Friday, February 7, 2014

पाटनमा नेपाल र जापानका बालबालिकाको चित्रकला प्रदर्शनी कार्यक्रम हुने

सरद डायरि । विहिवार, माघ २३, २०७०

बिगत केहि अघि देखी जापानी संग गरिएको मेरो नितान्त ब्यक्तिगत प्रोजेक्टको बारेमा मेरो सहयात्री मित्रबन्धु तथा आम महानुभावहरुलाई तपसिल अबगत गराए ।



आदरणीय सम्पुर्ण अग्रज ज्युहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।

जानाकारि सहित, तपसिल संम्बन्धित (नेपालमा हुनुहुने श्रद्धेय मित्रहरुलाई) सबैलाई अबगत गराईन्छ ।

नेपाल र जापानका बालबालिकाको चित्रकला प्रदर्शनी (एकहप्ते कार्यक्रम)
मिति: २०७० फाल्गुण ६ गते (मंगलबार)  / २०१४ फेब्रवरि १८ तारीख, पहिलो दिन बिशेष कार्यक्रम हुने
स्थान: सिंह आर्ट ग्यालरि, पाटन ईन्ड्रस्टियल स्टेट् लगनखेल, ललितपुर
समय : विहानको ९:०० बजे देखी 

माथी उल्लेखीत कार्यक्रम, पहिलो पटक नेपालमा जापानीहरुको समुहले बालचित्रकलाको माध्यमबाट नेपाल र जापानबिचको अन्तराष्ट्रिय सुमधुर संम्बन्ध, सहयोग, सदभाव तथा नेपालको बिकासलाई लक्षित गरि आयोजना गर्न लागेको बृहत कार्यक्रम हो ।
जापानबाट एनएचकेका पुर्व उपाध्यक्ष नागाई तायको को प्रतिनिधित्वमा दुई दर्जन बढि जापानीहरु यस कार्यक्रममा आउदै हुनुहुन्छ, यस प्रदशनीमा नेपाल र जापानका करिवन ३०० जना स्कुलका बालबालिकाले कोरेको चित्रकलाको प्रदशनी सहित, शिक्षा, बातावरण, सृजनात्मक कला शिक्षाको बारेमा कार्यशाला तथा गोष्ठिको पनि आयोजना हुने कार्यक्रम छ । मेरो समय नमिलेको उपस्थित जनाउन सकिन् ।

यहि कार्यक्रम नेपालमा सम्पन्न पश्चात जापानमा पनि मार्च १ देखी एक हप्ता हुने भएकोले म लगायत जापान स्थित नेपाली एम्बेसिले भाग लिने तय भएको छ ।
जेहोस, यो कार्यक्रम बिगत २००८ देखी चिन, थाईल्याण्ड, दक्षिण कोरिया, भारत र भेयतनाम हुदै यस बर्ष नेपाल हुन गईरहेको कार्यक्रम भएको अबगत गराउदछु । साथै बच्चाहरुले कोरेको चित्रकलाहरु सहित सम्पुर्ण कार्यक्रमलाई समेटेको पुस्तक पनि प्रकाशन हुदैछ, उत्त पुस्तकको अनुवाद तथा संम्पादनको लागि मलाई सौभाग्य मिलेको जानाकारि पनि गराउदछु ।
कृपा गरि, नेपालमा हुनुहुने आम महानुभावहरुलाई संम्भव भएमा यस कार्यक्रममा उपस्थित जनाएर सहयोग गर्नुहुन अनुरोध गर्दछु ।

यो मेरो जापानी साथीहरुको प्रयास र नितान्त ब्यक्तिगत कार्यक्रम भएको तथा थसेस जापान संग कुनै संम्बन्ध नरहेको भएपनि सबैलाई जानाकारि सहित अबगत गराउने अनुमति चाहान्छु ।


सधन्यबाद सहित,


भवदिय,
शरद कुमार गौचन
ताकामाचु टोक्यो, जापान
फेब्रवरि ७, २०१४ (शुक्रवार) / माघ २४, २०७०

No comments: