Tuesday, December 27, 2011

राष्ट्रिय कवि स्व. भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न

सरद डायरि। आईतबार, पौष १२, २०६८
स्वर्गिय राष्ट्रिय कवि भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न 
गत आईतबार पौष १० गते थकाली समाज घर बालाजुमा थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको साहित्य प्रबर्द्धन विभाग द्धारा आयोजित स्व. राष्ट्रिय कवि भूपि शेरचनको ७६ औ जन्म जयन्ती सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेको छ ।

Monday, December 26, 2011

जापानका लागि नेपाली महामहिम राजदुत, उपनियोग प्रमुखको स्वागत तथा परिचयात्मक कार्यक्रम ।







सरद डायरि । आईतबार, पौष १०, २०६८ 
हिजो आयोजित गैर-आवासीय नेपाली संघ जापानको प्रमुख आयोजनामा र जापानमा क्रियाशिल सम्पुर्ण संघसंस्थाको सयुक्त आयोजनामा सम्पन्न, महामहिम राजदुत ज्यु र उपनियोग प्रमुख ज्युको स्वागतार्थ तथा परिचयात्मक कार्यक्रम, समग्रमा भब्य सभ्य र सफलताका साथ सम्पन्न भएको महिले महशुष गरेको छु ।
अबश्य नै सानातिना त्रुतिहरु र केहि कमिकमजोडि हुनु स्वभाविकै हो र तर यसलाई पाठको रुपमा लीई आगामि कार्यक्रमहरुमा सच्याईदै अघि बढ्नु  र पुन उत्त त्रुति नदोर्याउन सबैको पहल कदमि हुन जरुरि जस्तो लाग्दछ  ।
म सम्मिलित संस्था एनआरएन जापानको मुख्य भुमिका रहेको यस कार्यक्रमको नाताले बिभिन्न तवरले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छौं ।
यस्तै किसिमले जापानबासि आम नेपालीहरुको बिच सुमुधर सम्बन्ध, समन्वय र एकता अझै बलियो हुदै जाओस् ।
हामि सबै एकताबद्ध भई अघि बढेमा ठोस कार्य गर्न सबल, सुलभ र हामि जापानबासि नेपालीहरुको गरिमाय उच्च हुनुका साथै बिश्वभरि नै राम्रो सन्देश प्रवाह हुने छ ।
भविष्यमा पनि यस्ता कार्यले निरन्तरता पाउने नै छ ।
बिशेष गरि, प्रायोजक किरण बिक्रम थापा ज्यु, नर बहादुर थापा ज्यु, अनिता लामा ज्यु, तिलक मल्ल ज्यु लगायत आम मित्रहरुलाई ओचुकारेसामा डेसिता तथा धन्यबाद दिदै नया बर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना टक्र्याउछु ।

केहि अनलाईन मेडियाबाट संम्प्रेषण समाचारहरु,

फोटो समाचार
http://nepaljapan.com/news_galary.php?id=1324828234

समाचार
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=36347

समाचार
http://samudrapari.com/201112258439.html

समाचार
http://www.tokyonepal.com/2011/12/25/49515.html

अन्तमा अग्रेजी नया बर्ष २०१२ को पुर्व सन्ध्यामा २०१२ ले हामि सबैको बिदेशको बसाई फलदायी बनाओस् र सु-स्वास्थ दिर्घायुको कामना गर्दै हार्दिक शुभकामना टक्य्राउछु ।

फोटो : नेपालजापान डटकम

Saturday, December 10, 2011

कंम्पनिको जांड पिउने जमघट (काईस्याको नोमिकाई) ।



सरद डायरि । शुक्रबार, मंसिर २३, २०६८
आज यसो हिसाब गरेको पो...जापानको जागिरे भएको पनि करिवन डेढ दशक भईसकेछ , कति छिटो समय बितेको पत्तो नै नहुने यो जापानमा ।

Saturday, December 3, 2011

युवा पत्रकार खत्रीको निधन प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण ।

सरद डायरि । शुक्रबार, मंसिर १६, २०६८
आज म संम्मिलित अर्को संस्था जुन बिदेशमा बसोबास गर्ने नेपाली मुलका नेपालीहरुको माउ संस्था भनेर चिनिने गैर-आवासीय नेपाली संघ, जापानको तर्फबाट नेपालका एक होनहार युवा पत्रकार कार दुर्घटना परि ज्यान गुमाउनु भएकोले हार्दिक श्रद्धाञ्जलि अर्पण गरिने कुरा भएको थियो ।
सोहि बमोजिम, म प्रवक्ताको नाताले एनआरएन जापानको सचिबालयको ई-बैठकबाट मेरै नामबाट बिज्ञप्ती प्रकाशीत गर्न अनुरोध आएकोले सोहि बमोजिम ड्राफ्ट गरि पठाए र उत्त बिज्ञप्ती केहि अनलाईन मेडियाबाट प्रकाशीत भएका समाचार र लिन्कहरु तलतिर जस्ताको तस्तै....

Thursday, December 1, 2011

भवन भट्ट ज्युलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएकोमा हार्दिक बढाई ।

सरद डायरि । बुधबार, मंसिर १४, २०६८
सन २०११ नोभेम्वर ३०, बुधबारका दिन मेरो एक परम मित्र श्रीमान भवन भट्ट ज्यु तथा श्रीमती मियको भट्ट ज्यु लाई पहिलो सन्तानको रुपमा सुपुत्रिलाभ भएकोले यस खुशियालीको अबसरमा हार्दिक बढाई ज्ञापन गर्न चाहान्छु ।

नवजात शिशुको सु-स्वास्थ्य, दिर्घायु
उत्तरोत्तर प्रगतिको
हार्दि मं शु-काना ।।।


भवदिय,
समीप, दिना र शरद कुमार गौचन परिवार
ताकामाचु ईकेबुकुरो टोक्यो, जापान

Monday, November 28, 2011

थसेस जापानले स्वागत,भेटघाट तथा काउन्टडाउन पार्टि भब्यरुपले मनाउने ।

सरद डायरि । आईतबार, मंसिर ११, २०६८
थकाली सेवा समिति जापानले नया वर्षको स्वागत तथा पुरानो वर्षको विदाईका साथै नवआगन्तुक समाजका सदस्यहरुलाई स्वागत, भेटघाट र काउन्टडाउन पार्टी गरी आउदो डिसेम्बर ३१ ताखिका दिन साझ भव्य कार्यक्रमको आयोजना गरेको छ ।
गत नोभेम्वर २७ तारिखमा बसेको बैठकको निर्णय अनुसार समितिले हरेक वर्ष जस्तै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने उत्त कार्यक्रमको आयोजना गरेको समितिका महासचिव तथा कार्यक्रम संयोजक अनिल भट्टचनद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, यस बर्ष २०११ सालमा जापान आगमन नब­आगन्तुक थकाली सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम, ‘भेटघाट एवं काउन्टडाउन पार्टी तथा नव बर्ष सन् २०१२ को उपलक्ष्यमा समेत शुभ­कामना आदानप्रदान भव्यरुपले गरिने छ ।’

Monday, November 21, 2011

ठेट स्थानिय स्पेन रेष्टुरेन्ट "टोरो" को ओपनिङ्ग

सरद डायरि । आईतबार, मंसिर ४, २०६८
आज टोक्योको मुटुमा रहेको जुन रातभरि ब्युझने शहर भनेर चिनिने प्रसिद्ध सिन्जुकु सिटिमा "टोरो" नामक स्थानिय स्पेन रेष्टुरेन्ट ओपनिङ्ग कार्यक्रम थियो मित्र भाईको ।

Friday, November 18, 2011

नबनिर्बाचित एनआरएन आईसीसीद्धयहरुमा हार्दिक बढाई तथा शुभकामना ।।।



 हार्दि ढा तथा मं शुकाना ब्यक्त र्दछु ।।

प्रमुख संरक्षक - देवमान हिराचन
कोषाध्यक्ष - भवन भट्ट
एसिया प्यासिफिक उप-संयोजक - किरण बिक्रम थापा 
गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

Monday, November 14, 2011

दोस्रो मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न (एनआरएन जापान VS नेसाज)








सरद डायरि । आईतबार, कार्तिक २७, २०६८
टोक्यो क्षेत्रबाट आज गैर‍-आवासीय नेपाली संघ जापान र नेपाली बिद्यार्थी समाज जापान बिच च्युबु बिश्व बिध्यालयको खेल मैदानमा हुन गईरहेको दोस्रो मैत्रिपुर्ण सक्कर प्रतियोगिता कार्यक्रमको लागि नागोया हिड्नको लागि बिहानको ६ बजे सिन्जुकुको आल्टा अगाडि भेट्ने तर्जुमा भएको थियो ।

Sunday, October 23, 2011

जापान भ्रमणमा रहनु भएका शेरचन दंम्पतिको बिदाई समारोह सम्पन्न ।

सरद डायरि । शनिबार कार्तिक ५, २०६८
नेपालदेखि पाल्नु भएका हरि बहादुर शेरचन तथा हरि कुमारि शेरचनज्यु अर्थात थकाली सेवा समिती जापानका प्रवक्ता राजु शेरचन् ज्युको पुज्यनिय बुवा तथा मुवाहरुको जापानको करिव डेढ महिनाको घुमाई पश्चात अब बाकि ३ दिन पछि फर्किने कार्यक्रमतय भएकोले आजका दिनमै उहाहरुको संम्मानमा थसेस जापान र उहाहरुको दाजुभाई,चेलिज्वाई एवं अन्य संम्बन्धित ईष्टमित्रहरुले सयुक्त रुपमा बिढाई गर्ने कार्यक्रम राखिएको थियौं ।

Thursday, October 20, 2011

नेपाल जापान सम्पर्क समितिको छैठौ वार्षिक साधारण सभा सम्पन्न

अतिथिगणहरु

कार्यक्रममा उपस्थित महानुभावहरुको झलक

शुभ-कामना मन्तब्य प्रकट गर्दै पुर्व अध्यक्ष खगेन्द्र भट्टचन (सिबांङ)

कार्यक्रमको उदघाट्न गर्दै मुख्य अतिथि अनुसन्धानका अध्यक्ष ॐकार प्रसाद गौचन  

मन्तब्य प्रकट गर्दै मुख्य अतिथि

कार्यक्रममा सभापति तथा बर्तमान अध्यक्ष खगेन्द्र भट्टचन
सरद डायरि ।  बुधबार, कार्तिक २, २०६८  
आजकै दिनमा थसेस नेपाल जापान सम्पर्क समितीले आफ्नो छैठौं बार्षिक साधारण सभा थसेस काठमान्डौंको आफ्नै भवनको प्रागणमा भब्यताकासाथ सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।
बास्तवमा थकाली सेवा समिती जापान संग नङ र औलाको जस्तो अभिन्न संम्बन्ध जस्तो रहनुपर्नेमा केहि बर्ष अघिदेखि हामि बिचको सम्पर्क, सम्बन्ध केहि सुस्ताएको यर्थाथलाई स्विकार्नुपर्ने बाध्यता दु:खको कुरा हो । यस पछाडि बिबिध समस्या वा समय अभावका कारण हो भन्ने हामिले पनि महशुष गरेका छौं ।
जेजस्तो भएपनि यस शुभ कार्यको सम्पन्न संगै भविष्यमा पुन हामि बिच प्रगाढ सम्बन्ध बढाउदै जाने आसा र अभिलासा सहित सम्पन्न कार्यक्रमहरु बिवरणहरु जस्ताको तस्तै फोटो र समाचार...

Sunday, October 16, 2011

"सिन्जुकुसिटिको फुरेआई फेस्टिवल २०११" सम्पन्न

सरद डायरि । आईतबार, आश्विन २९, २०६८
आज सिन्जुकुसिटिद्धारा संयोजित "फुरेआई फेस्टिवल २०११" नामक ईभेन्टको आयोजना हुने दिन भएकोले पनि बिहानै उठेर तयारि गर्न तर्फ लागे ।
मेरो  घरकिले पनि उक्त कार्यक्रममा भाग लिने भएकोले बिहानै उठ्न अनुरोध गरेपनि १०, १५ मिनेट त उठनको लागि समय लागिहाल्यो ।
जसोतसो उठिओरि तयारि गरेर एकझोला कपडा,गरगहना, सम्बन्धित कार्यक्रमका सरसामान र कम्युटर टारहरु हालेको सुर्केश बोकेर लागियो कार्यक्रमको लागि ।
तर उत्त कार्यक्रम पुर्व तयारि तथा केहि अभ्यासको लागि सिन्जुकु ताबुन्का सेन्टर नामक हलतिर जानुपर्ने थियो जम्मा हुनको लागि  किटान समय मा ।
सबै कलाकार साथीहरुलाई बिगतमा झै आज पनि बिहानको ९:३० को समय दिएकोले पनि ढिला गर्न नमिल्ने भएकोले समयमै सिन्जुकुको स्टेशन नजिक गन्तब्यस्थलमा म चाहि पुगे तर धेरै बिहान भएको र छुट्टिको दिन परेकोले पनि होला किटान समयमा हाम्रा कलाकारद्धय ज्युहरुको भने सवारि भएन् ।
मलाई थाहा थियो, समयमा आउनुहुन्न भन्ने गाठि कुरो । तर आफ्नो "ड्युटि ईज् ब्युटि" भन्ने उखानलाई पनि ख्यालमा राख्दै टेलीफोन लगाए मित्र कलाकारहरुलाई कहा हो र कहिले आईपुग्ने भनेर ।
३ तिरबाट ४ जना र हामि २ जना गरि जम्मा ६ जना अभ्यासको लागि सिन्जुकु स्टेशन नजिकै जम्मा हुने भनिएता पनि १,१ जना गरि सबै जुट्दा त पौने बाह्र भईसकेको रहेछ ।
जेहोस, फुरेआई २०११ नामक उक्त कार्यक्रममा हाम्रो समयतालीका अनुसार दिउसो को १ बजे देखि हाम्रो पालो शुरु हुने भएकोले पनि सवा बाह्र बजे सम्म त टोयामा कोएन (ताकादोनोबाबा) मा जसरि पनि पुग्नुपर्ने नै थियो ।

Saturday, October 15, 2011

भिडियो फाईलबाट अडियो एक्सट्राक्ट गर्ने सजिलो उपाय

सरद डायरि । शुक्रबार, आश्विन २७, २०६८

भिडियो फाइल बाट अडियो extract कसरी गर्ने ?

______________________________कुनै पनि भिडियो फाइल बाट हामीलाई त्यो भिडियोको अडियो मात्र extract गर्नु पर्‍यो भने हामीलाई त्यस्तै किसिमको कुनै software को जरुरत पर्छ र मैले यहाँ यस्तै software बारेमा जानकारी दिन खोजेको छु । यो एउटा एकदमै useful र प्रगोग गर्न सजिलो software हो जसको मद्घत बाट हामीले कुनै पनि भिडियो फाइल बाट त्यसको अडियो extract गर्न सक्छौ । फ्रीमा download गर्न पाइने यो software यो कारणले पनि useful छ कि हामीले AVI, MPEG, MPG, FLV (Flash Video), DAT, WMV, MOV, MP4, 3GP video आदि भिडियो फरम्याटमा भएको फाइलहरुलाई MP3, WAV र AC3 अडियो फरम्याटमा extract गर्न सक्छौ । तपाईंहरु पनि यस्तै software को खोजीमा हुनु हुन्थ्यो भने लौ download गरिहाल्नुहोस् न त र Enjoy !! गर्नुहोस् ...

यो सफ्टवयर डाउनलोड गर्नको लागि यहा क्लिक् गर्नुहोला ।
श्रोत: क्यामज्जा

भिडियो फाईललाई एमपि थ्रिमा बनाउने कि?

सरद डायरि । शुक्रबार, आश्विन २७, २०६८
आज पनि फेरि कम्युटर कै कमालको बारेमा नै कुरा गर्दै छु जुन, कहिलेकाही तपाईंलाई लाग्दैन कि तपाईं youtube अनी यस्तै अरु कुनै भिडियो sharing साईटबाट भिडियो हेर्दै हुनु हुन्छ र तपाईंलाई उक्त भिडियोको sound मात्र आफ्नो कम्प्युटरमा save गर्न ?? जस्तै त्यहा तपाईंलाई मन पर्ने गीतको भिडियो चल्दै छ तर तपाईंलाई त्यो भिडियोको sound मात्र mp3 फरम्याटमा चाहिएको छ ।

यसको लागि तपाईंले अन्लाईनमा थुप्रै बिकल्पहरु पाउनसक्नु हुन्छ । तपाईंले यो प्रकृयाको लागि कुनै software इन्सटल गर्नु पर्ने जरुरी पर्दैन । अन्लाईन बाटै तपाईंले यो प्रकृया सजिलै गर्न सक्नु हुन्छ । यहाँ तल यस्तै केही साईटहरुको लिस्ट दिईेएको छ जुन साईटहरुको मद्दतले तपाईंले अन्लाईन भिडियोलाई सजिलै mp3 मा convert गरी आफ्नो कम्प्युटरमा save गर्न सक्नुहुनेछ ।

Friday, October 14, 2011

याहु मेसेन्जरको तपाईको ब्लगमा संलग्न गर्ने तरिका

सरद डायरि । बिहिबार, आश्विन २६, २०६८
जाभास्क्रिप्टको सहयोगले याहु मेसेन्जर, तपाईको ब्लगमा सजिलै एक्टिभ बनाउन सक्नुहुनेछ ।
जसको सहयोगले तपाई अनलाईनमा हुनुहुन्छ वा हुनुहुदैन तथा तपाईको ब्लगमा कति जनाले अन एअरमा कति जना छन भन्ने संख्या समेत जानाकारि लिन सकिने छ ।

Thursday, October 13, 2011

के आफैले आफ्नो कम्युटरलाई ढिलो बनाउनु भएको त छैन?

सरद डायरि । बुधबार, आश्विन २५, २०६८
आज पनि फेरि कम्युटर टिप्सकै बारेमा केहि महत्वपुर्ण कुरा लेख्दै छु । सायद धेरैलाई याद पनि नहुन सक्छ र जानी नजानि यस्ता समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्ने,ढिलो चल्ने र कुनै प्रोग्राम खोल्न धेरै समय लाग्छ आदी ईत्यार्दि । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ ।

Wednesday, October 12, 2011

फ्रि भिडियो कन्भर्टर (जस्तो फर्म्याटमा पनि)-१

सरद डायरि । मंगलबार, आश्विन २४, २०६८
आज पुन कम्युटर टिप्सकै बारेमा फेरि उपयुक्त भिडियो कन्भर्टरको बारेमा चर्चा गर्दैछु ।
बिस्तृतको लागि देहाय बमोजिम हेर्नुहोला र उपयोगी लागेमा निशुल्कमा चलाउन पनि सक्नुहुनेछ ।


Any Video Converter एउटा एकदमै usefull भिडियो कन्भर्टर सफ्टवयर हो जुन फ्री version मा उपलब्ध छ र यो कन्भर्टरको मद्घतले हामी भिडियो हरुलाई आफुले चाहेको फरम्याटमा कन्भर्टर गर्न सक्छौ त्यो पनि एकदम छिटो र राम्रो भिडियो quality मा । यसमा Input गर्न सक्ने format हरु जस्तै : avi, asf, mov, rm, rmvb, flv, mkv, mpg, mp4, 3gp, m4v, vob, YouTube videos आदि र यसबाट निकाल्न सकिने Output format हरुमा : avi, mp4, wmv, flv, MPEG-1 and MPEG-2, mpg (PAL or NTSC), mp3, wma, ogg, aac आदि ।

Tuesday, October 11, 2011

जुनै किसिमको मेडिया फाईललाई पनि आवश्यक फर्म्याटमा परिवर्तन गर्न सकिने ।

सरद डायरि । सोमबार, आश्विन २३, २०६८
आजको ईन्टरनेट जमानामा आवश्यक कम्युटर टिप्सहरु पनि दिन प्रति दिन प्रत्येक ब्यक्ति पक्षनै फरक फरक चाहाना र रुचि बढेको सर्बबितितै छ ।
बिभिन्न किसिमको फाईलहरु सजिलै संग आफुले चाहेको फर्म्याटमा परिवर्तन गर्न सकिने बारेमा सानो जानाकारि गराउन प्रयत्न गरेको छु ।

Monday, October 10, 2011

यसरि भयो थसेस जापानका प्रवक्ता राजु शेरचन दंम्पतिको शुभ-विवाह ।

सरद डायरि । आईतबार, आश्विन २२, २०६८
मेरो पारिवारिक नाताले साला ज्यु र सांगठानिक नाताले भन्नुपर्दा थसेस जापानको भाईटल पोस्टमा रहनु भएका यानिकि, प्रवक्ता पद सम्हाल्नु भएका प्रिय साला राजु शेरचनको जिबनमा १ पटक गरिने भनिने शुभ-कार्य आयोजना गरिने आजको दिन ।
नव बर राजु शेरचन र नव बधु समी गौचन बिच हुन गईरहेको यस शुभ-बिबाहको पावन अबसरमा मेरो पनि यस कार्यक्रममा केहि भुमिका निभाउनु पर्ने तथा पारिवारिक नाताले सहयोग गर्न पनि पर्ने भएकोले यस महत्वपुर्ण दिनमा सधै भन्दा केहि छिटो उठे । बेरान्डामा निक्लेर यसो बाहिर के हेरेको थिए, बिहानिको निलो आकाश संगै चम्किलो सुर्यको किरणले छलंङ्ग प्रष्ठ्याउथ्यो कि, मौंसमले पनि शुभ दिन संगै दौतरि मिलाएको जस्तो भान हुनुको साथै म पनि निकै खुशी र हर्षित भए ।
हामिलाई यस शुभ-बिबाह पार्टि(बेलुका) पुर्व (दिउसो) गरिने स्वंयम्बर कार्यक्रममा उपस्थितीको लागि समेत पारिवारिक (चेलिज्वाई) नाताले बिहानको ११:३० बोलाईएको थियो ।
सोहि बमोजिम किटान समय मै हलमा पुगेर नब बरका पुज्यनिय पिता र माता संगको चिनजानी ढोगभेट(पहिलो भेट भएकोले) सकेर हल खुल्न केहि समय अघि भएकोले कुर्चिमै बसेर केहि समय भलाकुसारि गर्दै पर्खियौं ।
पर्खिने क्रममै आयोजक परिवारको दाजुभाई (नर्जफोवै परिवार), चेलिज्वाई परिवा र केहि सहयोगि ईष्टमित्र र शुभचिन्तकहरुको पनि करिवन आगमन भयो र हलुका हाईहेल्लो पनि गरियो ।
केहि बेर पछि हल खुलेको खवर आएपछि हलमा पसेर, कार्यबिभाजन अनुसार, किचनको ब्यबस्थापन कार्य, हलको लेआउट कार्य, शुभ-बिबाहको ब्यानर टाग्ने कार्य, खाना र बारटेन्डको लागि टेवल मिलाउने कार्य, पाहुनाको लागि टेवल कुर्चि मिलाउने कार्य, प्रोजेक्टर सेठ् , म्युजिक माईक सेठ्, स्पिकरको सेठ् आदि ईत्यार्दि सम्पुर्ण काम सक्यौं ।

कपि ब्लक गरिएका साईटलाई खुलाउने तरिका

सरद डायरि । आईतबार, आश्विन २२, २०६८
म स्वयमलाइ आवश्यक महशुष भएकोले सेयर गर्न खोजिएको छ, सायद ब्यक्तिगत उपयोगको लागि फरक नपर्ला ।

Sunday, October 9, 2011

निशुल्कमा आफ्नो ब्लग बनाउनुहोस्

सरद डायरि । आईतबार, आश्विन २२, २०६८
मेरो ब्लग पनि यहि डोमेईनमै यिनै प्रक्रिया अनुसार बनाईएकोले केहि जानाकारि गराउन चाहान्छु । अति सरल, सुलभ र निशुल्क भएकोले उपयोगि हुने नै छ । सोचेको भन्दा धेरै सजिलो भएकोले पहिला ट्राई गर्न चाहि नछाड्नुहोला ।

Saturday, October 8, 2011

युट्युवको भिडियोलाई डाउनलोड गर्ने फ्रिसफ्टवयरहरु

सरद डायरि ।  शुक्रबार, आश्विन २०, २०६८
YouTube को भिडियोहरु आफ्नो कम्प्युटरमा डाउनलोड गर्न मैले अगाडि (यहा क्लिक् गरेर हेर्न सक्नुहुन्छ)  लेखेको थिए चित्र सहित तर केही साथीहरुको गुनासो आयो कि मैले दिएको तरिका बाट भिडियो डाउनलोड भएन ... तर साथीहरुले राम्रो सँग डाउनलोड गर्न चाहनु भएको Video को URL कपि गरेर त्यहा पेस्ट गरेर डाउनलोड गर्नु भयो भने अबस्य पनि हुन्छ ... नत्र मैले अरु केही video डाउनलोड गर्ने साईटहरुको collection गरेको छु , यिनिहरु बाट try गर्नु होला ।

युट्युवको भिडियोलाई डाउनलोड गर्ने सजिलो उपाय

सरद डायरि । शुक्रबार, आश्विन २०, २०६८
आज YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय मैले भेट्टाएको छु , यो उपाय अरु भन्दा एकदम सरल सुबिधार र रमाईलो छ । यहि प्रक्रिया अनुसार तपाईंहरुले भिडियो लाई mp4 फरम्याटमा डाउनलोड गर्न सक्नु हुन्छ । यो तरिका बाट भिडियो डाउनलोड गर्न न कुनै software को आवश्यकता पर्छ न कुनै साईट नै खोली राख्नु पर्छ । तपाईंहरु youtube का भिडियो डाउनलोड नभएर दिक्क मानी रहनु भएको छ भने ल यो उपाय पनि प्रयोग गरेर हेर्नुहोस् न त है ।
भिडियो डाउनलोड गर्ने तरिका :
जब तपाईंहरुले youtube को कुनै भिडियो हेर्न शुरु गर्नु हुन्छ ( भिडियो लाई क्लिक गर्नु हुन्छ ) भिडियो buffering हुँदै गर्दा तल दिईएको javascript कोडलाई कपि गरेर Address Bar मा पेस्ट गरी दिनुहोस् र Enter हान्नुहोस् , एक्छिन पर्खनुहोस्, video डाउनलोड फाइल आउनेछ र location दिएर save गर्नुहोस् ।

javascript:if(document.location.href.match(/http:\/\/[a-zA-Z\.]*youtube\.com\/watch/)){document.location.href='http://www.youtube.com/get_video?fmt='+(isHDAvailable?'22':'18')+'&video_id='+swfArgs['video_id']+'&t='+swfArgs['t']}

छैन त सजिलो ?? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त , यसले काम गर्छ कि गर्दैन भनेर ....
 
श्रोत: क्यामज्जा

Friday, October 7, 2011

बिजया दशमी २०६८ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

सरद डायरि । बिहिबार, १९ आशविन, २०६८
आज नेपालीहरुको महान चाड दशै परेता पनि स्वदेशमा जस्तो गरि बिदेशमा मनाउन संम्भावना हुने कुरै भएन् तथापि बिभिन्न ठाउमा बिभिन्न तरिकाले आ-आफ्नो समयअनुकुल मिलाई मनाईएको समाचार धमाधम पढ्न भने पाईएको छ । यध्यपी जापानमा हामिहरुले भने , त्यस्तो बिशेष तरिकाले मनाउन नपाएपनि संयुक्त रुपमा जापानस्थित नेपाली राजदुताबासमा को निमन्त्रणामा राजदुतको बिदाई समारोह सहितको एकमुष्ठ दशै मनाईयो ।

Sunday, September 25, 2011

एनआरएन जापानबाट आईसीसीको लागि ४ सदस्य छनोट भयो ।

सरद डायरि । आईतबार, ०९ आश्विन, २०६८


आज म संग संम्बन्धित बिदेश बस्ने नेपालीहरुको साँझा संस्था एवं माँहु संस्थाले परिचित गैर-आवासीय नेपाली संघ जापानको तेस्रो बैठकको साथै अर्को महत्वपुर्ण बिषय भनेको एनआरएन आईसीसीको सदस्य चयन गर्नुपर्ने दिन थियो ।

Sunday, September 18, 2011

राजु शेरचनको शुभ-बिबाहको निमन्त्रणा-पत्र प्राप्त ।

सरद डायरि । आईतबार, आश्विन १, २०६८
आउदो अक्टुवर महिनाको ९ तारिख आईतबारका दिन, मेरो नाताले साला ज्यु एवं थकाली सेवा समिती जापानको प्रवक्ता पद सम्हाल्नु भएका राजु शेरचन ज्युको शुभ-बिबाह पार्टि हुने कुरा जानाकारिमा आएको र उत्त कार्यक्रमको निमन्त्रणा कार्ड बितरणको लागि म संग भेट्ने कुरा भएको थियो आज ।
म स्वयमको निमन्त्रणा कार्ड सहित मेरो क्षेत्रका अन्य केहि आफन्तहरुलाई पनि कार्ड बाड्नको लागि पनि एसएमएस मार्फत पु्र्व अनुरोध आएकोले टेलीफोन मार्फत समय किटान गरि ईकेबुकुरोको स्टेशनमा भेटघाट गर्ने कुरा गरियो । निश्चित समयमा भेटघाट गरि कफि सप तिर हलुका कुराकानि गरौं भनेर पसियो १,१ गिलास कफि समातेर भलाकुसारि गर्नतिर लागियो ।
कार्यक्रमको बिषयमा हलुका कुराकानि सहित मेरो तर्फबाट पनि केहि सुझाब दिई फेरि भेट्ने बाचा सहित प्राप्त निमन्त्रणा पत्र लिएर लागे कोठातिर ..