर्जनौ चर्चित तथा मार्मिक गितहरु गाएर दर्शकहरुलाई कहिले भावुक बनाए त कहिले नचाए । अर्का पप् गायक धिरज राईले सोई धोले सोई, त्रिरा नयन, वन साईडेड लभ, मुसुमुसु, मया छ है, गर्लफ्रेन्ड जस्ता दर्जनौ चर्चित गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिए ।
कार्यक्रममा सामुहिक राष्ट्रिय गानबाट शुरु भएको थियो । थकाली भेषभुषामा सजिएका युवतीहरुले थकाली नृत्य गरेका थिए साथै गैरी खेतको सिरै हान्यो भन्ने गीतमा अपेक्षा लिम्वु र मखमली चोली चाहिदैन भन्ने गीतमा संजिमा शेरचनको नृत्यलाई दर्शकले मन पराए ।
कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराई, बिशेष अतिथि एनआरएन आईसिसिका कोषाध्यक्ष भवन भट्ट र  थसेसका संरक्षक डा. योगेन तुलाचनले थकालीहरुको परम्परागत खेल धनुषबाण हानेर शुभकामना साँझको सयुक्त रुपमा उदघाटन गरेका थिए ।
संस्थाका महा-सचिब अनिल भट्टचनको सञ्चालक र सह-कोषाध्यक्ष दिपक गौचनको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङले थकाली जातिका चार देवताको पुजा अर्चना गरेका थिए । साथै कार्यक्रम संयोजक राजु शेरचनले कार्यक्रमका प्रायोजकहरुलाई प्रमाणपत्र र खादार्पण गरेका थिए ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति शरद कुमार गौचनले बिदेशमा भएरपनि आफ्नो भाषा संस्कृति परम्परालाई जगेर्ना गर्न र बिदेशमा आफ्नो देशको चिनारीलाई बढाउन एवं पर्यटन प्रवद्धनमा टेवा पुर्याउनका लागि हरेक बर्ष थकालीहरुको महान चाड फागु पुर्णीमाको अबसरमा सांगितिक कार्यक्रम सहित शुभकामना साँझ आयोजना गर्दै आएको बताए । साथै कार्यक्रमका लागि बिभिन्न ढंगबाट सहयोग पुर्याउनुहुने प्रायोजक, मिडियाकर्मि, सहयोगी सबैलाई धन्यबाद ब्यक्त गरे । लुम्बिनी भ्रमण बर्ष सन्दर्भमा यस कार्यक्रम मार्फत थोरै भएपनि मुलुकको सन्देश दिन सकियोस् भन्ने उदेश्य रहेको गौचनले स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि राजदुत डा. मदन कुमार भट्टराईले हलबाट बाहिर निस्कदै गर्दा, जापानको ब्यस्त समयका बावजुद पनि थसेसले यति मेहनतका साथ आफ्नो कला संस्कृतिका लागि देखाएको चासो प्रति आफु एकदम प्रभावित भएको ब्यक्त गरे । सांगीतिक चरणमा भने सह-संयोजक सन्तोषी गौचन र सह-कोषाध्यक्ष  दिपक गौचनले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा जापानको ब्यस्तताका बाबजुद पनि दर्शहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




नेपाल जापान डटकम् (उटघाटन समारोहको फोटो फिचर)

नेपाल जापान डटकम् (कार्यक्रमको फोटो फिचर)

वुईलभ नेपाल डटकम

वुईलभ नेपाल डटकम् (समाचार)

वुईलभ नेपाल डटकम् (फोटो एवं समाचार)

टोक्यो नेपाल डटकम् (फोटो फिचर सहित समाचार)