Tuesday, March 18, 2014

जापानमा नेपाली बिध्यार्थीहरुको गम्भिर त्रुटि

सरद डायरि । सोमबार, चैत्र  ३, २०७०
जापानको सन्दर्भमा अति नै सान्दर्भिक तथा समसामयिक बिषयलाई समेटिएको लेख एवं जानाकारि नेपाली पत्रिकामा पढ्ने मौका मिल्यो उत्त ब्यहोरा संम्बन्धित सबैको सार्वजनिक हितको लागि कोर्ने कोशिश गर्दैछु । जुन तलतिर साभार गरिएको केहि अंशहरु...
 
चेतनाको कमीले जापानमा नेपाली बिध्यार्थीहरुले गम्भिर त्रुटि गर्दै
जापानमा अध्ययन गर्न जानु अघि नेपाली बिध्यार्थीले त्यहा उपलब्ध हुने प्रवेशाज्ञा (भिषा) का प्रकार र तिनका प्रयोजनका बारेमा बुझ्न जरुरि भएको कुरा सर्वविदितै छ ।
आजकाल नेपाली बिध्यार्थीहरुको राम्रो गन्तब्य स्थल बनिरहेको जापानमा एउटा विकराल समस्या आएको तथ्य सार्वजनिक भएको छ । बिध्यार्थी भिषामा जापानमा अध्ययन गर्दै गरेका बिध्यार्थीहरु अरुहरुको लहैलहैमा लागेर शरणार्थी भिषाको आवेदन क्रममा आफ्नो परिवारको भबिष्य बर्बाद बनाउन लागिरहेको खवरहरु आईरहेका छन् । एक प्रकारको हल्ला र ज्ञानको अभावको कारण यस्तो भईरहेको कुरा जापानमा रहेका जानाकारहरु बताउछन् ।
के हो शरणार्थी भिषा? कसरि यो भिषा प्राप्त गर्न सकिन्छ? किन बिध्यार्थीहरुले यो भिषा प्राप्त गर्न प्राय असंम्भव छ? यसबारे सबैले राम्रोसंग बुझ्नु जरुरि भएको पाईएको छ ।
आफ्नो देशमा गृह युद्ध वा राजनैतिक संकटका कारण ज्यानको सुरक्षाका लागि जापानमा बस्नुपर्ने भएमा वा अन्य त्यस्तै बिशेष कारणले मात्र शरण परेर शरणार्थीको रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई यहा बस्नको लागि दिईने भिषालाई शरणार्थी भिषा भनिन्छ र त्यस्ता पिडितहरुलाई मात्र यो भिषा दिईने गरिएको हुन्छ । उत्त भिषा दिनु अघि संम्बन्धित निकायबाट राम्रोसंग जाँचबुझ गरिन्छ । बिध्यार्थीहरुको हकमा यहा नेपालमा प्रयाप्त कमाई र कमाईको स्रोत भएका ब्यक्तिहरु जाने भएकाले उनीहरुको  "शरणार्थी भई बस्न पाउँ" भन्ने निवेदनले भिषा पाउन सक्दैन र यसरि झुँठा विवरण दिई गलत कार्य गर्नुहुदैन ।
आजभोलि केहि बिध्यार्थीहरुले जापानको संम्बन्धित स्कुलबाट भागेर त्यहाँको अध्यागमन कार्यालयमा शरणार्थी भिषाको लागि निवेदन दिने गर्दछन र अध्यागमनले मानव अधिकारको सम्मान गर्दै उत्त निवेदन स्वीकृत नहुन्जेलसम्म बस्नको लागि अस्थाई अनुमति पत्र दिने गर्दछ । अनि यही अस्थायी अनुमति पत्रलाई नै शरणार्थी भिषा संम्झेर नेपाली बिध्यार्थीहरुले गम्भीर त्रुटी गर्ने गरेका छन । उनीहरुको निवेदन अस्वीकृत भएपछि अध्यागमन बिभागले उनीहरुलाई नेपाल नै फर्काई दिने प्रावधान रहेको छ । यदि तपाईहरु पनि वा तपाईका सन्तानहरुले पनि यही गलत कार्य गर्दैछन् भने तुरुन्त रोक्नुहोस् । भविष्यलाई अन्धकार नबनाउनुहोस् । बिध्यार्थी भएर गएकाहरुले ज्ञान हासिल गरी आफ्नो र परिवारको भबिष्य उज्वल पार्नुपर्नेमा अल्प ज्ञान र अरुको लहैलहैमा लागेर वर्वाद हुनबाट जोगिनुहोस् ।
 
(साथै जापानमा अन्य कुनै पनि तवरबाट गए पछि शरणार्थी भएर बस्न पाईन्छ भनेर मानव तस्करहरुबाट ठगिनबाट पनि जोगिनुहोस् र संम्बन्धित निकाय तथा परामर्श सेवा एवं अध्यागमन बिभागमा बुझेर मात्र कदम चाल्नुहोस् ।)
 
साभार: कन्सल्टेन्सी प्रा.ली 
 

No comments: