Thursday, May 30, 2013

एनआरएन जापानको अधिवेशन आगामि अगष्ठ १८ तारीखमा हुने ।

सरद डायरि । बुधबार, जेठ १५, २०७०
आज एनआरएन जापानको आगामि अगष्ठ १८ मा ओसाकामा हुन गईरहेको छैठौं अधिवेशनको बारेमा बिभिन्न निर्णायक बिषयगत सुचना र निर्बाचन आयोगको नामावलि बिवरण मेडियाहरुमा सु-सुचित गरियो । प्रकाशित समाचार तलतिर जस्ताको तस्तै......
NRN JAPAN
We Love
Dc Nepal
Tokyonepal
Nepaljapan
 
गैर-आवासीय नेपाली संघ जापानका प्रवक्ता शरद कुमार गौचनद्धारा जारी प्रेस बिज्ञप्ति अनुसार एनआरएन जापानको आगामी ओसाकामा आयोजना हुने छैठौ रास्ट्रीय अधिबेशन सम्पन्न गर्न वर्तमान एनआरएन जापान केन्द्रिय कार्यसमितिका अध्यक्ष ओम गुरुङको संयोजकत्वमा रास्ट्रीय अधिबेशन मूल आयोजक कमिटी गठन गरेको जनाएको छ । त्यसै गरि उक्त अधिबेशन सम्पन्न गर्न तपसिल बमोजिमको केन्द्रिय प्रतिनिधि, निर्बाचन आयोग र बिभिन्न बिषयगत उप-समिति गठन गरेको व्यहोरा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Monday, May 27, 2013

थसेस जापानद्धारा स्व.डा.तुलाचनको संम्झनामा शोकसभा सम्पन्न

सरद डायरि । आईतबार , जेठ १२, २०७०
 























 



 

 
थकाली सेवा समिति जापानका संरक्षक डा. योगेन तुलाचनको सातौं दिनको पुण्यतिथिको अबसर पारेर स्व.तुलाचनको संम्झनामा आयोजित शोकसभा हिजो आईतबार बिहान ९ बजे टोक्योको हामामाचुच्यो स्थित मन्दिरमा बत्ति बाल्ने कार्य सहित हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

मन्दिरको सभाहलमा सर्व प्रथम स्व.डा. योगेन तुलाचनको नाममा एक मिनेट मौन धारण गरे पश्चात सम्पुर्ण उपस्थिति महानुभावहरुले स्व.तुलाचनको फोटोमा पुष्पगुच्छा माल्यापर्ण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसभा शुरु गरिएको थियो ।

कार्यक्रममा,  जापानका लागी नेपालका राजदुत महामहिम डा.मदनकुमार भट्टराई, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचन, नेपाली समाज जापान (नाज) पुर्व अध्यक्ष भुपि गोविन्द श्रेष्ठ, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ सहितका संघसंस्थाका प्रतिनिधिहरु, जापानबासी थकालीहरु र अन्य शुभचिन्तक सहितको ठुलो नेपालीहरुको उपस्थिति रहेको थियो ।

शोकसभा कार्यक्रममा स्व.तुलाचनका परिवार तथा एकल छोरि बेरिना सावामुरा, नेपालबाट दाजुको अत्येष्ठिको लागि आउनु भएका माईली बहिनी र ज्वाई क्रमश: सरर्जनी शेरचन, राजेन्द्र मान शेरचन, कान्छि बहिनी सबिना शेरचन र अर्का बहिनी रस्मी भट्टचन एवं अमेरिकाबाट आउनु भएका जेठि बहिनीको छोरि तथा भान्जी सलीना गौचनको पनि उपस्थिती रहेको थियो ।

सो अवसरमा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुहुँदै महामहिम राजदुतले डा.तुलाचनको स्मरण गर्दै आफ्नो जापान आगमन पश्चात १६ महिना अघिको परिचय पश्चात छोटो समयमा गहिरो संम्बन्ध बढेको र जापानको बारेमा धेरै जान्ने र बुझ्ने अबसर मिलेको बताउनु भयो ।
सधै राष्ट्रकै बारेमा चिन्तित हुने स्व.तुलाचनले जापानबाट नेपालीहरुले पुजी मात्र नभई शिक्षा,ज्ञानसिप, अनुशाषन तथा जापानी शैलीको ब्यबस्थापनहरु नेपालमा भित्र्याउनुपर्ने कुरामा जोड दिनु भएको कुरा बताउनु भयो । केहि हप्ता अघि मात्र आफ्नै निवासमा संगै डिनर लिएको स्मरण गराउदै यस अघि अष्ट्रेलियाको भ्रमणको क्रममा यस दु:खद खबर सुनेकोमा आशर्य चकित र अति नै मर्माहित भएको कुरा पनि बताउनु भयो ।

श्रद्धासुमन ब्यक्त गर्नहुनेहरुमा, परिवारजनको तर्फबाट स्व.तुलाचनकी आफ्नै छोरि बेरिना सावामुरा, माईली बहिनी र ज्वाई, कान्छी बहिनी क्रमश: सरर्जनी शेरचन, राजेन्द्र मान शेरचन, सबिना शेरचनले सम्पुर्ण आफन्तजन तथा नेपाली एवं जापानीहरुको सहयोगले हामिलाई परेको यस अकल्पनिय दु:खद घडिमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताउनु भएको थियो ।
त्यसैगरि जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचन, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ र नाजका पुर्व अध्यक्ष भुपि गोबिन्द श्रेष्ठले पनि श्रद्धाञ्जलीका दुई शब्द प्रकट गर्नुभएको थियो ।

अन्तमा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचनले हाम्रा अभिभावक तथा सम्मानित संरक्षक जो एक होनहार समाजसेवी, ईमान्दार, मनका धनी तथा जापानका अग्रणी ब्यक्तित्वको असमायिक निधनले हाम्रो संस्था, थकाली समाज र सिंगो राष्ट्रलाई नै ठूलो क्षति पुगेको भन्नुहुँदै स्व. तुलाचनको सपनाहरू पूरा गर्न आफूहरू सधैव प्रतिबद्ध रहने उल्लेख गर्नुभयो। स्व. तुलाचनको योगदानको कदर तथा स्मरण गर्दै संस्थाले डा. तुलाचनको संम्झनामा उहाकै जन्म स्थल थाकक्षेत्रमा एक प्याकेज सार्वजनिक घोषणा गरि कार्य थालनी गरिने कुरा बताउनु हुदै कार्यक्रमको अन्त गर्नुभएको थियो ।

स्मरण रहोस, थकाली सेवा समिति जापानको आयोजनामा सम्पन्न यस शोकसभा कार्यक्रमको सञ्चालन उपाध्यक्ष अनिल भट्टचनले गर्नु भएको थियो भने प्राप्त थसेस केन्द्रका अध्यक्ष खगेन्द्र भट्टचन, थसेस युकेका अध्यक्ष रेशम शेरचन र सचिब टंक शेरचन, थसेस अनुसन्धान केन्द्रका अध्यक्ष ओमकार गौचन, एड्सरोग नियन्त्रण संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनद्धारा पठाईएका श्रद्धाञ्जलीका २ शब्द पनि पढेर सुनाईएको थियो।
 
फोटो: दिपक गौचन

प्रकाशीत संम्बन्धित समाचार
http://tokyonepal.com/2013/05/25/88106.html

Wednesday, May 22, 2013

स्व.डा. योगेन तुलाचन काका प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सरद डायरि । मंगलबार, जेठ ७, २०७०
अस्ति आईतबारको बेलुका ७:३० तिर सोच्दै नसोचेको कुरा तथा हाम्रा संरक्षक तथा अभिभावक डा.योगेन तुलाचन ज्यु आफ्नै प्राण संग लडिरहनुको अबस्था रहेछ ।
सोहि दिनको बिहान सम्म सधै झै नर्मल अबस्थामा रहनुभएका तुलाचन बेलुकाको ८:२५ तिर भने अनन्त यो संसारलाई छोड्नु भयो ।
बेलुका खवर आएपनि, भोलि बिहानैमात्र  टोडाई हस्पिटलमा लागे । स्व.तुलाचनकि छोरि बेरिना सावामुरा ज्यु र ज्वाई माकोतो सावामुरा ज्यु संग भेटघाट गरि हामि सबैले पार्थिक शरिरलाई फुल चढायौ । एकैछिन पछि, स्व तुलाचनको हितैषि भाई तथा हाम्रा नेपालीका अग्रज राजन दाईलाई पनि मैले खवर गरेकोले तुरुन्तै हस्पिटल पत्ता लगाएर आउनु भएको रहेछ । सबै कागजात तयारि गरि सकेर एम्बेसिमा पनि मैले खवर गरिसकेको थिए । राजनदाई पनि ओर्लेर आउनु भयो ।
सबै कागजपत्र बुझेर दिउसो फेरि अर्को हस्पिटलमा पोष्टमार्तम को लागि लगिने र पार्थिक शरिरलाई २:३० तिर लिन आउन खवर दिनु भयो । त्यस पश्चात संगै सबै डकुमेन्ट लिएर स्व. तुलाचनको घरमा हामि ४ जना र २ जना नानीहरु गरि  २ वटा ट्याक्सि लिएर लाग्यौं ।
बाकि, नेपालबाट आउनुहुने आफन्तको लागि भिषा प्रोसेस अन्य आवश्यक कार्य म र राजन दाईले दिन भरि लगाएर गर्यौ ।
नेपालमा पनि छिटै भिषा दिने कार्य देखि अन्य सबै सहयोग छिटै गरिदिने बचन दिनुभएकोले ढुक्क हुदै बाकि सरसल्लाह र कार्य तर्जुमा मिलायौ ।
जेहोस, हाम्रो संस्थाको अभिभावक तथा नेपाली समाजकै अग्रज तथा एक होनहार ब्यक्तित्व गुमाउनु परेकोले धेरै पिडा भएपनि अन्य गर्नुपर्ने काम, कर्तब्य सहित दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै केहि मेडियामा जानाकारि समाचार, समवेदना तपसिल प्रकाशन गरे ।

समुद्रपारि डटकम
टोक्योनेपाल डटकम
टोक्योनेपाल डटकम
वुईलभनेपाल डटकम
नेपालजापान डटकम

 समवेदना (समुद्रपारि)
 समवेदना (नेपालजापान)