Sunday, March 2, 2014

नेपाल र जापानका बालबालिकाको चित्रकला प्रदर्शनी (सप्ताहब्यापी कार्यक्रम)

सरद । शनिबार, फाल्गुण १७, २०७०
केहि महिना अघि देखी मलाई जिम्मेवारि प्राप्त यस नयाँ प्रोजेक्ट, जुन पहिलो पटक नेपालमा जापानीहरुको समुहले बालचित्रकलाको माध्यमबाट नेपाल र जापानबिचको अन्तराष्ट्रिय सुमधुर संम्बन्ध, सहयोग, सदभाव तथा नेपालको बिकाशलाई लक्षित गरि आयोजना गर्न लागेको बृहत कार्यक्रम थियो ।
नेपालमा पहिलो पटक संचालित यस नयाँ कार्यक्रमको आज भने जापानमा उदघाट्न गर्ने दिन भएकोले बिहानको ५:३० मै उठेर म बास बसेकै ओनसेन् र्योकानमा रिफ्रेस हुन र मुख धुन तिर लागे ।
म यो कार्यक्रमकै लागि हिजै टोक्यो देखी "आसामा सिन्कान्सेन" नामक बुलेट रेलमा नागानो प्रिफेक्चरको उयदासीमा आईपुगेको थिए । अति नै सत्कार सहित नागानोकेनको बेस्सो ओनसेन नामक ट्रेन स्टेशनमा आयोजक टोलीका कार्यकारि प्रमुख हायासि ज्यु सहित केहि महानुभावहरुले कार लिएर मलाई स्वागत गर्नुभयो । स्टेशनबाट ५ मिनेटकै स्थानमा रहेको नागानोकै  पुरानो ऐतिहासिक तथा चर्चित नामुद "हानाया" नामक बृहत ओनसेन् संगै राम्रो ब्यबस्थापन भएको र्योकानमा मेरो लागि कोठा लिईएको रहेछ । उत्त र्योकानमै नागानोकेनका मेयर सहित अन्य वरिष्ठ ब्यक्तित्वहरु र आयोजकका चार दर्जन बढि सदस्यहरुले मलाई बिशेष अतिथिको रुपमा सत्कार गर्दै स्वागत कार्यक्रम सहित डिनर रिसेप्सन संगै भरपुर रमाईयो । जापानीहरुको चलन चल्ति अनुसार निजिकाई, सान्जिकाई गर्दा  गर्दै आधा रात भएको पत्तै भएन्, यध्यपि अवेर संम्मको भलाकुसारि र वियर, साके तथा वुईस्किको चुस्कि लिदै रमाईलो गर्दै गर्दा बिहान मात्र बेडमा गएपनि सवेरै छिटै निन्द्राले छोडिहाल्यो ।

स्मरण रहोस, यस कार्यक्रम  नेपालमा गत,
मिति: २०७० फाल्गुण ६ गते (मंगलबार)  / २०१४ फेब्रवरि १८ तारीख, स्थान: सिंह आर्ट ग्यालरि, पाटन ईन्ड्रस्टियल स्टेट् लगनखेल, ललितपुर , समय : विहानको ९:०० बजे देखी 
सप्ताहब्यापि कार्यक्रम संम्पन्न गरे लगत्तै सबै आयोजक जापानीहरु नेपालबाट फर्केर आज जापानमा तदअनुसार मार्च १ तारीखमा उदघाट्न गरिएको थियो ।

जापानकै चर्चित मेडिया एनएचकेका पुर्व उपाध्यक्ष नागाई तायको को प्रतिनिधित्वमा तिन दर्जन बढि जापानीहरु यस कार्यक्रममा नेपाल गएर बृहत रुपमा सफलताका साथ भब्य कार्यक्रम सम्पन्न गर्नु भएको थियो । यस प्रदशनीमा नेपाल र जापानका करिवन ३०० जना बढि स्कुलका बालबालिकाले कोरेको चित्रकलाको प्रदशनी सहित, शिक्षा, बातावरण, सृजनात्मक कला शिक्षाको बारेमा कार्यशाला तथा गोष्ठिको पनि आयोजना भएको थियो । दुबै देशमा साप्ताहब्यापि प्रदशनी कार्यक्रममा चित्रकला कोर्ने बालबालिका तथा उनिहरुका अभिभावकलाई पनि उपस्थित गराएर सम्मान तथा प्रमाणपत्र पनि हस्तान्तरण गरि जापान र नेपालमा गरि २ हप्ता उस्ता उस्तै किसिमको कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपालमा मेरो उपस्थित हुन नसकेतापनि जापानको यस कार्यक्रममा नेपाल र नेपालीको तर्फबाट मेरो प्रतिनिधिमा बिशेष  आतिथ्य गर्दै नागानोको मेयर र अन्य थुप्रै वरिष्ठ ब्यक्तित्वहरु संग लाईन बसेर अतिथिको रुपमा सामुहिक रिवन काटेर उदघाट्न गर्न पाएकोमा गर्व गर्दै यस कार्यक्रम मेरो लागि अबिस्मरणीय हुनेछ ।
जेहोस, यो कार्यक्रम बिगत २००८ देखी चिन, थाईल्याण्ड, दक्षिण कोरिया, भारत र भेयतनाम हुदै यस बर्ष नेपालमा जापानीहरुको समुहद्धारा आयोजित यस कार्यक्रम भएकोले भविष्यमा पनि नेपालमा निरन्तरताको लागि पहल गर्ने बिचार पनि गरेको छु । साथै बालबालिकाले कोरेको चित्रकलाहरु सहित सम्पुर्ण कार्यक्रमलाई समेटेको पुस्तिका पनि प्रकाशन गरिएको र  उत्त पुस्तकको सम्पुर्ण अनुवाद तथा संम्पादनको लागि पनि मलाई सौभाग्य मिलेको पनि ज्यादै हर्षित हुदै खुशि प्रकट गर्दछु ।
 
तलतिर जापानमा सम्पन्न कार्यक्रमको केहि झलकहरु.... 














 

No comments: