Friday, August 30, 2013

एनआरएन जापानका निर्वाचन आयोग द्धारा मतदाताहरुलाई धन्यबाद ज्ञापन

सरद डायरि । शुक्रवार, भाद्र १४, २०७०
आज गैर-आवासीय नेपाली संघ जापानको निर्वाचन समितिको निर्देशन अनुरुप तपसिल समाचार बनाएर बिभिन्न मिडियाहरुमा प्रकाशीत गरे ।
जुन तलतिर जस्ताको तस्तै....
सपथ ग्रहण र बुझबुझारथ एक सार्बजनिक समारोहमा गरिने
एनआरएन जापानको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न गठित निर्बाचन कमिटीले पोष्टल भोटिङका आधारमा भएको निर्बाचनको बाँकी प्रक्रिया समयतालिकाअनुसार नै अगाडि बढिरहेको जनाएको छ ।
सो कमिटीले एक बिज्ञप्ती सार्बजनिक गर्दै निश्पक्ष, धाँधलीरहित र पूर्ण प्रजातान्त्रिक तवरले निर्बाचन सम्पन्न गरी नयाँ कार्यसमिति चयनको नतिजा घोषणा गर्न प्रतिबद्ध रहेको जनाएको छ।
निर्बाचन कमिटीले क्षेत्रिय समितिहरुले पठाएको प्रतिनिधि सदस्यहरुको कुल सँख्या ५८५ लाई मतदाता मानेर निर्बाचनमा सहभागि गराएको थियो। जसअनुसार सबै मतदातालाई मतपत्र पठाईसकिएको हुँदा सबै मतदाताहरुले मतदान गरी आ-आफ़्नो परिचय र ठेगाना खुल्ने आवश्यक प्रमाणका कागजात सहितको मतपत्र प्राप्त हुने कुरामा आफ़ु विश्वस्त रहेको निर्बाचन कमिटीले जनाएको छ
निर्बाचन कमिटीले पूर्व घोषित नियमावली तथा आचारसंहिता एवं बिभिन्न समयमा जारी गरिएको सूचना र समयतालिका अनुसारनै निर्बाचन सम्बन्धि सबै कार्यसम्पादन भईरहेको जनाएको छ।
निर्बाचन परिणामको घोषणा भने एनआरएन जापानको होमपेज र जापानका नेपाली मिडियाहरुमार्फत सार्बजनिक गरिने बताईएको छ ।
यसैगरी निर्बाचनको परिणामबाट नवनिर्वाचित कार्यकारी समितिको सपथग्रहण र बर-बुझारथ कार्यक्रम भने सेप्टेम्वर महिनाको उपयुक्त दिनमा सार्वजनिक समारोहको आयोजना गरि सम्पन्न गरिने कुरा पनि सो कमिटीले जनाएको छ ।
एनआरएन अभियानमा पहिलोचोटी पोष्टल भोटिङको नयाँ प्रयोग गरिएको बताउँदै सँस्थापक अध्यक्षसमेत रहनुभएका प्रमुख निर्बाचन आयुक्त राजन प्रधानाङ्गले यस अभियानमा भाग लिनुहुने आम मतदाता, सहयोगी तथा शुभचिन्तकहरुमा बिज्ञप्तीमार्फत हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ ।

NRN
Samudrapri
Tokyonepal

नेपालजापान
वुईलभनेपाल
 

No comments: