Tuesday, December 15, 2009

नेपाली युनिकोड अक्षर डाउनलोड गर्ने सरल उपाय

सरद डायरि । मंगलबार, मंसिर ३०, २०६६
हाल प्रचलित नेपाली युनिकोड अक्षर अत्यन्तै सरल तरिकाले डाउनलोड गरि आफ्नो कम्युटरमा सेभ् गर्न सकिन्छ । साथै सजिलैसंग नेपाली अक्षरमा टाईप पनि गर्न सकिने हुनाले उत्त उपायको लागि निम्न लिखित बमोजिम अगाडि बढ्नुहोला ।

(१) सबभन्दा पहिला यो लिङ्कमा क्लिक गरेर डाउनलोड गर्नुहोला ।
(२) रोमानाईज जिप फाईललाई अनजिप गर्नुहोला ।
(३) रोमनाईज नेपाली युनिकोड फोल्डर भित्रको सेटअप फाईललाई डबल क्लिक् गर्नुहोला ।


(४) कन्ट्रोल पानेल भित्र जानुहोला ।


(५) रिजिनल एण्ड ल्यान्ग्वोज् अप्सन खोल्नुहोला ।


(६) ल्यान्ग्वोज् त्यावको डितेल्सलाई क्लिक् गर्नुहोला ।


(७) अंग्रेजी भाषालाई छानेर किबोर्डको दायाको एड् बटन क्लिक् गर्नुहोला ।


(८) किबोर्ड लेआउट् मा चेक मार्क लगाउनुहोला ।


(९) नेपाली रोमानाईज लाई छान्नुहोला र ओके बटन क्लिक् गर्नुहोला ।



(१०) टाक्सबारको किबोर्डमा नेपाली युनिकोड रोमानाईज लेआउटलाई छान्नुहोला ।


(१२) प्रक्रिया पुरा भयो । जुनसुकै एप्लिकेसनमा पनि नेपाली अक्षरमा टाईप गर्नसक्नुहुनेछ ।

1 comment:

कृष्ण वस्ती said...

भर्खर सिक्नहरुकोलागि तपाईको यो योगदान अविस्मरणीय सहयोग हो ।