Sunday, October 17, 2010

बिदाई कार्यक्रम सम्पन्न ।







सरद डायरि । शनिवार, ३० आश्विन, २०६७
पुर्व तयारि अनुरुप आज केहि साथीहरुको बिदाई कार्यक्रम सम्पन्न गरियो । हाम्रा परम मित्र थसेसका उपाध्यक्ष गोपाल भट्टचन सोल्टि, अर्का सदस्य बुद्धिमान शेरचन मामा लाई भब्य साथ बिदाई गरियो । संजोगबस राजेन्द्रमान शेरचनज्यु पनि यसै कार्यक्रममा उपस्थिति हुनु भएको र उहा पनि ३,४ दिन पछि नै नेपाल फर्किने कुरा जानाकारिमा आएकोले तुरुन्तै उहालाई पनि बिदाई गर्नेतय गरि ३ जनालाई सामुहिक बिदाई गरियो ।
उक्त बिदाई कार्यक्रमको बिभिन्न मेडियामा प्रकाशित संक्षिप्त बिवरण जस्ताको तस्तै .....
गत अक्टुवर १६ तारिख शनिबारका दिन गोतान्डा स्थित माया रेष्टुरेन्टमा थसेस जापानले आफ्नो सदस्यहरु नेपाल फर्कन लागेका आफ्ना सदस्यहरुको एक बिदाई समारोहबिच भब्य बिदाई सम्पन्न गरेको छ ।
समितिका उपाध्यक्ष गोपाल भट्टचन, साधारण सदस्यद्धय बुद्धिमान शेरचन र राजेन्द्रमान शेरचन स्वदेश फर्किने क्रममा नेपालीहरुको महान चाड बिजया दशमिको पुर्वसन्ध्या अर्थात महानवमीको तिथि तय गरिएको थियो ।
सो बिदाई समारोहमा थसेसका अध्यक्ष शरद कुमार गौचनले नेपाल फर्कनुहुने सदस्यद्धयहरुलाई खाता र समाजको तर्फबाट चिनोसहित उपहारहरु हस्तान्तरण गर्नुहुदै उहाहरु समाजसंग आबद्ध रहि देखाउनु भएको सक्रियता, जागरुपता प्रति हार्दिक प्रशंसा गर्नु भएको थियो । मन्तब्यको क्रममा अध्यक्ष गौचनले, गोपाल भट्टचन को संयोजकत्वमा संम्पन्न अगष्ट महिनाको समर वार्वेक्यु पिकनिकको स्मरण गर्दै ऐेतिहासिकरुपमा सफलता प्राप्त उत्त बार्वेक्यु कार्यक्रमले पनि हामिलाई गतिलो पाठ सिकाएको र उपाध्यक्ष जस्तो गरिमामय पदका क्रियाशिल ब्यत्तित्वको अभावमा ठुलै खंम्बा गुमाएको महशुस गर्दै दु:ख ब्यक्त गर्नुभएको थियो । नेपाल फर्किए पश्चात पनि समाजप्रति निरन्तर सेवाको लागि हार्दिक अपिल गर्दै फिर्ति यात्राको सफलताको कामना समेत गर्नुभएको थियो ।
त्यसैगरि थसेसका महा-सचिव अनिल भट्टचनले मन्तव्यको क्रममा नेपाल फर्किन लाग्नुभएका सदस्यहरुले जापानको लामो बसाईको क्रममा सिक्नु भएका सिप, ज्ञान, अनुभव र प्रविधिहरु कम्तिमा आफ्नो परिवारबाटै भएपनि लागु गरि अभ्यासको रुपमा भएपनि शुरुआत गर्नको लागि आब्हान गर्नुभएको थियो । ३ जना सक्रिय सदस्य स्वदेश फर्किनुले समितिलाई ठुलो घाटा महशुस भएको तर्क राख्दै उहाहरुको अभावको सट्टामा अर्का ६ जना सक्रिय सदस्य संलग्न गराउनु पनि हाम्रो चुनौति हुनेछ , उहाले भन्नुभयो । साथै स्वदेशको अत्यन्तै जटिल र संबेदनशील अवस्थामा पनि देशमै फर्केर केहि गरौं भन्ने भावना लिएर फर्कन लाग्नु भएका सदस्यहरुलाई अंकित गर्दै यस्ता थालनिको प्रशंसनिय र हामि सबैको गर्वको विषय हो, भन्नुभयो ।
कार्यक्रममा एनआरएन जापानका अध्यक्ष रोशन केशी, तमुधीं जापानका अध्यक्ष याम गुरुङ्ग र उईलभ नेपालका संम्पादक तथा शेर्पा संघ जापानका महा-सचिव सोनाम शेर्पाले खादा ओढाई बिदाई गर्नु भएको थियो । साथै धौलागिरि क्लवका पदाधिकारिहरु लगायत अन्य दाजुभाई दिदिबहिनिहरुले पनि सामुहिक रुपमा खादा ओढाई सम्मानसहित बिदाई गर्नु भएको थियो ।
जापानबासि थकालीहरु तथा गैर थकालीहरुको ठुलो उपस्थिति रहेको उक्त बिदाई समारोहका प्रमुख पात्रहरु क्रमश: गोपाल भट्टचन, बुद्धिमान शेरचन र राजेन्द्रमान शेरचनले जापानको अत्यन्तै ब्यस्तताको बावजुद पनि समय निकाली बिदाई समारोहमा उपस्थिति जनाईदिनु भएकोमा उपस्थित सबैलाई हृदयदेखि नै धन्यबाद दिनु भएको थियो । साथै उपस्थित सम्पुर्ण महानुभाव र जापानबासी नेपालीहरुको सुखमय र सफलताको कामना गर्दै यो कार्यक्रम आफ्नो लागि जापानको अबिस्मरणीय कोशेली समेत भएको बताउनु भएको थियो ।
स्मरणरहोस, यस कार्यक्रमको थसेस जापानका सह-कोषाध्यक्ष दिपक गौचनले बडो कुशलतापुर्बक मुक्तक, जोक सहित अत्यन्तै ब्यंगात्मक रुपले कार्यक्रम संचालन गर्नुभएको थियो ।
अत्यमा, सामुहिक नाचगान सहित माया रेष्टुरेन्टको मिठो डिनर र वियरको चुस्कि लिदै कार्यक्रम समापन गरिएको थियो ।
वुईलभनेपाल डटकम (१८ अक्टुवर २०१०)
http://www.welovenepal.com/?p=5224
समुद्रपारि डटकम (१९ अक्टुवर २०१०)
http://www.samudrapari.com/detail.php?article_id=9006&cat_id=2
नेपालब्रिट्रेन डटकम (१९ अक्टुवर २०१०)
नेपालजापान डटकम (२० अक्टुवर २०१०)
डिसिनेपाल डटकम (२० अक्टुवर २०१०)
फ्रिनेपाल डटकम (२० अक्टुवर २०१०)
http://www.nepalrus.com/archives/80672
थसेसजापान डटकम (१७ नोभेम्वर २०१०)
http://www.thasesajapan.com/archives/1566

No comments: