Saturday, December 1, 2012

अन्तिम कार्यबिभाजन बैठक र समाचारहरु

सरद डायरि । शुक्रबार, मंसिर १५, २०६९

हिजो तपसिल भलिबल प्रतियोगिताको बैठक डाक्दै, आज देहाय बमोजिम अन्तिम तयारि पुरा समाचार संम्प्रेषणको लागि अनलाईन मेडियाहरुमा अनुरोध गरे ।
 
बैठक डाकिएको ब्यहोरा
आम कार्यसमितिका सहयात्री मित्रहरु, सल्लाहाकार ज्युहरु एवं सम्पुर्ण थकाली परिवारहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।
देहाय बमोजिम आउदो डिसेम्वर २ तारीख आईतबारका दिनमा हुन गईरहेको अन्तर संस्था बिचको भलिबल प्रतियोगिताको बारेमा अन्तिम तयारि बैठक सहित कार्यबिभाजनको लागि तपसील स्थान र समयमा बैठक डाकिएको अनुरोध गर्दछौं ।
साथै, कार्यसमितिका साथीहरुलाई अनिबार्य उपस्थितिको लागि हार्दिक निवेदन गर्दछौं ।
धन्यबाद ।

मिति : २०१२ डिसेम्वर १ तारीख (शनिबार)
समय : बेलुका ५:०० बजे देखी
स्थान : लुम्बिनि रेष्टुरेन्ट (रुबल भाईको रेष्टुरेन्ट)
ठेगाना : 5-7-13 Higashi Oi, Tokyo 140-0011 Japan
टेलीफोन नं : 03-5462-0223
स्टेशन : JR Oimachi St. (3 minute from St)

नोट : सोहि बैठकमै हाम्रो खेलाडिको युनिफर्म मेनेजर र क्याप्टेन मार्फत बितरण गरिने छ ।


भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
नोभेम्वर २९, २०१२ (बिहिबार)

समाचार ब्यहोरा


टोक्योमा हुन गईरहेको प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिताको सम्पुर्ण तयारि पुरा

यहि आउदो डिसेम्वर २ तारिख आईतबारका दिन थकाली सेवा समिति जापानको आयोजनामा जापानमा पहिलो पटक हुन गईरहेको प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता को सम्पुर्ण तयारि पुरा भएको कुरा संयोजक लेलिन भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ, सहभागि १० टिम मध्येको प्रतियोगि एग्रुपमा थसेस जापान, कावासाकि युनाईटेड, म्याग्देली सञ्जाल, बलेवा युवा समाज, वुई फर अल र बिग्रुपमा गल्कोट समाज, नेपाल मगर संघ, गोल्डेन नेपाल युथ क्लब, नेपाल जापान युथ क्लब, आईएनसिजे बिच हुने प्रतियोगिताको टाईशिट यस अघि नै सार्वजनिक गरिसकेको छ र सोहि बमोजिम नै खेल हुनेछ । प्रतियोगितामा भाग लिनु भएका खेलाडि तथा संम्बन्धित महानुभावहरुलाई खेलहुने दिनको निर्धारित समय १० बजे नै खेल शुरु गरिने भएकोले बिहानको ९:४५ बजे सम्म खेल मैदानमा उपस्थिति जनाएर सहयोग गरिदिनुहुन पनि अनुरोध गरिएको छ ।

आयोजकका तर्फबाट अध्यक्ष शरद कुमार गौचनका अनुसार जापानमा ऐतिहासिक कार्यको थालनि स्वरुप मैत्रिपुर्ण भलिबल प्रतियोगिताको शुरुआत गरिएको र खेलको माध्यमबाट स्वच्छ प्रतिस्प्रधा र भाईचाराको भावना अभिवृद्धि गर्ने बिचार ब्यक्त गर्दै खेल निश्पक्ष र पुर्ण पारदर्शिता साथ खेलाईने पनि बताउनु भएको छ । त्यसको निमित्त दक्ष जापानी रेफ्रीहरुको तर्जुमा संगै ब्यबस्थापन पक्षमा बिशेष जोड दिदै यसै प्रतियोगिताको अबसरमा भलिबल खेल संम्बन्धिका नियमहरु र संस्थाको कृयाकलापलाई समेटिएको निर्देशिका समेत प्रकाशन गरि बितरण गरिने पनि जनाईएको छ ।

स्मरण रहोस, नेपालका असाहय बृद्धावस्था ब्यबस्थापन तथा समाजिक कल्याण गुठि (आमाको घर) को सहयोगार्थ हुन गईरहेको यस प्रतियोगिताको प्रमुख अतिथ्यको लागि जापानको लागि नेपाली राजदुत महामहिम डा.मदन कुमार भट्टराई र बिशेष अतिथिको लागि नाकानो सिटि भलिबल एसोसियसनका अध्यक्ष तथा सभासद ईचिकावा मिनोरु ज्यु को पनि बिशेष उपस्थिति रहने छ । साथै यस प्रतियोगिता सम्बन्धि बिभिन्न संचार माध्यम तथा पोष्टरहरु प्रकाशन गरि सुचना सार्वजनिक गरिएको भएपनि पुन आयोजकको तर्फबाट जापानबासि सम्पुर्ण नेपालीहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ ।

खेल हुने मिति, स्थान र समय
मिति : २०१२ डिसेम्वर २ तारीख (आईतबार)
समय : बिहानको १०:०० बजेबाट
स्थान : सागिनोमिया टाईकुकान (ईन्डोर खेल मैदान)
स्टेशन : सागिनोमिया (सेईवु सिन्जुकुलाईन), स्टेशनबाट ३ मिनेट मात्र
ठेगाना : ३-१-१३ सिरासागि नाकानो-कु टोक्यो १६५-००३५ जापान
टेलीफोन : ०३-३३३७-१७७१ (खेल मैदान)
प्रवेश : निशुल्क



प्रकाशीत समाचारहरु (अन्तिम तयारि पुरा)

http://samudrapari.com/2012113046870.html

http://www.welovenepal.com/?p=54890

http://www.nepalbritain.com/contents.php?q=c9c8c8fc158359a571cd4b0c194d56825

http://www.dcnepalevent.com/news/news.php?nid=81169

No comments: