Sunday, December 1, 2013

टोक्योमा हुन गईरहेको “दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता” को सम्पुर्ण तयारि पुरा

सरद डायरि । शनिबार, मंसिर १५, २०७०

"भोलि टोक्यो जापानमा हुन गईरहेको दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको सम्पुर्ण तयारि नामक समाचार तपसिल संम्प्रेषण गरियो "
 
भोलि डिसेम्वर १ तारिख आईतबारका दिन एनपिओ होजिन, थकाली सेवा समिति जापानको आयोजनामा जापानमा दोस्रो पटक हुन गईरहेको “दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता को सम्पुर्ण तयारि पुरा भएको कुरा संयोजक लेलिन भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ, सहभागि १३ टिम मध्येको प्रतियोगि एग्रुपमा गल्कोट समाज, नेपाल मगर संघ, कावासाकि युनाईटेड, गोल्डेन नेपाल युथ क्लव, नेपाली जनसम्पर्क समिति र पुन समाज जापान तथा बिग्रुपमा म्याग्देली सञ्जाल, तमुधीं जापान, नेपाल जापान युथ क्लव, थकाली सेवा समिति, वुई फर अल, ईभरेष्ट ईन्टरनेशनल स्कुल, अन्तराष्ट्रिय नेपाली समाज जापान बिच हुने प्रतियोगिताको टाईशिट यस अघि नै सार्वजनिक गरिसकेको छ र सोहि बमोजिम नै खेल हुनेछ । प्रतियोगितामा भाग लिनु भएका सम्पुर्ण समुह तथा खेलाडि एवं संम्बन्धित महानुभावहरुलाई खेलहुने दिनको निर्धारित समय १०:३० बजे नै खेल शुरु गरिने भएकोले बिहानको १०:०० बजे सम्म खेल मैदानमा युनिफर्म सहित उपस्थिति जनाएर सहयोग गरिदिनुहुन पनि अनुरोध गरिएको छ ।

आयोजक संस्था थसेस जापानका अध्यक्ष शरद कुमार गौचनका अनुसार जापानमा ऐतिहासिक कार्यको निरन्तरताको अभियान स्वरुप भोलि हुन गईरहेको दोस्रो  मैत्रिपुर्ण भलिबल प्रतियोगिताको  माध्यमबाट स्वच्छ प्रतिस्प्रधा र भाईचाराको भावना अभिवृद्धि गर्ने बिचार ब्यक्त गर्दै खेल निश्पक्ष र पुर्ण पारदर्शिता साथ खेलाईने पनि बताउनु भएको छ । त्यसको निमित्त दक्ष जापानी रेफ्रीहरुको ब्यबस्थापन संगै जापानमा पहिलो पटक नेपालीहरुको खेलकुद प्रतियोगितामा चिआर लेडिजहरुको डान्स प्रस्तुति तथा जापानको प्रचलित आठ च्यानल फुजि टेलिभिजनको रेखान्कन समेत हुने ब्यबस्थापन गरिएको जनाउनु भएको छ ।
साथै स्थरिय ब्यबस्थापन पक्षमा बिशेष जोड दिदै यसै प्रतियोगिताको अबसरमा भलिबल खेल संम्बन्धिका नियमहरु र संस्थाको कृयाकलापलाई समेटिएको “निर्देशिका पत्र” समेत प्रकाशन गरि बितरण गरिने पनि जनाईएको छ ।
स्मरण रहोस, स्वर्गिय डा.योगेन तुलाचनको स्मृतिमा आयोजना हुने यस प्रतियोगितामा जापानका लागि नेपाली राजदुत मदन कुमार भट्टराईको प्रमुख अतिथ्य र बिशेष अतिथिको लागि नाकानो सिटि भलिबल एसोसियसनका अध्यक्ष तथा सभासद ईचिकावा मिनोरुको पनि बिशेष उपस्थिति रहने छ । साथै यस प्रतियोगिता सम्बन्धि बिभिन्न संचार माध्यम तथा पोष्टरहरु प्रकाशन गरि सुचना सार्वजनिक गरिएको भएपनि पुन आयोजकको तर्फबाट जापानबासि सम्पुर्ण नेपालीहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ ।

खेल हुने मिति, स्थान र समय
मिति : २०१३ डिसेम्वर १ तारीख (आईतबार)
समय : बिहानको ठिक १०:३० बजेबाट
स्थान : सागिनोमिया टाईकुकान (ईन्डोर खेल मैदान)

स्टेशन : सागिनोमिया (सेईवु सिन्जुकुलाईन), स्टेशनबाट ३ मिनेट मात्र

ठेगाना : ३-१-१३ सिरासागि नाकानो-कु टोक्यो १६५-००३५ जापान
टेलीफोन : ०३-३३३७-१७७१ (खेल मैदान)
प्रवेश : निशुल्क 

No comments: